Skip to main content

गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा एक्सटेन्सन


स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु ।

१. द ग्रेट सस्पेन्डर
हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ ।


'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ,  'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका ट्याबहरु अटोमेटिक रुपमा केही समयपछि 'सस्पेन्ड' गरिदिन्छ । भन्नको मतलब, ब्राउजरमा मैले एउटा साइट खोलेर समाचार पढ्दैथिँए, तर यत्तिकैमा मलाई अर्को साइट हेर्न मनलाग्यो, म अर्को ट्याबमा अर्को नयाँ साइट खोलेर पढ्नथाल्छु, सम्भवत म अर्को नयाँ ट्याब खोल्छु होला । मैले अर्को ट्याब खोलेर पढिरहँदा, केही समयपछि यो एक्सटेन्सनले अटोमेटिक रुपमा पहिले खोलेको ट्याब 'सस्पेन्ड' (बन्द) गरिदिन्छ । जसले गर्दा, कम्प्युटरको प्रोसेसिङ पावर, मेमोरी आदिको बचत हुन्छ, ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने समस्याबाट छुटकारा पाइन्छ । आफूलाई चाहिएको बखत 'सस्पेन्ड' भएको ट्याबमा 'क्लिक' गरेर, फेरि उक्त साइट पढ्न/हेर्न सकिन्छ । 'द ग्रेट सस्पेन्डर' क्रोम वेब स्टोरमा उपलब्ध छ ।



२. मोमेन्टम
मोमेन्टमले क्रोममा नयाँ ट्याबलाई व्यक्तिगत ड्यासबोर्डमा परिवर्तन गरिदिन्छ । आफूले दैनिक गर्नुपर्ने कामलाई 'फोकस' गर्न प्रयोगकर्तालाई यो एक्सटेन्सनले सम्झाउँछ । मोमेन्टम'मा आफूले गर्नुपर्ने कामहरुको 'लिस्ट' पनि तयार गर्न सकिन्छ । यसका साथै, दैनिक नयाँ फोटो, मौसम, चर्चित व्यक्तिका भनाइहरु मोमेन्टमको विशेषता हो । मोमेन्टम क्रोम वेब स्टोरमा उपलब्ध छ ।

३. एडब्लक प्लस
साइट खोल्दा, साइटमा देखिने १० थरि विज्ञापनहरुले 'डिस्ट्रयाक्ट' गरिरहेको छ भने, ती विज्ञापनहरु रोक्नको लागि 'एडब्लक प्लस' राख्नै पर्ने क्रोम एक्सटेन्सन हो । एडब्लक प्लस क्रोम वेब स्टोरबाट राख्न सकिन्छ ।

४. गुगल यु आर एल सर्टनर
यु आर एल सर्टनर अर्थात वेब साइटको एड्रेस छोटो बनाउने टुल पनि राख्नै पर्ने एक्सटेन्सन मध्येमा पर्छ । इन्टरनेटमा देखिएका, भेटिएका वेबसाइटहरु ट्विटर, फेसबुक, ईमेल लगायत विभिन्न माध्यमबाट सेयर गर्नको लागि लिंक छोटो बनाउन यु आर एल सर्टनरहरु अत्यन्तै उपयोगी हुन्छन् । ब्राउजरबाट कुनै साइट सेयर गर्नुपर्यो भने, गुगल सर्टनरको आइकोन क्लिक गर्नुस्, यसले अटोमेटिक रुपमा लिंक छोटो बनाइदिएर, कपि गरिदिन्छ, यसरी छोटो बनाइएको लिंक सोसल मिडिया, ईमेल, च्याट आदि सबैतिर पठाउन सकिन्छ । यसबाहेक आफूले सेयर गरेको लिंक, कसले, कहाँबाट कति पटक क्लिक गर्यो भनेर थाहा पाउन पनि सकिन्छ । वेब साइटका एड्रेसहरु छोटो बनाउन, बिट ली, देखि अनगिन्ती साइटहरु उपलब्ध छन् । गुगल सर्टनर क्रोम वेब स्टोरमा उपलब्ध छ ।


५. ग्रामरली
अंग्रेजीमा लेख्नेहरुका लागि ग्रामरली राख्नै पर्ने एक्सटेन्सन हो । यो एक्सटेन्सनले स्पेलिङ, तथा व्याकरण शुद्धसँग लेख्न सिकाउँछ । अंग्रेजीमा लेख्न रुचाउने वा अंग्रेजीमा लेख्न सिक्न चाहनेहरुका लागि, आफूलाई जाँच गर्नको लागि ग्रामरली एकदमै उपयोगी एक्सटेन्सन हो । ब्राउजरमा एकपटक राखिसकेपछि, जुनसुकै साइटमा पनि ग्रामरली प्रयोग गर्न सकिन्छ । ग्रामरलीको वेब भर्सन पनि उपलब्ध छ । ग्रामरली प्रयोग गर्नको लागि यो लिंकमा क्लिक गरेर क्रोममा एक्सटेन्सन राख्नुहोस्

तपाईलाई मन पर्ने क्रोम एक्सटेन्सन कुन हो?

Comments

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Subscribe to Aakar Post