Skip to main content

पोखरा एक्सप्रेस [कथा]

"पोखरा बजार टुरिस्ट हजार" त जम्मैले सुनेकै होलान्। हामी त्यहिँ हुर्केम् बढेम्, नानाथरि उपद्रो र उट्पट्याङ गरेम्, व्यक्तित्व त त्यस्तै हो तर ‘साइज’ले चैं ठुला भएम्, अब बिस्तारै बुढाहरुमा पनि गनिन्छौँ होला। 'होला' के भन्नु, लक्षण आजकलै देखा परिसकेकोछ, कसैले साइड हान्दैनन्, आफुले हानेका साइडको रेस्पोन्स पाइन्नन्। कताकता मन खिन्न हुन्छ। जे होस् टुरिस्ट बढेका बढ्यै छन् पोखरामा। ‘ट्रेकिङ’, ‘साइट सिईङ’, ‘बोटिङ’ले त प्रख्यात नै थियो पोखरा, ‘एभिया क्लब’का स्याना जहाज अनि ठुल्ठुला रंगीचंगी बेलुनमा मान्छेहरु उड्न आऊँथे, अहिले झन् ‘प्याराग्लाईडिङ’ र ‘जिप फ्लायर’ले गर्दा आन्तरिक र बिदेशी पर्यटक ह्वात्तै बढेका छन्। अझै केबुल कार र अरु धेरैकुरा खुल्दैछन् भन्ने सुन्नमा आइरहेको छ।

हामी स्याना हूँदा यतिका धेरै पर्यटक हूँदैनथे, जे होस् फाट्टफुट्ट चाहिँ देखिन्थे। टुरिस्टलाइ हामी कुइरे भन्थेम्, बसमा देखिए भने 'टाटा', साक्षात देखिए भने 'नमस्ते' गर्नु भनेर हामीलाई सिकाइएको थियो। अझ दुईतले बसमा कुइरे आएको देखेम् भने टाटा गर्दै च्याँठ्ठिदै उफ्रिन्थेम्। अचेल त्यो दुइतले बस कता गयो होला कुन्नि? धेरै भो नदेखेको। कहिलेकाहिँ कुइरेहरु ट्रेकिंग जानको लागि लाइन लाएर हिंड्दै आऊँथे, सबैभन्दा अगाडी ठुल्ठुला डोका बोकेका भरिया, तीनको पछिपछि एउटा गाइड र टुरिस्टहरु हुन्थे। हामी छुचा केटाकेटी, कुइरे देख्ने बित्तिकै 'नमस्ते, हेल्लो, टु रुपिज' भनी हाल्थेम्। तर कसैले 'टु रुपिज' झारेको चाहिँ मलाइ याद छैन। नदिए पछि हामी तीनलाई 'भुक्का टुरिस्ट' भन्थेम्। ती नेपाली गाइडहरुले हामी फुच्चेहरुलाइ टुरिस्टको आसपास देखि सहन्नथे।

एकपटक चैं एउटा चाइनिज हो कि जापानिजले माग्दै नमागी पेन्सिल दे’को थियो। तर किन किन जापानिज, चाइनिजहरु त टुरिस्ट नै हैनन् जस्तो लाग्थ्यो। तर जम्मै कुरा राम्रा मात्रै पनि छैनन् पोखरामा, बिकृति फैलिँदो छ, सबै भन्दा ठुलो समस्या चाहिँ यहाँ धेरै जसो पर्यटक ठगिने, लुटिने गर्छन। एक्ला दुक्लै सराङकोट जान गाह्रो छ। टुरिस्ट भनेपछी कुबेरै आए भन्ने सोचेर बोरामा हाल्न खोज्ने प्रवृति छ। यी कारणहरुले पोखराको छवि बिग्रेको छ। जान अन्जानमा मैले पनि एकदिन एउटा गल्ती गरें, अहिले सम्झिंदा हाँसो लागेर आऊँछ।

बेलौति फल्ने सिजन भनेसी भदौ असोजको बेला हुनुपर्छ, शुक्रबार हाफ छुट्टी भएर घर आएपछि झोला मिल्काएर डाँडातिर घुम्न निस्कें। घुम्तीमा एउटा जिप रोकिराखेको थियो। नजिक पुगेर हेरें, भित्र बाहिर कोही थिएनन्। हामी केटाकेटीलाई मोटर देखेसी अरु के चाहिन्थ्यो र? जीपको फन्को लगाएँ, औंलाले जिपका झ्याल मा चित्र बनाएँ। त्यो बेला ट्रयाक्टर देखे ट्रयाक्टर, ट्रक देखे ट्रक, बस देखे बसको पछाडी झुन्डिन रहर लाग्थ्यो। हामी भुराहरुलाई छतमा कहिल्यै चढ्न दिन्थेनन्। चप्पल काटेर पांग्रा बनाएर मोटर चलाई खेल्ने मेरा सामुन्ने साक्षात् जिप खडा थियो। आज झुण्डिए पनि, छतमा चढे पनि, केहि भन्नेवाला कोहि थिएनन्। एक्लै शान देखाऊँदै चित्त बुझिन्जेल झुन्डिएँ अनि रहर पुगेपछि छतमा उक्लिएँ। हुन त ‘स्पेसल’ केहि थिएन तर बडा रमाइलो लाग्यो। छतमा एउटा ठुलो ब्याग रहेछ। कसैले देखेभने चोर्न चढेको भन्ठान्लान् कि भनेर डराऊँदै ओर्लें अनि घरतिर दौडें। तर जाँदाजादै मन के भयो के? त्यो झोलामा के होला भन्ने जिज्ञासा उठ्न थाल्यो। के सोचें कुन्नि? फरक्क फर्कें। अझैपनि जिप वरिपरी कोहि थिएनन्। बिरालोको चालमा छतमा उक्लें। ‘ब्याग’ त ‘लक’ रहेछ। साइडका स्याना ‘पकेट’ भएपनि छाम्न मन लाग्यो। स्याना हात लुत्त छिरे। त्यत्तिकैमा कोहि बोलेको सुनें। यताउता हेरेको, केहिपर गाइडले टुरिस्टलाइ डाँडा देखाऊँदै रहेछ। मेरो सातो गयो। फुत्त हात निकालेँ। दुइटा पोका केका थिए कुन्नि, हातसँगै निस्किए। के गरौँ के गरौँ भयो, सकेको बलले बाटो छेउको बान्नो काट्ने गरि फालें अनि छिट्छिटो ओर्लेर टाप कसें। देखेनन् कस्सो। भोली आम्ला भनेर घर गएँ।

ए टुरिस्टको जिप पो रच। के निकालें हूँ’ला? कतिबेला भोलि होला र त्यहाँ पुगेर हेरौँला भएर रातभरी निद्रा लागेन। कसैले भेट्टाएर लगे कि भन्ने डर पनि लाग्यो। बल्लतल्ल रात कट्यो, बिहान खाना खाइवरी निस्किएँ। हिजो जिप रोकेको घुम्तीमा पुगें। हिलोबाटोमा जिपका टायरका डाम सग्लै थिए। बान्नो उक्लेर हेरें, हिजो फ्याँकेका पोकाहरु असुरोको झ्यांङमुनि टल्किरहेका थिए। डाँडामा लगेर ठुलो चाहिँ पोको खोलेको, ‘चोकोफन’ हुन्छ नि? हो त्यस्तै चकलेट एक माला रहेछन। जम्मै खाएँ। धेरै गुलियोले मतमताएर होला, अर्को पोको खोल्नै मन लागेन, घर लगें।

नुवाइधुवाई गरेर शनिबारको फिलिम हेरेर होमवर्क गर्न आँटेको थिएँ, अर्को पोकोमा पनि त्यस्तै चकलेट छन् कि भन्ने कौतुहलता जाग्न थाल्यो। पोको लिएर माथि सिरानको तलामा पुगें, बिस्तारै पोको खोलें। अफसोच, यसमा चाहिँ चकलेट रहेनछ। मसिना धागा भएको स्यान स्याना पुरिया थिए। नियालेर हेरें, पुरिया भित्र त खैरो धुलो। मेरा हंशले ठाम छोडे, हातखुट्टा लगलग कामे। फ्ल्यास्ब्याकमा पुगेँ, 'यी कुइरेहरु नेपालाँ स्म्याक र ब्राउन सुगर खान आउनी हुन्' कसैले भनेको याद आयो। 'ए आमा....... ड्रग्स!' म त्यस्ता कुरा अलिअलि बुझ्ने भैसकेको थिएँ। क्लासका सुड्डा दाइहरु तोप/ब्ल्याक बनाएर खाएको देखेको थिएँ। पोको खोपीमा लुकाएर तल ओर्लें, फटाफट होमवर्क गरेर सुतें। मसँग ब्राउन सुगर भएको कुरा थाह पाएर पुलिस आउने हुन् कि भनेर रातभर डर लाग्यो। भोलिपल्ट स्कुल गएँ, एउटा तोपे दाइलाइ खुसुक्क बोलाएर भने, 'मसँग ब्राउन सुगर छ, खाने भए ल्याइदिन्चु', छक्क पर्दै उसले सोध्यो, 'काँ'ट ल्याको?', मैले टुरिस्टको चोरेको भनेर भनें। लोइरे डरायो, 'हुन्न यार तिनीहरुले हान्ने माल त डेन्जर हुन्छ, म त खान्न।'

त्यसपछि अलि दिन ब्राउन सुगरको खासै याद आएन। अर्को शनिबार फेरी डुल्दै त्यहिँ पुगें। जिपका पांग्राका डाम मेटिईसकेका रहेछन्। झल्याँस्स सिरानको तलामा राखेको ब्राउन सुगरको याद आयो। घर फर्कें, तलामा गएँ, अनि एउटा ब्राउन सुगरको पोको खल्तीमा हालें, लुसुक्क भान्सामा पुगें, सलाईको बट्टा टिपें अनि हजुरआमाको कोठामा गएर चुरोट चोरें। कसैले थाह नपाउने गरी खेतको बीचमा भएको बेलौतीको रुखमा चढें। बेलौती लटरम्म फलेका थिए, त्यो सिजनमा हाम्रो खाजा नै बेलौती हुन्थ्यो। गोजीबाट सारा सामाग्री निकालेर म 'मेक हान्ने' तयारीमा जुटें। ‘एक्स्पेरिएन्स’ नभए पनि केटाहरुले 'मेक' हानेको देखेको थिएँ। ‘प्रोसेस’ याद थियो। पहिले चुरोटको सुर्ती देब्रे हातमा झारें। तर कसो कसो मिलेन, धेरै जसो सुर्ती बाहिर खस्यो। अनि ब्राउन सुगरको पोको खोलेर देब्रे हातमा भएको सुर्तीसँग मोलें। केटाहरुले जसरी भर्न आएन, अनि औंला र सलाईको काँटीको सहायताले बल्लतल खाली चुरोटमा 'माल' भरें। अब 'फायर' हान्न बाँकी थियो। केटाहरुले गाँजा खाएपछि एकदम भोक लाग्छ भनेको सुनेको थिएँ, यो त झन् ब्राउन सुगर, फेरी भोकले नै मरिने पो हो कि भनेर दुइटा बेलौती खाएँ, अनि 'माल' 'फायर' हानें।

मैले जिन्दगिमा त्यति नराम्ररी सर्को परेको कहिल्यै थाह पाएको थिईन। त्यो दिन यति नमिठो धुवाँ पेटभित्र गयो कि, कुरै नगरौं। 'फायर' हानेर तान्दा पटटटट आवाज पनि आएको याद छ। बररर आँशु झरे, खोक्दै आँशु पुछ्दै घर फर्कें। ब्राउन सुगर यस्तो पो हुनेरहेछ, बल्ल थाह पाएँ। क्यारेर खाँदा हुन् कुइरेहरुले? घरीघरी नमिठो हस्को आऊँथ्यो अनि मुख बिगार्थें। छ्या अब खान्न यस्तो चीज, फालिदिन्छु भनेर सिरानको तलामा पुगें। पोको निकालें। बल्ल पोकोको खोल हेर्ने बुद्धि आयो। पढें। त्यहाँ ठुल्ठुला अक्षरमा लेखेको थियो - Yorkshire Tea Bags.

*******************************************

- N®B

(यो कथा पोखराका निशांक रानाभाटले लेख्नु भएको हो । उहाँले यस अघि लेख्नुभएका कथा र अनुभुतिहरु  यहाँ गएर पढ्न सकिन्छ । उहाँलाई ट्विटरमा (@being_nrb) फलो गर्न सकिन्छ !)

Comments

  1. रमाईलो, अन्त्यसम्ममा पनि के होला जस्तो लाग्ने। तर त्यो ब्राउन सुगर होईन भन्ने त थाहा भाको हो, खैरो भनेपछि। :)

    ReplyDelete
  2. Hahahahahahahahahahhahahahahah Moren ma hasera :D :D :D

    ReplyDelete
  3. Aafnai parivesh ko katha... Sarai ramailo lagyo... Hami pani kuire bhane pachhi hurukkai huntheu... Kuirele line chij ta sabai ramra ramra... Mahanga matra hunchhan jasto lagthyo... Kuire le mineral water ko bottle bato ko chheu chhau ma faleko dekhiyo bhane.. Tipera ghar laginthyo.. Dui char din.. Aankhara ko sato tesai bata pani khaienthyo... Kuire style ma :D

    ReplyDelete
  4. hehe... Yorkshire Tea Bags aray! laast khatra ending chi! sakiyepachhi climax aayechha...

    ReplyDelete
  5. milestone herda katha arkai kalpana garethe.....padhda arkai...ramilo lageo.. ..ajha tope dai haru ko techinical word haru
    ..

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

गुगलको अटोड्र - चित्र बनाउन एकदमै सजिलो

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

Subscribe to Aakar Post