Skip to main content

मनपरी...

कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ?
शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ ।

साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्‍याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्‍याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ, अनि सुरक्षा को लागि पनि हेलमेट लाउनै पर्छ । तर र्‍याली मा भएका कसैको टाउका मा नि, हेलमेट भन्ने जन्तु देखिएन । यस्तो गर्दा चाँहि हामी नियम कानुन नसम्झने कुनै मुर्ख हौँ कि जस्तो पनि लाग्छ । जे गर्न पनि छुट भएजस्तो !

अझ, अन्याय को निहुँमा गरिने आन्दोलन को स्वरुप त झन् उग्रै हुन्छ । सबैले, भोगेकै अनि देखेकै होला, यहाँ गाडिले मान्छे हाने, पहिले त्यो गाडिलाई जलाइन्छ, डाइभरलाई कुटिन्छ, त्यसपछि नारावाजी र तोडफोड गर्दै क्षतिपुर्ति मागिन्छ, दोष त जसैगरि पनि डाइभर या भनौँ गाडि माथि नै थोपरिन्छ । कसैले कसैको हत्या गरिदियो, सरकारले क्षतिपुर्ति दिनुपर्छ, मारिएकोलाई सहिद घोषणा गर्नुपर्छ भनिन्छ । त्यसैको निहुँमा हामी कति दिन देश नै ठप्प पारिदिन्छौँ । हैन, हामी कस्तो संस्कार अंगाल्दै छौँ है !

बुलबुल को एउटा अंकमा सुनेको थिँए । आवाज पनि शक्ति हो, अनि शक्ति त कहिले नाँशिदैन, यो त कतै संरक्षित भएर रहन्छ । उसोभए, महाभारतमा कृष्ण ले बोलेका कुराहरु कतै जोगिएर बसेका होलान, अनि त्यसकै खोजी मा वैज्ञानिकहरु लागेका छन् रे । शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ ।

यो संस्कार भन्ने पनि अचम्म कै चिज छ, जसले पनि टपक्कै टिप्छ, केही दिन संगत गर्नासाथ । आन्दोलन ले पनि त्यस्तै स्वरुप धारण गर्न थालेको छ । तोडफोड नगरी त आन्दोलन नै हुँदैन भन्ने मानसिकता, अनि एउटा समस्या परेकोले अरुलाई जत्ति पनि समस्या पार्न मिल्छ, या भनौँ कानुन सम्मत छ भने झैँ गर्छौँ । भनौँ न, एउटा को हत्या भयो, अनि समस्यापर्नेहरु ले अरुको सेड्युललाई पनि बर्बाद नै गर्दिन्छन् । ऊ कति हतार मा हुन्छ, के बितिरहेको हुन्छ, केही नबुझि, समस्याग्रस्त भिडहरुले उसलाई निमोठिदिन्छन्, कुल्चेर हिँडिदिन्छन्, लाग्छन् उनीहरु कानुन माथि छन् अनि आफूले गरेको कामलाई एकदम जायज नै ठान्छन् । यो त सरासर गलत भएन र ?
माघ १६ गते, शहिद दिवस आउँदै छ, हामीले कति सहिदलाई सम्झेका छौँ । हो हामीले सम्झेको भनेका ती ४ सहिद मात्र छन्, जसले राणाशासन को विरुद्धमा आगो ओकलेकाछन् । अरु त, हाम्रा लागि सबै अज्ञात छन् । त्यसैले त भन्छौँ, ज्ञात-अज्ञात सहिद । अनि हामीले ती ४ सहिदका सपना त पुरा गर्न सकिरहेका छैनौँ भने, देशमा विभिन्न समयमा बलिदान दिने सहिदको भावना को कदर अनि, उनीहरुको सपना कसरी पुरा गरौँला ! हैन, हामी किन उनीहरुको सपनालाई पनि लत्याइरहेका छौँ ! जेहोस्, देश का लागि बलिदान गर्ने सहिदहरुमा हार्दिक श्रद्धान्जली, यही भन्दैछु वर्ष को एकपटक ! सम्झिने भनेको त्यही १ दिन माघ १६ गते हो, अरु त बाल ! आफैँले आफैँलाई सोध्न मन लाग्छ, हैन म के गर्दैछु, के संस्कार अंगाल्दै छु, किन मनपरी गर्दैछु । कतै एनार्की को A भन्ने ब्याच मैले आफ्नो झोला मा टाँसेर हिँडेकोले त यस्तो भएको हैन ! खै, म मात्रै यस्तो हो कि, हामी सबै यस्तो हौँ !

जस्तो एउटा विद्यार्थीले पढ्न पाएन, आर्थिक अभाव ले, अनि त्यहिँ अर्को पात्र छ धनि । अब त्यो विद्यार्थीले पढ्न को लागि भनेर अर्को धनि को घरमा डकैति गर्नु कत्तिको जायज हुन्छ । ए ! पढ्न कै लागि त डकैति गरेको रहेछ भनेर, के उसको अपराधलाई माफ हुन्छ र ??? यो त सिनेमा मा दर्शकलाई भावुक बनाउने दृश्य भन्दा केही होइन । मेरो भन्नु को आशय, न्याय को लागि भन्दै अरुलाई अन्याय गर्न, हानी गर्न त पक्कै पाँइदैन, तर फेरी किन हामी हाम्रो अतिरञ्जनलाई पनि, हामी जायज मान्छौँ ?? खै, मान्छे आफ्नो परिस्थिति अनुसार रंग फेर्ने भएर पनि होला । मान्छेहरु नै, आफ्नो रंग यत्तिका विधि फेर्छन् भने, त्यो छेपारोलाई किन रंग फेर्ने जिव भनिएको होला ? छेपारो सम्झेर याद आयो, सानो छँदा, दुईटा हँसिया घोट्ने गर्थेँ, छेपारो देखेपछि, कारण छेपारोले रंग फेर्छ रे ! गल्ति भए सच्याइदिनुहोला है त !

खै, यो फ्रस्ट्रेसन हो कि, स्वतन्त्रता हो कि, के हो , म आफैँ अलमल मा छु । हामी, हाम्रो सिस्टम देखेर, म सँधै छक्क मात्रै पर्छु । सायद, आफूलाई पर्दा सँधै जायज हुन्छ क्या रे, हाम्रा समस्या ! अनि हामी अरुको समस्याको पनि वास्ता गर्दैनौँ । मेरो दिमाग ले त खै, यस्ता कुराहरु खुट्याउनै सक्दैन । के तपाईहरुलाई हामीहरुको संस्कार अनि हामी कता गइरहेका छौँ जस्तो लाग्छ ? एउटा प्यारोडि सुनेको थिँए पहिले,
“वानी बग्छ तलतल, पानी चाँहि उकालो…”

Comments

  1. मनपरी गर्न पाउनु हाम्रो नैर्सर्गिक हक हो । नियम भनेकै तोड्न बनाउने त हो नि हैन । हामीलाई अगाडी सार्ने नेता नै त्यसरी सिकाउँछन् । तोडफोड नगरी प्रगती हुन्न रे क्या ।

    मनपरी र मनभरी गरौं । आउनुहोस एक पटक पुन नेपाललाई बन्द गरौं ।

    अहिलेको फेमस नारा बनेको छ ।

    ReplyDelete
  2. मैले पनि विचार गरेको हो यो कुरा एकपटक । न्हु दँया भिन्तुना को मोटरसाइकल र्यालीमा । जे होस् मलाई चैँ कुरा एकदमै ठिक लाग्यो । यो अराजकताको स्थितिलाई भने नियन्त्रण गर्नैपर्छ नयाँ नेपालको नक्सा कोर्नका लागि !!!

    ReplyDelete
  3. मलाई त तो Frustration हो जस्तो लाग्छ है, सबै को केही काम भएको भये, सबै ब्यस्त हुने भैदियेका भये आन्दोलन सान्दोलन गर्ने समय नै हुन्थेन होला नि !!
    मैले पटक्कै नबुझेको एउटा कुरो चैं के भने जब कुनै दुर्घटनामा कुनै मान्छेको मृत्‍यु हुन्छ तब उस्लाई शहिद घोषणा किन गर्ने ? शहिद भनेका चान्चुने मान्छे हुन र ? बरु सके देखी नियम कनुन कडा गर्नु, चलाकहरुलाई ति नियम कानुनको दायरामा रहेर गाडी चलाउन motivate गर्नु ....
    जब नियम को कुरो आउंछ हामी भन्छौ - " नियम मिच्न त मन लाग्दैन नि के गर्नु अरु सबैले मिच्छन, म एक्लैले मात्र नियम मानेर कहाँ हुन्छ त ? " एकजना दुइजनाले मात्र होइन सबैले यसै भन्छौ... :(

    ReplyDelete
  4. आकारजी कुरो जहाबाट शुरु गर्नु भएपनि कुरोको प्लट् चाहि सहि नै लाग्यो मलाई त । आखिर यस्मा दोषि भनेका चाहि हामी नै हो कि जस्तो लाग्छ । हो भावाना जी ले भनेझै जस्लाई पायो त्यसलाई शहिद घोषणा गर्ने हो भने त देशको लागि बलिदानि गर्नेहरुको अस्तित्व रहदैन होला । अब हुदा हुदा भोलि देखि कालगतिले अलि उमेरैमा मरेको मान्छेलाई पनि शहिद घोषणा गर्नु भनेर आन्दोलन गर्न के बेर? यो नियम र कानुनले जरा नगाडेको ठाउमा जे पनि हुन सक्छ । आखिर मनपरि तन्त्र न हो ।

    ReplyDelete
  5. भावाना ????
    :D.. mero namakaran bho ki kya ho!! :P

    ReplyDelete
  6. आकार जी तपाई जसरी भए पनी - कुरो को चुरो खोल्न निकै सिपालु हुनु हुन्छ ।
    अनि के गर्ने -आफ्नै नियतहरु त -खोट युक्त छन अनि कस्लाई के भन्ने ?
    तितो यथार्थ ।

    ReplyDelete
  7. भनिसकिएका छन् भन्नुपर्ने कुरा , 'साँच्चै हामी आफुलाई बाहेक अरुलाई देख्नै चाहिरहेका छैनौं । '

    ReplyDelete
  8. साधना, भावना , उस्तै उस्तै सुनिन्छ क्यारे ! हाहाहा
    यो मनपरी हैन होला ! हेहेहे
    :)

    ReplyDelete
  9. हाम्रो संस्कारनै यस्तै भैसक्यो। तर कुरा जताबाट शुरु गरेपनि न्यायको लागी भनेर गरीने अन्याय कुनै कोणबाट पनि मान्य हुँदैंन ।

    ReplyDelete
  10. Hoina...maanpari lekhe ni yeti ramro lekhidine...dherai ramro lagyo ho malai ta...k k ho k k ....kati kura ho kati....kati mitha mitha kura...

    ReplyDelete
  11. यो फिफ्टी फिफ्टी होला फ्रस्ट्रेसन स्वतन्त्रता मा

    ReplyDelete
  12. Your feeling seems to be frozen, let it flow.

    Keep it coming!

    ReplyDelete
  13. "Law is blind", there is very good reason why it is said. No matter what the occasion is, law should be always applied. And if it's blind, then it's even easier as there is no consideration for the occasions.
    Unfortunately, the blindness of law is being exploited for the worn reason but not implemented for correct purpose. It's true everywhere, but it's more problematic to developing democracy like ours :(

    ReplyDelete
  14. aakar kata haraunu bho?

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Subscribe to Aakar Post