Skip to main content

दाइजो र नयाँ नेपाल

गगन थापा को बिहे को चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् ।

काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन् ।

यी दुवै युवा “नयाँ नेपाल” का “तपाई-हामी”हरुका प्रतिनिधि पात्र हुन् । तर यी दुइ बिच यत्तिका भिन्नता किन ? किन समाजमा विद्दयमान कुसंस्कार को अन्त्य हुनसकेको छैन ? किन दाइजो को निहुँमा अपराधिक घटनाहरु दिनहुँ बढिरहेका छन् ? मान्छेहरु ले मानविय धरातल किन विर्सदैँ गइरहेका होलान् ? आदी-आदी कुराहरु मेरो दिमागमा आएर ताण्डव गरिरहेकाछन् ।

सुन्दा र कुरा गर्दा सामान्य लाग्ने यी घटनाहरु ले ठूला-ठूला दुर्घटना र मानसिक आघात निम्त्याइरहेकाछन् । वास्तवमा भन्ने हो भने मान्छे को महत्वकांक्षाहरुका कारणले गर्दा यस्ता “दाइजो-प्रथा”हरु ले हामी बिच गहिरो जरा गाडिरहेकाछन् । अनी हामी मानवियतालाई लत्याइरहेका छौँ, धन-सम्पतिका लागि तर महाकवि लक्ष्मीप्रसाद देवकोटाको “हातका मैला, सुनका थैला के गर्नु धनले” भन्ने कुरा भने भट्याउन छाडेका छैनौँ। चेतना को कमीले यस्ता घटनाहरु घट्ने गरेका छन् भनौँ भने,यस्ता घटनाहरु शिक्षित भनिएका परिवारमा नै धेरै घटिरहेकाछन् । यी दाइजोप्रेमी चापागाईँ पनि १२ कक्षामा पढिरहेका छन्, कक्षाका हिसाबले भन्ने हो भने उनलाई शिक्षित मान्नैपर्छ तर उनी र उनको परिवार को व्यबहार हेर्दा लाग्छ उनीहरु मान्छेका नाउँमा कलंक हुन । उनीहरु नरपशु नै हुन्, यो ठोकुवा गर्न हामीलाई कुनै आपत्ति छैन र सायद उनीहरुलाई पनि आपत्ति छैन होला, अन्यथा यस्ता निच व्यवहार उनीहरुले भुलेर पनि गर्ने थिएनन् ।

यहाँ मान्छेहरुलाई भनेर,सम्झाएर यस्त प्रथाहरु तह लाग्ने छाँट देखिएको छैन, त्यसैले यस्ता घटनाहरुका सम्बन्धमा कडा कानुन मात्र नबनिकन कानुन को कडा कार्यान्वयन पनि गरिनुपर्छ । साथै यी चापागाईँ परिवारलाई पनि राम्रै पाठ पढाउनु जरुरी छ । आशा छ, यस सम्बन्धमा सरोकारवाला पक्ष तथा अधिकारकर्मीहरुले बुलन्द आवाज उठाउने छन् र ती पिडक तथा दाइजोप्रेमीहरुलाई कडा भन्दा कडा हदैसम्मको सजाय दिलाउनेछन् ।

नेपाली समाजमा विवाहलाई एक पवित्र बन्धन को रुपमा लिने गरिएकोछ । तर यस्तो पवित्र बन्धन हिजोआज दाइजो को कारणले नै बिग्रेका उदाहरणहरु प्रशस्त छन् । विवाहमा “को भन्दा को कम” भनि धनिमानीले देखाउने रवाफका कारण नै यस्ता घटनाहरुले बढावा पाइरहेकछन् । अत: विवाह को दाइजो सम्बन्धमा नै कडा कानुन बनाउनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।

यस्ता समस्याहरुबाट मुक्ति पाउन “नयाँ-नेपाल” मा कस्तो खाले संविधान बनाइनुपर्छ होला ?

Comments

  1. 'दाईजो र नयाँ नेपाल' तपाईंको छोटो आलेख मनपर्यो । यस्ता सामाजिक बिसंगतीहरुबाट हाम्रो समाज क्रमश उठ्ने क्रममा छ । मान्छेभित्रको चेतनाको ढोका संधै शिक्षाले नै खोल्छ भन्ने कुरालाई होइन भनेर चापागाईँ परिवारले देखाईदिएको छ । कानुनको कडाईका साथ कार्यान्वयन नगरिए सम्म यस्ता घट्नाहरु दोहोरिरहन्छन । मलाई कुनैबेला आफैले लेखेको गजलको यौटा टुक्रा याद आयो -

    लेखे लेख्नेले किताबमा नीति कानुन सबै ,
    तिनैले धज्जी उडाए बबुरो कानुन रोयो ।

    ReplyDelete
  2. आकार जि!

    मलाई लाग्छ यो समस्या तपाईले भने जस्तै कानून मात्रै बनाएर पक्कै पनि समाधान हुदैन।

    मानिसको धारणामा बिचारमा आमूल परिवर्तन ल्याउन सकेमा मात्रै यसको समाधान हुनसक्छ । तर दु:ख नगरि कनै आर्काको सम्पतिमा मोज गर्ने मनाशाय राख्‍ने यस्ता दाईजो पिपासुको भने समाजमा यसरिनै बिरोध हुनु जरुरी छ ।

    एक चोटि यसरी दाओजो मागेर बदनाम हुनेलाई सामाजिक बहिस्कार गरि पछि कसैले पनि छोरि नदिने गर्न सके यि कृपणहरु केहि तह लाग्थे कि?

    ReplyDelete
  3. bibahako barema manchheko laalachi soch le baki jiwan bhari usalae pida din6 ni akar ji....

    ReplyDelete
  4. yes you are right aakar and dilip jee मानिसको धारणामा र बिचारमा परिवर्तन ल्याउन सकेमा मात्रै यसको समाधान हुनसक्छ ।

    ReplyDelete
  5. Very good article. We have to fight with thist types of social unjustice. No other ways.

    ReplyDelete
  6. We need a very good and dedicated public education campaign first. Second, public figures like politicians and actors should make their marriages as low profile as possible. These are the people whom general population takes as examples and wants to imitate.
    And we will always need strict rules and regulations. But rules and regulations wilbe useless if they are not applied strictly and for all.

    ReplyDelete
  7. Very good article!!!
    यस्को बिरोधमा चर्को आवाज उठाउनु पर्छ र स्थानिय स्तर बाट नै सामाजिक बहिसकार गरी ती पिडक तथा दाइजोप्रेमीहरुलाई कडा भन्दा कडा हदैसम्मको सजाय दिलाउनुपर्छ

    ReplyDelete
  8. Dowry system is a serious social problem in Nepali society. There should be proper laws regarding it in order to make a 'New Nepal' .

    ReplyDelete
  9. bibahako barema manchheko laalachi soch le baki jiwan bhari usalae pida din6 ni akar ji....

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post