Skip to main content

गुगल पाँच नेपाली टेक्नोलोजी कम्पनीहरु एकैसाथ किन्दै [APRIL FOOL]

गुगल डेभ्लपर्स ग्रुप, गुगल बिजनेस ग्रुप, गुगल अर्थ आउटरिच प्रोगाम हुँदै नेपाल छिरेको गुगल'ले नेपालको ईतिहासमै पहिलोपटक एकैसाथ पाँचवटा नेपाली कम्पनीहरु किन्न लागेकोहो ।'ईमर्जिङ मार्केट' भनेर चिनिने दक्षिण एसियाका देशहरुलाई लक्षित गरेर गुगल'ले केही वर्ष अघि देखि विशेष कार्यक्रमहरु चलाउँदै आएको थियो । गुगलसँग नजिक रहेर काम गरिरहेका एप्सझोला, एनलोकेट, वान वान बिप, एल्लो नेपालपिकोभिको गरि, पहिलो चरणमा जम्मा पाँच वटा नेपाली टेक्नोलोजी स्टार्टअपहरु गुगलले एकैसाथ किन्न लागेको ब्लगमा उल्लेख छ । अघिल्लो हप्तामात्रै गुगल'ले स्टोरीसाइकल सँग मिलेर खुम्बु क्षेत्रलाई गुगल म्यापमा अनलाइन ल्याएको थियो।



रेष्टुरेन्ट मोबाइल सर्च इन्जिन भनेर चिनिने एल्लो नेपाल, गतवर्ष गुगलले आयोजना गरेको 'गुगल स्टोरिज कम्पिटिसन' को बिजेता पनि हो भने एनलोकेट लोक्कल सर्च इन्जिन हो । यी दुवै स्टार्टअपसँग लोकल डाटा भएको र गुगल लोकल बिजनेसमा छिर्न खोजिरहेका कारण, गुगल'ले यी दुबैलाई किन्ने भएको हो । गुगल'ले किन्ने प्रयास थालेसँगै एनलोकेटले आफ्नो एप नयाँ डिजाइनमा केही महिना अघि सार्वजनिक गरेको थियो, अघिल्लोवर्ष गुगलको, एनलोकेट किन्ने प्रयास असफल भएकोथियो । A fresh new start for nLocate भनेर एनलोकेटले आफ्नो ब्लगमार्फत यस कुराको पुष्टि गरेकोछ।

नेपाली प्लेस्टोर भनेर चिनिने एप्सझोला, गुगल डेभ्लपर ग्रुपकाठमाडौँका संस्थापक संयोजक भुपाल सापकोटाले बनाएका हुन् । नेपालका एप्स नेपाल तथा अन्तराष्ट्रिय बजारमा बेच्न समस्या रहेकोमा, सापकोटाले त्यसकै समस्या समाधान गर्नको लागि पहिलो स्टार्टअप विकेन्डमा एप्सझोला बनाएका थिए । पेमेन्टको समस्या गुगलको नभइ, नेपाल सरकारका कारण भएकोले, एप्सझोलाका माध्यमबाट एन्ड्रोइड डेभ्लपर्स र प्रयोगकर्ताहरुसम्म पुग्न गुगल'ले सजिलोबाटो रोजेको हो। आकारपोष्ट एन्ड्रोइड एप, एप्सझोलामा उपलब्ध हुँदै आइरहेकोछ ।

स्न्यापच्याटको सोसल नेटवर्क भनेर चिनिने 'वान वान बिप' (11beep) पनि गुगल'ले किन्ने भएको हो । गुगल प्लसमा मेहेनत गरे अनुसार नचलेको तथा अघिल्लो वर्ष स्न्यापच्याटलाई दिएको ५ बिलियन डलरको अफर, स्न्यापच्याटले अस्विकार गरेपछि, गुगलले अन्य स्टार्टअपहरुमा आँखा लगाएकोथियो। वान वान बिपमा लेखिएका कुराहरु केही समयपछि आफैँ मेटिएर जाने कारण, युवाहरुको समूहमा यो एप पपुलर हुँदै गइरहेकोछ । गुगल'ले वान वान बिपलाई कुन रुपमा अघि लैजाने भन्ने निर्णय चाँहि गरिसकेको छैन।


फोटोबाट भिडियो बनाइदिने पिकोभिको पनि गुगलको नजरमा परेको छ । संसारकै उच्च गतिको भिडियो प्रोसेसिङ रहेको एप भनेर दावी गरिएको पिकोभिको दुईवर्ष पहिले स्टार्टअप चिली कार्यक्रम अन्तर्गत, चिली पुगेको थियो। गुगल'ले पिकोभिकोलाई गुगल फोटोमा समाहित गर्ने निर्णय गरेको छ । गुगल'ले केही समय पहिले गुगल प्लसबाट गुगल फोटोलाई हटाएर छुट्टै रुपले चलाउने संकेत दिएकोथियो । गतवर्ष फेसबुकले लुकब्याक भिडियो बनाउन पिकोभिको'को प्रयोग गरेकोथियो, जसमा तपाईका फेसबुक'का फोटोहरुलाई अटोमेटिकरुपमा भिडियो बनाइएकोथियो ।
गुगल'को यो कदम सँगै नेपाली स्टार्टअपहरुलाई सम्भावनाको नयाँ ढोका खुलेकोछ । विस्तृत जानकारीको लागि गुगल नेपालको ब्लग हेर्नुहोला ।

Comments

  1. खुशीको सिमा नै रहेन | :D

    ReplyDelete
  2. अप्रिल फुुलमा सबै लाई मज्जाले फुुल बनाए त साथीहरुलाई

    ReplyDelete
  3. April fool banako ta hola

    ReplyDelete
  4. Dhanna neta haru lai kine na chha.................

    ReplyDelete
  5. Good News on this day 'April Fool'..... I have checked few of these apps but can not imagine that Google is going to take over for such apps and developers.....
    But still, Enjoy on this day with this news ;)

    ReplyDelete
  6. At-least few people can live their dream on April Fool Day !! Cheers !!

    ReplyDelete
  7. Nice April Fool Article

    ReplyDelete
  8. Google lai khaderi parekai hora jo nepal ko kehi MB data ra kehi lakh userbase kinna tamseko? yedi yo news sachhai ho vane Google dubne sanket bahek aru kehi dekhdina.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2066/2067 (2009-2010) has not been published yet!

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

गुगलव्दारा युट्युब बन्द गर्ने घोषणा – विरोधमा ह्याकरहरुव्दारा गुगलम्याप ह्याक [With VIDEO]

गुगल का फ्यानहरुलाई अर्को दुखद खबर छ । गुगल रिडर बन्द गर्ने घोषणा गरेको केही हप्ता पछि नै गुगलले हिजो युट्युब बन्द गर्ने घोषणा गरेको छ । युट्युबमा राखिएको भिडियो सन्देशमा युट्युब आफ्नो लक्ष्य भन्दा बाहिर गएकोले बन्द गर्नुपरेको उल्लेख गरिएकोछ । आठ वर्ष अघि सन् २००५ मा युट्युब भिडियो कम्पिटिसन साइटको रुपमा सुरु भएको थियो । युट्युब बन्द गरिने घोषणा सँगै ह्याकरहरुको एक समूहले गुगल म्याप ह्याक गरिदिएकाछन् । यो आठ वर्षको दौरानमा करोडौँ भिडियोहरु युट्युबमा अपलोड भएका थिए । युट्युबका अनुसार आठ वर्ष अघि सुरु भएको भिडियो कम्पिटिसन हिजो सकिएकोछ । भिडियो कम्पिटिसन सकिएपछि युट्युबको कुनै अर्थ नभएको गुगलले जनाएकोछ । Watch Video: Google to shutdown YouTube Bye bye YouTube. युट्युबमा ‘पोस्ट’ गरिएका भिडियोहरु मध्येबाट उत्कृष्ट भिडियो छानेर पुरस्कृत गरिने भएकोछ । त्यसका लागि युट्युबले चलचित्र समिक्षक, युट्युब प्रयोगकर्ताहरू, युट्युब सेलिब्रेटिहरु आदि रहेको निर्णायक मण्डलको गठन गरेकोछ । गठन गरिएको निर्णायक टोलीको मुख्य काम भनेको युट्युबले विगत आठ वर्ष देखि सञ्चालन गरेको भिडियो कम्पिटिसनबाट उत...

Happy New Year 2010

Happy New Year 2010. नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को हरेक पल सुखमय रहोस् । शब्द ले जे भन्न सक्दैन त्यो फोटो ले भन्छ रे ! एउटा फोटो ले हजारौँ शब्दहरु बोकेको हुन्छ रे ! अत: आज केही यताउता बाट ल्याइएका फोटोहरु यहाँ राख्दैछु, सन् २०१० को शुभकामना सहित । अब यहाँ राखेका फोटोहरु को अर्थ आफ्नै हिसाबले लगाउनुहोला है त ! ईकान्तिपुर वा अनलाइन खबर कुन चाँहि साइट ले हामीलाई उल्लु बनाउन खोजेका हुन्, छुट्याउनै गाह्रो पर्‍यो । एपी बाट दुइटै साइट  ले एउटै फोटो तानेछन्, अनि आफ्नै क्याप्सन ठोकिदिएछन्, त्यसैले भन्या होला, फोटो ले हजार कुराहरु भन्न सक्छ भनेर ! हा हा हा   यो फोटो देख्दा म नि खुब हाँस्या थिँए तर यो साँच्चिकै हो है  पर्सा तिर को ! उहिले नागरिक न्युज बाट तानेर राखेको थिँए । मैले यो फोटोलाई क्याप्सन दिएँ, सन् २००९ मा नेपाल मा प्रयोग गरिएको नयाँ प्रविधि ! हा हा हा ! (जे बुझ्नुस् )   यी दुइटा फोटा चाँहि हिजो ट्विटर बाट तानेको हुँ है ! युद्ध ले कति सम्म विनाश गर्दोरहेछ भन्ने कुरा माथि को फोटो ले भनिरहेको छ । के गर्ने, विकास र विनास सँगसँगै ...

Subscribe to Aakar Post