Skip to main content

कुरा आइटि पार्क को

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ ।

सायद IT Park पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् ।
हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भयो । कार्यक्रम मा आइटि पार्क हेर्ने उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) का पदाधिकारीहरु, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब, पत्रकार, स्थानिय निकायका प्रतिनिधहरु तथा आइटि मा संलग्न व्यक्तिहरुको उपस्थिति थियो ।
खास मा आज को कार्यक्रम मुख्य रुपमा, आइटि पार्कलाई कसरी सञ्चालन मा ल्याउने भन्ने विषयमा छलफल भएको थियो । उपस्थित व्यक्तिहरु ले आ-आफ्ना विचारहरु कार्यक्रम को दौरान राखेका थिए । आइटिपार्क मा कसरी कम्पनीहरुलाई आकर्षित गर्ने, कसरी चलाउने, के कस्तो सहुलियत, छुट दिने आदि विभिन्न विषयमा छलफल भएको थियो । आज को कार्यक्रम अब नयाँ रुपमा अगाडि जानलाई निकै नै फलदायी हुने देखिन्छ ।

विभिन्न समयमा माओवादीको बम विस्फोटन बाट आइटिपार्कमा क्षती पुगेको रहेछ तर त्यसको मर्मतसम्भार अहिले सम्म पनि नगरिएको देख्दा साह्रै चित्त दुखेर आयो । आइटिपार्क हेर्ने जिम्मेवारी पाएको आयोग को नाम चाँहि उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) तर काम चाँहि खै, कुन स्तर को गर्‍यो, विश्लेषण गर्न गाह्रै छ ।

हुन त यहाँ, गफ दिने गरेका छन्, सुचना प्रविधी देश विकास को मेरुदण्ड हो तर पनि व्यवहार मा चाँहि, यो कुरा निकै पछाडि छोडिएको छ । यो आइटिपार्क बनाउँदा, यसको पनि एउटा भिजन थियो होला, केही सोचिएको थियो होला, खै ति कुराहरु कता गए ? हुन त, देशमा राजनिति स्थिर नभै’कन केही होला, जस्तो चाँहि लाग्दैन । आइटिपार्क जुन सोचका साथ बनाइएको थियो, त्यो कार्यान्वायन भएको छैन, कारण सरल छ, एउटा सरकारले नियम बनायो, अर्को ले त्यो फाइल कुन दुलो मा लगेर थन्क्यायो थाहा छैन ।

अझ भन्नुपर्दा यो पार्क टापुमा बनाइएको दरबार जत्तिकै भएको छ । हुन पनि सोच्ने हो भने प्रश्न उब्जन्छ - अन्य सुविधाहरु विकास नगरी यहाँ कसरी आइटी पार्क सफल हुन्छ र ? स्पष्ट दीर्घकालिन योजनाको अभावकै कारण झण्डै ३७ वर्ष अघि शुरु भएको नेपालको सूचना प्रविधिको यात्राले अपेक्षित गति लिन नसकेको हो । हरेक वर्ष बजेट भाषणमा गरिने इ गभर्नेन्स, इकमर्श जस्ता ठूलठूला प्रतिबद्धताहरु कागजमै सिमित छन् । गतवर्ष राष्टिय योजना आयोगले जारी गरेको तीन वर्ष अन्तरिम योजनामा सम्पूर्णआइटी क्षेत्रका लागि रु ४० करोड मात्रै विनियोजन गरियो ।

यसले रोजगारी र कारोबारका हिसाबले पनि संसारमै सबैभन्दा बढी अवसर र सम्भावना भएको क्षेत्र , सरकारी नीति निर्माताहरुको आँखामा पटक्कै पर्न नसकेको बुझाउँछ । अहिले सम्म नेपालमा जम्मा ७० वटा मात्र टेलिसेन्टर स्थापित छन् । जब कि १० औँ पञ्चवर्षिय योजनामै १५०० केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको थियो । यता सरकारी कार्यालयहरुलाइ आइटीको सञ्जालमा प्रवेश गराउने घोषणा वर्षौँ अगाडि गरिए पनि एकाध कार्यक्रमहरु बाहेक अन्य कुनै पनि योजनाहरु अगाडि बढेका देखिदैनन् ।

अझै पनि मालपोत,नापीजस्ता सामान्य जनताको पहुँच हुने निकायहरु कागजी 'ढड्डा'मै चलिरहेका छन । त्यसो त नागरिकता पासपोर्ट सवारी साधनको लाइसेन्स वितरणमा पनि सूचनाप्रविद्यिका खासै प्रयोग देखिदैन । भर्खरै 'एक बिद्यार्थी एक ल्यापटप' कार्यक्रमले बजार ततायो र तताइरहेको छ । भएका सम्भाव्यता र अवसरहरुलाइ सदुपयोग गर्न त परै जाओस संसारमै असफल भैसकेका यस्ता महत्वकाक्षी कार्यक्रमहरु लाइ सरकारी स्तरबाटै नेपालमा लागू गर्न खोज्नुलाइ नीतिनिर्माताहरुमा रहेको अदूरदर्शिता झलकाउछ ।

सरकारले त केही गरेन गरेन यहा नीजिक्षेत्रले पनि सम्पूर्णरुपमा सूचनाप्रविधिलाइ अङ्गिकार गर्न सकेको छैन । औपचारिकता निर्वाह गर्नका लागि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्नमै व्यस्त कम्प्युटर एसोसियसन नेपाल ( क्यान ) को उक्त मेला पनि व्यापार मेलामै सीमित हुन पुगेको छ । यसले सूचनाप्रविधिको प्रयोग,विकास र विस्तारमा न त योगदान नै गर्न सकेको छ, न नीजिक्षेत्रलाइ उत्साहि नै ।

गुणस्तरीय जनशक्ति उत्पादनमा हाम्रो देश त्यति कटीबद्ध देखिदैन । सिक्नको लागि कलेज तथा विश्वविद्यालयहरु सर्वसुलभ नहुँदा ज्ञान हासील गर्न थुप्रै युवाहरु धेरै खर्च गरेर विदेसिन्छन र अवसर मिलेमा स्वदेश फर्कन हिच्किचाउछन् । यसले दक्ष जनशक्तिलाइ नेपालबाट धपाइरहेको छ । सरकार तथा सम्बन्धित निकायहरुले श्रृजनात्मक क्षमता बोकेकाहरुलाइ आफ्नै देशमा अवसर मिलाउनु आजको प्रमुख आवश्यकता र चुनौति पनि हो । इन्टरनेट तथा कम्प्युटर को प्रयोग बढेपनि त्यसको उपयोग शहरमा अनि त्यो पनि सामान्य सर्फिङ,च्याट,इमेल र टाइपमै सीमित छ । यसले आइटीको प्रभावकारीता र यसको माध्यमबाट हाम्रो देशले अपेक्षिित लाभ पाउन नसक्नुको रहस्य तफ संकेत गर्छ ।


मुख्य रुपमा अब कसरी आइटि पार्क चलाउने, कसरी कम्पनीलाई आकर्षित गर्ने भन्ने विषयमा आज प्रारम्भिक चरण को छलफल भयो । आज को जोश हेर्दा त, आइटिपार्क छिट्टै नै सञ्चालन मा आउने छनक देखिन्छ । अब नियमित रुपमा, आइटिपार्क मै यस विषयमा छलफल हुने भएको छ, आगामी दिनहरुमा । आशा गरौँ, केही महिना भित्रै आइटिपार्क सञ्चालन मा आउनेछ ।
---------------------------------------------------------
अफबिट:
अस्ति राती, फेसबुक मा अचानक मन्त्री गणेश साह ले च्याटमा भन्नुभयो, म विज्ञान तथा प्रविधि मन्त्री, पर्सी जनवरी ४ मा आइटिपार्क आउ है । हजुर हस्, मैले भने । म छक्क परेँ, ओहो, के रहेछ त्यस्तो आइटिपार्कमा मन्त्री ज्युले नै निम्तो दिनुभयो ।

त्यही भएर आज, बिहान आइटिपार्क लागियो, म अलिकति ढीलो भएछु । कार्यक्रम तल नै गरिएको रहेछ, न्यानो घाम मा , अनि त्यही ३०-३५ जना को उपस्थिति रहेको थियो । म १०-१५ मिनेट ढीलो पुगेको कारण, गेटपाले ले भित्र छिर्नै दिएनन्, भने यहाँ पत्रकारलाई मात्र छिर्न दिनु भनेको छ । लौ, आपत पर्‍यो । मैले भने मलाई मन्त्री ज्यु ले नै बोलाउनुभएको हो, उनी मैले भनेको के पत्याउँथे र ? अनि भित्र पहिले नै पुगेका एक साथीलाई फोन गरेर गेट मा बोलाएँ, अनि भित्र छिरियो ।

कार्यक्रम मा लामै छलफल भयो, सबैले आ-आफ्नो धारणा राखे, मैले चाँहि चुपचाप सुनिरहेँ, अब बोल्न को लागि पनि केही त थाहा हुनुपर्‍यो । मन्त्री ज्युले बोल्दा, मलाई तथा अन्य दुइ साथीलाई जोड गरेर बोलेको देख्दा, म मात्र हैन, उपस्थित सबैजना छक्क परे । मन्त्री ज्यु ले, मैले यिनीहरुलाई बोलाएको हुँ भन्दा, सबै छक्क परे । अनि हामी छक्क नपर्ने कुनै कारण नै थिएन ।

कार्यक्रम पछि, आइटिपार्क घुम्ने योजना अनुरुप सबै घुम्न लागे, म पनि जानै लागेको थिँए, वनेपाका रेडियो एबिसी एफएम का मधुसुदन गुरागाई ले मलाई हिँड्नै दिएनन् । मैले केही समय पहिले फेसबुक मा लेखेको कारण उनी रुष्ट हुन पुगेका रहेछन् । वनेपा को रेडियोले सबै फ्रिक्वेन्सी ढाकेर अरु रेडियो सुन्न डिस्ट्रब गर्‍यो भनेर मैले फेसबुक मा लेखेको थिएँ । त्यही कुरामा चलेको बहस का कारण उनीलाई रिस उठेको रहेछ । मैले जति भन्न खोज्दा पनि, उनले आफ्नै कुरा माथि पारे, मैले चुपचाप सुनिरहेँ । यता यसो भैरहँदा, माथि मन्त्री ज्युले चाँहि मेरो खोजी गरिरहनु भएको रहेछ, आकार खै भन्दै । म थिँए, यहाँ रेडियोको सम्बन्धमा डिस्कस गर्दै, त्यही भएर मन्त्रि ज्यु सित अनौपचारिक कुराकानी हुन भने पाएन । समग्रमा भन्दा, निकै अचम्म कै विच बित्यो आज को दिन ।

आइटि पार्क बारे यहाँ क्लिक गरि बुझ्नुहोस् ।

Comments

  1. साँच्चै यत्रो लगानी भएको र त्यत्रो सम्भावना बोकेको आईटि पार्कको उपयोग हुनु पर्ने हो, जे होस मन्त्रीज्युले यत्ती भएपनि तदारुकता देखाउनु भएछ त्यो पनि राम्रै हो।

    अनि अर्को कुरा चाहि ब्लग र फेसबुककै माध्यम बाटै भएपनि मन्त्रीसंग समेत चिनजान र अन्त पनि परिचित हुनु भएछ त्यो भने निक्कै रमाईलो लाग्यो ।

    ReplyDelete
  2. आइटि पार्क खै, अब चाँहि चल्छ कि, यसै हिसाब ले चासो राख्ने हो भने, अन्यथा कठिन नै छ ।

    अनि फेसबुक मार्फत, आज बोलाइएको भन्दा पनि सबैजना छक्क परे ।

    ReplyDelete
  3. खइ के भन्ने यार आइटी पार्क भएको गाउंमा साइवर क्याफे भेट्न मुस्किल रहेछ । ब्लगको बारेमा गफ गर्दा पत्ता लाग्यो धेरै बनेपाली अझै सूचना प्रविधिको पहुच बाहिर नै छन । आइटी पार्क काभ्रेको मात्र हैन नेपालको सपना हो । तर धेरैले त्यसलाइ काभ्रेको सपनामा मात्र सिमित गर्ने प्रयास गरेका छन । जो विडम्बनापुर्ण हो । बनेपा आएको बेलामा आइटी पार्क घुम्ने खुव जोश चलेको थियो तर साथिहरुले दिक्क लाग्छ भनेपछि जाने जागर पनि हरायो ।

    ReplyDelete
  4. साँच्चै रमाईलो त तपाईंको अफबिटको कुरा लाग्यो । आइटि पार्क चैं अब नियमित उतै छलफल हुने भनेपछि सञ्चालनमा आएकै ठहरिने भयो ।

    ReplyDelete
  5. Nice reading...baafre..babu le ta yetti ramro lekheko dekhera ma chakka pare...
    Its really nice to read you aakar, nice to know that because of facebook that you were called ....its great to know it...I wish to visit the IT park too....

    ReplyDelete
  6. btw, off beat is really wonderful..

    ReplyDelete
  7. मन्त्रीको आँखा आफूमाथि पार्न सफल भएकोमा बधाई:)

    यी मन्त्रीको बारेमा राम्रै धारणा थियो मेरो अहिलेसम्म, तर आजको कान्तिपुरमा यिनले पनि सोलार-माफियासंग मिलेर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई हटाएको कुरा समेटिएको लेख छ विकास थापाको। यी पनि उहि ड्याङका मूला त परेनन् भन्ने चिन्ता पो शुरु भएको छ अब।

    ReplyDelete
  8. अर्जुनJanuary 5, 2009 at 8:29 PM

    कुरै, कुराको देश अनि लुट्ने र लुटाउने सस्कार माझ केहि हुन्छकि! आशा गर्औ !

    ReplyDelete
  9. btw, off beat is really wonderful..

    ReplyDelete
  10. साँच्चै रमाईलो त तपाईंको अफबिटको कुरा लाग्यो । आइटि पार्क चैं अब नियमित उतै छलफल हुने भनेपछि सञ्चालनमा आएकै ठहरिने भयो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.

Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Shruti Sambeg : Download तरुनी खेती

आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘सरुभक्त’ को उपन्यास ‘तरुनी खेती’ को सबै अंक लिएर आएका छौँ।


विषयवस्तु परिचित भएपनि, प्रस्तुतिकरण नितान्त फरक रहेको छ । महिला अनि पुरुष, को सामाजिक स्थितिलाई लेखिएर लेखिएको उपन्यास मा, ‘महिला’लाई यौनिक रुप ले हेरिएको छ ।

सरल कुरा तर जटिल प्रस्तुती लाग्ने हुँदा, सुरु मा उपन्यास ले के भन्न खोजिरहेको भन्ने कुरा बुझ्न निकै गाह्रो पर्छ । नारीलाई खेत, पुरुषलाई किसान, यस्तै यस्तै उपमा र बिम्ब बाट नारी र पुरुषलाई परिभाषित गरिएको छ ।

भुमिका मा सरुभक्तले भन्नुभएकोछ, “यसलाई पुरुषहरु ले गलत नबुझुन र नारीहरु ले बुझ्न इन्कार नगरुन्” ।

उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।


Download:
Sharubhakta’s Taruni Kheti Episode-1
Sharubhakta’s Taruni Kheti Episode-2
Sharubhakta’s Taruni Kheti Episode-3
Sharubhakta’s Taruni Kheti Episode-4
Sharubhakta’s Taruni Kheti Episode-5

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन ।


दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसब…

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने ।

त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न ।


एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएमएस त छँ…

Subscribe to Aakar Post