Skip to main content

Posts

चलचित्र भनेको 'दृश्य' हो भन्ने कुरा चलचित्र मौन हेरेपछि अनुभव भयो । संवाद थोरै छन् (सवटाइटल राखिएकोछ), अत: सबै भार दृश्यमा परेकोछ,  ती संवादहिन दृश्यहरु हामीलाई हलमा सुरु देखि अन्त्य सम्म बाँधेर राख्न सफल छन् ।

"मौन" नामक किताब र त्यसकी लेखिका वर्षा (नम्रता श्रेष्ठ) को परिचय सँगै चलचित्रको कथा सुरु हुन्छ । सुन्न र बोल्न नसक्ने वर्षा अमेरिकामा आफ्नो बुवासँग बस्छिन् । उनी केही समयको लागि नेपाल फर्केर आएकिछिन् र उनीजस्तै बोल्न र सुन्न नसक्ने व्यक्तिहरुका लागि व्यक्तित्व विकासको वर्कसप आयोजना गर्छिन् । व्यक्तित्व विकासको वर्कसपमा वर्षा र अमन (अर्पण थापा)को भेट हुन्छ । यही भेट पछि प्रेमा रुपान्तर हुन्छ, बिचमा केही उतारचढावहरु आउँछन्, साना-साना कुरामा उनीहरु छुट्टिन्छन् अनि फेरि भेटिन्छन् ! वर्षा सबै परिवार सहित अमेरिका फर्कने क्रमा हुन्छिन् तर उनको जिवनमा अकास्मात नसोचिएको घटना घट्न पुग्छ ।अमन सुरुमा देख्दा अलि 'साइको' पाराको लाग्छ तर वर्षासँगको सामिप्यतासँगै उसमा केही परिवर्तनहरु देखिनथाल्छन् ।अमनलाई सँधै एउटा सपनाले बारम्बार सताउने गर्छ, उक्त सपनाको रहस्य फिल्म…

"सिमित मात्रामा बजारबाट विज्ञापन लिने र न्यूनतम पाठक शुल्क पनि उठाउने । सेतोपाटीमा आजैदेखि विज्ञापन खुल्ला गरिएको र निश्चित समयपछि पाठकबाट मासिक शुल्क उठाउने जानकारी गराउन चाहन्छौँ ।व्यवसायीक रूपमा अघि बढ्दै गएपछि सेतोपाटी अन्ततः एउटा पब्लिक लिमिटेड कम्पनीको रूपमा अघि बढोस् भन्ने हाम्रो चाहना छ ।" - सेतोपाटीले आफ्नो नोटमा लेखेकोछ । यो नोटसँगै सेतोपाटीको चर्चा अनलाइनमा चुलिएकोछ । फेसबुक, ट्विटर लगायतका साइटमा सेतोपाटीले लिन लागेको अबको कदमका बारेमा मिश्रित प्रतिक्रियाहरु आइरहेकाछन् ।

सेतोपाटीलाई मैले डिजिटल मिडिया स्टार्टअपको रुपमा हेरेकोछु । एक दर्जन पत्रकार आबद्ध रहेको डिजिटल मिडिया स्टार्टप सेतोपाटीले छोटो समयमा नै लोकप्रियता हासिल गरेकोछ । स्टार्टअप भनेको 'ट्रेडिसनल' तौर तरिकालाई च्यालेन्ज गर्दै, समस्याको समाधान नयाँ तरिकाले निकाल्ने र त्यसैको वरिपरि आफ्नो बिजनेस मोडल बनाउने आइडिया हो भनेर बुझ्दा हुन्छ ।


सेतोपाटी, आरभिएल रेडियो, पिकोभिको, क्लाउड फ्याक्ट्री, बर्थडे फरेस्ट, क्यास अन एड, थ्रेड पेन्ट्स लगायतका स्टार्टअपहरु नेपालमा देखिएकाछन् । केहीलाई छाडेर प्राय: सबै…

राती ११:३० बजे लेकसाइड पोखरामा आफू बसेको होटलमा बेलुकीको खाना खाँइदैथियो । दुईजना प्रहरी मोटरसाइकलमा आएर, होटलकी दिदीलाई रुखो स्वरमा "अहिलेसम्म होटल किन बन्द गरिनस्, के हुँदैछ याँ" भन्दै हपारे । होटलकी दिदीले भनिन्, "हैन सर अब बन्द गर्न लागेको" । "अहिले फर्केर आउँदा पनि यस्तै रहेछ भने ठिक हुँदैन, छिटो बन्द गर", ती दुई प्रहरीले होटल बन्द गर्न धम्की दिँदै, छेउकै अर्को क्याफेलाई पनि धम्क्याए । होटलकी दिदीले हतार हतार सटर बन्द गरिन, हामीले पनि हतार हतार खाना खायौँ र माथि आफ्नो कोठामा गयौँ । उनीहरुको स्वर यस्तो रुखो थियो कि, जोकोहीलाई सुन्दै पनि रिस उठ्थ्यो । दुई तिन चड्कन लाइदिहाल्नुजस्तो झोक चलेथ्यो, अलिकति नरम भएर बोल्दा तिनीहरुको के जान्थ्यो ?

हामीलाई लेकसाइडका रेष्टुरेन्ट, क्याफे आदि मात्रै ११ बजे बन्दहोला, भित्रका लज र गेष्ट हाउसमा त्यस्ता 'पत्रु' नियम छैनन् होला भन्ने लागेथ्यो । तर नचाहिने कुरोमा चाँहि नियम कडा नै रहेछ ।

बेलुका बिजी बी छिरेर रमाइलो गर्दा गर्दै ११ बजेको पत्तो नै भएन, अझ साथीहरुले आफ्नो "डान्स" स्किलको तारिफ गर्दै "…

फेसबुकको तथ्यांक अनुसार नेपालमा ३० लाख मानिसहरुले फेसबुक चलाउँछन् । जसमा २० लाख पुरुष र १० लाख महिला प्रयोगकर्ताहरु छन् । फेसबुक नेपालमा सबैभन्दा धेरै हेरिने साइटमा पनि पर्छ, फेसबुक पछि गुगल दोस्रो नम्बरमा आउँछ । त्यसो त गुगल प्लेस्टोरबाट सबैभन्दा बढि डाउनलोड हुने एन्ड्रोइड एप्स पनि फेसबुक नै हो । फेसबुकएड तथ्यांक अनुसार करिब ७ लाख ४० हजार व्यक्तिहरुले एन्ड्रोइड डिभाइस (फोन/ट्याब) मार्फत नेपालमा फेसबुक चलाउँछन् ।
लाइन, विच्याट, ह्वाट्सएप आदि एप्सहरुले बाहिर तिर तहल्का पिटिरहेको भएपनि नेपालमा भने भाइबर र स्काइप नै सबैभन्दा बढि प्रयोग गरिने च्याट एप्स रहेकोछ । भाइबर र स्काइप क्रमश दोश्रो र तेस्रो स्थानमा छन् । हप्तादिन अघि सुरु भएको 'क्यास अन एड' एप्स पनि नेपाली एन्ड्रोइड फोन प्रयोगकर्ताहरु बिच, छोटो समय मै 'पपुलर' भएकोछ ।
विस्तृत जानकारीको लागि तलको इन्फोग्राफिक हेर्नुहोला !
यी तथ्यांकहरु गुगल प्लेस्टोर तथा फेसबुक एडबाट लिइएका हुन् ।

Top 10 Free Android Apps in Nepal:

FacebookViberSkypeOpera MiniMX PlayerCashOnAdNepal Load SheddingMountain Bike RaceNepali PatroFacebook Mess…

सन् २००८ तिर म नोकिया ६३०० फोन बोक्नेगर्थेँ । त्यसबेला मलाई नोकिया जत्तिको फोन अरु कुनै छैन र नोकियाको बजारलाई कसैले हल्लाउन सक्दैन जस्तो लाग्थ्यो । तर करिब ३-४ वर्षको अन्तरालमै पासा पल्टियो ।
माइक्रोसफ्ट कर्पोरेसनले आज नोकियाका सम्पूर्ण 'डिभाइस', 'प्याटेन्ट लाइसेन्स' तथा 'नोकिया म्यापिङ सर्भिस' ७.२ बिलियन डलरमा किनेको घोषणा गरेकोछ । घोषणा सँगै नोकियाको 'नाम'मा अब नयाँ स्मार्टफोन नबन्ने भएकोछ । सहमति अनुसार "आशा" र "लुमिया" फोनको ट्रेडमार्क माइक्रोसफ्टमा निहित रहनेछ, भने "नोकिया" फिनिस कम्पनीकै "ब्रान्ड"को रुपमा रहनेछ, र नोकियाले आफ्नो फिचर फोन मात्र 'नोकिया' ब्रान्डको रुपमा निकाल्न पाउनेछ। टेक्नोलोजी साइट द भर्जका अनुसार, भविष्यमा बन्ने सबै विन्डोज फोनहरुलाई, माइक्रोसफ्ट ब्रान्डिङ गरिनेछ ।यसको अर्थ भनेको भविष्यमा हामीले 'नोकिया' ब्रान्डेड कुनै पनि स्मार्टफोन चलाउन पाउनेछैनौँ ।

Microsoft buys Nokia for $7.2 billion. Crazy stat: In 2007 Nokia's market share was 48.7%. By 2012 it had slipped to …

छ वर्ष अघि सन् २००७ मा यो ब्लग सुरु गर्दा, आजको आफ्नो यो परिचयको कल्पना गरिएको थिएन । आफ्ना स्केच र विश्वविद्यालयको गृहकार्यलाई संग्रह गर्नको लागि सुरु भएको ब्लगले विस्तारै आफ्नो यो परिचय छोडेर, सबैको लागि सबैथोक बन्ने कोशिस गर्यो । सुरुवातका दिनमा रुपेश दाइको निरन्तरको हौसलाले ब्लगलाई निरन्तरता दिएँ, आफ्ना मनमा उब्जिएका सबैकुरा ब्लगमा पोतियो । बिस्तारै फेसबुक र ट्विटरको लोकप्रियता बढ्न थाल्यो, अनि त्यही लहरमा लागियो । ब्लग, फेसबुक र ट्विटरबाट भुपेन्द्र दाइको नजिक पुगियो अनि रुचीको रुपमा रहेको 'सोसल मिडिया' मेरो प्रोफेसनको रुपमा देखापर्यो ।

सोसल मिडियालाई सबैले आफू अनुकुल परिभाषित गरेकाछन् अनि आफू अनुकुल प्रयोग गरेकाछन् । जस्तो कि, पत्रकारिता क्षेत्रमा सोसल मिडियाले क्रान्ति ल्यायो भनिन्छ, अत यसलाई "नागरिक पत्रकारिता" को दर्जा दिइन्छ (अन्य पाटाहरु पनि छन्) । अनि यता डिजिटल मार्केटिङमा पनि सोसल मिडियाले धार नै परिवर्तन गराइदिएकोछ । यसबाट मैले निकालेको निचोड भनेको 'सोसल मिडिया'ले "कम्युनिकेसन"मा युगान्तकारी परिवर्तन ल्याइदियो ।

इन्टरनेट चलाउनेको पहुँ…

अस्ति एकजना साथीले मेरो मोवाइल नम्बर सोध्नुभो । "नाइन, एट, फोर, वान...", त्यसपछि आफैँलाई आफ्नो नम्बर तत्काल याद आएन ।त्यसो त मलाई मेरो मोवाइल नम्बर याद नहुने होइन, तर त्यो दिन अचानक साथीले सोध्दा भन्न नसकेको मात्र हुँ । घर आइसकेपछि आफैँलाई जाँच्न मनलाग्यो । मोबाइलको कन्ट्याक्ट्समा हेरेँ लगभग ३ हजारको नाम रहेछ, गुगल प्लसको कन्ट्याक्ट सबै आएछ फोनमा । गुगललाई एकछिन मनमनै गाली गरेँ, मैले कन्ट्याक्ट सिन्क गरेको त थिएन तर पनि फोनमा देखियो ।

मेरो बाहेक कतिजनाको नम्बर आफूलाई आउँदोरहेछ भनेर जाँच्नखोजेँ । अहँ, मेरो आफ्नु नम्बर बाहेक अरु कसैको नम्बर सम्झन सकिँन । प्रविधीको विकास र प्रयोग सँगै नम्बरहरु बिर्सिएछ, पहिले दर्जनौँका फोन नम्बर मुखाग्र थियो । केही दिनपछि यो साइटमा केही रमाइला कार्टनुहरु देखेँ, आफैँलाई व्यङ्ग्य गरेको जस्तो लाग्यो । मोबाइलले झुठो बोल्न सिकाको कुरा त ५-६ वर्ष अघि नै यहाँ लेखिसकेकोछु ।  Life Before and After Mobile Phones






माथिका कार्टुनहरुसँग तपाई कत्तिको सहमत हुनुहुन्छ?

"गजुर छ मन्दिर हैन, पखेटा छ चरा हैन, करंग छ मान्छे हैन, घुम्रिएको पुछर छ कुकुर हैन के हो साथी तेस्को नाम?" 
गाउँखाने कथा भन्ने बित्तिकै आफूलाई चाँहि स्कुलको याद आउँछ । स्कुल पढ्दाताका गाउँखाने कथाहरु धेरै खेलिन्थ्यो, अरुलाई सोधिन्थ्यो, जवाफ पनि धेरै मिलाइन्थ्यो । हरेक बालपत्रिकामा "गाउँखाने कथा" हुने कारण पनि उ बेला धेरै जानकारी राखिन्थ्यो होला । हिजोआज गाउँखाने कथाका उत्तरहरु मिलाउन आफूलाई त हम्मे हम्मे पर्छ ।सबैकुरामा गुगलको भर पर्ने गरेका कारण कति कथाहरु त बिर्सि पनि सकियो ।
तर गाउँखाने कथालाई इन्टरनेटमा जिवित राख्न गाउँखाने कथा डटकम आएकोछ । सुशिल गुप्ताले निर्माण गरेको यस साइटमा गाउँखाने कथाहरु पढ्न सकिन्छ, अनि आफूले जानेका गाउँखाने कथाहरु साइटमा थप्न पनि मिल्छ । भविष्यमा गाउँखाने प्रतियोगिता पनि साइटमा राख्ने सुशिलको 'प्लान' छ । 
प्रयोगकर्ताहरुले अहिलेको लागि आफूलाई आउने गाउँखाने कथाहरु साइटमा थपिदिएर, गाउँखाने कथाको डेटावेस निर्माणमा सहयोग गर्न सक्छन् । 'थप्नुहोस्' सेक्सनमा गएर गाउँखाने प्रश्न, उत्तर, आफ्नो नाम र इमेल लेख्न सकिन्छ । यसरी थपिए…

“एम ए पढ्दै छे, स्कुलमा पढाउँछे, केटी राम्री छ, एकचोटि हेर” आमाले चिया सँग प्रस्ताव पस्कनु भयो । बिहे गर्ने त यस्तै केटी सँग हो, तर पनि यो मामलामा किन किन म निर्णय गर्न एकदम कमजोर भइरहेको थिँए।

“खान्दानी छन् रे, आँगन पनि ठूलो छ" आमाको भनाईको आसय मैले प्रष्टरुपमा बुझेको थिँए । तर कुनै विवाद नगरी म चुप लागेर कुरा सुनिरहेँ ।

“एक्ली छोरी, काठमाण्डौंमा दाजु भाइ सँग बसेर पढेकी, शिल स्वाभाव राम्रो छ, घर गरिखान्छे हाम्रो” आमा थप्दै हुनुहुन्थो, मलाई चिया भन्दा ति कुरा र बयान मीठा लाग्दै थिए । एक किसिमले आमा मेरो कल्पनामा बुट्टाहरु भर्दै हुनुहुन्थ्यो ।

“मलाई त मन खायो, तँलाई भनेर फोटो मगाएकीछु, ला” आमाले २ वटा फोटो हातमा राखिदिनु भयो । आमाको अगाडि नियालेर हेर्न लाज भयो । केटी त राम्री नै हो । मैले झलक्क हेर्दा त्यही देखें ।

म रिमोट चलाइरहेको थिँए । गोरुले दाँइ गरे जसरी च्यानल घुमाउनु मेरो पुरानो बानी । भरे बुवा आएपछि कुरा गरौँला भनेर आमा गिलास उठाउँदै जानुभयो । आमा गएपछी ‘केटीलाई’ नियालें ।

मुहार त राम्रै हो । कपाल कस्तो हो, प्रष्ट सँग देखिएको थिएन । कुर्ता सलवार, बाहुला नभएकोले उनका पाखु…

सय वर्ष अघिको प्रथम विश्वयुद्धको फोटोहरुलाई क्यानडामा रहेको एक ग्राफिक डिजाइनिङ कम्पनीले थ्रिडीमा सार्वजनिक गरेकोछ (सन् १९१४ देखि सन् १९१८, चारवर्षसम्म पहिलो विश्वयुद्ध चलेकोथियो)।टोरन्टो, क्यानडा स्थित फोटोग्राफी तथा डिजाइन कम्पनी "नर्ड वल्ड" (Nerds World) ले प्रथम विश्वयुद्धको फोटो खिचेको क्यामेरा र फोटो स्लाइडहरु गत वर्ष खरिद गरेको थियो ।

प्रथम विश्वयुद्धका फोटोका स्लाइडहरुलाई "थ्रिडि भ्युअर"बाट थ्रिडिमा हेर्न सकिने 'नर्ड वल्ड'ले साइटमा उल्लेख गरकोछ । 'नर्ड वल्ड'ले सार्वजनिक गरेका केही  "जिफ" (.gif) फोटोहरुलाई यहाँ राखेकोछु।

पहिलो विश्वयुद्धमा फ्रान्सेली सेनाले फोटो खिच्न प्रयोग गरेको क्यामेरा ।

पहिलो विश्वयुद्धका फोटोहरु





viaThe Verge