Skip to main content

Conflict in KU

काठमाडौँ विश्वविद्यालय को स्नातक चौथो वर्षका विद्यार्थीहरुको विदाइका लागि पुरुष तथा महिला छात्रावासले संयक्त रुप मा आयोजना गरेको बिदाइ कार्यक्रम मा स्थानिय युवाहरु प्रवेश गरेर विद्यार्थीहरुमाथि हातपात गरिएपछि, विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । जेठ २५ गते आयोजित कार्यक्रम मा स्थानिय युवाहरु पसी हातपात गरिएपछि, विद्यार्थीहरु व्दारा उनीहरुलाइ सम्झाउने बुझाउने प्रयास गर्दा उल्टै विभिन्न किसिम का गाली-गलौज गरेका थिए । त्यसपछि विद्यार्थिहरुले उनीहरुलाई कार्यक्रमस्थल बाट निस्कन चेतावनि दिइएपछि ती स्थानीय युवाहरु निस्किएका थिए । तर उनीहरु बाहिर निस्किएलगत्तै, ती १०-१५ जना स्थानीय युवाहरु बाहिर तोडफोड मा ओर्लिए र पुरुषका छात्रावास का केही झ्यालका सिसाहरु फुटाइदिए भने विद्यार्थिहरुलाई पनि ज्यान मार्ने धम्की दिए । साथमा लठ्ठी तथा भाटाहरु लिएका ती स्थानिय युवाहरुले होस्टलका विद्यार्थीहरुलाई देख्लास र पख्लास को भाका मा अति तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज तथा आक्रमण गरिएपछि, विद्यार्थीहरुले आफ्नो सुरक्षार्थ उनीहरु सँग प्रतिकार गर्न क्रिकेट ब्याट, स्टम आदि लिएर उनीहरुलाई मेन गेट सम्म लखेटेका थिए । तर उता गेट बाहिर बाट ती स्थानिय युवाहरु खुंडा र खुकुरी सहित भित्र प्रवेश गरेपछि खाली हात रहेका विद्यार्थीहरु पछाडि सर्न बाध्य भएका थिए । यसैक्रममा दोहोरो झडप हुँदा केही विद्यार्थीहरु सामान्य घाइते पनि भए ।

त्यसपछि झडप को शृङ्खला रोकिएको भएपनि सम्पु्र्ण विद्यार्थीहरु केयु को सुरक्षा व्यवस्था प्रति निकै आक्रोशित बन्न पुगेका थिए । केयु मेनगेट बाटै हात-हतियासहित युवाहरु भित्र पसेपछि विद्यार्थीहरु संशकित बन्न पुगेका थिए । अनि राती १० बजेतिर बसेको विद्यार्थीहरुको भेला ले बिहान देखि आन्दोलन गर्ने घोषणा गरेको थियो ।

पूर्व मेचि देखि पश्चिम महाकाली सम्म का विद्यार्थीहरु अध्ययन गर्ने अनि आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएको काठमाडौँ विश्वविद्यालय मा विद्यार्थीको सुरक्षा नहुनु अत्यन्तै लज्जास्पद छ र आपत्तिजनक छ । यस्ता घटनाहरु विगत मा पनि घट्ने गरेको थियो तर विगतका घटनाहरुमा केयु प्रशासनले आफ्नो कुनै जिम्मेवारी बोध नगरीकन त्यस्ता घटना गराउने तत्वहरुलाई केयु प्रशासनले झनै बढावा दिएको ठहर गर्दै विद्यार्थीहरुले, तीनीहरु माथि कार्वाही नभएसम्म तथा विश्वविद्यालय हाता भित्र सम्पुर्ण विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टि नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेकाछन् ।

यसैक्रम मा बिहानै निस्किएको विद्यार्थीको समूहले केयु को सबै डिपार्टमेन्ट मा तालाबन्दि गरेका छन् भने प्रशासन भवन अगाडि प्रदर्शन जारी राखेकाछन् । विभिन्न समयमा विश्वविद्यालयमा भए गरेका काम मा स्थानीय को सहभागिता व्यापक रुपमा गरिएको तथा विश्वविद्यालयमा अधिकांश स्थानियलाई रोजगारी दिइएको भएको भएपनि विद्यार्थीहरु उनीहरु बाटै असुरक्षित भएपछि, विद्यार्थीवर्गमा ठूलो तनाव तथा वितृष्णा उत्पन्न भएको छ । साथै यो आन्दोलन स्थानियवासी सँग को नभै विद्यार्थीहरु र केयु प्रशासन बिच रहेको कुरा विद्यार्थी नेताहरुले जनाएका छन् ।

बेलुकै देखि तनावमा रहेका विद्यार्थीहरुले प्रशासन अगाडि धर्ना जारी राखेका छन् भने तोडफोड बाट समाधान निस्कँदैन भन्ने ठहर गर्दै विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा नारावाजी समेत गरिरहेकाछन् अनि विरोधस्वरुप दाउरा बालेका छन् । “हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो” – विद्यार्थीहरु एकै स्वरमा यीनै कुराहरु दोहोर्याइरहेकाछन् ।

Update:
विद्यार्थीहरु दिनभर नै प्रशासन अगाडि नाराबाजी गर्दै धर्नामा बसिरहेका थिए । साँझ ६ बजे काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार श्री भद्रमान तुलाधर ले लिखित रुपमा, दोषीलाई भोलि सम्ममा कडा कार्वाही गरिने, हिजो ड्युटिमा रहेका सुरक्षागार्डहरुलाई निलम्बित गरि भोलि नै नयाँ सुरक्षागार्डहरुको व्यवस्था गर्ने तथा सुरक्षाव्यवस्था सम्बन्धमा तथा आगामी कदम का सम्बन्धमा भोलि बिहान विद्यार्थी प्रतिनिधिहरु सँग वार्ता गरिने लिखित प्रतिबद्धता जाहेर गरेपछि आज को धर्ना टुंगिएको छ । आज को धर्ना टुङ्गिएको भएपनि विद्यार्थीहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने कुरा विद्यार्थी नेताहरुले बताएका छन् । विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै आन्दोलन मा उत्रिएका हुन् ।

Update:
दोश्रो दिन, स्थानिय तथा केयु प्रशासन सँग विद्यार्थीहरुले वार्ता गरेकाछन् । प्रशासन बाट विद्यार्थी ले राखेका सबै मागहरु पूरा गर्ने लिखित प्रतिबद्धता भएपछि, विश्वविद्यालयमा लगाइको ताला खुलेको छ ।

Comments

  1. KU le aaja samma 10-12 local gunda ko dar ra bhar mai saara prashashan chalayo.aaja ti prasashak le samyam bidyarthiko jwalamukhi jasto aakrosh dekhe.ti andha le aankha kholeko ho bhane raamro kura ho, tara aakha khole jasto garera sutiraakheko ho bhane, ti kumbhakarna ranamaidan maa aaunai napai paramdham hune nischit cha.

    ReplyDelete
  2. I like this news article of yours.

    "हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो"

    This is the coolest thing you have written. It reflects the escalated mental state of KU students. Firstly, we can easily distinguish good things form bad. And secondly, we learn form mistakes other universities did. We have clear idea how harmful burning tires is. We also understand that KU is our property and we should not try to harm it.

    Kudos to activism and discipline shown by KU students.

    Regards,
    Sulabh Bista

    ReplyDelete
  3. सरकारी रोग नीजि विश्वविद्यालयहरुमा पनि सर्न थाल्यो जस्तो छ। स्थानीय गुण्डाहरुले त्रि वि का विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई गर्ने आक्रमण त खबर बन्नै छाडिसके। पोखराको एउटा क्याम्पसमा कार्यरत हुँदा म आफैंले पनि धेरै पटक देखे-भोगेको छु। तर विद्यार्थीहरु सधें निर्दोष भने हुँदैनथिए। धेरैजसो, विद्यार्थीहरुको कुनै समूहले अर्को समूहको विरुद्ध स्थानीय गुण्डाहरुको प्रयोग गर्थ्यो। कतिपय अवश्थामा क्याम्पस प्रशाशनका केहि ब्यक्तिहरु आफैं पनि संलग्न हुन्थे।

    यो रोग नीजि शैक्षिक संस्थाहरुमा पनि सल्किनु अत्यन्त ठूलो चिन्ताको विषय हो। गुण्डागर्दीको यो आगोलाई सरकारी कलेजहरुमाजस्तो निभाउनै मुश्किल हुने 'डढेलो' बन्न नपाउँदै निभाउनु विद्यार्थी, प्रशाशन र स्थानीय समुदाय सबैको
    हितमा हुनेछ।

    आन्दोलनको स्वरुपका विषयमा केयूका विद्यार्थीहरुले देखाएको सुझबुझ र परिपक्वता एकदमै प्रशंशनीय छ। उनीहरुको आन्दोलनको सफलताको कामना गर्दछु।

    ReplyDelete
  4. मलाई व्यक्तिगत रुपमा पनि निजीस्तरका प्रतिष्ठित शैक्षीक निकायहरु यो 'गुण्डागर्दि' को रोगबाट पर रहनुपर्छ जस्तो लाग्छ । सरकारीको को त यो रोग यत्ती गहिरो छ कि बिना 'अप्रेशन' हुदैंन।

    तर जे होस बौद्धिक रुपमा के यु का विद्यार्थीहरुले आफ्नो सुरक्षा र हक को माग पनि गर्दै बिरोध पनि तोड-फोडबाट टाडा रहि गरेको कुरा चाहि सह्रानिय छ ।

    ReplyDelete
  5. यस्तो स्थानिय युबा र बिद्यार्थी हरु को झगडा राम्रो होइन, जस्ले गर्द अध्ययन लाई नै बाधा पुराउन सक्छ,

    ReplyDelete
  6. भएको चैं के कारणले रहेछ ?

    ReplyDelete
  7. गुण्डाहरुलाई झगडा गर्न के कारण चाहिन्थो र ? सिधै कार्यक्रम स्थल भित्र छिरेर छात्राहरुमाथि दुर्वयवहार गर्न थालेपछि, माहोल तात्तिएको हो ।

    ReplyDelete
  8. Wow....

    This is not the KU I knew of, student coming out for protest. As long as it's for good reason I don't mind. It was noble idea of them not to burn tires, but why do they have to even burn anything? Burning is not = Andolan

    KU never had comprehensive boundary (with walls), it was more like National Park that included tribes living within as their component. So, it was just matter of time before something like this (security lapse)happened.

    KU is one of the top Nepalese University in middle of not so civicly aware towns. So it will take more time for those places to develop like an university town. I think local still consider KU as an outsider university.

    ReplyDelete
  9. गुण्डाहरुलाई झगडा गर्न के कारण चाहिन्थो र ? सिधै कार्यक्रम स्थल भित्र छिरेर छात्राहरुमाथि दुर्वयवहार गर्न थालेपछि, माहोल तात्तिएको हो ।

    ReplyDelete
  10. सरकारी रोग नीजि विश्वविद्यालयहरुमा पनि सर्न थाल्यो जस्तो छ। स्थानीय गुण्डाहरुले त्रि वि का विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई गर्ने आक्रमण त खबर बन्नै छाडिसके। पोखराको एउटा क्याम्पसमा कार्यरत हुँदा म आफैंले पनि धेरै पटक देखे-भोगेको छु। तर विद्यार्थीहरु सधें निर्दोष भने हुँदैनथिए। धेरैजसो, विद्यार्थीहरुको कुनै समूहले अर्को समूहको विरुद्ध स्थानीय गुण्डाहरुको प्रयोग गर्थ्यो। कतिपय अवश्थामा क्याम्पस प्रशाशनका केहि ब्यक्तिहरु आफैं पनि संलग्न हुन्थे।

    यो रोग नीजि शैक्षिक संस्थाहरुमा पनि सल्किनु अत्यन्त ठूलो चिन्ताको विषय हो। गुण्डागर्दीको यो आगोलाई सरकारी कलेजहरुमाजस्तो निभाउनै मुश्किल हुने 'डढेलो' बन्न नपाउँदै निभाउनु विद्यार्थी, प्रशाशन र स्थानीय समुदाय सबैको
    हितमा हुनेछ।

    आन्दोलनको स्वरुपका विषयमा केयूका विद्यार्थीहरुले देखाएको सुझबुझ र परिपक्वता एकदमै प्रशंशनीय छ। उनीहरुको आन्दोलनको सफलताको कामना गर्दछु।

    ReplyDelete
  11. I like this news article of yours.

    "हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो"

    This is the coolest thing you have written. It reflects the escalated mental state of KU students. Firstly, we can easily distinguish good things form bad. And secondly, we learn form mistakes other universities did. We have clear idea how harmful burning tires is. We also understand that KU is our property and we should not try to harm it.

    Kudos to activism and discipline shown by KU students.

    Regards,
    Sulabh Bista

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post