गुगल डेभ्लपर्स ग्रुप, गुगल बिजनेस ग्रुप, गुगल अर्थ आउटरिच प्रोगाम हुँदै नेपाल छिरेको गुगल'ले नेपालको ईतिहासमै पहिलोपटक एकैसाथ पाँचवटा नेपाली कम्पनीहरु किन्न लागेकोहो ।'ईमर्जिङ मार्केट' भनेर चिनिने दक्षिण एसियाका देशहरुलाई लक्षित गरेर गुगल'ले केही वर्ष अघि देखि विशेष कार्यक्रमहरु चलाउँदै आएको थियो । गुगलसँग नजिक रहेर काम गरिरहेका एप्सझोला, एनलोकेट, वान वान बिप, एल्लो नेपाल र पिकोभिको गरि, पहिलो चरणमा जम्मा पाँच वटा नेपाली टेक्नोलोजी स्टार्टअपहरु गुगलले एकैसाथ किन्न लागेको ब्लगमा उल्लेख छ । अघिल्लो हप्तामात्रै गुगल'ले स्टोरीसाइकल सँग मिलेर खुम्बु क्षेत्रलाई गुगल म्यापमा अनलाइन ल्याएको थियो।
रेष्टुरेन्ट मोबाइल सर्च इन्जिन भनेर चिनिने एल्लो नेपाल, गतवर्ष गुगलले आयोजना गरेको 'गुगल स्टोरिज कम्पिटिसन' को बिजेता पनि हो भने एनलोकेट लोक्कल सर्च इन्जिन हो । यी दुवै स्टार्टअपसँग लोकल डाटा भएको र गुगल लोकल बिजनेसमा छिर्न खोजिरहेका कारण, गुगल'ले यी दुबैलाई किन्ने भएको हो । गुगल'ले किन्ने प्रयास थालेसँगै एनलोकेटले आफ्नो एप नयाँ डिजाइनमा केही महिना अघि सार्वजनिक गरेको थियो, अघिल्लोवर्ष गुगलको, एनलोकेट किन्ने प्रयास असफल भएकोथियो । A fresh new start for nLocate भनेर एनलोकेटले आफ्नो ब्लगमार्फत यस कुराको पुष्टि गरेकोछ।
नेपाली प्लेस्टोर भनेर चिनिने एप्सझोला, गुगल डेभ्लपर ग्रुपकाठमाडौँका संस्थापक संयोजक भुपाल सापकोटाले बनाएका हुन् । नेपालका एप्स नेपाल तथा अन्तराष्ट्रिय बजारमा बेच्न समस्या रहेकोमा, सापकोटाले त्यसकै समस्या समाधान गर्नको लागि पहिलो स्टार्टअप विकेन्डमा एप्सझोला बनाएका थिए । पेमेन्टको समस्या गुगलको नभइ, नेपाल सरकारका कारण भएकोले, एप्सझोलाका माध्यमबाट एन्ड्रोइड डेभ्लपर्स र प्रयोगकर्ताहरुसम्म पुग्न गुगल'ले सजिलोबाटो रोजेको हो। आकारपोष्ट एन्ड्रोइड एप, एप्सझोलामा उपलब्ध हुँदै आइरहेकोछ ।
स्न्यापच्याटको सोसल नेटवर्क भनेर चिनिने 'वान वान बिप' (11beep) पनि गुगल'ले किन्ने भएको हो । गुगल प्लसमा मेहेनत गरे अनुसार नचलेको तथा अघिल्लो वर्ष स्न्यापच्याटलाई दिएको ५ बिलियन डलरको अफर, स्न्यापच्याटले अस्विकार गरेपछि, गुगलले अन्य स्टार्टअपहरुमा आँखा लगाएकोथियो। वान वान बिपमा लेखिएका कुराहरु केही समयपछि आफैँ मेटिएर जाने कारण, युवाहरुको समूहमा यो एप पपुलर हुँदै गइरहेकोछ । गुगल'ले वान वान बिपलाई कुन रुपमा अघि लैजाने भन्ने निर्णय चाँहि गरिसकेको छैन।
फोटोबाट भिडियो बनाइदिने पिकोभिको पनि गुगलको नजरमा परेको छ । संसारकै उच्च गतिको भिडियो प्रोसेसिङ रहेको एप भनेर दावी गरिएको पिकोभिको दुईवर्ष पहिले स्टार्टअप चिली कार्यक्रम अन्तर्गत, चिली पुगेको थियो। गुगल'ले पिकोभिकोलाई गुगल फोटोमा समाहित गर्ने निर्णय गरेको छ । गुगल'ले केही समय पहिले गुगल प्लसबाट गुगल फोटोलाई हटाएर छुट्टै रुपले चलाउने संकेत दिएकोथियो । गतवर्ष फेसबुकले लुकब्याक भिडियो बनाउन पिकोभिको'को प्रयोग गरेकोथियो, जसमा तपाईका फेसबुक'का फोटोहरुलाई अटोमेटिकरुपमा भिडियो बनाइएकोथियो ।
गुगल'को यो कदम सँगै नेपाली स्टार्टअपहरुलाई सम्भावनाको नयाँ ढोका खुलेकोछ । विस्तृत जानकारीको लागि गुगल नेपालको ब्लग हेर्नुहोला ।