Skip to main content

पछ्यौरीलाई तानु भने...

पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू
कोमल हात थाम्न खोजे, छुटाइदिन्छ्यौ सानू
माया तिम्रो कति लाग्छ, धड्कन बनि हेर (२)
तिमी हिँड्ने बाटो कुर्दा, ठुस्किदिन्छ्यौ सानू
पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू ।

तिमी हाँस्दा ओठभरि, लालीगुँरास फुल्छ
नजरमा नजर मिल्दा, झुकाइदिन्छ्यौ सानू
मुटु भित्र कति कुरा, सुनाउ भन्छु मैले (२)
तिम्रो सामु पुग्दा मात्रै, भुलाइदिन्छ्यौ सानू
पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू ।





मैले पुग्ने गन्तव्य त, वादल पारी देश
छाडि जाने पाइला मेरा, रुकाइदिन्छ्यौ सानू
माया पाउने आशै-आशमा, कुर्दा कुर्दा ऐले (२)
छिया-छिया पारी मुटु, रुवाइदिन्छ्यौ सानू
पछ्यौरीलाई तानु भने, रिसाइदिन्छ्यौ सानू ।

-मुकुन्द “अनडेस्टिनी”
बायोटेक दोश्रो वर्ष, केयु

Comments

  1. भावना राम्रो लाग्यो -तर अलिक picture मा भएको backgraound color चाहि पेन्ट गरे जस्तो भएको भए राम्रो हुने थियो की ?

    ReplyDelete
  2. thanks all,4 ur positive comments.

    ReplyDelete
  3. Nice one Mukunda ji. Keep writing. :-)

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post