“नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ, श्रृष्टिको बिहानी सृजना गर्ने शिव त्यो तिम्रै हो, विश्वमा शान्ति फैलाइदिने बुध्द त्यो तिम्रै हो, विश्वको शिर उठाइदिने सगर तिम्रै हो, हिरा र मोती फलाइदिने धरती तिम्रै हो, नेपाल ले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ …. मेची र काली,गण्डकी कोशी,सबै यो तिम्रै हो, विश्वमा राम्रो नेपाल हाम्रो स्वर्ग यो तिम्रै हो, चन्द्र र सूर्य हाँसेर बस्ने यो झण्डा तिम्रै हो, गुँरास माथि डाँफेले नाच्ने यो देश तिम्रै हो, नेपालले के गर्यो मलाई भन्न छोडिदेउ, नेपाललाई के गरेँ मैले सोच्न थालिदेउ ।” हामीसँग के छ ? अनि हाम्रो कर्तव्य के हो ? माथि उल्लेखित गितका हरफले सबै भनिसकेकोछ, तर हामी किन नचाहिँदा बखेडा झिकिरहेका छौँ । साँच्चै हामीसँग नभएको केही छैन,तर हामी मौका मा काम गर्न सक्दैनौँ अथवा भनौँ हामी गर्न चाहँदैनौँ। “करोड मुटुहरुको एउटै ढुकढुकी नेपाल….” - हाम्रो एउटै देश छ नेपाल अनि यहाँ सबै नेपाली छन्,कोही पराइ छैन तर किन हो थाहा छैन,सबै नानाथरीका बहाना बनाइरहेका छन् । अनि आपसमै फुट ल्याइरहेकाछन् । केही समयअघिस