Skip to main content

Conflict in KU

काठमाडौँ विश्वविद्यालय को स्नातक चौथो वर्षका विद्यार्थीहरुको विदाइका लागि पुरुष तथा महिला छात्रावासले संयक्त रुप मा आयोजना गरेको बिदाइ कार्यक्रम मा स्थानिय युवाहरु प्रवेश गरेर विद्यार्थीहरुमाथि हातपात गरिएपछि, विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । जेठ २५ गते आयोजित कार्यक्रम मा स्थानिय युवाहरु पसी हातपात गरिएपछि, विद्यार्थीहरु व्दारा उनीहरुलाइ सम्झाउने बुझाउने प्रयास गर्दा उल्टै विभिन्न किसिम का गाली-गलौज गरेका थिए । त्यसपछि विद्यार्थिहरुले उनीहरुलाई कार्यक्रमस्थल बाट निस्कन चेतावनि दिइएपछि ती स्थानीय युवाहरु निस्किएका थिए । तर उनीहरु बाहिर निस्किएलगत्तै, ती १०-१५ जना स्थानीय युवाहरु बाहिर तोडफोड मा ओर्लिए र पुरुषका छात्रावास का केही झ्यालका सिसाहरु फुटाइदिए भने विद्यार्थिहरुलाई पनि ज्यान मार्ने धम्की दिए । साथमा लठ्ठी तथा भाटाहरु लिएका ती स्थानिय युवाहरुले होस्टलका विद्यार्थीहरुलाई देख्लास र पख्लास को भाका मा अति तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज तथा आक्रमण गरिएपछि, विद्यार्थीहरुले आफ्नो सुरक्षार्थ उनीहरु सँग प्रतिकार गर्न क्रिकेट ब्याट, स्टम आदि लिएर उनीहरुलाई मेन गेट सम्म लखेटेका थिए । तर उता गेट बाहिर बाट ती स्थानिय युवाहरु खुंडा र खुकुरी सहित भित्र प्रवेश गरेपछि खाली हात रहेका विद्यार्थीहरु पछाडि सर्न बाध्य भएका थिए । यसैक्रममा दोहोरो झडप हुँदा केही विद्यार्थीहरु सामान्य घाइते पनि भए ।

त्यसपछि झडप को शृङ्खला रोकिएको भएपनि सम्पु्र्ण विद्यार्थीहरु केयु को सुरक्षा व्यवस्था प्रति निकै आक्रोशित बन्न पुगेका थिए । केयु मेनगेट बाटै हात-हतियासहित युवाहरु भित्र पसेपछि विद्यार्थीहरु संशकित बन्न पुगेका थिए । अनि राती १० बजेतिर बसेको विद्यार्थीहरुको भेला ले बिहान देखि आन्दोलन गर्ने घोषणा गरेको थियो ।

पूर्व मेचि देखि पश्चिम महाकाली सम्म का विद्यार्थीहरु अध्ययन गर्ने अनि आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएको काठमाडौँ विश्वविद्यालय मा विद्यार्थीको सुरक्षा नहुनु अत्यन्तै लज्जास्पद छ र आपत्तिजनक छ । यस्ता घटनाहरु विगत मा पनि घट्ने गरेको थियो तर विगतका घटनाहरुमा केयु प्रशासनले आफ्नो कुनै जिम्मेवारी बोध नगरीकन त्यस्ता घटना गराउने तत्वहरुलाई केयु प्रशासनले झनै बढावा दिएको ठहर गर्दै विद्यार्थीहरुले, तीनीहरु माथि कार्वाही नभएसम्म तथा विश्वविद्यालय हाता भित्र सम्पुर्ण विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टि नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेकाछन् ।

यसैक्रम मा बिहानै निस्किएको विद्यार्थीको समूहले केयु को सबै डिपार्टमेन्ट मा तालाबन्दि गरेका छन् भने प्रशासन भवन अगाडि प्रदर्शन जारी राखेकाछन् । विभिन्न समयमा विश्वविद्यालयमा भए गरेका काम मा स्थानीय को सहभागिता व्यापक रुपमा गरिएको तथा विश्वविद्यालयमा अधिकांश स्थानियलाई रोजगारी दिइएको भएको भएपनि विद्यार्थीहरु उनीहरु बाटै असुरक्षित भएपछि, विद्यार्थीवर्गमा ठूलो तनाव तथा वितृष्णा उत्पन्न भएको छ । साथै यो आन्दोलन स्थानियवासी सँग को नभै विद्यार्थीहरु र केयु प्रशासन बिच रहेको कुरा विद्यार्थी नेताहरुले जनाएका छन् ।

बेलुकै देखि तनावमा रहेका विद्यार्थीहरुले प्रशासन अगाडि धर्ना जारी राखेका छन् भने तोडफोड बाट समाधान निस्कँदैन भन्ने ठहर गर्दै विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा नारावाजी समेत गरिरहेकाछन् अनि विरोधस्वरुप दाउरा बालेका छन् । “हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो” – विद्यार्थीहरु एकै स्वरमा यीनै कुराहरु दोहोर्याइरहेकाछन् ।

Update:
विद्यार्थीहरु दिनभर नै प्रशासन अगाडि नाराबाजी गर्दै धर्नामा बसिरहेका थिए । साँझ ६ बजे काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार श्री भद्रमान तुलाधर ले लिखित रुपमा, दोषीलाई भोलि सम्ममा कडा कार्वाही गरिने, हिजो ड्युटिमा रहेका सुरक्षागार्डहरुलाई निलम्बित गरि भोलि नै नयाँ सुरक्षागार्डहरुको व्यवस्था गर्ने तथा सुरक्षाव्यवस्था सम्बन्धमा तथा आगामी कदम का सम्बन्धमा भोलि बिहान विद्यार्थी प्रतिनिधिहरु सँग वार्ता गरिने लिखित प्रतिबद्धता जाहेर गरेपछि आज को धर्ना टुंगिएको छ । आज को धर्ना टुङ्गिएको भएपनि विद्यार्थीहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने कुरा विद्यार्थी नेताहरुले बताएका छन् । विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै आन्दोलन मा उत्रिएका हुन् ।

Update:
दोश्रो दिन, स्थानिय तथा केयु प्रशासन सँग विद्यार्थीहरुले वार्ता गरेकाछन् । प्रशासन बाट विद्यार्थी ले राखेका सबै मागहरु पूरा गर्ने लिखित प्रतिबद्धता भएपछि, विश्वविद्यालयमा लगाइको ताला खुलेको छ ।

Comments

  1. KU le aaja samma 10-12 local gunda ko dar ra bhar mai saara prashashan chalayo.aaja ti prasashak le samyam bidyarthiko jwalamukhi jasto aakrosh dekhe.ti andha le aankha kholeko ho bhane raamro kura ho, tara aakha khole jasto garera sutiraakheko ho bhane, ti kumbhakarna ranamaidan maa aaunai napai paramdham hune nischit cha.

    ReplyDelete
  2. I like this news article of yours.

    "हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो"

    This is the coolest thing you have written. It reflects the escalated mental state of KU students. Firstly, we can easily distinguish good things form bad. And secondly, we learn form mistakes other universities did. We have clear idea how harmful burning tires is. We also understand that KU is our property and we should not try to harm it.

    Kudos to activism and discipline shown by KU students.

    Regards,
    Sulabh Bista

    ReplyDelete
  3. सरकारी रोग नीजि विश्वविद्यालयहरुमा पनि सर्न थाल्यो जस्तो छ। स्थानीय गुण्डाहरुले त्रि वि का विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई गर्ने आक्रमण त खबर बन्नै छाडिसके। पोखराको एउटा क्याम्पसमा कार्यरत हुँदा म आफैंले पनि धेरै पटक देखे-भोगेको छु। तर विद्यार्थीहरु सधें निर्दोष भने हुँदैनथिए। धेरैजसो, विद्यार्थीहरुको कुनै समूहले अर्को समूहको विरुद्ध स्थानीय गुण्डाहरुको प्रयोग गर्थ्यो। कतिपय अवश्थामा क्याम्पस प्रशाशनका केहि ब्यक्तिहरु आफैं पनि संलग्न हुन्थे।

    यो रोग नीजि शैक्षिक संस्थाहरुमा पनि सल्किनु अत्यन्त ठूलो चिन्ताको विषय हो। गुण्डागर्दीको यो आगोलाई सरकारी कलेजहरुमाजस्तो निभाउनै मुश्किल हुने 'डढेलो' बन्न नपाउँदै निभाउनु विद्यार्थी, प्रशाशन र स्थानीय समुदाय सबैको
    हितमा हुनेछ।

    आन्दोलनको स्वरुपका विषयमा केयूका विद्यार्थीहरुले देखाएको सुझबुझ र परिपक्वता एकदमै प्रशंशनीय छ। उनीहरुको आन्दोलनको सफलताको कामना गर्दछु।

    ReplyDelete
  4. मलाई व्यक्तिगत रुपमा पनि निजीस्तरका प्रतिष्ठित शैक्षीक निकायहरु यो 'गुण्डागर्दि' को रोगबाट पर रहनुपर्छ जस्तो लाग्छ । सरकारीको को त यो रोग यत्ती गहिरो छ कि बिना 'अप्रेशन' हुदैंन।

    तर जे होस बौद्धिक रुपमा के यु का विद्यार्थीहरुले आफ्नो सुरक्षा र हक को माग पनि गर्दै बिरोध पनि तोड-फोडबाट टाडा रहि गरेको कुरा चाहि सह्रानिय छ ।

    ReplyDelete
  5. यस्तो स्थानिय युबा र बिद्यार्थी हरु को झगडा राम्रो होइन, जस्ले गर्द अध्ययन लाई नै बाधा पुराउन सक्छ,

    ReplyDelete
  6. भएको चैं के कारणले रहेछ ?

    ReplyDelete
  7. गुण्डाहरुलाई झगडा गर्न के कारण चाहिन्थो र ? सिधै कार्यक्रम स्थल भित्र छिरेर छात्राहरुमाथि दुर्वयवहार गर्न थालेपछि, माहोल तात्तिएको हो ।

    ReplyDelete
  8. Wow....

    This is not the KU I knew of, student coming out for protest. As long as it's for good reason I don't mind. It was noble idea of them not to burn tires, but why do they have to even burn anything? Burning is not = Andolan

    KU never had comprehensive boundary (with walls), it was more like National Park that included tribes living within as their component. So, it was just matter of time before something like this (security lapse)happened.

    KU is one of the top Nepalese University in middle of not so civicly aware towns. So it will take more time for those places to develop like an university town. I think local still consider KU as an outsider university.

    ReplyDelete
  9. गुण्डाहरुलाई झगडा गर्न के कारण चाहिन्थो र ? सिधै कार्यक्रम स्थल भित्र छिरेर छात्राहरुमाथि दुर्वयवहार गर्न थालेपछि, माहोल तात्तिएको हो ।

    ReplyDelete
  10. सरकारी रोग नीजि विश्वविद्यालयहरुमा पनि सर्न थाल्यो जस्तो छ। स्थानीय गुण्डाहरुले त्रि वि का विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई गर्ने आक्रमण त खबर बन्नै छाडिसके। पोखराको एउटा क्याम्पसमा कार्यरत हुँदा म आफैंले पनि धेरै पटक देखे-भोगेको छु। तर विद्यार्थीहरु सधें निर्दोष भने हुँदैनथिए। धेरैजसो, विद्यार्थीहरुको कुनै समूहले अर्को समूहको विरुद्ध स्थानीय गुण्डाहरुको प्रयोग गर्थ्यो। कतिपय अवश्थामा क्याम्पस प्रशाशनका केहि ब्यक्तिहरु आफैं पनि संलग्न हुन्थे।

    यो रोग नीजि शैक्षिक संस्थाहरुमा पनि सल्किनु अत्यन्त ठूलो चिन्ताको विषय हो। गुण्डागर्दीको यो आगोलाई सरकारी कलेजहरुमाजस्तो निभाउनै मुश्किल हुने 'डढेलो' बन्न नपाउँदै निभाउनु विद्यार्थी, प्रशाशन र स्थानीय समुदाय सबैको
    हितमा हुनेछ।

    आन्दोलनको स्वरुपका विषयमा केयूका विद्यार्थीहरुले देखाएको सुझबुझ र परिपक्वता एकदमै प्रशंशनीय छ। उनीहरुको आन्दोलनको सफलताको कामना गर्दछु।

    ReplyDelete
  11. I like this news article of yours.

    "हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो"

    This is the coolest thing you have written. It reflects the escalated mental state of KU students. Firstly, we can easily distinguish good things form bad. And secondly, we learn form mistakes other universities did. We have clear idea how harmful burning tires is. We also understand that KU is our property and we should not try to harm it.

    Kudos to activism and discipline shown by KU students.

    Regards,
    Sulabh Bista

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Subscribe to Aakar Post