Skip to main content

मोबाइलमा राख्नैपर्ने १० एप्स

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ ।


१) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल ट्रान्सिलिरेसनमा हात बसेकाले रोमन टाइप गर्दै नेपालीमा लेख्न सक्छन् नेपाली ट्रान्सिलिरेसन लेआउट मार्फत । यसका साथै, यस किबोर्डमा ईमोजी र थिमहरु पनि राखिएको छ । हाम्रो किबोर्ड एन्ड्रोइडको लागि गुगल प्लेस्टोरमा निशुल्क उपलब्ध छ ।

२) हाम्रो पात्रो - हामीलाई दैनिक चाहिने हरेक कुराहरु, हाम्रो पात्रोमा राखिएको छ । नेपाली पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोमा अहिले राशिफल हेर्ने देखि लिएर रेडियोसम्म सुन्न सकिने सुविधा छ। हाम्रो पात्रो राखेपछि, समाचार, लोडसेडिङ, रेडियो, नेपाली शब्दकोष आदिका लागि विभिन्न एपहरु राख्नुपर्ने समस्याबाट छुटकारा पाइन्छ । १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रो एन्ड्रोइडआईओएस (आईफोन) मा उपलब्ध छ ।

३) ई सेवा - नेपालमा अनलाइन कारोबार गर्नको लागि ई‍ सेवा - “मोबाइल वालेट” अत्यन्त उपयोगी एप हो । रिचार्ज कार्ड किन्न पसल धाउनुपर्ने, टेलिफोन तथा इन्टरनेटको बिल तिर्न सम्बन्धित अफिस पुग्नुपर्ने, बस तथा प्लेनको टिकट खरिद गर्न ट्राभल एजेन्सी धाउनुपर्ने, आदि झन्झटिलो कामहरुलाई ईसेवाले सरल र सहज बनाइदिएको छ। ई-सेवा मार्फत घरै बसी बसी माथि उल्लेख गरिएको कुराहरु मोबाइलबाट नै गर्न सकिन्छ । आफ्नो बैंकको अनलाईन बैंकिङ मार्फत वा ईसेवा काउन्टर मार्फत ईसेवामा पैसा ट्रान्सफर गर्न सकिन्छ, त्यसपछि ई-सेवा मार्फत अन्य सेवा लिनसकिन्छ । हिजोआज केही अनलाइन स्टोरबाट आफूलाई चाहिएको सामान पनि ईसेवा मार्फत खरिद गर्न सकिन्छ । ई सेवा एप् गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा उपलब्ध छ ।


४) गुगल फोटो - सबैको हात हातमा क्यामेरा छ, हामीमध्ये अधिकांशको बानी फोटो खिचिहाल्नेछ । फोटो त खिच्छौँ तर मोबाइलमा ती सबै फोटोहरु सँधै जोगाएर राख्न सम्भव हुँदैन । गुगल’ले यसको विकल्प निकालिदिएकोछ, गुगल फोटो मार्फत । गुगल फोटोमा फ्रि’मा ‘अनलिमिटेड’ फोटोहरु राख्न सकिन्छ। तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि बनाइदिन्छ । यसका साथै गुगल फोटोमा आफ्ना फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोमा आफ्ना फोटोहरु सर्च गर्ने सुविधा पनि छ । गुगल फोटो, एप स्टोरप्लेस्टोरमा उपलब्ध छ ।


५) एनलोकेट - तपाई काठमाडौँमा हुनुहुन्छ भने, तपाईका लागि एनलोकेट उपयोगी एप हो । एनलोकेट - लोकल सर्च इन्जिन हो, जहाँ हामीलाई दिनहुँ आवश्यक पर्ने ठाउँहरुको जानकारी राखिएको छ। एटिएम, बैक, पेट्रोल पम्प, स्कुल, कलेज, हस्पिटल, सरकार कार्यालय आदि कता छन् भनेर खोज्नुपर्यो भने, एनलोकट गर्न सकिन्छ । एनलोकेटले, तपाईको लोकेशन हेरेर, तपाईको वरिपरिका कुराहरु तपाईलाई म्यापमा देखाइदिन्छ । एनलोकेटमा, हस्पिटल र डाक्टरको समय तालिका समेत उपलब्ध छ । एनलोकेट गुगल प्लेस्टोरएप्पल एप् स्टोरमा उपलब्ध छ ।

६) यल्लो नेपाल - काठमाडौँका खानाका पारखीहरुका लागि यल्लो नेपाल अत्यन्तै उपयोगी एप् हो । यल्लो एपमा कहाँ, के खाने भनेर सर्च गर्न सकिन्छ । एल्लो’ले तपाईको लोकेशन अनुसार तपाईको नजिकमा रहेका रेष्टुरेन्ट देखाउँछ । गत बर्ष गुगलले आयोजना गरेको गुगल स्टोरिज कम्पिटिसनको बिजेता समेत रहेको यो एपमा खाना खाने ठाउँ बाहेक, कहाँ पार्टि छ, कहाँ लाइभ म्युजिक छ, कहाँ डिस्काउन्ट छ आदि भन्ने कुराहरु पनि हेर्न मिल्छ । यल्लो एप प्लेस्टोरमा उपलब्ध छ ।



७) क्यामेरा ३६० - मोबाइलबाट धेरै फोटो खिचिन्छ, तर मोबाइल क्यामेरा’का कारण फोटो राम्रो आउँदैन भनेर चिन्तित हुनेका लागि क्यामेरा ३६० उपयोगी छ । क्यामेरा ३६० एपमा विभिन्न फिल्टरहरु राखिएकाछन्, आफूलाई मन परेको फिल्टर र मोडमा यसबाट फोटो खिच्न सकिन्छ, साथै खिचिएको फोटोहरु सजिलै सोसल मिडियामा सेयर पनि गर्न सकिन्छ । यसका साथै, यस क्यामेराले अनलाइन फोटो स्टोरेज पनि उपलब्ध गराउँदै आएकोछ । क्यामेरा ३६० प्लेस्टोरएप स्टोरमा उपलब्ध छ ।

८) गुगल किप - बाटोमा हिँड्दा केही देखियो, गाडीमा यात्रा गर्दा गर्दै केही सम्झियो, केही कुराहरु टिप्न मनलाग्दा गुगल किप प्रयोग गर्नुस् । गुगलकिपमा गर्नुपर्नेकाम को लिस्ट र रिमाइन्डर पनि राख्न मिल्छ । गुगल किपमा लेखिएका कुराहरु, डेस्कटप बेवबाट पनि हेर्नमिल्न छ । गुगल किप प्लेस्टोरएपस्टोरमा उपलब्ध छ ।

९) भी एल सी प्लेयर - डेस्कटपको पपुलर भिडियो प्लेयर भिएलसी एन्ड्रोइडमा उपलब्ध छ । मोबाइलमा चलचित्र तथा गित हेर्नेहरुको लागि भिएलसी राख्नै पर्ने एप हो, प्राय: मोबाइलमा पहिले नै राखिएर आउनले प्लेयरहरुले सबै किसिमका फाइल प्ले गर्न सक्दैनन् । मोबाइलमा राखेका हरेक प्रकारका भिडियो र अडियो फाईललाई भिएलसी प्लेयर मार्फत हेर्न तथा सुन्न सकिन्छ । भिएलसी प्लेयर गुगल प्लेस्टोरएप्पल एपस्टोरमा उपलब्ध छ ।

१०) भाईबर - च्याट गर्नेहरुका लागि भाईबर अत्यावश्यक एप हो । हिजोआज मोबाइल प्रयोगकर्ताहरु माझ, एसएमएस भन्दा भाइबर म्यासेज लोकप्रिय हुँदै छ । भाइबरबाट अर्को भाइबर भएको फोनमा फ्रिमा फोन र भिडियो कल गर्न मिल्ने सुविधा छ । नेपालमा फेसबुक म्यासेन्जर पछि, अत्याधिक प्रयोग हुने एप भाइबर हो । भाइबर एन्ड्रोइडआइफोन दुवैमा उपलब्ध छ।

(युवामञ्चको असोज अंकमा प्रकाशित)

Install Aakar Post Android App from Google PlayStore | For both iPhone (iOS) & Android users Subscribe Aakar Post in PlayNews Stand

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post