Skip to main content

Posts

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

22 Feb 2009 मा FOSS (Free and Open Source Software) Nepal तथा HLCIT (High Level Commission of Information Technology) ले संयुक्त रुपमा Digital Freedom For a Free Society भन्ने नाराका साथ आयोजना गरेको “Workshop on Free and Open Source Software for Media Persons”, विषयक एकदिने कार्यक्रम मा मैले एक ब्लगरको हैसियत ले सहभागिता जनाएको थिँए । FOSS Nepal को रेगुलर कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम, मिडिया मा काम गर्ने व्यक्तिहरुलाई Free and Open Source Software बारे बुझाउन HLCIT को सभाहल सिंहदरबार मा गरिएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रमलाई Opening Session, Orientation Session, Technical Session: Demo and Hands-on र Refreshment गरेर ४ वटा भागमा बाँडिएको थियो । ठिक १० बजे भनिएपनि १५-२० मिनेट ढिलो सुरु भएको कार्यक्रम मा अतिथिका रुपमा नेपाली टाइम्सका प्रकाशक-सम्पादक वरिष्ठ पत्रकार कुन्द दिक्षित, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुन कार्की, HLCIT का सेक्रेटरी डा. मदन परियार, HLCIT का VC तथा ईन्जिनियर सरोज देवकोटा, HLCIT का आजिवन सदस्य मनोहर भट्टराई आदि हुनुहु

धरहरा सँगै को पार्क मा आइपुगेको छु । मध्यान्न को १२ बजेको छ । फागुन महिना भएर होला, गर्मी को आभास भै’रहेको छ । केही वर्ष अघि सम्म हेर्न मात्र पाइने धरहरा केही वर्ष देखि चढ्न मिल्ने भै’सकेको छ । त्यही भएर, यहाँ धरहरा चढेर काठमाडौँ हेर्न खोज्नेहरु को भिड छ । एउटा कुना को बेन्च मा म बसिरहेको छु, प्लान केही छैन । त्यही पुल्चोक देखि हिँडेर आएको थकाइ मार्न बसिरहेको छु । “पल्पसा क्याफे” को अडियो पेनड्राइभ मा राखेर ल्याँए भर्खरै, अच्युत दाइबाट, कति खेर सुनौँ जस्तो भै’रहेको छ । म कसैलाई पर्खिरहेको पनि छैन पार्क मा, तर पनि म बसिरहेको छु, विनाकाम पार्क मा । बाहिर होहल्ला छ, गाडि को घ्यारघ्यार को आवाज आइरहेको छ । थकाइ मार्ने पार्क त हो, तर शान्त छैन । सबै आ-आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही ग्रुपमा छन्, कोही साथिहरु सँग छन् त कोही सपरिवार आएका जस्ता देखिन्छन् । त्यसै बस्न अल्छि लाग्यो, एउटा फ्यान्टा ल्याएँ, सेल्फ सर्भिस रहेछ । त्यो सानो बोतल को फ्यान्टा पनि १ घन्टा लाएर सिध्याँए, सायद म अझै केहिबेर यही पार्क मा बस्ने वाहाना खोज्दैथिँए । मान्छेहरु को आगमन बाक्लिएको जस्तो लाग्छ । सबै बेन्च र

FOSS Research and Training Center, Brihaspati Vidya Sadan मा गत फेव्रुअरी ७ शनिबार का दिन FOSS InfoMela 2009 सम्पन्न भएको छ । खुला र सफ्टवेयर स्वतन्त्रता को लागि संघर्षरत संस्था FOSS Nepal ले आफ्नो नियमित कार्यक्रमहरु अन्तर्गत उक्त कार्यक्रम को आयोजना गरेको थियो । FOSS Nepal ले आयोजना गरको कार्यक्रमलाई D2LABS, KU (Kathmandu University), HLCIT (High Level Commission of Information Technology), Digit Trust आदि संघसंस्थाहरुले पनि सहयोग गरेका थिए । करिव १ दर्जन जति स्लटहरु राखिएको FOSS InfoMela 2009 को उद्‍घाटन प्रमुख अतिथि वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले गर्नुभएको थियो । उद्‍घाटनका क्रम मा, मन्त्री साहले सरकार ले नयाँ नेपाल निर्माण का लागि “७ ई” को अवधारणा ल्याउन लागेको बताउनुभएको थियो । उहाँले ७ अंक नेपाल को सन्दर्भमा शुभ भएको भन्दै ठट्यौलो पारामा विभिन्न राजनितिक प्रसंगहरु पनि जोड्नुभएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रम को सभापतित्व FOSS Nepal का सुविर प्रधानाङ्ग ले गर्नु भएको थियो । कार्यक्रम मा FOSS Research and Training Center को उद्‌घाटन पनि मन्त्

कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ? शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ । साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्‍याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्‍याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ,

सुन्नुहोस्, 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश !' के शब्दहरु को लाश सबैभन्दा कुरुप हुन्छन् ? मैले बुझिँन यसको अर्थ के हो ? अनि कवि के भन्दैछन् 'लाशहरुको हुलमा सबैभन्दा कुरुप हुन्छ, शब्दहरुको लाश'? सुन्नुहोस त, यहाँ कवि 'रमेश श्रेष्ठ' किन यसो भन्दैछन् ? 'अक्षर को खेत' मा डुलेर हामी अघाएनौँ, कान्तिपुर एफएम का कार्यक्रम सञ्चालक 'हेम भण्डारी' यसै भन्दैथिए, यो 'कविता' कविले वाचन गर्नु अगाडि ! कविता सुन्दा निकै बुझेजस्तो लाग्छ, अहँ तर फेरी के भनेको हो, म आफैँ छक्क पर्छु । सायद, "शब्दहरुको लाश" लेखनी मा रहन्छ क्यार । अनि यस संसार मा मान्छेहरु रहेसम्म, "शब्दहरुको लाश" रहनेछन् । अनि, रहरले कविता लेख्ने, रहर ले गजल लेख्नेहरुले त, कवितालाई, गजललाई मात्रै "शब्दहरु को लाश" बनाएका त हैनन् ? सायद, कविले यसै कुरालाई उठाउन खोजेका हुन् कि ? तपाईलाई के लाग्यो ? यो "शब्दहरुको लाश" भनेको के होला ? कि यो साहित्यमा प्रयोग हुने 'बिम्ब'हरुका कारण ले बुझ्न कठीन भएको त हैन ? आखिर खास मा के हो त

सरल शब्द अनि छन्दमा रचित, नवराज लम्साल ज्यु को कवितावाचन सुन्नुहोस्, लम्साल ज्यु बाटै । सायद, नवराज लम्साल लाई नचिन्ने, साहित्यप्रेमीहरु कमै होलान । एक कुशल रेडियो प्रस्तोता का अलवा साहित्य सर्जक पनि हुन, नवराज लम्साल । आज यहाँ, नवराज लम्साल ले रच्नुभएको, अनि आफैँले वाचन गर्नुभएको 'फर्कन्छु साथी म त' भन्ने कविता लिएर आएका छौँ । केही हप्ता अगाडि गुरुकुल मा भएको पैसो तिरेर सुन्ने, कविता वाचन कार्यक्रम बाट यो कविता रेकर्ड गरिएको हो । स्मरणीय रहोस्, गुरुकुल मा प्रत्येक हप्ता कविता वाचन हुनेगरेको छ । "विदेश पुग्दा, साथिहरुले नेपाल नफर्क भनेर आग्रह गर्दा, यो कविता लेखिएको हो", नवराज लम्साल ले यसै नै भन्नु भएको थियो, कार्यक्रम मा । विदेशमा रहेका नेपालीहरुलाई सायद यो कविता ले घोच्न पनि सक्छ, अत: हामी पहिले नै क्षमा माग्न चाहन्छौँ । अनि आग्रह गर्छौँ, यहाँहरुले कवितालाई कसरी लिनुभयो, अनि हाम्रो यो सानो प्रयास यहाँहरुलाई कस्तो लाग्यो ? माथि को अडियो डाउनलोड गर्नुहोस् ।

हामी नेपाली को बानी नै नराम्रो, हरेक कुरा मा हामी कमेन्ट गर्छौँ । अझ सरकार को कामकारवाही प्रति त सँधै प्रतिपक्षी कै व्यवहार गर्छौँ, भन्या ! जे मा नि कमेन्ट गर्न हामी साह्रै खप्पिस छौँ के, अब घरमै पनि पहिले खाना खायो, अन्तिम मा कमेन्ट गर्दिहाल्छौँ, यो तरकारी मा नुन चर्को रै’छ । यी त भए, साधारण कुरा अनि प्राय: नोटिस पनि गरिँदैन । तर राष्ट्रिय स्तरमा भए गरेका त हामी हरेक कुरा मा खोट देख्छौँ, कमेन्ट गर्दिहाल्छौँ । तपाईहरुलाई थाहा छ, अहिले १६ घन्टे लोडसेडिङ को चर्चा चारैतिर छ, जो सँग भेट भो, कि त्यही कुरा बाट गफ सुरु गर्छ, अनि फेरी उही सरकारलाई धारे हात लाउँछ । ए बाबा ! हैन, सबैको किन दिमाग भ्रष्ट भा’को होला, लोडसेडिङ शब्द सुन्ने बित्तिकै । लोडसेडिङ को फाइदा कति छ, कति , ख्वै कोही पनि बुझ्नै चाहँदैनन् भन्या ! भन्छन् नि, मान्छेहरु “चर्चित हुनु छ भने, कि त राम्रो काम गर्नुपर्छ रे, कि साह्रै नराम्रो काम”, बिचका काम गर्नेहरु त सदा पेन्डुलम नै रहन्छन् । न उनीहरु को कहीँ चर्चा, न कहीँ खोजखबर, अस्तित्व नै नभएजस्तो, या भनौँ डायनोसर का प्रजाती लोप भए जस्तै बिचका त काम गर्ने त लोप नै भएर जान्छन् !

तपाईहरु छोटा छोटा फिल्म या भनौँ मेलोड्रामा, डकुमेन्ट्रि कत्तिको हेर्नुहुन्छ, त्यो त मलाई थाहा छैन । तर आज यहाँ म केही फिल्महरु राख्दैछु, छोटा-छोटा फिल्महरु । समग्रमा भन्दा, एउटा आइसफल प्रोडक्सन नेपाल को नेपाली मुभी "Awaken Eyes" र अर्को एवार्ड जित्न सफल हिन्दि मुभी "Salt 'n' Pepper" यहाँ राख्दैछु । आशा छ, यहाँहरुले रुचाउनुहुनेछ । मैले यी मुभिहरु, "अनलाइन मुभि फेस्टिबल" अन्तर्गत कल्चर अनप्लग्ड बाट लिएको हुँ । मलाई अचम्म, लागेथ्यो अनलाइन मुभि फेस्टिबल भन्ने सुन्दा ! आउनुहोस् तपाई पनि विशेष अर्थ बोकेका छोटो मुभिहरु हेर्नुहोस् । Awaken Eyes : Director: Binod Paudel | Genre: Drama | Produced In: 2008 Synopsis: Awaken eyes is a piteous story about a newly wedded couple who have a hardest time to get physically connected. Sharing the room with the sick mother really makes the groom and the bride reluctant to have sex on first night of their marriage as they are frequently disturbed with the sick sighs of the mother. Fighting with the obsession of

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ । सायद IT Park पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् । हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भय