हिजोआज ब्लग लेखनमा केही कमी आएकोछ ! दिनहुँजसो लेख्ने मलाई, हिजोआज हप्तामा एउटा लेख्न नि गाह्रो पर्दैछ ! अनि नियमित लेख्न नसकिएको बारेमा नै ब्लग लेख्दैछु ! जागिरे जिवन सुरु भएपछि, धेरै नै व्यस्त भइने रहेछ, त्यसको बाबजुद पनि समय निकालेर ब्लग लेख्नु भनेको, एउटा ठूलै युद्द जिते जस्तो हुनेरहेछ ! लेख्ने सामाग्रीको कमी भएको होइन तर पनि खै के मिलिरहेको छैन, भन्न मुस्किल नै छ !
आज करिब २-३ वर्ष अघि आफूले लेखेका ब्लगपोष्टहरु पढेँ ! ती ब्लगहरु पढेपछि लाग्यो, हिजोआज मैले ब्लगिङ बिर्सेछु ! अनि तिनै पुराना ब्लगहरु पढ्दा पढ्दै, आज त केही लेख्छु लेख्छु ब्लगमा भन्ने लाग्यो! अहिलेसम्म १ हजार भन्दा बढि ब्लगहरु लेखिसकिएकाछन् त्यसमध्ये करिब नौ सयवटा ब्लग आफूले नै लेखेको छु ! बाँकी ब्लग कहिँबाट साभार गरिएकोछ, अरु केही ब्लग साथीहरुले लेख्नुभएकोछ !
विगत केही महिना देखि ब्लगको रङ्गमा परिवर्तन गरौँ कि भने झैँ पनि लागिरा’कोछ तर पनि अहिलेसम्म फेरि केही गर्ने हिम्मत जुटेको छैन, समय पनि मिलेको छैन ! तत्काल ब्लगको रुपरङ्ग परिवर्तन गर्न नसकिए पनि आजबाट ब्लगको लोगो भने परिवर्तन गरिएकोछ ! ब्लगको लोगो बनाइदिनुहुने कैलाश दाइलाई धेरै धेरै धन्यवाद !