Skip to main content

के स्क्र्याच कार्डले क्यान्सर हुन्छ? [समाचार टिप्पणी]

सुरु मै प्रस्ट पारौँ, म ‘मेडिकल’ क्षेत्रसँग सम्बन्धित छैन तर पनि ब्लग भने स्क्र्याच कार्ड र क्यान्सर बारे लेख्दैछु !

virus-facebook-np

केही दिन अघिको कान्तिपुरमा छापिएको खबर यस्तो छ:

मोबाइल रिचार्ज गर्न लागि हामी स्क्रयाच कार्ड उपयोग गर्छौं । एटिएमको पासवर्डको लागि समेत यस्तै उपाय अपनाउनुपर्ने हुन्छ । तर ध्यान राख्नोस्, त्यस्तो बेला औंलाले स्क्रयाच नगर्नु नै राम्रो । वैज्ञानिकहरूको अनुसार त्यस्तो औंलाले शरीरमा छुँदा क्यान्सरको खतरा हुन्छ ।

मेडिकल रिसर्च अथोरिटी अफ अमेरिकाले हालै स्क्रयाच कार्डका विषयमा गरेको अनुसन्धानपछि यो तथ्य अगाडि आएको हो । अध्ययनअनुसार स्क्रयाच कार्डमा 'सिल्भर नाइट्रोअक्साइड' हुन्छ । नङको माध्यमले त्यो शरीरमा पुग्नु जोखिमपूर्ण हुन सक्छ । यो अक्साइडले छालाको क्यान्सरलाई निम्त्याउँछ । नाइटि्रक अक्साइडले शरीरमा बिस्तारै बिस्तारै नोक्सान पुर्‍याउन थाल्छ । टाउको दुखाइ, बान्ता र कमजोरीको रूपमा यसको असर देखिन्छ । मुटुको चाल असामान्य हुने, छाला चिलाउने, मुख सुक्ने, शरीरमा पानीको कमी हुने जस्ता समस्या पनि देखिन थाल्छन् । त्यस्ता व्यक्तिलाई सास फेर्नसमेत असजिलो भएको पाइयो । शरीरमा नाइटि्रक अक्साइड बढी भए त्यसले विषको रूप लिन्छ । रक्तचाप न्यूनतम स्तरमा पुग्छ र व्यक्तिको मृत्यु हुन्छ ।

यसैले अब स्क्रयाच गर्दा विचार पुर्‍याउनुस्, तपाईंको शरीरको कुनै खण्डले यसलाई नछोओस्!

scratch card - kantipur news

फेसबुकमा यही व्यहोराको म्यासेज देख्दा देख्दा दिक्क भएको मलाई, कान्तिपुरमा छापिएको समाचारले झनै दिक्क लगाइदियो ! स्वास्थ्य जस्तो संवेदनशिल समाचार पनि विना अनुसन्धान छापिएको थाहा पाउँदा र गलत सूचना प्रवाह गरेको देख्दा, के भन्ने नभन्ने भइरहेकोछु !

फेसबुकमा केही समय पहिले ठ्याक्कै यसै व्यहोराको म्यासेज फैलिएको थियो ! जुन यस्तो छ:

ATTENTION. …..Medical research Authority of the US have found that new cancer in human beings caused by ‘Silver Nitro oxide’. Whenever u buy recharge cards or calling cards don’t scratch them with ur nail as it contain ‘silver nitro oxide’ coating and can cause skin cancer. Copy and paste this status and spread awareness please.

Silver-Nitro-Oxide-Can-Cause-Skin-Cancer-facebook-scamसायद ‘सोसल मिडिया’मा फैलिएको सबै खबर सही नै हुन्छ र धेरैले सेयर गरेको म्यासेज भएपछि, त्यो कुरा ठिक नै हुनुपर्छ होला भन्ने सोचेर पत्रिकामा यो खबर छापिए झैँ लाग्छ ! समाचार छापियो तर गलत समाचार छापियो, गलत सूचना दिइयो ! समाचार छाप्नु भन्दा पहिले, सानोतिनो अनुसन्धान गरेको भए, यस्तो गल्ति पक्कै हुँदैन थियो !

कान्तिपुरमा छापिएको यो समाचार सरासर गलत छ ! स्क्रयाच कार्डको ‘सिल्भर फोयल’ के बाट बनेको हुन्छ, नाइटि्रक अक्साइड हुन्छ कि हुँदैन, मेडिकल रिसर्च अथोरिटी अफ अमेरिका छ कि छैन भन्ने कुरा केही विचार नै नगरी, फेसबुकमा जे देखियो, त्यसलाई ‘ट्रान्सलेट’ गरेर पत्रिकामा छापिएकोछ !

मैले आफूले भ्याएसम्मको ‘रिसोर्स’ लाएर स्क्रयाच कार्ड र क्यान्सर विचको नाता पत्ता लगाउने कोशीस गरेँ तर समाचारमा भनिएजस्तो केही कुरा पनि भेट्न सकिएन ! पहिलो कुरो त, समाचारमा भनिएजस्तो “मेडिकल रिसर्च अथोरिटी अफ अमेरिका” भन्ने कुनै संस्था छैन ! दोस्रो कुरा, “सिल्भर नाइट्रो अक्साइड” भन्ने कुनै कुरा स्क्रयाचकार्डमा प्रयोग भएको हुँदैन र यो छँदा पनि छैन ।

स्क्र्याच कार्डमा प्रयोग हुने “सिल्भर फोयल”, लेटेक्स वा युभी इन्क प्रयोग गरिएको हुन्छ ! एक साइटका अनुसार हामीले दैनिक जिवनमा प्रयोग गर्ने ४० हजार थरिका सामान यो “लेटेक्स” भन्ने रवरबाट बनेकोहुन्छ ! पन्जा, बेलुन,कण्डोम, टोपी आदि विभिन्न सामानहरु ‘लेटेक्स’बाट बनेकोहुन्छ ! र यही लेटेक्सबाटै “स्क्रयाच कार्ड” पनि बनेको हुन्छ ! यदि यसबाट समाचारमा भनेजस्तो, नङले कोट्याउँदा क्यान्सर लाग्ने भए, अहिलेसम्म धेरै घटना घटिसक्थ्योहोला ! लेटेक्सले क्यान्सर त होइन, कसैकसैलाई एलर्जी भने गराउनसक्छ ! तर समाचारमा भनिएजस्तो स्क्याच कार्डले क्यान्सर हुँदैन !

समाचारमा भनिएको कुराहरु पूर्णरुपमा गलत छन् ! कान्तिपुरले पछिल्लो अंकमा यो खबरको खण्डन गरेको छ वा छैन त्यो त मैले हेरेको छैन, तर पनि विना अनुसन्धान यस किसिमका समाचारले गर्दा प्रकाशन गृहको साख गिराइरहेको छ ! समाचार छाप्दा कम्तिमा के छाप्दैछु भनेर, एक पटक अनुसन्धान गर्नु पर्ने हैन र?

फेसबुकमा फैलिएको स्क्रयाच कार्ड र क्यान्सरको नचाहिँदो हल्लाको बारेमा करिब ६-७ महिना पहिले मैले बजममा ब्लग लेखेको थिँए !

हेर्नुहोस्: Silver Nitro Oxide Can Cause Skin Cancer; Goes Viral on Facebook

Comments

  1. Sarba partham ta anil ji lai dhanya bad. yesto sambedan kura lai blog marfat samagra manis lai suchana dinu bhayeko ma. maile kehi samaye paile kunai nepali patrika ma yestai khabar padeko thiye. CFL bulb balda cancer hunchha bhanera. yesko barema pani kehi anu sandan garnu bhaye ramro hune thiyeo. huna ta jasle garda pani hunchha tara ma sanga testo idea bhayena tesaile

    thank you

    ReplyDelete

Post a Comment

Popular posts from this blog

International Youth Day 2010

संयुक्त राष्ट्रसंघ को पहल मा सन् २००० देखि मनाउन थालिएको International Youth Day (IYD) अर्थात अन्तराष्ट्रिय युवा दिवस को ११ औँ संस्करण आज अगष्ट १२ का दिन संसारभर मनाइँदैछ । “Dialogue and Mutual Understanding” भन्ने नारा का साथ मनाउन लागिएको युवा दिवस को दिन मा संसारभर युवा सम्बन्धि कार्यक्रमहरु हुँदैछन् । नेपाल मा पनि युवा दिवस को अवसर पारेर, विभिन्न कार्यक्रमहरु आयोजना भइरहेकाछन् । हिजो ११ अगष्ट का दिन, Challenges of Youth विषयक कार्यक्रम रसियन कल्चर सेन्टर, कमलपोखरी मा गरिएको थियो भने आज विहान १० बजे देखि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu)GAA Hall, Thamel मा ‘युवा जात्रा’ नामक  कार्यक्रम आयोजना गरिँदैछ । हिजो पनि फ्रान्सेली केन्द्र (Alliance Francaise de Kathmandu) मा विविध कार्यक्रमहरु को आयोजना गरिएको थियो ।  ‘युवा जात्रा २०१०’  (Youth Jatra 2010)  मा  टेवल टक, पोस्टर प्रदर्शनी, युवा वजार, फोटो प्रदर्शनी, थियटर लगायत विविध कार्यक्रम हुनेभएको छ । युवा देश को शक्ति मानिन्छन् तर अहिले युवाहरु मा विदेश पलायन हुने प्रवृत्ति बढ्दैगएको छ । राजन...

नागको चित्र बनाउने सजिलो तरिका [VIDEO]

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

सामाजिक सञ्जालको मान्यता विपरित कान्तिपुर र नागरिक दैनिक को ट्विटर @nagarikdaily @ekantipur_

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post