Skip to main content

ह्याचिङ ट्विटर पढेपछि [ट्विटरको भित्री रहस्य]

नोभेम्बर २०१३ मा प्रकाशित भएको "ह्याचिङ ट्विटर" न्युयोर्क टाइम्सका प्रविधि तथा 'बिट्स ब्लग" का लेखक निक विल्टन (@nickbilton) ले लेखेका हुन् । "ह्याचिङ ट्विटर" मैले पढेका थोरै अंग्रेजी किताबहरुमा पर्छन् । नोभेम्बरमै यसको किन्डल भर्सन, पढेर सकाइयो, किताबबाट ट्विटरको कसरी जन्म भयो, ट्विटरको विकासक्रम कस्तो रह्यो, ट्विटरबाट कसले के पाए, के गुमाए आदि विविध भित्री कुराहरु थाहापाइयो । ट्विटरका संस्थापकहरु विचभएका राजनिती र 'इगो फाइट'हरु पढ्दा निकै मर्माहत भइयो, सोचेभन्दा धेरै फरक पाएँ ट्विटर, कम्पनीको रुपमा। स्टार्टअप भित्र त्यति धेरै उतारचढाव र भयंकर राजनिती हुँदा र स्थापनाको पाँच - छ वर्षसम्म पनि विना कुनै आम्दानी ट्विटर चलेको देख्दा भने निकै अचम्भित भएँ । किताब पढेर केही प्रति अगाध श्रद्धा पलायो भने, केही प्रति वितृष्णा पनि । प्रस्तुत ब्लगमा किताबको समिक्षा भन्दा पनि किताब पढेर बुझेका र थाहा पाएका तथ्यहरु राखेकोछु । "ह्याचिङ ट्विटर"को किन्डल भर्सन गिफ्ट दिनुहुने दाजु "योन्तेन ग्याछो"(@TheYGoffice) लाई हार्दिक धन्यवाद ।


ब्लगर
"ओ'रेली मिडिया" (O'Reilly Media) को लागि "कन्टेन्ट राइटर"को रुपमा काम गर्दा गर्दै इभान विलियम्सले केही साथीहरु सँग मिलेर आफ्नै फ्याटमा "प्यार ल्याब" (Pyra Labs) नामक स्टार्टअप सुरु गरे । "प्यार ल्याब"को उदेश्य अफिसमा कर्मचारीहरुको 'प्रडक्टिभिटि' बढाउने सफ्टवेयर बनाउनु थियो । त्यही सफ्टवेयर बनाउने क्रममा 'प्यार ल्याब'मा कामको गतिविधी ट्रयाक गर्न एउटा डायरी जस्तो वेवसाइट बनाइयो, जुन वेवसाइटमा आफ्ना प्रोजेक्ट र प्रोग्रेसका बारेमा 'प्यार ल्याब'का कर्मचारीहरुले टिपोट लेख्थे । साइड प्रोजेक्टको रुपमा बनाइएको यही वेवसाइटलाई सन् १९९९ मा इभान विलियम्सले "ब्लगर"को रुपमा सार्वजनिक गरे । इभानले निकै दु:ख गरेर धेरै पछि प्रोग्रामिङ सिकेका थिए, यही कुराका कारण जोकसैले सजिलै आफ्नो वेवसाइट बनाउन सकुन्, वेबमा आफ्नो "लग" / ब्लग (Web+log = Blog) राख्नसकुन भन्ने उदेश्य थियो । इभकी तत्कालिन गर्लफ्रेन्ड मेगसँग यही ब्लगरको विषयमा मतभेद भयो, जुन साइड प्रोजेक्ट मात्र थियो । मेगले कम्पनीमा आफ्नो कन्ट्रोलमा बनाउने कोशीस गरिन्, इभ पछाडी नसर्ने भए, अन्तत: पाँच जना भएको प्यार ल्याब बन्द भयो, इभ एक्लै बाँकी रहे ब्लगरसँग।

डटकम बबल सुरु हुँदैथियो, इभले आफ्नो ब्लग 'इभ हेड' मार्फत आफ्नो 'सर्कल' बढाउँदैलगे, नयाँ व्यक्तिहरु सँग भेटघाट भयो । ब्लगरमा हजारौँ प्रयोगकर्ताहरु थपिँदैगए, ब्लगर पपुलर हुँदै गयो, आफ्नो सानो फ्ल्याटबाट अलिकति ठूलो ठाउँमा कम्पनी सारे, ज्यासन गोल्डमेन (Jason Goldman) लाई हायर गरियो । ब्लगर नयाँ ठाउँमा सरिसकेकोथियो, पहिलेको घरमा नोहा ग्लास (Noah Glass) बस्न आइपुगे, फोब्समा ब्लगरबारे लेखिएको लेखमा इभान सँगैको फोटोमा आफू बसेको ठाउँको फोटो ग्लासले देखेपछि नोहा ग्लास र इभान विलियम्सको भेटघाट बाक्लियो । नोहा ग्लास आफ्नो "पाइरेट रेडियो" प्रोजेक्टमा एक्लै काम गररिरहेकाथिए । सन् २००३ मा गुगलले ब्लगरलाई किनेपछि, इभान विलियम्ससँग नाम र दाम दुबै भयो ।

ओडेओ (Odeo)
नोहा ग्लासको "पाइरेट रेडियो" प्रोजेक्टबाट ओडेओ नामक स्टार्टअप सुरु भयो । लेखेर ब्लग त यति धेरै पपुलर भयो भने, बोलेको कुरा सिधै अनलाइनमा राख्दा झन् कति उपयोगी होला भन्ने ओडेओ कम्पनीको बुझाइ थियो। ब्लगर टिमसँगै गुगल छिरेका इभानले केहि वर्षपछि गुगल छाडे, ओडेओमा लगानी थप्दै इभान कम्पनीको 'सिइओ' भए । ब्लगर झैँ "अडियो पडकास्टिङ" कम्पनी ओडेओलाई सफलताको सिँढि चढाउनु उनीहरुको लागि नयाँ चुनौती थियो ।

इभान, नोहा र र्याबलको टिमले नयाँ डेभ्लपरको रुपमा ज्याक डोर्सी (Jack Dorsey) लाई 'ओडेओ'मा भित्र्यायो। गुगलमा ब्लगर टिममा काम गर्दा इभानले 'बिज स्टोन'लाई भित्र्याएका थिए । सन् २००४ मा गुगल छोडेर ओडियोमा इभान गएपछि, इभानकै बाटो पच्छ्याउँदे बिज स्टोन पनि २००५ मा ओडेओसँग जोडिए । गुगलको ब्लगर टिममा हुँदा इभान, बिज र गोल्डम्यान निकै राम्रा साथी बनेकाथिए ।

Hatching Twitter: A true story of money, power, friendship and betrayal!

ट्विटर
ओडेओले सोचेजस्तो सफलता पाउन सकिरहेको थिएन, इन्भेष्टमेन्ट आइसकेको थियो र कम्पनी जेनतेन चलिरहेकैथियो । ओडेओ कम्पनीका आफ्नै कर्मचारीले पनि उती प्रयोग गर्दैनथिए, एउटा कम्पनी फेल भइरहेको थियो, ज्याक डोर्सीको शब्दमा भन्दा "टोटल मेस" । इभान विलियम्सको नेतृत्वमा कम्पनीले राम्रो नगरेको भनेर नोहा ग्लास र इभानको बिचमा सानोतिनो खटपट पर्नथाल्यो । उता एप्पलले आफ्नो नयाँ आइपडमा आइट्युन्समा पोडकाष्ट राख्ने भएपछि यता ओडेओलाई झन् गाह्रो पर्यो ।

सन् २००६ को फेब्ररी, रक्सीको नशामा रातको २ बजे ज्याक डोर्सीले नोहा ग्लासलाई आफूले ओडेओ छोडेर फेसन डिजाइनर बन्नेकुरा सुनाए । कुरैकुरामा ज्याकले 'स्टाटस'को कुरा निकाले, जुन पहिलोपटक सन् २००० मा ज्याकको दिमागमा आइडिया बनेर आएकोथियो । 'स्टाटस' भनेको आफू के गर्दैछु, कहाँ जाँदैछु, के खाँदैछु, के सुन्दैछु जस्ता यावत कुराहरु राख्ने ठाउँ हो भनेर ज्याकले भनेको कुरा नोहालाई रमाइलो लाग्यो । नोहा जुनसुकै हालतमा पनि ओडेओलाई अगाडी बढाउन चाहन्थे भने, इभान कम्पनी बन्द गर्नुपर्छ भन्थे । नोहालाई ज्याकको 'स्टाटस'को आइडिया मन पर्यो, एक्लो महशुस गरेका नोहालाई स्टाटस साथीहरु सँग कनेक्सन बनाउने माध्यम पनि हुन्छ भन्ने लाग्यो ।

भोलिपल्ट बिहान ओडेओको अफिसमा नोहा ग्लासले ज्याक डोर्सीको 'स्टाटस'बारे इभान विलियम्स र विज स्टोनलाई बुझाए । इभ र बिज दुबैलाई कन्सेप्ट मनपर्यो, मिटिङ पछि इभले बिज र ज्याकलाई स्टाटसको स्केच बनाउन आदेश दिए, नोहा ग्लासलाई यो कुराबाट बाहिर नै राख्ने कुरा इभले भने । आफू के गर्दैछु भन्ने कुरा सेयर गर्ने ठाउँबाट सुरु भएको स्टाटसमा, मोबाइल एसएमएस, साथी आदि विविध कुराहरु जोडिएर आए ।

आइडिया ज्याकको थियो, तर स्टाटसको बारेमा सबैभन्दा धेरै नोहा ग्लास उत्साहित थिए । ओडेओमा साइड प्रोजेक्टको रुपमा 'स्टाटस' (Status) सुरु भयो तर ज्याकको स्टाटस नाम धेरै नै टेक्निकल भयो भन्ने कुरा निस्कियो । बिजले 'एसएम्सी' (Smssy), इभानले 'फ्रेन्ड स्टलकर' (Friendstalker) नाम सुझाए ।नोहा ग्लासले केही दिनपछि 'ट्विटर' (Twitter) नाम सुझाए । ट्विटर नामाकरण सँगै बिजले लोगो बनाए, ज्याकले फ्लिकरको शैली पच्छ्याउँदै 'स्वर वर्णहरु' हटाउने प्रस्ताव गरे, त्यसैले Twitter -->Twttr पनि भयो ।

ट्विटरमा काम सुरु गर्ने भनियो तर ओडेओका प्रोडक्ट डाइरेक्टर 'टिम रोबर्टस' ले साइड प्रोजेक्ट ट्विटरका लागि रातो झन्डा देखाए । ट्विटर कसैले बुझ्दैनन् भन्ने टिम रोबर्ट्सको अडान थियो, धेरै गलफद्दी पछि इभान पनि रोबर्टसको कुरामा सहमत भए । अनि सिधै ट्विटर भन्नुभन्दा पनि, ओडेओको विकल्पमा नयाँ प्रोडक्ट के हुनसक्छ भनेर कम्पनी भित्रै ह्याकाथन गराइयो । ज्याकको टिमले ट्विटर र अन्य टिमहरुले पनि आ-आफ्नो प्रोडक्ट बनाए । ह्याकाथनबाट निस्किएको सबै नतिजाहरु हेरेपछि इभले ट्विटरमै काम गर्न सुझाए । ज्याक र बिजले दुई हप्तामा ट्विटरको प्रोटोटाइप बनाउने, फ्लोरिएनले इन्जिनियरिङ र नोहाले चाँही सबैकुरा हेर्ने भए । इभ, ज्याक, नोहा र बिज ओडेओ भित्रै ट्विटर बनाउन लागिपरे ।

दुई हप्ताको ह्याकपछि ट्विटरमा ज्याकले पहिलो ट्विट पठाए मार्च २१, २००६ मा जसलाई पहिलो ट्विट भनेर मान्ने गरिन्छ । ज्याकले आफूले के गरिरहेकोछु सेयर गर्नलाई स्टाटसको आइडिया ल्याए । इभ र बिजले ब्लगरकै शैलीमा नयाँ ट्विटहरु माथी आउनुपर्छ भनेर सुझाए, नोहा ग्लासले ट्विटसँगै 'समय' थपिदिए । यसरी सबैजनाको साझा प्रयासबाट ट्विटर जन्मियो ।

नोहा ट्विटरको सिइओ हुनचाहन्थे । तर नोहाका काम कुराहरुबाट दिक्क भएर, ज्याकले इभानलाई कि नोहालाई कम्पनीबाट निकाल कि म निस्किन्छु भनेर धम्की दिए । नोहाले ट्विटर सम्हाल्न नसक्ने कुरामा इभान विश्वस्त थिए, अनि ज्याकलाई पनि ट्विटरबाट निकाल्न चाँहदैन थिए । अनि ज्याकको दबाबमा इभानले नोहा ग्लासलाई ट्विटरबाट किक-आउट गरे। इभान विलियम्सले नोहा र इन्भेष्टरहरुको हिसाब आफ्नो व्यक्तिगत पैसाबाट फर्स्याए । अब ट्विटरमा सम्पूर्णरुपमा इभानको लगानी भयो ।

उतार चढाव
ट्विटर कसले चलाउने भन्नेबारे इभान, बिज, ज्याक र गोल्डम्यान बिच छलफल चल्नथाल्यो । इभानले ज्याक र बिजलाई कोफाउन्डर र गोल्डमेनलाई भाइस प्रेसिडेन्ट अफ प्रोडक्टको स्टाटस दिए । सबै लगानी आफैँले गरेपनि इभानले आफूले ७० प्रतिशत सेयर राख्ने, २० प्रतिशत सिइओ ज्याक डोर्सीलाई दिने बाँकी ३-३ प्रतिशत बिज र गोल्डम्यानलाई दिने घोषणा गरे । त्यसपछि इन्भेष्टरहरु पनि भित्रिए ।

ट्विटरको पहिलो 'सिइओ' ज्याक डोर्सी भए । ज्याकको पालामा 'साइट' धेरै डाउन हुन्थ्यो, जसलाई 'फेल व्हेल' भनेर चिनिन्छ । साइट डाउन भइरहने समस्या समाधान गर्न नसक्नु नै ज्याक ट्विटरबाट किक-आउट हुने कारण बन्यो । ज्याकले आफू 'सिइओ' भएको अवधिभर खासै काम गरेनन्, इन्भेष्टरहरु रुष्ट भए, एवम् रितले ज्याक डोर्सीलाई ट्विटरबाट हटाइयो र साइलेन्ट बोर्ड मेम्बर बनाइयो । नयाँ सिइओ इभान विलियम्स भए ।

ज्याक डोर्सीले आफूलाई कम्पनीबाट हटाइएकोमा धेरै दुख मनाउ गरे । बोर्डमेम्बर भएपछि ज्याक ट्विटरको अफिस जान छाडे, तर मिडियामा भने सँधै छाइरहे । ट्विटरको बारे ज्याकलाई केही थाहा हुँदैनथियो तर मिडियामा आउने अन्तरवार्ताहरुमा ज्याककै नाम हुन्थ्यो, ट्विटरको बारेमा ज्याकनै बोल्थे, जसले कम्पनीलाई केही हदसम्म हानि नै गर्थ्यो । इभानले ट्विटरको रिडिजाइन गरे, "नयाँ ट्विटर" । साइट डाउन हुने समस्या पनि समाधान गरे तर ट्विटरको आम्दानी भने अहिलेसम्म जिरो नै थियो । रेभेन्यु नभएको भनेर, इन्भेष्टरहरुले पेल्नथाले, उता ज्याकले एउटा इन्भेष्टरलाई आफ्नो पक्षमा पार्न सफल भए । इभानले ट्विटरको रेभेन्युको लागि 'डिक कोस्टोलो'लाई ट्विटरमा भित्र्याए, डिक कोस्टोलोले नै पहिलो रेभेन्यु ट्विटरलाई दिए, गुगल सर्च सँग रियल टाइम रिजल्ट देखाउने सहमति गरेर ।

गुगलसँगको सहमति अर्को वर्ष रिन्यु भएन, ट्विटरलाई कसरी आम्दानीको स्रोत बनाउने भनेर इभान र डिक कोस्टोलोले काम गर्नथाले । उता ज्याक इन्भेष्टरहरुलाई झनै ज्याक लगाइरहेकाथिए, एउटा अर्थमा ज्याक डोर्सी भिलेन नै हुन् । जसरी हुन्छ इभानलाई ट्विरको सिइओबाट हटाएर, ज्याक फेरि ट्विटरको सिइओ बन्न चाहन्थे । ट्विटरको रेभिन्युमा महत्वपूर्ण भुमिका खेलेका कारण डिक कोस्टोलो सिइओका लागि योग्य देखियो । बोर्डले चेपेपछि इभान आफू सिइओबाट हटेर प्रोडक्टमा फोकस गर्ने बताए तर डिक कोस्टोलोले यसो गर्न असमर्थ रहेको बताए । बोर्डको निर्णय अनुसार डिक कोस्टोलो ट्विटरको नयाँ सिइओ भए, इभानलाई ट्विटरबाट आउट गरियो ।

इभानलाई आउट गरेसँगै ज्याक डोर्सी ट्विटरको बोर्डमा 'एक्युकेटिभ चेयरम्यान' बनेर फर्किए । इभानले छोडेको केही समयपछि बिज स्टोनले पनि ट्विटर छोडे । ज्याक डोर्सी चेयरम्यान भइसकेपछि इभानको टिममा रहेका गोल्डम्यान आदि सबैलाई ट्विटरबाट आउट गरे र आफ्ना मान्छेहरु राखे । डिक कोस्टोलोले ट्विटरलाई नयाँ उचाइमा पुर्याएकाछन्, पब्लिक कम्पनी पनि गराए, रेभेन्युका स्रोतहरु पनि फेला पारिरहेकाछन् । ज्याक डोर्सी ट्विटरका चेयरम्यान बनेकाछन् ।

कम्पनीबाट धेरै पहिले छुटेका नोहा ग्लास अझै पनि नर्मल जिवनमा फर्कन सकेकाछैनन् । ट्विटर आइपिओमा जाँदा इभान, ज्याक, बिज आदिले लाखौँ डलर बनाए, नोहा ग्लासको भागमा भने ट्विटरको एउटा कर्मचारीको जति बनाए । नोहा ग्लास साथी भएका कारण बिचमा इभान विलियम्सले आफ्नो सेयरबाट केही भाग ग्लासलाई दिएका थिए, आफू सिइओ हुँदा ।

ट्विटर पहिलेको जस्तो छैन । ट्विटर पछिल्लो समयमा 'सफल' भएको कम्पनी हो तर दुखको कुरा ट्विटरका को-फाउन्डरहरु आपसमा सँगै छैनन्। ट्विटर डिक कोस्टोलो र ज्याक डोर्सीले सम्हालेकाछन् ।

ट्विटरबाट आउट भएका इभान विलियम्स, बिज स्टोन, ज्यासन गोल्डम्यान ओभियस कर्पोरेसन नै फर्किएकाछन् । इभानले मिडियम, बिजले जेली र गोल्डम्यानले ब्रान्च बनाए । इभानको मिडियमले हिजोआज अनलाइनमा तहल्का मच्चाउँदैछ । बिजको जेलीले पनि फोनमा तहल्का मच्चाउँदैछ । गोल्डम्यानको ब्रान्च भने भर्खरै फेसबुकले किनेकोछ ।

ट्विटरको यही भित्री कथा र राजनितिहरु अंग्रेजी सिरिजको रुपमा पनि आउँदैछ । ट्विटर अझ विशेषत स्टार्टपअप मा रुची भएकाहरुले पढ्नै पर्ने किताब हो, "ह्याचिङ ट्विटर" । इन्भेष्टरले कसरी पेल्छन् । कम्पनी भित्र कस्तो राजनिति चल्छ भन्नेबारे विविध कुराहरु यो किताबमा पढ्न पाइन्छ । अन्त्यमा, किताब पढिसकेपछि बिज स्टोन र इभान विलियम्स धेरै राम्रो मान्छे लाग्यो भने ज्याक डोर्सी एउटा खलपात्र । अझ नरमाइलो यो लाग्यो कि, ट्विटरको साइटबाट पनि इभान, बिज आदिको नाम हटाउन सक्दो प्रयास गरिएको छ, ज्याक डोर्सी सबैतिर छाएकाछन् ।

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

SLC Result 2067/2068 Published : Check SLC Result 2067

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Monday published the results of the School Leaving Certificate (SLC) 2067 examinations held last year. Under the regular category, a total of 2,20,766 students passed the exams, with pass percentage standing at 55.5, the OCE said in a press statement. Among them 1,24,305 are boys and 96,461 are girls. Of those passing the iron gate, 23,0499 achieved distinction marks; 82,619 passed in the first division; 1,09795 second division and the rest in 8241 third division. As many as 4,54,022 students had appeared in the exams conducted in March this year. Likewise, under the exempted category, 9733 students passed the exams with the pass percentage of 17.30. Combining both the categories 2,30,509 students made it through the iron gate. via ~ The Himalayan Times We have uploaded SLC Result 2067 in .txt  and .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who...

Bryan Adams Concert In Kathmandu Nepal @BryanAdams #Nepal #Pictures #Video

Canadian Rockstar Bryan Adams has arrived here at Kathmandu for his concert  from Bangladesh, this afternoon. And now currently he is performing in Dashrath Stadium, Kathmandu. After arriving at Tribhuvan International Airport (TIA), he was escorted to Soltee Hotel. From there he tweeted , “Just flew over Everest into Katmandu, Nepal. We are the 1st western band to play here. With all the music in the world how is that possible?”. He seems to be excited and surprised too. In tweet he mentioned Everest, Kathmandu and Nepal. He seems to be excited by an wonderful views of Himalayas, So it’s possible that he could go to mountain flight tomorrow. And he was surprised too, by knowing that he and his band is the first western band to perform here in Nepal. Though Western celebrity  like Ricky Martin, Leonardo DiCaprio  etc had already visited Nepal. After arriving at TIA, Bryan took some snap and posted it on twitter saying, “A big welcoming at the airport on arri...

Subscribe to Aakar Post