Skip to main content

ब्लगका आफ्नै कुरा

हिजोआज ब्लग लेखनमा केही कमी आएकोछ ! दिनहुँजसो लेख्ने मलाई, हिजोआज हप्तामा एउटा लेख्न नि गाह्रो पर्दैछ ! अनि नियमित लेख्न नसकिएको बारेमा नै ब्लग लेख्दैछु ! जागिरे जिवन सुरु भएपछि, धेरै नै व्यस्त भइने रहेछ, त्यसको बाबजुद पनि समय निकालेर ब्लग लेख्नु भनेको, एउटा ठूलै युद्द जिते जस्तो हुनेरहेछ ! लेख्ने सामाग्रीको कमी भएको होइन तर पनि खै के मिलिरहेको छैन, भन्न मुस्किल नै छ !

आज करिब २-३ वर्ष अघि आफूले लेखेका ब्लगपोष्टहरु पढेँ ! ती ब्लगहरु पढेपछि लाग्यो, हिजोआज मैले ब्लगिङ बिर्सेछु ! अनि तिनै पुराना ब्लगहरु पढ्दा पढ्दै, आज त केही लेख्छु लेख्छु ब्लगमा भन्ने लाग्यो! अहिलेसम्म १ हजार भन्दा बढि ब्लगहरु लेखिसकिएकाछन् त्यसमध्ये करिब नौ सयवटा ब्लग आफूले नै लेखेको छु ! बाँकी ब्लग कहिँबाट साभार गरिएकोछ, अरु केही ब्लग साथीहरुले लेख्नुभएकोछ !

विगत केही महिना देखि ब्लगको रङ्गमा परिवर्तन गरौँ कि भने झैँ पनि लागिरा’कोछ तर पनि अहिलेसम्म फेरि केही गर्ने हिम्मत जुटेको छैन, समय पनि मिलेको छैन ! तत्काल ब्लगको रुपरङ्ग परिवर्तन गर्न नसकिए पनि आजबाट ब्लगको लोगो भने परिवर्तन गरिएकोछ ! ब्लगको लोगो बनाइदिनुहुने कैलाश दाइलाई धेरै धेरै धन्यवाद !

Aakar Post Old LogoAakar Post New Logo

Comments

  1. Ho ni jagire bhaye pachhi khai ke khai ke hune. bihana utheo office jane tension, office ma office kai tension ani office bata aauda lakhataran bhainchha ani dherai garo. ani feri office tira lage pachhi kun subjectma blog lekhne bhanne sochnai muskil chha dai. tei pani tapaile ta ali ali bhauye pani garnu bhayeko chha. hamro ta tei pani chaina.

    ReplyDelete
  2. New logo is nice, what about the favicon, are you going to change the favicon along with the theme?

    ReplyDelete
  3. मलाई पनि ठ्याक्कै त्यस्तै भएर केही दिन अघि यही बेहोराको ब्लग लेख्या थिएँ । :-))

    ReplyDelete
  4. Will change the favicon as well, prior to the theme.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post