Skip to main content

मैले बिर्सेको कथा

चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे  र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन ।

i will never forget you

असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु ।

सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नराम्ररी ठोकिन्छु ।  “आँखा हेरेर हिँड्न सकिँदैन? ” केटी म तिर हेर्दै भन्छे  “आई एम सरी” म गल्ती स्विकार्छु । गल्ती मेरै थियो मोबाईल झिकेर  मैले समय मात्र हेरिन त्यति नै बेला फेसबुकमा उही गीत स्टाटस राख्ने सुरमा थिएँ म । बाक्लो भीड र व्यस्त बाटोको ख्याल नगरी ।

“ए तिमी? के छ हालखबर?” । नजिकै कानमा ठोक्किएको पुरुष आवाजले हिँड्नै लागेका मेरा पाइला टक्क अडिन्छन् ।  म टाउको फर्काउँदै केटातिर हेर्छु ।

म एकैपलमा एकोहोरो भएछु, “बाटोमा हिड्न नदेर के उभिरा हो?” पछाडिबाट रिसाउँदै कराएको एकहुल अधबैशै आइमाईहरुको रुखो आवाजले म तर्सन्छु । उनीहरु मलाई धकेल्दै अगाडि बढ्छन् ।  मेरा हातखुट्टा चिसा भइरहेका थिए । त्यो चहलपहल सबमा सन्नाटा छाएझैँ लागिरहेथ्यो । मुटू तेज तेज धड्किरहेको थियो । म न बोल्न सकेँ न हासेर त्यो प्रश्नको जवाफ नै फर्काउन सकेँ ।

केटी उसको देब्रे पाखुरामा दाहिने हात घुसार्दै आँखाले छिटो जाने इशारा गर्छे । “ल गएँ है” ऊ म तिर हेर्दै भन्छ । म फिस्स हाँस्दै स्वीकृति जनाउँछु । उनीहरु आफ्नो बाटो लाग्छन् ,म आफ्नो “तिमी चिन्छौ त्यसलाई” केटीले गरेको प्रश्न मेरो कानमा सिधै ठोकिन्छ  तर उसले जवाफ के फकार्यो म प्रस्ट सुन्दिन ।

थोरै समयमा भए पनि, मैले त्यस केटीलाई पटक पटक गरी धेरै पटक हेरे । मेरो आँखा सिधै उसको सिउँदोमा सजिएको रातो सिन्दुरमा गएर अडियो । ऊ धेरै राम्री थिई ।

रत्नपार्क आईपुग्दा ६:१५ भएछ त्यत्तिकैमा कण्डक्टर कराउँछ ”ए दिदी जाने होईन लास्ट टिप हो है अर्को आउँदैन ।” म दौडदैँ जान्छु , सिट पाईने त आशै थिएन कोचिएर जानु बाहेक अरु विकल्प पनि थिएन ।

मेरो आँखा अघि त्यही तस्विर मात्र नाचिरह्यो । केहिबेर अघिम्मको व्यस्त र एक्लो जीवनबाट म एकैपलमा  विगतमा धकेलिन्छु । त्यो मोड जहाँ म उसको प्रतिक्षामा हरेक दिन उभिने गर्थे । उसलाई परबाट आईरहेको देख्दा,मुटूको धड्कनले बेग्लै रफ्तार बढाउन थाल्थ्यो, ओठहरु आफै मुस्काउँथे । कहिले काँहि ढिलो हुदाँ त्यही मोडमा उसलाई प्रतिक्षारत देख्दा लाग्थ्यो यो संसारमा म जतिको खुसी सायदै कोहि होला  । जब ऊ म सँग पहिलो पटक बोलेको थियो मलाई याद छ, मेरो त्यो रात छर्लङ्ग वितेको थियो ।

“अली भित्र जानुस ए दाई, तपाई यता फर्किनुस सबै मिलेर जानुपर्छ ” कण्डक्टर आफ्नै सुरमा कराईरहेछ  “ओ गड आज गुन्दुक बनाउने भयो यार” भर्खरकी एउटी ठिटी बोल्छे, उ सँगै उभिएका अर्कि दुई खितीती हाँस्छन, अधबैसे अकंलहरु भने ठाउँ छैन देखिनस् भन्दै उल्टै थर्काउँदै छन् । ती सबै दृश्य आँखा अघि छरपष्ट थिए तर पटक पटक आँखामा उही दृश्य र कानमा उही वाक्य गुञ्जिरह्यो “ए तिमी के छ हालखबर ?”

“ठिक छ सबै” म भन्न चाहान्थेँ तर उसको प्रश्नमा म अनुत्तरित मात्र भईन मेरो ओठबाट वनावटी मुस्कान बाहेक अरु कुनै शब्द निस्केनन् । उसले पनि के छ भनेर त सोध्यो तर त्यसपछि खै के महशुस गर्यो, हाँस्न खोज्यो सकेन बोल्न खोज्यो सायद शब्द भेटेन ।

हरेक दिन उसको प्रतिक्षा गर्नु, मन व्यग्र पार्दै नजर घुमाउनु तर  बोल्ने आँट नगर्नु, माया गर्न थालिसकेकी थिएँ मैले उसलाई । त्यहि मोडबाट हामी साथी बन्यौ, हाम्रो मायाको शुरुवात भयो, हामी नजिकिँयौ र हाम्रो मित्रता प्रेममा बद्लियो ।

त्यो पहिलो भेट,  पहिलो कुराकानी, प्रेम प्रस्ताव, सँगै बिताएका पल, सबै मन र मस्तिष्कमा दौडन थाले । हाम्रा ती दिन कति रमाईला थिए, आज पनि हामी संगै हिडेका बाटोहरु उस्तै छन्, चिसो बिहानीमा चिया पिउने पसल त्यस्तै छ । आज पनि सँगै हिडेका बाटोमा एक्लै हिँड्दा उही पुराना दिनको याद आउँछ । कहीँ कतै केही बद्लिएको छैन, केवल समय बद्लियो  ।

आज उ बाँचिरहेको छ आफ्नो जिन्दगी र म पनि बाँचिरहेको छु । तर मलाई आजसम्म याद छ हामी एकअर्काको अगाँलोमा बाँधिएर भन्ने गथ्र्यौ “म त तिमी बिना बाँच्न पनि सक्दिन” तर आज सोच्छु खै के हो त सत्य न उसको साथ बिना मैले नै आत्महत्या गर्न सकेँ न मेरो साथ विना उसले नै जीवन त्याग्न सक्यो । जब  हामी प्रेमी प्रेमीका  थियौँ तब लाग्थ्यो एक अर्का विना हाम्रो जीवन अर्थहिन छ तर आज जब त्यो सम्बन्धनै रहेन एकअर्का विना मर्छौँ भनि साहसका साथ भन्ने हामी दुवैलाई आ-आफ्नो जीन्दगीको माया लाग्न थाल्यो आफ्नै जीवन प्यारो भयो ।

घर आइपुग्दा पनि मन उस्तै दुखिनैरहेको छ । प्रश्न गर्छु आफैँलाई किन दुख्दैछु म? सबै समाप्त भइसक्यो । ऊ धेरै अघि बढिसक्यो, ऊ खुसी छ तर म किन आज बेखुस छु? उसलाई देखेर । उसको खुसी देखेर कतै मलाई इर्ष्या लागेको त हैन? म पनि त धेरै अघि बढिसकेँ जिन्दगीमा तर आज त्यो एकपलले आज किन यसरी मलाई बिक्षिप्त बनाइदियो?

भेट्ने दिन गन्दै बस्नु र भेट्दा रमाउनु, छुटिँदा निराश हुनु, रिसाउनु, फकाउनु अनि घूर्क्याउनु । एक आम प्रेमी प्रेमीकाको जीवन, हाम्रो दिनचर्या पनि त्यस्तै नै थियो । एकअर्का सँग नबोली दिन काट्न मूस्किल थियो, रातमा निदाउन । तर आजभोली दिन यसै वित्छन् रात यतिकै कट्छ । न रिसाउने कोहि छ न फकाउने । हामी दुवैको जीवनको नयाँ पाना पल्टियो तर फरक उसको नयाँ पानामा म छैन र मेरो नयाँ पानामा उ छैन ।

त्यस्तो पनि समय थियो, उसको मुखबाट कुनै केटीको नाम  सुन्दा दनदनी बलिरहेको आगोमा होमिएको भान हुन्थ्यो । म रिसाउँथे, आफ्नो कसम खुवाउँथे र वचपना भरिएको आवाजमा भन्ने गर्थे । “तिमी अरुसंग नबोल, अरुलाई नहेर, तिमी मलाई माया गर, मलाई हेर, मै सँग हाँस।” मेरो कुरा सुनी उ मुस्काउँथ्यो । मेरो निन्याउरो मुहारमा झुकेर हेथ्र्यो र भन्थ्यो “तिमी नै त छौ मेरो साथी, मलाई अरु कोहि चाहिन्न ।”

समयले आज मलाई नराम्रोसँग जिस्कायो । त्यो साँझ जब उ कसैको हात समाती टाढिदै थियो त्यसबेला  उसलाई न मैल आफ्नो कसम खुवाउन सके, न रिसाउनु मेरो अधिकारको विषय थियो । म अलि पर हटेँ  उसको बाटोबाट, उनीहरु अघि बढे । मेरा आँखाहरु एकछिन टोलाईरहे,उ ओझिलिँदै गयो ।

टेबलको घडिले नि १२ बजाईसकेछ ।  “ काम भयो त मेरो? खबरनै गरेनौ भोली चाहि जसरी नि गरिदेउ है ” । मोबाइलमा ११ बजे आएको एस एम एस देख्ने बित्तिकै, म फेरी आफ्नो वर्तमानमा फर्किन्छु । एक व्यस्त जीवन जहाँ विगतका बारेमा हरपल सोचेर मुटु दुखाउने फुर्सद पनि छैन ।

यो जिन्दगी एउटा किताब  र विगत एउटा पल्टिसकेको पाना जसबाट हामीले धेरै कुरा सिक्छौँ अनि बुझ्छौँ । मेरो विगतबाट पनि मैले धेरै कुरा सिकेको छु, बुझेको छु । जसरी एउटा कक्षा पास भएर अर्कोमा पुग्दा पुराना पाठ सरल लाग्दै जान्छ, समय सँगसँगै विगतका घाउमा पनि खाटा लाग्दै जान्छन् । विगतका व्यथा अनि चोट पनि सामान्य लाग्न थाल्छन् ।

जिन्दगीमा धेरै मोड आएर गए, धेरै मोड आउनेछन् । जीवनमा आएको हरेक नयाँ मोडमा नयाँ साथी भेटिन्छन्, नयाँ नयाँ सम्बन्ध गाँसिन्छन् । नयाँ नयाँ बाटोमा हरेक दिन नयाँ अनुहार देखिन्छन् । विक्षिप्त भएको मुटू पनि समय संगै सम्हालिदै जान्छ । धेरै धेरै कुरा बुझ्न, सिक्न र भोग्न त बाँकी नै छ ।

मैले जिवनमा पहिलो पटक साँचो माया गरेको थिएँ तर हुन सक्छ म उसको साँचो प्रेम बन्न सकिन । मलाई केहि गुनासो छैन न ऊ सँग न आफ्नो जीवनसँग । जे हुन्छ सायद त्यो पहिलै तोकिएको हुन्छ । कोहि मेरो भन्दैमा मेरो हुँदैन । संधै सबैजना आफ्नो साथ कहाँ हुन्छन् र? जिन्दगीमा अझ माइलौँ माइलको दुरीको यात्रा तय गर्न बाँकी नै छ । त्यो पल अब कहिल्यै फर्केर आउँदैन । सोच्दा सोच्दै आँखा पनि लोलाउन थालिसकेछन् । बाहिर सुनसान र कालो रात छिपिदैँ गइरहेछ, समय बेपर्वाह दौडिरहेछ आफ्नै गतीमा ।

~ (दृश्य-अदृश्य ब्लगबाट साभार)

Comments

  1. "palpasa cafe" novel यकदमै मन पर्यो,आगामी दिनमा पनि यस्तै नयाँ र उत्कृष्ट उपन्यास सुन्न पाउने  अपेक्षा गर्दछु|

    ReplyDelete
  2. prattek mancheko ek samay ko katha......

    ReplyDelete
  3. It would be better it there was the clear reason to be apart to each other, whtever the story is nice... touchable....

    ReplyDelete
  4. "अतितलाई अतितमै रमाउन दिनु नै आजको आवश्यकता हो ! आज म संग जे छ त्यो हिजो थिएन, हिजो म संग जे थिएन त्यो आज म संग छ र यो नै मेरो संसार हो ! बाँकि त मेरा पाहुना हुन जसलाई म चाहेर पनि धेरै माया गर्न सक्दिन ! " सुन्दर भावनाको लागि सुन्दर साधुबाद ! :) 

    ReplyDelete
  5. A nice read. Enjoyed reading. 

    ReplyDelete
  6. "यो जिन्दगी एउटा किताब  र विगत एउटा पल्टिसकेको पाना जसबाट हामीले धेरै
    कुरा सिक्छौँ अनि बुझ्छौँ । मेरो विगतबाट पनि मैले धेरै कुरा सिकेको छु,
    बुझेको छु । जसरी एउटा कक्षा पास भएर अर्कोमा पुग्दा पुराना पाठ सरल लाग्दै
    जान्छ, समय सँगसँगै विगतका घाउमा पनि खाटा लाग्दै जान्छन् । विगतका व्यथा
    अनि चोट पनि सामान्य लाग्न थाल्छन्"
    i like very much this one

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post