Skip to main content

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal फलो गर्न सकिन्छ।​
इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो।

संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल। इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्टीको उदय, भूकम्प र मधेस आन्दोलनले संजालको शक्तिको महसुस गरायो भने यसै बिच अरब स्प्रिंग, लन्डन रायोटले संजालको उपयोग वा दुरुपयोग हुन सक्ने कुराहरु उजागर भयो।

इन्टरनेटको नक्सामा स्मार्टफोनको उदय सँगै “बिचार र बहसको” दृष्टिकोणबाट सामाजिक संजाल पुरै फेरिएकोछ। सामाजिक संजालको आशक्तिले इन्टरनेट र यस भित्रका असीमित सम्भावनाहरू सीमित भएको छ भने हामी भेडो, लहडी र बकमफुसेमा परिणत हुँदैछौ। डेस्कटपमा जस्तो मोबाइलमा फ्याट्ट खोजि गर्न वा दिइएका लिंकहरू पढ्न सजिलो छैन, महँगो पनि छ। नबुझी, नसोची, नहेरी, रिट्विट, सेयर, लाइक, कमेन्ट गर्छन् धेरै! त्यसैको फाइदा उठाउँदै रोमान्चक शब्दहरु शीर्षकमा राखेर असामाजिक तत्वहरु भ्रम छर्न सफल भएका छन्। मूलाधारे पत्रकाहरुले पनि बेला बेला यस्ता यस्ता स्टन्ट गर्ने हुँदा झुटको खेती गर्नेलाई बल पुगेको छ।

इन्टरनेट त धान र भुस भरिएको भकारी हो, धान झिक्ने कि भुस त आफैँले हेर्ने हो। तर त्यो भन्दा खतरनाक फेसबुक, ट्विटर जस्ता सामाजिक संजालले हामीलाई वैचारिक चरमता तिर धकेलेकोछ। अधिकांश भिन्न विचार भएकाहरूलाई हामी हटाउँछौ र मिल्ने विचार भएकालाई रोज्छौँ, वैचारिक होमोजेनीटिको तयार गर्छौ। अनि फरक विचार यसै त कटौती भै सक्छ त्यसमाथि फेसबुक जस्ता सामाजिक संजालले त्यसैको आधारमा हामीलाई सामग्री प्रस्तुत गर्छ। अब यिनै सामाजिक संजाल नै हाम्रो सूचना, समाचारको स्रोत भयो भने हामी फरक विचारबाट धेरै टाढा पुग्छौँ र वैचारिक चरमता तिर धकेलिन्छौँ। त्यसैले अहिले हाम्रा विचारहरू ध्रुविकरण भएका छन्, बहसहरू तल्लो स्तरको घिनलाग्दो आरोप प्रत्यारोपमा सीमित भएको छ।

ट्विटर त झन् स्वतन्त्र विचार लेख्ने ठाउँ हो, आफूलाई मनमा लागेको लेख्न पक्कै छुट हुनुपर्छ, तर जिम्मेवार हुनु पर्ने मान्छेहरू नै अतिवादी, जातिवाद, रंगभेदी, भड्काउ अभिव्यक्ति दिन्छन् भने क्षमायाचना गर्न बाध्य पारिनुपर्छ, उसको कार्यलय/संघ/संस्थाले स्पष्टिकरण दिनु पर्छ, उनीहरुलाई बहिस्कार गर्नु पर्छ, उस्तै परे सामान्य सजाय पनि दिनु पर्छ नत्र मलाई डर छ, हामी अराजकता तिर जानेछौँ ।


एक जना सरले भनेका थिए "शब्दहरु आफैमा जीवित हुँदैनन्, तर जब शब्दहरु बोलिन्छन् ति जीवित हुन थाल्छन्"। छेडछाड, व्यंग, आरोप, रिस, आवेग, प्रति प्रश्न मात्र व्यक्त गरेर के चाहिँ जीवित होला? त्यस माथि यहाँ सत्य र असत्यको मतलब हुँदैन। झूटो समाचार र हुइँयाहरूको जग जगी छ। भ्रमित समाचारहरू आगो सरि फैलिन्छ। सत्यको खुलासा त हुन्छ तर झुट स्थापित भै सकेपछि! यस्तै हो भने प्रोपगाण्डाले मात्र भरिन्छ हाम्रो मगज, पाकिस्तानीले अमेरिकालाई देखे जस्तो, अमेरिकाले हिलारी देखे जस्तो, नेपालीले भारत देखे जस्तो?

सामाजिक संजालको चरित्र नै हो कि यो संधै रोमाञ्चक हुन चाहन्छ, सामग्रीहरु भाइरल हुनुमा र विचार तरंगित हुनुमा नै त्यसको भलाई छ। इन्टरनेटमा दाम वा नाम कमाउने धन्दा गर्नेहरुको लागि, राजनीतिक अभिष्ट पुरा गर्न खोज्ने, सद्भाव वा शान्तीमा खलल पुर्‍याउन खोज्ने आदिका लागि यो औजार पनि हो। ट्रंपको जितले यो कुरा अझै बाहिर आएको छ। तर धेरैको लागि यो रोमान्चकता, अनुत्पादक, भ्रमित र विभाजनमुखी हुन्छ। सामान्य मान्छे नै पनि लाखौँ फलोअर भए पछि शक्तिशाली हुन्छ, त्यसैले उ आफ्नो अभिव्यक्तिले सम्पूर्ण सामाजिक संजाल एकतातिर धकेलिन सक्छ भनेर सचेत हुनुपर्छ। तर रिट्विट हुन सक्ने शब्दहरुको चयन गर्दा गर्दै वा आवेगमा फलाकेका बिचारहरूको कारण नैतिकता, सत्यता, जिम्मेवारीले नराम्रोसँग माटो खान्छ। त्यसलाई शक्ति दुरुपयोग भन्ने कि नभन्ने? ओबामाले एक पत्रकारको घोचक प्रश्नको उत्तर दिंदा भनेका थिए “It took me couple of days (to speak in public) because I like to know what I am talking about”

हामीले चेतमा आउनु पर्ने छ, जागरुक हुनुपर्ने छ, सृजनात्मक हुनु पर्ने छ, आउट अफ बक्स सोच्नु पर्ने छ, त्यसैले बोल्नु पर्ने छ तर यो सामाजिक संजालको छद्म महत्वकाँक्षालाई काँध हालेर गलत प्रवृतिमा जाना-जान फसिरहन चाहिं घातक हुनेछ। यो जिम्मेवारीको विणा सामजिक संजालमा लाखौँ फलोअर हुनेहरुले उठाउनुपर्छ। उनीहरुको सकारात्मक आवाजहरुले संजाललाई सकारात्मकता तिर धकेल्छ, म त भन्छु सम्पूर्ण देशलाई सकरात्मकता तिर धकेलने मद्दत गर्नेछ। सबै सामाजिक संजालमा पनि हामी व्यक्तिगत जीवनमा जस्तै जिम्मेवार हुनु पर्छ! सकारात्मकता त आफैँमा अभ्यास हो।

त्यसो त जब सम्म संजालमा उठ्ने विचारहरूले मूर्त रूप लिन सक्दैन यहाँबाट समाज फेरिन्न, यहाँबाट नेता फेरिन्न, यहाँ बसेर विचार फेरिन्न, यहाँ कराएर अवस्था फेरिन्न। त्यसको उल्टो गलत विचार र नकारात्मकताहरूले मूर्त रुप लिन थाले के होला हाम्रो भविष्य? यो संजालको राग धेरैलाई महँगो परेको छ हामी पालो कुरी बस्नु गलत हुनेछ।

Comments

Popular posts from this blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

बलियो पासवर्ड राख्ने तरिका [VIDEO]

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

नेपाल टेलिकमले ल्यायो नि:शुल्क अनलाइन कक्षा

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम ले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको विषयहरु अब घरै बसेर अनलाइन, त्यो पनि नि:शुल्क पढ्न पाइने भएको छ। नेपाल टेलिकमको फेसबुक पोष्ट अनुसार, तीन महिनाको परिक्षणको रुपमा रहेको यो सेवा हाललाई नेपाल टेलिमकका ग्राहकहरुको लागि नि:शुल्क उपलब्ध गराईएकोछ । नेपाल टेलिमकका प्रयोगकर्ताहरुले स एकेडेमीमा 'रजिष्ट्रर' गरि, आफ्नो रुची अनुसारको कोर्समा नि:शुल्क भर्ना हुन सक्नेछन् । स-एकेडमीमा डिजिटल मार्केटिङ, फोटोग्राफी, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सोसल मिडिया मार्केटिङ, फोटोसप, अंग्रेजी भाषा आदि विभिन्न विषयहरु उपलब्ध छन् । नेपाल टेलिकमको नि:शुल्क कक्षामा भर्ना हुनको लागि  shawacademy.com/nepaltelecom लिंकमा क्लिक गरेर स-एकेडमीमा जानुहोस्, र आफूलाई मन परेको विषय छानेर, रजिष्ट्रर गर्नुहोस् । टेलिकमको यो सेवा अन्तर्गत एकजनाले कतिवटा विषयहरु पढ्न सक्ने (छान्न सक्ने) भन्नेबारेमा चाँहि खुलाइएको छैन । साइटमा रजिष्ट्रर गरेपछि, कक्षा हुने अघिल

गुगलको यात्रा

सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ । १३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो । गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल ( Google ) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ । १९९६-१९९७: ब्याकरब संस्थापकद्वय पेज र ब्रिन ले सुरु

Subscribe to Aakar Post