Skip to main content

मोबाइलमा राख्नैपर्ने १० एप्स

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ ।


१) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल ट्रान्सिलिरेसनमा हात बसेकाले रोमन टाइप गर्दै नेपालीमा लेख्न सक्छन् नेपाली ट्रान्सिलिरेसन लेआउट मार्फत । यसका साथै, यस किबोर्डमा ईमोजी र थिमहरु पनि राखिएको छ । हाम्रो किबोर्ड एन्ड्रोइडको लागि गुगल प्लेस्टोरमा निशुल्क उपलब्ध छ ।

२) हाम्रो पात्रो - हामीलाई दैनिक चाहिने हरेक कुराहरु, हाम्रो पात्रोमा राखिएको छ । नेपाली पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोमा अहिले राशिफल हेर्ने देखि लिएर रेडियोसम्म सुन्न सकिने सुविधा छ। हाम्रो पात्रो राखेपछि, समाचार, लोडसेडिङ, रेडियो, नेपाली शब्दकोष आदिका लागि विभिन्न एपहरु राख्नुपर्ने समस्याबाट छुटकारा पाइन्छ । १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रो एन्ड्रोइडआईओएस (आईफोन) मा उपलब्ध छ ।

३) ई सेवा - नेपालमा अनलाइन कारोबार गर्नको लागि ई‍ सेवा - “मोबाइल वालेट” अत्यन्त उपयोगी एप हो । रिचार्ज कार्ड किन्न पसल धाउनुपर्ने, टेलिफोन तथा इन्टरनेटको बिल तिर्न सम्बन्धित अफिस पुग्नुपर्ने, बस तथा प्लेनको टिकट खरिद गर्न ट्राभल एजेन्सी धाउनुपर्ने, आदि झन्झटिलो कामहरुलाई ईसेवाले सरल र सहज बनाइदिएको छ। ई-सेवा मार्फत घरै बसी बसी माथि उल्लेख गरिएको कुराहरु मोबाइलबाट नै गर्न सकिन्छ । आफ्नो बैंकको अनलाईन बैंकिङ मार्फत वा ईसेवा काउन्टर मार्फत ईसेवामा पैसा ट्रान्सफर गर्न सकिन्छ, त्यसपछि ई-सेवा मार्फत अन्य सेवा लिनसकिन्छ । हिजोआज केही अनलाइन स्टोरबाट आफूलाई चाहिएको सामान पनि ईसेवा मार्फत खरिद गर्न सकिन्छ । ई सेवा एप् गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा उपलब्ध छ ।


४) गुगल फोटो - सबैको हात हातमा क्यामेरा छ, हामीमध्ये अधिकांशको बानी फोटो खिचिहाल्नेछ । फोटो त खिच्छौँ तर मोबाइलमा ती सबै फोटोहरु सँधै जोगाएर राख्न सम्भव हुँदैन । गुगल’ले यसको विकल्प निकालिदिएकोछ, गुगल फोटो मार्फत । गुगल फोटोमा फ्रि’मा ‘अनलिमिटेड’ फोटोहरु राख्न सकिन्छ। तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि बनाइदिन्छ । यसका साथै गुगल फोटोमा आफ्ना फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोमा आफ्ना फोटोहरु सर्च गर्ने सुविधा पनि छ । गुगल फोटो, एप स्टोरप्लेस्टोरमा उपलब्ध छ ।


५) एनलोकेट - तपाई काठमाडौँमा हुनुहुन्छ भने, तपाईका लागि एनलोकेट उपयोगी एप हो । एनलोकेट - लोकल सर्च इन्जिन हो, जहाँ हामीलाई दिनहुँ आवश्यक पर्ने ठाउँहरुको जानकारी राखिएको छ। एटिएम, बैक, पेट्रोल पम्प, स्कुल, कलेज, हस्पिटल, सरकार कार्यालय आदि कता छन् भनेर खोज्नुपर्यो भने, एनलोकट गर्न सकिन्छ । एनलोकेटले, तपाईको लोकेशन हेरेर, तपाईको वरिपरिका कुराहरु तपाईलाई म्यापमा देखाइदिन्छ । एनलोकेटमा, हस्पिटल र डाक्टरको समय तालिका समेत उपलब्ध छ । एनलोकेट गुगल प्लेस्टोरएप्पल एप् स्टोरमा उपलब्ध छ ।

६) यल्लो नेपाल - काठमाडौँका खानाका पारखीहरुका लागि यल्लो नेपाल अत्यन्तै उपयोगी एप् हो । यल्लो एपमा कहाँ, के खाने भनेर सर्च गर्न सकिन्छ । एल्लो’ले तपाईको लोकेशन अनुसार तपाईको नजिकमा रहेका रेष्टुरेन्ट देखाउँछ । गत बर्ष गुगलले आयोजना गरेको गुगल स्टोरिज कम्पिटिसनको बिजेता समेत रहेको यो एपमा खाना खाने ठाउँ बाहेक, कहाँ पार्टि छ, कहाँ लाइभ म्युजिक छ, कहाँ डिस्काउन्ट छ आदि भन्ने कुराहरु पनि हेर्न मिल्छ । यल्लो एप प्लेस्टोरमा उपलब्ध छ ।



७) क्यामेरा ३६० - मोबाइलबाट धेरै फोटो खिचिन्छ, तर मोबाइल क्यामेरा’का कारण फोटो राम्रो आउँदैन भनेर चिन्तित हुनेका लागि क्यामेरा ३६० उपयोगी छ । क्यामेरा ३६० एपमा विभिन्न फिल्टरहरु राखिएकाछन्, आफूलाई मन परेको फिल्टर र मोडमा यसबाट फोटो खिच्न सकिन्छ, साथै खिचिएको फोटोहरु सजिलै सोसल मिडियामा सेयर पनि गर्न सकिन्छ । यसका साथै, यस क्यामेराले अनलाइन फोटो स्टोरेज पनि उपलब्ध गराउँदै आएकोछ । क्यामेरा ३६० प्लेस्टोरएप स्टोरमा उपलब्ध छ ।

८) गुगल किप - बाटोमा हिँड्दा केही देखियो, गाडीमा यात्रा गर्दा गर्दै केही सम्झियो, केही कुराहरु टिप्न मनलाग्दा गुगल किप प्रयोग गर्नुस् । गुगलकिपमा गर्नुपर्नेकाम को लिस्ट र रिमाइन्डर पनि राख्न मिल्छ । गुगल किपमा लेखिएका कुराहरु, डेस्कटप बेवबाट पनि हेर्नमिल्न छ । गुगल किप प्लेस्टोरएपस्टोरमा उपलब्ध छ ।

९) भी एल सी प्लेयर - डेस्कटपको पपुलर भिडियो प्लेयर भिएलसी एन्ड्रोइडमा उपलब्ध छ । मोबाइलमा चलचित्र तथा गित हेर्नेहरुको लागि भिएलसी राख्नै पर्ने एप हो, प्राय: मोबाइलमा पहिले नै राखिएर आउनले प्लेयरहरुले सबै किसिमका फाइल प्ले गर्न सक्दैनन् । मोबाइलमा राखेका हरेक प्रकारका भिडियो र अडियो फाईललाई भिएलसी प्लेयर मार्फत हेर्न तथा सुन्न सकिन्छ । भिएलसी प्लेयर गुगल प्लेस्टोरएप्पल एपस्टोरमा उपलब्ध छ ।

१०) भाईबर - च्याट गर्नेहरुका लागि भाईबर अत्यावश्यक एप हो । हिजोआज मोबाइल प्रयोगकर्ताहरु माझ, एसएमएस भन्दा भाइबर म्यासेज लोकप्रिय हुँदै छ । भाइबरबाट अर्को भाइबर भएको फोनमा फ्रिमा फोन र भिडियो कल गर्न मिल्ने सुविधा छ । नेपालमा फेसबुक म्यासेन्जर पछि, अत्याधिक प्रयोग हुने एप भाइबर हो । भाइबर एन्ड्रोइडआइफोन दुवैमा उपलब्ध छ।

(युवामञ्चको असोज अंकमा प्रकाशित)

Install Aakar Post Android App from Google PlayStore | For both iPhone (iOS) & Android users Subscribe Aakar Post in PlayNews Stand

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

Subscribe to Aakar Post