Skip to main content

ट्विटर लाइकोनोमिक्स

कसैले ट्विटरमा लाइक गर्दा के बुझ्ने? ट्विटमा आउने लाइकलाई कसरी लिने? कतिपय अवस्थामा ट्विटरमा ट्विट लेखिसक्न पाएको हुन्न, 'लाइक' आइसक्छ । यसलाई एक हिसाबले ट्विटरको राम्रो र अर्को हिसाबले कामै नलाग्ने 'फिचर' भनेर मान्न सकिन्छ । यसलाई यस अर्थमा काम नलाग्ने भन्दै छु कि, कतिपय प्रयोगकर्ताहरु जो कोहीको हरेक ट्विट लाइक गर्छन्, कहिलेकाँही त उनीहरुलाई म्युट गर्नुपर्ने बाध्यता नै हुन्छ, नचाहिँदो नोटिफिकेशनका कारण । ट्विटरमा लाइक किन गरिन्छ भनेर सबैका आ-आफ्नै बुझाइ होलान्, चलाउने आफ्नै तौर-तरिका होलान् । तर यत्ति चाँहि के प्रस्ट हुनुपर्छ भने ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन ।


दुई वर्ष अघिसम्म या भनौँ २०१५ सम्म ट्विटरमा पानको पात थिएन, लाइक भन्ने फिचर थिएन । यसको सट्टा तारा थियो, त्यसलाई फेवरेट भनिन्थ्यो । सन् २००६ मा ट्विटर सुरु भएसँगै फेवरेटको सुरुवात भएको थियो, जसले २०१५ सम्म निरन्तरता पायो । ट्विटरका फिचरहरु मध्ये धेरैले राम्रोसँग प्रयोग गर्न नजानेको फिचर भनेर फेवरेटलाई लिने गरेको पाइन्छ ।

फेसबुकले सन् २००९ मा लाइक फिचर ल्याएको थियो । फोटो, स्टाटस, लिंक आदिमा एक बटन क्लिक गरेर सजिलै अन्तरक्रिया गर्न सकिने भएपछि, फेसबुक लाइक पपुलर हुँदै गयो । सन् २०१० को तेस्रो फेसबुक एफएट सम्मेलन पछि 'लाइक' बटन यत्रतत्र देखिन थाल्यो, हरेक वेबसाइटमा लाइक बटन देखिन थाल्यो, पेजहरुमा भएका फ्यान पनि लाइकमा परिणत भए । यो तरिकाले हेर्दा फेसबुक लाइकले इन्टरनेट नै परिवर्तन गरिदियो, तर यही कुरा ट्विटरको फेवरेटको हकमा लागु भएन ।

ट्विटरको सुरुवात सँगै फेवरेटलाई 'बुकमार्क' भनेर मान्न थालियो, भन्नको मतलब ट्विटहरु बुकमार्क गर्नको लागि 'फेवरेट' फिचर थियो । फेवरेट फिचरलाई धेरैजसोले प्रयोग नै गरेनन्, प्रयोग गर्नेहरुले यसलाई बुकमार्क भनेर नै बुझे । जसरी हामी आफूले हेरिरहने साइटहरु, उपयोगी लिंकहरु ब्राउजरमा बुकमार्क गरेर राख्छौँ त्यसैगरि ट्विटरमा देखिएका महत्वपूर्ण ट्विट, तथ्यांक, लिंक आदि कुराहरु ट्विटरमा 'फेव' गर्ने चलन थियो ।

केही वर्ष अघिसम्म ट्विटर 'गिक'हरुले चलाउँछन् भनिन्थ्यो, जुन केही हदसम्म सत्य पनि थियो । सबैका लागि ट्विटर होइन नै भनेझैँ थियो । सन् २००९ - २०१० तिर साथीहरुलाई ट्विटर चलाउन आग्रह गर्दा पाइने जवाफ नै यही थियो, म ट्विटर बुझ्दिन, मलाई चलाउन आउँदैन, आदि इत्यादि । तर स्मार्टफोनको सहजता तथा फेसबुकमा भिडभाड बढ्दै गएपछि प्रयोगकर्ताहरु "वैकल्पिक" सोसल नेटवर्कको खोजीमा बिस्तारै ट्विटर तिर सर्न थाले ।

ट्विटर स्थापनाको १० वर्ष हुनैलाग्दा पनि ट्विटरले भनेजस्तो प्रयोगकर्ताहरु पाउन सकिरहेको थिएन । ट्विटर पहिलो पटक प्रयोग गर्नेहरुलाई 'फेव' फिचर एकदमै नौलो लाग्थ्यो । हुन पनि हो, फेसबुक, इन्स्टाग्राम, टम्लर आदि जहिँतहिँ 'लाइक' देखिरहेको, प्रयोग गरिरहेको बानी, ट्विटरमा फेव त नौलो हुने नै भो । यही कुरालाई ध्यानमा राखेर ट्विटरले फेवरेटलाई सन् २०१५ मा लाइकमा परिवर्तन गरिदियो ।


ट्विटरले फेवरेटलाई लाइक बनाइदिए पनि, मेरा लागि अझै यो 'फेव बटन' नै हो । आफूलाई महत्वपूर्ण लागेका ट्विटहरु, ट्विटरमा देखिएका तर पढ्न नभ्याइएका लेखका लिंकहरु, मन परेका लेखहरुका साथै रिफ्रेन्स लिनुपर्ने कुराहरु नै विशेषत म लाइक गर्ने गर्छु । यसले चैँ गज्जबै लेखेछ, यो कुरा चाँही गज्जब मन पर्‍यो भनेर विरलै "लाइक" गर्ने गर्छु । गज्जब लाग्यो भने प्राय: रिप्लाइ वा रिट्विट नै गरिन्छ, लाइक'को सट्टामा ।

ट्विटर लाइकलाई निम्न तरिकाले अर्थ्याएर प्रयोग गर्न सकिएला भन्ने लाग्छ।
  • बुकमार्क - आफूलाई महत्वपूर्ण लागेका ट्विट, घत परेका ट्विट/फोटो, लेखका लिंकहरु, रिफ्रेन्स लिनुपर्दा खोज्दा तत्काल भेटिनुपर्ने सामाग्रीहरुलाई लाइक गरेर बुकमार्क झैँ प्रयोग गर्न सकिन्छ ।
  • जानकारी दिन - कसैले केही कुरा आफूलाई भनिरहेको छ, मैले सुनिरहेको छु वा कुराकानी टुङ्ग्याउन चाहन्छु भनेर जानकारी दिन पनि लाइक थिच्न सकिन्छ ।
  • ध्यान तान्न - कोही व्यक्तिसँग कुराकानी गर्नु पर्ने छ, तर उक्त व्यक्तिले नोटिस गर्दैन भने उक्त व्यक्तिको ध्यान तान्न पनि केहीले निरन्तर उक्त व्यक्तिले लेखेका ट्विटहरु फेव गर्दै रहन्छन् र कुनै समयमा गएर कुराकानी सुरु गर्छन् ।
फेसबुक, इन्स्टाग्राम लगायतमा 'लाइक' गर्ने बानीका कारण ट्विटरमा पनि धेरैले लाइक थिचिरहेका हुन्छन्, जुन अमिल्दो देखिन्छ । फेसबुकमा तपाईले के के लाइक गर्नु भो भन्ने कुरा तेस्रो व्यक्तिले सजिलै थाहा पाउन सक्दैन तर ट्विटरमा तपाईले लाइक गरेको कुरा तपाईको प्रोफाइलमा गएर जुनसुकै बेला अरुले हेर्न सक्छन् । यो हिसाबले गर्दा पनि ट्विटरमा लाइक गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ ।

अन्त्यमा, फेरि पनि दोहोर्‍याँए, ट्विटरमा वा फेसबुकमा आउने लाइकहरु अनलाइन भोटिङमा मात्र काम लाग्छन्, यी लाइकहरुले कसैको समर्थन वा विरोध भनेर जनाउँदैन । कतिपय अवस्थामा आफूलाई मन नपरेको कुरा, आफूले समर्थन नगरेको कुरा, आफूलाई मन नपर्ने मान्छेको कुरालाई पनि फलानाले यस्तो भन्यो है भन्ने हिसाबले बुकमार्क गर्नको लागि लाइक बटन थिच्ने गरिन्छ । आफूलाई मन नपर्ने मान्छेको ट्विट वा मन नपरेको ट्विट प्राय रिट्विट गरिँदैन तर बुकमार्क गर्नकै लागि भनेर भएपनि, फलानाले यसो भन्यो है भनेर सम्झिनको लागि भएपनि, लाइक भने ठोकिन्छ, हैन र?

यो पनि पढ्नुहोस्
ह्याचिङ ट्विटर - ट्विटरको इतिहास
ट्विटर ह्यासट्यागको रामकहानी
ट्विटर फलो फ्राइडे
ट्विटरमा तपाईलाई 'फलो' नगर्ने ५ कारण
सोसल मिडिया मिथ्याङ्क?

पहिलो तस्विर भर्जबाट साभार !

Comments

Popular posts from this blog

नियात्रा : घान्द्रुक को घुमाइ -१

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोको नयाँ एप

आइफोन, आइप्याड र एप्पल वाचका लागि हाम्रो पात्रोले नयाँ एप सार्वजनिक गरेको छ । यो नयाँ अपडेट सँगै एन्ड्रोइड एपमा उपलब्ध विभिन्न फिचरहरु आइफोन एपमा उपलब्ध भएको छ । आइफोन प्रयोगकर्ताहरुले अब एकै विषयका उस्तै समाचारहरु एकै ठाउँमा पढ्न सक्नेछन् । गतवर्ष नेपाली न्युज माइनिङ इन्जिन प्रयोग गरेर एउटै विषयका उस्तै समाचारहरु, विभिन्न स्रोतहरुबाट लिएर हाम्रो पात्रोको एन्ड्रोइड एपमा पढ्न मिल्ने सुविधा थपिएको थियो । मेसिन लर्निङ पद्दतिबाट नेपाली भाषा सम्बन्धि तालिम गराइएको 'नेपाली न्युज माइनिङ इन्जिन'ले नेपाली भाषामा उस्तै प्रकारका समाचार देखाउने कार्यमा ९० प्रतिशत सफलता हासिल गरेकोछ । हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीका अनुसार, हाम्रो पात्रो एपको इन-एप ब्राउजर पहिलेको भन्दा ४० प्रतिशत "फास्ट" बनाइएको छ । नयाँ आएको आइफोन एपमा तस्विरहरुलाई पनि "अप्टिमाइज" गरिएकोछ, भन्नको मतलब एप खोल्दा अब हाम्रो पात्रोले डाटा स्पिड/नेटवर्क अनुसार तस्विरको गुणस्तर (क्वालिटि) स्वत घटबढ हुने सुविधा थपेको छ । हाम्रो पात्रो एप सबैभन्दा सुरुमा आइफोनको लागि बनाइएको भएपनि, एन्ड्रो

गुगलको अटोड्र - चित्र बनाउन एकदमै सजिलो

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Subscribe to Aakar Post