लामो प्रतिक्षा पछि २०६५ जेठ १५ गते रातको करिब ११:२२ बजे नेपाल गणतन्त्र राज्य भएको घोषणा गरिएकोछ । बैठक बिहान दिनको ११ बजे बस्ने भनिएको भएपनि दलहरु बिच सहकार्य हुन नसक्दा अनि राष्ट्रपति को बारेमा सहमति हुन नसक्दा बिहान बस्ने भनिएको बैठक दिउँसो ३, बेलुका ६ भन्दै राती ९ बजे सुरु भएको थियो । यसै बैठकलाई लक्षित गरेर खुलामञ्च मा दिउँसो एउटा तथा बेलुका बिआइसिसि मा दुईवटा बम बिस्फोट गराइएको थियो । बिस्फोटन को जिम्मा रणविर सेनाले लिएको छ । आज बैठक बस्ने भनिएकोले बिहानैदेखि गणतन्त्र को पक्षमा नारा जुलुस भएको थियो भने ठाउँ-ठाउँमा खुशियाली मनाउँदै विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । धेरै शंका र उपशंका विच गणतन्त्र घोषणा भएको छ । प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले पेश गरेको गणतन्त्र को प्रस्ताव को पक्ष मा ५६० मत तथा विपक्षमा ४ मत परेको थियो । अब नेपाल गणतान्त्रिक राज्य बन्ने कुरा मा शंका नरहेपनि, कार्यान्वायन पक्षको बारेमा केही भन्न नसकिने स्थिति छ । दलहरु कसरी अगाडि जाने हुन्, सहमति को कुरा कहिलेसम्म राम्रो हुने हो, यी यावत कुराहरु मा अहिले नै केही भन्न नसकिएपनि, नारायणहिटिलाई संग्राहल...