Skip to main content

Workshop on FOSS for Media Persons



22 Feb 2009 मा FOSS (Free and Open Source Software) Nepal तथा HLCIT (High Level Commission of Information Technology) ले संयुक्त रुपमा Digital Freedom For a Free Society भन्ने नाराका साथ आयोजना गरेको “Workshop on Free and Open Source Software for Media Persons”, विषयक एकदिने कार्यक्रम मा मैले एक ब्लगरको हैसियत ले सहभागिता जनाएको थिँए । FOSS Nepal को रेगुलर कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम, मिडिया मा काम गर्ने व्यक्तिहरुलाई Free and Open Source Software बारे बुझाउन HLCIT को सभाहल सिंहदरबार मा गरिएको थियो ।

विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रमलाई Opening Session, Orientation Session, Technical Session: Demo and Hands-on र Refreshment गरेर ४ वटा भागमा बाँडिएको थियो । ठिक १० बजे भनिएपनि १५-२० मिनेट ढिलो सुरु भएको कार्यक्रम मा अतिथिका रुपमा नेपाली टाइम्सका प्रकाशक-सम्पादक वरिष्ठ पत्रकार कुन्द दिक्षित, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुन कार्की, HLCIT का सेक्रेटरी डा. मदन परियार, HLCIT का VC तथा ईन्जिनियर सरोज देवकोटा, HLCIT का आजिवन सदस्य मनोहर भट्टराई आदि हुनुहुन्थ्यो ।

कार्यक्रमको सुरुवात सँगै FOSS Nepal का सुविर प्रधानांगले FOSS बारे जानकारी र यसको उपयोगिता बारे बोल्दै, FOSS र Media का सम्बन्धमा प्रिजेन्टेसन दिनुभएको थियो । उहाँले प्रोप्राइटरी सफ्टवेयर को सट्टा मा कुन कुन फ्रि एन्ड ओपन सोर्स सफ्टवयर प्रयोग गर्न सकिन्छ बताउनुभएको थियो । त्यस्तै FOSS Nepal ले २००७ र २००८ मा Global Software Freedom Day Best Event Award जित्‍न सफल भएको कुरा पनि स्मरण गराउनुभएको थियो ।

यसै क्रम मा कुन्द दिक्षित ले Democracy in Cyberia बारे प्रिजेन्टेसन दिनुहुँदै, अनलाइन मिडियाको फाइदा र वेफाइदा को बारेमा बोल्नुभएको थियो । नेपालमा करिब १ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेका र त्यसमध्ये ६५ प्रतिशत काठमाडौँ भित्र रहेको तितो यथार्थ प्रस्तुत गर्दै उहाँले प्रविधि मा पहुँच बढाउनु पर्ने कुरा व्यक्त गर्नुभएको थियो । साथै, Corporate Ownership and Control का कारण FOSS तिर लाग्नुपर्ने आज को आवश्यकता रहेको उहाँले बताउनुभएको थियो । अनलाइन मिडिया राज्यको पाचौँ अंग हो भन्दै उहाँले अनलाइन जर्नालिजम तथा सिटिजन जर्नालिजम आजको आवश्यकता रहेको र निकट भविष्यमै अनलाइन मिडिया Main Stream Media हुने कुरा बताउनुभएको थियो ।

वक्ताको बोल्ने क्रममा आउनुभएका HLCIT का मदन परियारले आइटिको प्रयोग सहर भित्र मात्र सिमित रहेको र यसलाई देशव्यापी बनाउन HLCIT ले पहल गरिरहेकेको कुरा व्यक्त गर्नुभएको थियो । साथै, प्रविधि सस्तो र सुलभ भएमात्र सबैको पहुँचमा पुग्ने बताउँदै FOSS एउटा राम्रो अल्टरनेटिभको रुपमा रहेको बताउनुभएको थियो ।

त्यस्तै वातावरण,विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुन कार्कीले आफूले FOSS को बारेमा पहिलोपटक सुनेको बताउँदै, FOSS ले गर्ने कार्यक्रमहरुमा आफूहरुजस्तोलाई पनि निरन्तरजसो बोलाइए, सरकारी स्तरबाट नै पनि यसबारे पहल गर्न सजिलो हुने कुरा बताउनुभएको थियो ।

HLCIT VC तथा ईन्जिनियर सरोज देवकोटाले इन्टरनेट प्रयोगकर्ताहरु सहरमा मात्र सिमित भएको बताउँदै, सुचना प्रविधिको विकास का लागि सरकारव्दारा पहल गरिनुपर्ने बताउनुभएको थियो । खानेपानी, बाटोघाटो र सुचना प्रविधि फरक कुरा हुन्, तर यहाँ, खानेपानी, बाटोघाटो छैन के को सुचना प्रविधि भन्ने गरिएको तितो यथार्थ प्रस्तुत गर्नुभयो । यसर्थ पनि सस्तो र सुलभ FOSS तिर बढ्नुपर्ने स्थिति रहेको उहाँले बताउनुभएको थियो । त्यसपछि को क्रममा बोल्दै, मनोहर भट्टराईले सबैलाई धन्यवाद ज्ञापन गर्दै FOSS र Media बारे आफ्ना केहीकुरा राख्नुभएको थियो ।

त्यसपछि को Orientation Session मा दैनिकीडटकम का उपसम्पादक गुणराज लुँइटेल ले आफ्नो अनलाइन जर्नालिजम को अनुभव सुनाउँदै Importance of Digital Media and Experiences of Doing Online Journalism बारे प्रिजेन्टेसन दिनुभएको थियो ।

त्यस्तै पत्रकार केदार शर्माले FOSS Freedom and Media बारे बोल्दै, राजनितिक आन्दोलन जस्तै, FOSS को आन्दोलन मा पनि सबैलाई लाग्न आग्रह गर्नुभएको थियो ।

Digital Media will be the mainstream Media भन्दै कार्यक्रम सञ्चालक विवेक पौडेल ले Showcasing FOSS for Media बारेमा प्रिजेन्टेसन दिनुहँदै Twitter, Facebook आदिजस्ता साइटबाट micro blogging को अवधारणा भित्रिसकेको कुरा बताउनुभएको थियो । त्यसैक्रम मा अंकुर शर्मा व्दारा लिनक्स इन्सटलेसन तथा निर्भिकल्प सफ्टवेयर को प्रयोग बारे डेमो देखाउनुभएको थियो ।

Hobby and Profession: Online Reporting को बारेमा नेपाली भोइसका ब्लगर उज्जल आचार्यले ब्लग र ब्लगिङ बारे जानकारी दिनुभएको थियो भने रिसर्चर विपिन गौतम ले Privacy र Anonymity को बारेमा प्रिजेन्टेसन दिनुभएको थियो । त्यस्तै वसन्तकृष्ण श्रेष्ठले नेपालीयुनिकोड बारे जानकारी दिनुभएको थियो । यसपछि को क्रम मा अंकुर शर्माले फायरफक्सका लागि १० वटा महत्वपुर्ण Add-ons को बारेमा जानकारी दिनुभएको थियो ।

Kathmandu University का अभिषेक सिंह ले Wiki and Media: Media wiki को बारेमा प्रिजेन्टेसन दिनुभएको थियो । यसक्रम मा विकी क्रिएट गर्ने, ईडिट गर्ने आदि तरिकाहरु सिकाउनुभएको थियो भने अन्त्यमा जुम्ला नामक सिएमएस इन्सटल गर्ने विधि बताउनुभएको थियो ।

त्यसपछि को क्रममा हेमपाल श्रेष्ठ ले Licensing, Open Content and Copyright issues in Cyberspace बारेमा बोल्नुभएको थियो । त्यसपछि आकाश दिप शाक्य ले कार्यक्रम को समराइज गर्नुभएको थियो । कार्यक्रम को अन्त्यमा सहभागिहरुलाई HLCIT का सेक्रेटरी डा. मदन परियार ले सर्टिफिकेट वितरण गर्नुभएको थियो । कार्यक्रम को समापनमा बोल्दै डा. मदन परियार ले, मिडिया मा काम गर्ने साथिहरुको लागि कार्यक्रम फलदायी भएको आशा व्यक्त गर्दै FOSS Nepal लाई पनि यस्तो कार्यक्रम आयोजना गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।



















नोट: मोवाइलबाट खिचिएका कारण,फोटोहरु कमसल गुणस्तरका छन् ।

Comments

  1. कार्यक्रम उपयोगि र जानकारी जानकारीमूलक रहेछ । प्रोप्राइटरी सफ्टवेयर को सट्टा मा कुन कुन फ्रि एन्ड ओपन सोर्स सफ्टवयर प्रयोग गर्न सकिन्छ ? for Media Persons जस्तै ........

    ReplyDelete
  2. समिर जी, मैले माथि उल्लेख गर्न बिर्सीएछु । अब यहाँ लेख्छु है त ।
    जस्तो फ्रि एन्ड ओपन सोर्स सफ्टवेयरहरु यस्ता छन्:
    फायरफक्स - ब्राउजर को लागि
    ईभोलुसन - ईमेल को लागि (आउटलुक एक्सप्रेस को सट्टामा)
    भिएलसी प्लेयर - अडियो र भिडियो प्ले गर्न को लागि
    गिम्प्स - ग्राफिक्स को लागि (फोटोसप को सट्टामा)
    पिडगिन - इन्सटान्ट म्यासेजिङ को लागि (च्याट गर्न)
    अडियोसिटि - अडियो ईडिट गर्न
    वाक्स - भिडियो ईडिट गर्न
    यस्तै यस्तै धेरै छन् । गुगलिङ गर्नुहोस्, धेरै नै भेट्नुहुन्छ ।

    अनि कार्यक्रम मा भनिएका फायरफक्स एडवान्सहरु चाँहि यिनिहरु थिए, जुन यहाँ तल दिइएको छ :
    ScribeFire
    Feed Sidebar
    Interclue
    Screengrab
    Read It Later
    Nepali Dictionary 1.0
    Facebook Toolbar
    TwitterFox
    PlagiarismDetect.com
    Ubiquity

    सम्झाइदिनुभएकोमा, समिर जी लाई हार्दिक धन्यवाद छ है !

    ReplyDelete
  3. अनि लिनक्स अपरेटिङ सिस्टम पनि छ है !

    ReplyDelete
  4. Thanks Aakar for writing about the program. I hope it was useful for all. It would be nice to hear from you on the mode of the program and suggestions/criticism for it.

    Bibek

    ReplyDelete
  5. HELLO DEAR.I LIKE UR BLOG.NICE WORK DONE BY U.I WANNA LINK EXCHANGE WID U IF U R INTRESTED.VISIT MINE BLOG WWW.HAKINGTIPS.BLOGSPOT.COM

    ReplyDelete
  6. आकारलाई धन्यबाद | मलाई नि अडियोसिटि चाहीं काम लाग्यो |

    ReplyDelete
  7. Here are some picture from the event.
    Thanks to Hempal Shrestha...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

Subscribe to Aakar Post