Skip to main content

पछाडि सर्नुस् त

“पछाडि सर्नुस् त”, राम्रैसँग ले बोलेको भएपनि, उसलाई झनक्क रिस उठ्यो, अर्को को कुरा सुनेर । २०६५ साल को अन्तिम दिन, भोलिपल्ट नयाँवर्ष भएका कारण अधिकांश बसहरु भरिएका छन् मान्छे ले । जाने हतारो सबैलाई छ, काठमाडौँ नै जानुछ सबैलाई, सहर मा रमाइलो गर्नलाई । फोहोर को डंगुर काठमाडौँमा, खानेपानी को हाहाकार काठमाडौँ मा, प्रदुषित वातावरण काठमाडौँ मा, सबैलाई यी कुराहरु थाहा भएपनि तर सबैको मन मा काठमाडौँ मा एउटा सानो घर भइदिए हुन्थ्यो भन्ने लाग्ने गर्छ ।

२०६५ साल को अन्तिम शनिबार विना कुनै पुर्व योजना, हाम्रो ७ जना को टोली धुलिखेलबाट मेलम्ची हान्निएको थियो, छत यात्रा गर्दै । मेलम्ची को धुलो बाटोमा छत मा बसेर धुलो खानेमा थियौँ, मदनमणि अधिकारी, लक्ष्मीप्रसाद खतिवडा, आशीष लुँइटेल, प्रवेश पौडेल, ईशान गजुरेल, शेखर के सी र म । सायद, यही “पछाडि सर्नुस् त”, भन्ने डाइलग सुन्नु नपरोस्, कोचिनु नपरोस् भन्ने मनसाय ले नै हामी छत मा चढेका थियौँ (?), साथ मा नयाँ बाटो र ठाउँ खुल्ला ठाउँमा बसेर हेर्नु को मज्जा पनि त बेग्लै छ । ट्राफिक नियम को उछित्तो काट्दै हामी बसको छत मा बसेर काभ्रे र सिन्धुपाल्चोकका ठाउँहरु कौतुहलता पुर्वक हेर्छौँ । अझ साल भन्ने रुख फूल्दा, त्यतिसारो बास्ना आउँछ भन्ने थाहा नभएका हामी, बस जंगल बिचबाट गुडिरहँदा, पर्फ्युम को बासना कहाँबाट आयो भनेर यताउता खुबै हेर्नेगर्थ्यौँ । अनि हाम्रो यात्रा भरि अन्जु पन्त को गित “यो यात्रा सुनौलो” ले साथ दिइरहेको थियो । थकित र गलित अनुहार मा, धुलो बिच पुरिएका हामीहरु, मेलम्ची करिब ३ घन्टा को यात्रा पछि पुगेका थियौँ । बस यात्रा मा बाटोभरि साथ दिएको ईन्द्रावती खोला मा पनि हामीले आफूलाई डुबायौँ । चैत को महिना, खोलो निकै सानो थियो तर पौडि खेल्न नआउनेलाई बगाउन सक्ने चाँहि थियो है । थकाउने र गलाउने त्यो यात्रा अनि त्यसपछि, इन्द्रावतीमा लगाइएको डुबुल्की, अनि त्यसपछि खाइएको खाना, निकै रमाइलो भएको थियो ।

यिनै कुराहरु सम्झनामा संगाल्दै, २०६५ साल को अन्तिम दिन म पनि काठमाडौँ हान्निएको छु । बस त चढियो, तर निकै प्याक रहेछ, जसोतसो वनेपा बाट एउटा सिट चाँहि पाएँ । जुन सुन्न मन लाग्दैन थियो, त्यही डाइलग भनिरहन्छ खलासी पनि । कोही मान्छे चढ्यो, भनिहाल्छ “पछाडि जानुस् त, पछाडी खाली छ” । उकुसमुकुस भएर चेपिएका प्यासेन्जर कराउँछन्, “काँ जाने पछाडि, अब त पछाडी को सिसा फुटाए मात्र हो” । कोही महिला बस चढ्न आउँछिन तर सिट खालि नभएको गुनासो गर्छिन, तब खलासी र कन्डक्टर एकसाथ बोल्छन, “सबै लोकल हुन्, उ त्यै पल्लो स्टपमा पुगेपछि खालि हुन्छ” । खालि हुँदैन भन्ने जान्दा जान्दै पनि, चढ्नै पर्छ । फेरी नयाँवर्ष लागेको कारण पनि सबै बसहरु मा भिड छ । मान्छेहरु अटाइ-नअटाइ छन्, छतभरि पनि मान्छे नै मान्छे छन् । खलासी भाइ फेरी कराउँदै आए, “पछाडी सर्नुस् त, खालि छ पछाडी” । यो कुरा सुन्दा, एक पाइलो सार्ने ठाउँ नहुँदा, अनि तातो स्वास मा बाफ्फिएर बसमा उभिएका मान्छे को कन्सिरी तात्नु स्वभाविक नै हो । अनि भिडबाट फेरी एउटा आवाज सुनिन्छ, “सिट मुनि त खाली नै रहेछ” । भिडबाट नजानिँदो, हाँसो छुट्छ, खलासी भाइ त्यही नै भनिरहेको हुन्छ “पछाडी सर्नुस त्” । कहिलेकाँहि त, यस्तै सामान्य कुरा मा पनि बबाल हुने गर्छ, तर आज चाँहि त्यसो भएन, म कानमा मोबाइल को हेडसेट घुसारेर गित सुन्न थाल्छु ।

सिटमा बसेको छु, तर मेरो काँध मा अरुकै ज्यान छ । उभिएका मान्छे ले नै मलाई थिचेका छन् । “यस्तो भिड देख्दा देख्दै, नचढ्नु नि” एउटा ले गुनासो गर्छ, चढ्ने व्यक्ति भन्छ, “अरु पनि यस्तै त हो नि, सबैलाई जानु छ”, बिचमा कन्डक्टर बोल्छन्, “पछाडी सर्नुस् त” ।

Comments

  1. हा हा !! मलाई पनि साह्रै रिस उठ्छ यार यो पछाडि सर्नुस् त ले !!!

    ReplyDelete
  2. अली अली सास्ती नपाई मस्ती कहा हुन्छ र ? अनिल जी, जे होस सात जना ब्लगरको घुमघाम मस्ती (तस्वीर त मैले हेरेको फेसबुकमा, पढ़न पनि पाइयो )रमाइलो लाग्यो ।

    ReplyDelete
  3. sathi ho...yastai samanya janta ka kura haru bare maile pani blog garne bichar gareko chu...kripaya herdinu hola...

    ReplyDelete
  4. कुरा रमाइलो होइन सास्तीको । आफू अगाडी पर्नलाई अरुलाई पछाडी धकेल्ने नीति भएकाको देशमा यस्तै हो ।

    ReplyDelete
  5. चाडबादमा यस्तै हो। तर बसको छत्मा बसेर जोखिम लिनु नहुने। जेहोस् नयाँ बर्षको लेख पढेर रमाइलो लाग्यो , अब तपाईंको facebook मा picture हेर्नु पर्‍यो तेसो भये।

    ReplyDelete
  6. sathi ho...yastai samanya janta ka kura haru bare maile pani blog garne bichar gareko chu...kripaya herdinu hola...

    ReplyDelete
  7. फेरी पढें त मैले

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

माइक्रोसफ्ट पेन्ट बन्द हुने

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

Subscribe to Aakar Post