Skip to main content

मैन बत्ति पग्लिरहेछ

सानो कोठा, कोठाभरि अध्याँरोको साम्राज्य छ, सानो आँखिझ्यालबाट जुनका केही किरणहरु छिर्दै भित्रको अँध्यारोसँग जुधिरहेको थियो जसले त्यस आँखिझ्याल नजिकैका ठाउँमा अस्पष्ट आकृति देखिन्थे । अँध्यारो गुजुल्टोबाट केही बढीरहेको भान हुन्छ, त्यो आकृति त्यही आँखिझ्यालनिर रोकिन्छ । झट्ट हेर्दा कुनै पुरुषको जस्तो लाग्ने त्यो आकृति निकैबेर त्यहाँबाट चियाइरहन्थ्यो, कै’ले झोक्राएको त कैले आशुँ पुछेकोजस्तो लाग्थ्यो ।

ढ्याप्प आवाज आउँछ र केही छिनमा नै हातमा मैनबत्ति लिएर अस्वभाविक हिँडाइमा एक महिलाको प्रवेश हुन्छ । “सुत्‍नुभा’को”, यो आवाज सुनेर त्यो पुरुष झस्किन्छ । धेरै बेर पछि त्यो पुरुष ले जवाफ फर्काउँछ । “तिमीले भान्सा सकायौ, आज निकै अबेर भैसक्यो” ।

नजिकैको खोपीमा बलिरहेको सानो मैनबत्तिको कमजोर किरण र अध्याँरोको महासंग्राम भइरहेको बेला ती महिला र पुरुष आकृति अति चम्किला देखिन्थे । “आज हजुर, किन त्यसरी रिसाउनुभा’को, मेरो भाग्य यस्तै रै’छ, म अभागिनि ले गर्दा तपाई किन दु:ख पाउनु” एकैछिन मौनता छायो, यतिबेलासम्म मैनबत्ति वरिपरि स-साना किरा र पुतलीहरु आफ्नो मृत्युको लागि होडबाजी गरिरहेकाथिए ।

“तपाई, अर्की बिहे गर्नुस” वाक्य नसकिँदै एक थप्पडको आवाज सुनिन्छ, अनि सुँक्क सुँक्क गर्दै रोइरहेको पनि । “मलाई यति भन, के तिमी म संग खुशी छैनौ ? हो, विलासी जिवन दिन सकेन तर अग्नि साक्षी राखेर खाएको कसम कै’ले तोडेको छैन र तिमी आमा बन्न नसक्नुमा कसको दोष, के थाहा ?”

यतिबेलासम्म ती दुवैको आकृति छुट्याउन लगभग गाह्रो भैसकेको थियो, त्यो दुबै आकृति मिसिरहेको थियो ।

“भगवानमाथि विश्वास गर”, पुरुष आवाज सुनियो जसबाट अझै त्यहाँ झिनो आशा प्रतित हुन्थ्यो । सायद त्यही झिनो आशा लिएरै होला, आकृति साँघुरिँदै थियो, मानौँ तिनीहरु पग्लिरहेका थिए तर त्यो भन्दा अगाडि नै नजिकैको मैनबत्ति पग्लिसकेको थियो ।

-मुकुन्द “अनडेस्टिनी”
बायोटेक दोश्रो वर्ष, केयु

Comments

  1. nice short article.

    ReplyDelete
  2. सानो लेखमा मिठास छ सकिन्छ भने यसको अर्को भाग पढन पाए हुन्थ्यो ।

    ReplyDelete
  3. story has many parts,the very 1st part is this. in accordance to your supportive comment next part will be soon posted.
    please check http://aakarpost.blogspot.com/ within few weeks.
    thanks ......

    ReplyDelete
  4. रुन रुन मन लाग्ने जस्तो रैछ

    ReplyDelete
  5. very nice, heart touchi8ng.
    firstly, the introduction of the condition, the reference as a candle and then the fact has been precisely arranged and the story has a momentum...
    it's damn... good
    Subash

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post