काठमाडौँ विश्वविद्यालय को स्नातक चौथो वर्षका विद्यार्थीहरुको विदाइका लागि पुरुष तथा महिला छात्रावासले संयक्त रुप मा आयोजना गरेको बिदाइ कार्यक्रम मा स्थानिय युवाहरु प्रवेश गरेर विद्यार्थीहरुमाथि हातपात गरिएपछि, विश्वविद्यालयमा तनाव उत्पन्न भएको छ । जेठ २५ गते आयोजित कार्यक्रम मा स्थानिय युवाहरु पसी हातपात गरिएपछि, विद्यार्थीहरु व्दारा उनीहरुलाइ सम्झाउने बुझाउने प्रयास गर्दा उल्टै विभिन्न किसिम का गाली-गलौज गरेका थिए । त्यसपछि विद्यार्थिहरुले उनीहरुलाई कार्यक्रमस्थल बाट निस्कन चेतावनि दिइएपछि ती स्थानीय युवाहरु निस्किएका थिए । तर उनीहरु बाहिर निस्किएलगत्तै, ती १०-१५ जना स्थानीय युवाहरु बाहिर तोडफोड मा ओर्लिए र पुरुषका छात्रावास का केही झ्यालका सिसाहरु फुटाइदिए भने विद्यार्थिहरुलाई पनि ज्यान मार्ने धम्की दिए । साथमा लठ्ठी तथा भाटाहरु लिएका ती स्थानिय युवाहरुले होस्टलका विद्यार्थीहरुलाई देख्लास र पख्लास को भाका मा अति तुच्छ शब्दहरु प्रयोग गर्दै गालीगलौज तथा आक्रमण गरिएपछि, विद्यार्थीहरुले आफ्नो सुरक्षार्थ उनीहरु सँग प्रतिकार गर्न क्रिकेट ब्याट, स्टम आदि लिएर उनीहरुलाई मेन गेट सम्म लखेटेका थिए । तर उता गेट बाहिर बाट ती स्थानिय युवाहरु खुंडा र खुकुरी सहित भित्र प्रवेश गरेपछि खाली हात रहेका विद्यार्थीहरु पछाडि सर्न बाध्य भएका थिए । यसैक्रममा दोहोरो झडप हुँदा केही विद्यार्थीहरु सामान्य घाइते पनि भए ।
त्यसपछि झडप को शृङ्खला रोकिएको भएपनि सम्पु्र्ण विद्यार्थीहरु केयु को सुरक्षा व्यवस्था प्रति निकै आक्रोशित बन्न पुगेका थिए । केयु मेनगेट बाटै हात-हतियासहित युवाहरु भित्र पसेपछि विद्यार्थीहरु संशकित बन्न पुगेका थिए । अनि राती १० बजेतिर बसेको विद्यार्थीहरुको भेला ले बिहान देखि आन्दोलन गर्ने घोषणा गरेको थियो ।
पूर्व मेचि देखि पश्चिम महाकाली सम्म का विद्यार्थीहरु अध्ययन गर्ने अनि आफ्नो छुट्टै विशिष्ट पहिचान बनाएको काठमाडौँ विश्वविद्यालय मा विद्यार्थीको सुरक्षा नहुनु अत्यन्तै लज्जास्पद छ र आपत्तिजनक छ । यस्ता घटनाहरु विगत मा पनि घट्ने गरेको थियो तर विगतका घटनाहरुमा केयु प्रशासनले आफ्नो कुनै जिम्मेवारी बोध नगरीकन त्यस्ता घटना गराउने तत्वहरुलाई केयु प्रशासनले झनै बढावा दिएको ठहर गर्दै विद्यार्थीहरुले, तीनीहरु माथि कार्वाही नभएसम्म तथा विश्वविद्यालय हाता भित्र सम्पुर्ण विद्यार्थीहरुको सुरक्षाको ग्यारेन्टि नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेकाछन् ।
यसैक्रम मा बिहानै निस्किएको विद्यार्थीको समूहले केयु को सबै डिपार्टमेन्ट मा तालाबन्दि गरेका छन् भने प्रशासन भवन अगाडि प्रदर्शन जारी राखेकाछन् । विभिन्न समयमा विश्वविद्यालयमा भए गरेका काम मा स्थानीय को सहभागिता व्यापक रुपमा गरिएको तथा विश्वविद्यालयमा अधिकांश स्थानियलाई रोजगारी दिइएको भएको भएपनि विद्यार्थीहरु उनीहरु बाटै असुरक्षित भएपछि, विद्यार्थीवर्गमा ठूलो तनाव तथा वितृष्णा उत्पन्न भएको छ । साथै यो आन्दोलन स्थानियवासी सँग को नभै विद्यार्थीहरु र केयु प्रशासन बिच रहेको कुरा विद्यार्थी नेताहरुले जनाएका छन् ।
बेलुकै देखि तनावमा रहेका विद्यार्थीहरुले प्रशासन अगाडि धर्ना जारी राखेका छन् भने तोडफोड बाट समाधान निस्कँदैन भन्ने ठहर गर्दै विद्यार्थीहरुले शान्तिपुर्ण रुपमा नारावाजी समेत गरिरहेकाछन् अनि विरोधस्वरुप दाउरा बालेका छन् । “हामी बौद्धिक मान्छेहरु हौँ, हामी टायर बाल्दैनौँ, यी सबै हाम्रै सम्पत्ति भएकाले तोडफोड पनि गर्दैनौँ, तर हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी राख्छौँ, पिडकलाई कारवाही हुनुपर्यो, हामीलाई सुरक्षा चाहियो” – विद्यार्थीहरु एकै स्वरमा यीनै कुराहरु दोहोर्याइरहेकाछन् ।
Update:
विद्यार्थीहरु दिनभर नै प्रशासन अगाडि नाराबाजी गर्दै धर्नामा बसिरहेका थिए । साँझ ६ बजे काठमाडौँ विश्वविद्यालय का रजिष्ट्रार श्री भद्रमान तुलाधर ले लिखित रुपमा, दोषीलाई भोलि सम्ममा कडा कार्वाही गरिने, हिजो ड्युटिमा रहेका सुरक्षागार्डहरुलाई निलम्बित गरि भोलि नै नयाँ सुरक्षागार्डहरुको व्यवस्था गर्ने तथा सुरक्षाव्यवस्था सम्बन्धमा तथा आगामी कदम का सम्बन्धमा भोलि बिहान विद्यार्थी प्रतिनिधिहरु सँग वार्ता गरिने लिखित प्रतिबद्धता जाहेर गरेपछि आज को धर्ना टुंगिएको छ । आज को धर्ना टुङ्गिएको भएपनि विद्यार्थीहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहने कुरा विद्यार्थी नेताहरुले बताएका छन् । विद्यार्थीहरुले शान्ति सुरक्षाको माग गर्दै आन्दोलन मा उत्रिएका हुन् ।
Update:
दोश्रो दिन, स्थानिय तथा केयु प्रशासन सँग विद्यार्थीहरुले वार्ता गरेकाछन् । प्रशासन बाट विद्यार्थी ले राखेका सबै मागहरु पूरा गर्ने लिखित प्रतिबद्धता भएपछि, विश्वविद्यालयमा लगाइको ताला खुलेको छ ।