Skip to main content

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्सले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो ।


क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो ।

त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई लिएर क्याम्ब्रिज एनालिटिकाले अमेरिकी निर्वाचनमा ट्रम्पको पक्षमा क्याम्पेन चलाएको थियो । त्यसरी फेसबुकबाट लिइएको तथ्यांकमा प्रयोगकर्ताहरुको आनीबानी, राजनैतिक झुकाव, ईमेल, फोन, फोटो,  लाइक आदि विभिन्न कुराहरु समावेश थियो । यिनै कुराहरुको आधारमा एनालिटिकाले कस्तो मान्छेलाई के भन्दा हुन्छ, कस्तो मान्छेले कस्तो कुरा, कसरी भन्दा पत्याउँछन्, सुन्छन्, मान्छन् आदि भन्ने अध्ययन गरेर भएका-नभएका विभिन्न सामाग्रीहरु फेसबुकमा राखेको थियो । एनालिटिका’को यस्तो ‘टार्गेट’ गरिएको विज्ञापनहरुले अमेरिकी जनताहरुलाई गतल समाचार, सूचना प्रवाह गरेको थियो, जसका कारण ट्रम्पलाई जित्न सहज भएको समाचारमा दावी गरिएको छ । त्यसैगरि युरोपियन युनियनबाट युके छुट्याउन (ब्रेक्जिट) मा पनि क्याम्ब्रिज एनालिटिका’को हात रहेको उल्लेख गरिएको छ । च्यानल फोर न्युज’ले गरेको स्टिङ अपरेशनमा एनालिटिका’का सिइओ एलेक्जेन्डर निक्सले खुलेआम रुपमै अमेरिका, केन्या लगायतका देशमा यसै गरि राजनैतिक क्याम्पेन चलाएको बताएका छन् ।

फेसबुकबाट तथ्यांक कसरी दुरुपयोग भयो?
क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एलेक्जेन्डर कोगनले ‘दिस इज योर डिजिटल लाइफ’ नामक एप बनाएका थिए । मनोवैज्ञानिक पक्षबारे शोध गर्नको लागि भनेर पैसा तिरेरै हजारौँ फेसबुक प्रयोगकर्ताहरुलाई उक्त एपमा ‘पर्सनालिटि टेस्ट’ लिन लगाइएको थियो । यसरी उक्त एप चलाउनेहरुको तथ्यांक त फेसबुकबाट भनेरै लिइएकै थियो, तर भित्र भित्रै उक्त एप नचलाएका तर एप चलाएका व्यक्तिका साथीहरुको तथ्यांक पनि फेसबुकबाट उनीहरुले लिए । जस्तो कि, मैले उक्त एप चलाएको छैन, तर मेरो फेसबुकमा भएका एकजना साथीले उक्त एप चलाए भने, मेरो सम्पूर्ण जानकारी त्यो एपले लिन्छ । भन्नको मतलब, मलाई थाहा नै नदिइकन, नभइकन, मेरो फेसबुकको साथी मार्फत मेरो सम्पूर्ण जानकारी जस्तो कि, मेरो नाम, फोटो, इमेल, फोन, ठेगाना, मेरो लाइक, स्टाटस अपडेट आदि विविध कुराहरु चोरी हुन्छ । २०१४ मा फेसबुकले नै यो सुविधा एपहरुलाई दिएको थियो, तर फेसबुकले प्रयोगकर्ताहरुलाई यसबारेमा जानकारी गराएको थिएन । आफूले एप चलाएर, एपले मागेका आफ्ना जानकारीहरु दिन त पाइयो, तर आफूले एप नै नचलाइकन मेरा गतिविधिहरु अरुले चोरी गर्नु, थाहा पाउनु त हजम भएन । यसरी, केही लाख प्रयोगकर्ताले यो एप प्रयोग गरे पनि साथीहरु मार्फत करिब ५ करोड प्रयोगकर्ताहरुको तथ्यांक फेसबुकबाट चोरी भएको थियो । यसरी लिइएको तथ्यांकलाई अध्ययन गरेर अमेरिकी निर्वाचनका लागि विभिन्न किसिमका राजनैतिक क्याम्पेनहरु चलाइएको थियो ।


रसियाले फेसबुकमार्फत प्रपोगान्डा गरेर “फेक” समाचारहरु फैलाएर, अमेरिकी निर्वाचनको परिणामलाई नै उल्ट्याउन सघाएको, र ती कुराहरु फेसबुकले रोक्न नसकेको आदि कुराहरु सेलाउन नपाउँदै फेसबुक मार्फत क्याम्ब्रिज एनालिटिकाले ५ करोड प्रयोगकर्ताको तथ्यांक चोरी गरेको र निर्वाचनको दौरान त्यही तथ्यांकहरु प्रयोग भएको कुरा सार्वजनिक भयो । यही घटनालाई लिएर ब्रिटिस अधिकारीहरुले फेसबुक र एनालिटिका माथि केही हप्ता अघिबाट छानविन सुरु गरे । छानविन थालिएपछि र मिडियाले यस विषयमा समाचार प्रकाशन, प्रशारण गर्ने थाहा पाएपछि; फेसबुकले क्याम्ब्रिज एनालिटिका र कोगनलाई, तथ्यांकको दुरुपयोग गरेको भन्दै फेसबुक प्लेटफर्मबाट निष्काशन गरेको घोषणा ब्लग मार्फत गर्‍यो । २०१४ मा घटेको तथ्यांक चोरीको घटना, २०१५ मा गार्डियनले रिपोर्टिङ गर्‍यो, अहिले आएर क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले सूचना दिएपछि ब्रिटिस अधिकारीहरुले यस घटनाको छानविन सुरु गरे । गार्डियन, न्युयोर्क टाइम्स तथा च्यानल फोर न्युजले यस सम्बन्धि समाचार ब्रेक गरे । समाचार सार्वजनिक भएसँगै फेसबुकले गार्डियनलाई गलत समाचार प्रवाह गरेको भन्दै मुद्दा हाल्ने धम्की दिएको दावी गार्डियनले गरेको छ ।

यो तथ्यांक चोरीको घटना सार्वजनिक भएपछि, यति धेरै घटनाहरु घट्दा पनि फेसबुकले प्रयोगकर्ताहरुलाई जानकारी नदिएको, प्रयोगकर्ताहरुको तथ्यांक विना स्विकृती अरुलाई दिएको, प्रयोगकर्ताको गोप्यताको ख्याल नगरेको भन्दै ‘डिलिट फेसबुक’ क्याम्पेन नै सुरु भयो । यसै पनि फेसबुक केही समय देखि मोनोटोनस हुँदै गइरहेको, फेक समाचारको बिगबिगी रहेका कारण प्रयोगकर्ताहरुले फेसबुक चलाउन छोडेको समाचारहरु सार्वजनिक भइरहेको थियो । यो घटना पछि त ‘डिलिट फेसबुक’ भन्दै क्याम्पेन नै सुरु भयो । यो क्याम्पेन सँगै, कतिले फेसबुक चलाउन छोडे भन्ने तथ्यांक त छैन तर धेरैले आफ्नो फोनबाट फेसबुक तथा मेसेन्जर हटाएको समाचारहरु चाँहि सार्वजनिक भइरहेका छन् । हाम्रो न्युजफिडमा कमेन्टमा ‘बि एफ एफ’ लेखेर फेसबुक सुरक्षित भए वा नभएको कुरा थाहा पाउनुस् भन्ने हावा कुरा फैलिरहेका बेला, उता फेसबुक एप तथा अकाउन्ट नै डिलिट गर्ने क्याम्पेन चलिरहेको छ ।

फेसबुक तथ्यांक चोरी काण्ड सार्वजनिक भइरहँदा, उता फेसबुक भने तथ्याङ्क चोरी भएको होइन भन्नेमै लागिरह्यो । फेसबुक’का सुरक्षा प्रमुखले ट्विटरमा फेसबुक’को वचाउ गर्दै ट्विट गरे, तर पछि सबै ट्विट मेटाए । उता फेसबुकले यो घटना सार्वजनिक गर्ने क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीको फेसबुक र इन्स्टाग्राम अकाउन्ट निलम्बन गरिदियो । त्यस्तै क्याम्ब्रिज एनालिटिका'को बोर्डले यसका सिइओ एलेक्जेन्डर निक्सलाई निलम्बन गरेको घोषणा गर्‍यो । डिलिट फेसबुक क्याम्पेन चल्न थाल्यो, फेसबुक’को सेयर एकै पटक करिब ६ प्रतिशतले घट्यो । तथ्यांक चोरीको समाचार सार्वजनिक भएको ३ दिन पछि फेसबुक’का सुरक्षा प्रमुखले फेसबुकबाट राजिनामा दिँदैछन् भन्ने अर्को समाचार आयो । तर यस घटनाका सम्बन्धमा फेसबुकका संस्थापक मार्क जकरवर्गको धारणा आएन । यति ठूलो घटना हुँदा पनि मौन रहे, जसले केहि शंका उपशंकाहरु पनि उब्जायो, डिलिट फेसबुकलाई झनै मलजल गर्‍यो ।

अन्तत: सबै दुविधाहरुलाई चिर्दै घटना सार्वजनिक भएको पाँच दिन पछि मार्क जकरवर्गले आफ्नो धारणा फेसबुक पोष्ट मार्फत राखे ।

“प्रयोगकर्ताको तथ्यांक सुरक्षित राख्नु फेसबुकको कर्तव्य हो, यदि सुरक्षित राख्न सक्दैनौँ भने प्रयोगकर्ताका लागि हामी योग्य छैनौँ” फेसबुक सिइओ मार्क जकरवर्गले, आफ्नो पोष्टमा लेखेकाछन् ।

“फेसबुक मैले सुरु गरेको हुँ, फेसबुकमा हुने कुराहरुमा म नै जिम्मेवार रहन्छु । फेसबुकलाई सुरक्षित बनाउन म प्रतिबद्ध छु । क्याम्ब्रिज एनालिटिकासँगको जस्तो घटना अहिलेका एपहरुसँग हुँदैन, तर जे भयो त्यसलाई परिवर्तन गर्न पनि सकिन्न । हामीले पहिलेका आफ्ना अनुभवहरुबाट सिकेर फेसबुकलाई अझै सुरक्षित बनाउँदैछौँ।” भन्दै जकरवर्गले प्रयोगकर्ताहरु सँग माफी मागेकाछन् । यस घटनापछि फेसबुक एपहरुको लागि नयाँ नियम ल्याउन लागिएको जानकारी पनि जकरवर्गले गराएकाछन् ।

गर्ने के?
फेसबुक लगायत हामीले प्रयोग गर्ने विभिन्न एपहरुले के, कसरी काम गर्छ, प्रयोग गर्नु अघि प्रयोगकर्ताले बुझ्नु जरुरी छ । फेसबुक, ट्विटरमा फलानाले यस्तो भन्यो, त्यस्तो भन्यो भन्ने एप् चलाउँदै गर्दा यो एपले के-के जानकारी माग्छ सजग हुनुपर्छ । यसका अलावा आफ्नो फोन तथा फेसबुक अकाउन्टमा राखिने एप्सहरुले के कस्तो सहमति माग्छन् याद गर्नुपर्छ । जस्तो, कहिले फोटो वा क्यामेराको आवश्यकता नपर्ने मोबाइल एपले मोवाइलको क्यामेराको ‘एक्सेस’ माग्यो भने, यसलाई किन क्यामेरा चाहियो भनेर एक पटक सोचौँ । प्राय: धेरैजसो एपले तपाईको कन्ट्याक्ट लिस्टको एक्सेस मागिरहेको हुन्छ, त्यस्ता एपहरुलाई सोच, विचार गरेर मात्र एक्सेस दिनुपर्छ ।

फेसबुक, ट्विटर, गुगलको सेटिङ्समा गएर हेर्नु भयो भने तपाईले आफ्नो तथ्यांक कुन कुन एपलाई दिनुभएको छ, देख्न सकिन्छ । त्यहाँ गएर काम नलाग्ने वा प्रयोगमा नभएका एपहरुलाई हटाउन सक्नुहुन्छ ।

क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई दिएको अन्तरवार्ता

च्यानल फोर न्युजको स्टिङ अपरेसन

मार्क जकरवर्गको स्विकारोक्ति

फेसबुक तथ्यांकको दुरुपयोग र घटनाक्रम

सन्दर्भ सामाग्री तथा तस्विर स्रोत: द गार्डियन, न्युयोर्क टाइम्स, भर्ज

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post