Skip to main content

ट्विटरमा तपाईलाई 'फलो' नगर्ने ५ कारण

अघिल्लो महिना ट्विटरले प्रोफाइलको नयाँ डिजाइन सार्वजनिक गर्यो । नयाँ प्रयोगकर्ताहरु भित्र्याउन अनि टिकाउन नसकेको आरोप खेपिरहेको ट्विटरले, नयाँ प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर नयाँ डिजाइन सार्वजनिक गरेको हो। ट्विटरमा धेरै सुनिने गुनासो भनेको, कसैले फलो गर्दैनन्,  फलोब्याक पनि दिँदैनन्, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् ।


खासगरी नयाँ प्रयोगकर्ताहरुलाई सुरुमा ट्विटरमा टिक्नको लागि आफ्नो साथी वा सर्कल बनाउनुपर्ने/खोज्नुपर्ने हुन्छ । नयाँ प्रयोगकर्ताहरुले सुरुमा आफ्नो रुचीको विषय ट्विट गर्ने, आफूलाई मन परेका थोरै व्यक्तिहरुलाई फलो गर्नुपर्छ र उनीहरुसँग कुराकानी थाल्नुपर्छ । कुराकानी गर्दैगएपछि, तपाईले पच्छ्याएकाले तपाईलाई फलोब्याक दिन्छन्  (कुराकानी भन्नको मतलब प्रसंगमा रहेर गरिएका कुराकानी)। ट्विटर कसरी चलाउँदा रमाइलो हुन्छ भन्ने कुरा पहिले नै यहाँ लेखिसकेकोछु ।

ट्विटरमा तपाईलाई किन कसैले फलो गर्दैनन् भन्ने बारेमा आफूले अनुभव गरेका ५ कुराहरु लेखेको छु ।

१. अन्डा वा छद्म डिपी
ट्विटरमा कसैलाई पच्छ्याउनु पूर्व म उनीहरुको प्रोफाइल हेर्छु । प्रोफाइलमा अन्डाको चित्र छ भने, उनीहरुलाई पच्छ्याउने 'चान्स' अत्यन्तै न्युन भएर जान्छ । कुराकानी धेरै भइसकेको छ भने, कुराकानीबाटै व्यक्तित्व झल्किन्छ, त्यस्तो अवस्थामा छद्म डिपी भएकालाई फलो गर्ने सम्भावना हुन्छ । तर अधिकांश अवस्थामा 'फोटो'ले व्यक्तित्व झल्काउँछ, म यो व्यक्तिसँग कुरा गर्दैछु भन्ने थाहा भयो भने पनि फलो गर्ने सम्भावना हुन्छ । अन्यथा अन्डा वा छद्म डिपी भएकालाई कसैले पनि फलो गर्न रुचाउँदैनन् ।


२. बायो नहुनु
तपाईले प्रोफाइलमा आफ्नो अनुहार देखिने फोटो त राख्नुभएको छ तर नाम र बायो छैन भने, तपाईलाई अरुले फलो गर्ने सम्भावना अत्यन्तै न्युन हुन्छ ।


फोटो र बायो दुबैले कसैको व्यक्तित्वबारे प्रस्ट भइँदैन भने, उक्त व्यक्तिहरुलाई फलो नगर्ने सम्भावना बढि हुन्छ । आफूले भेटेको, चिनेको छ भने बायो अनि नाम नै नभएपनि फलो गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।

तपाई के गर्नुहुन्छ, तपाईको रुची के हो, कस्ता किसिमका ट्विटहरु गर्नुहुन्छ भन्ने कुराहरु वायोमा लेखिएको खन्डमा तपाईजस्तै रुची भएका, तपाईलाई फलो गर्न चाहने जो कोहीलाई तपाईको व्यक्तित्वबारे थाहा हुन्छ र चाँडै फलो गर्ने सम्भावना रहन्छ ।


स्टार्टअप, टेक्नोलोजी, आन्टरप्रेनरसिप, नेपाल आदिको बारेमा ट्विट गर्नेलाई प्राय: मैले पच्छ्याउने गर्छु । फोटो, नाम र वायो अनि केही ट्विटहरु नै 'फलो' गर्नको लागि काफी छ ।

३. फलोइङ रेसियो
फलोअरस् भन्दा धेरै फलोइङ हुँदा पनि, फलो नगर्ने सम्भावना हुन्छ । यस्ता प्रोफाइलहरु मलाई फेक वा स्पाम एकाउन्टहरु हुन् जस्तो लाग्छ, अर्को कुरा यस्ता प्रोफाइलहरुको बायो पनि अपुरो रहेकोहुन्छ ।


यसैले पनि नयाँ प्रयोगकर्ताहरुले सुरुमा थोरैलाई मात्र फलो गर्नुपर्छ, सानो सर्कलबाट कुराकानी सुरु गर्दै नेटवर्क ठूलो बनाउँदै जानुपर्छ । अर्को कुरा, यस्ता ट्विटर एकाउन्ट चलाउनेहरु ट्विट चैँ पढ्छन् तर आफैँ ट्विट चैँ गर्दैनन् भनेर पनि बुझिन्छ, अनि ट्विट नै नगर्नेलाई किन फलो गर्नु?

४. टिमफलो ब्याक
बायोमा लेखिएको हुन्छ, "मलाई फलो गर्नुस्, म फलो ब्याक गर्छु" - टिमफलो ब्याक । यो देख्ने बित्तिकै यिनीहरु 'फलो र अनफलो' कै मात्र हिसाब गरेर बस्छन्, र ट्विटमा 'भ्यालु' दिँदैनन् भनेजस्तो लाग्छ । यस्तो टिमफलोब्याकलाई फलोअरको गन्ति गर्ने बाहेक अरुले फलो गर्न रुचाउँदैनन् ।


५. अटो ट्विट
फेसबुक र इन्स्टाग्रामा पोस्ट गरिएको फोटोको लिंकहरु अटोमेटिक ट्विट गर्ने, दिनहुँ यतिले फलो र अनफलो गर्यो भन्ने किसिमको अटो ट्विट गर्ने ट्विटर एकाउन्टहरुलाई पनि प्राय: फलो गर्न रुचाउँदैनन् । फलो गरिएको छ भनेपनि अनफलो गरिन्छ ।

अन्त्यमा,

Comments

  1. ट्वीटरमा बरिष्ठ/कनिष्ठ को कित्ता छुट्टयाउने, अर्थपूर्ण बहसमा भाग नलिने, आफ्नो कुनै बिचार नै नभएका, फलो/अनफलोमा रुवाबासी आदि इत्यादि.. गर्ने हाम्रा नेपाली प्रयोगकर्ताहरुले माथीको लेखको सार बुझिदिए धेरै सहज हुनेथियो !

    ReplyDelete
  2. मेरो पनि त्यही कुरा बुझाउने प्रयाश हो ।

    ReplyDelete
  3. मलाई त खत्रा लाग्यो ।

    ReplyDelete
  4. Specially we only engage with our interest on twitter, that's the way we going to be more interactive, when using twitter... no matter how many following and followers, if you have good concentration on your twitter post i am pretty sure they will follow you back someday. Another thing is, we can buy twitter followers in the today's market in very cheaper price (in fact, that doesn't make sense to me)

    I am not following you, but i know about tweets #It_matters !

    ReplyDelete
  5. change facebook page name http://blastsoftwares.blogspot.com/2014/03/facebook-page-name-changer-2014.html

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Shruti Sambeg : प्यास भित्र को विद्रोह [Download]

हामीले विगत का ५ वटा अंक मा नेपाली मा अनुदित एउटा बंगाली उपन्यास “प्यास भित्र को विद्रोह” वाचन गर्यौँ । प्रख्यात बंगाली लेखिका तसलिमा नसरीन को चर्चित उपन्यास “प्यास भित्र को विद्रोह” लाई नेपाली मा महेन्द्र मोहक ले अनुवाद गर्नुभएको हो । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बजेका थिए । विवाद र चर्चा को शिखर मा रहेकी बंगाली लेखिका ‘तसलिमा नसरीन’ को यो उपन्यास मा नारी भित्र को यौनकुण्ठा को विश्लेषण गरिएको छ । “प्यास भित्र को विद्रोह” को उपन्यास मा एक महिला को बिहे पछि को, यौन जिवन को चर्चा गरिएको छ । उपन्यास मा एउटी नारी पात्र हुन्छिन, र उपन्यास फ्ल्यास ब्याक मा अघि बढेको छ । तीनै नारी पात्र मार्फत लेखिकाले, उनको उतारचढाब को बारेमा लेखेकिछिन् । स्कुल पढ्दा देखि, उसको विवाह सम्म को कुरा समेटिएको छ । विवाहपछि यौन असन्तुष्टि बढ्दै गएर, उनीहरु श्रीमान श्रीमती विच को सम्बन्ध चिसिँदै जान्छ । धन, सम्पति प्रशस्त भएपनि, उनीहरुको जिवन मा यौन ले भाँजो हाल्दा, उनीहरुको जिवन निरश बन्दै जान्छ । यस्तै यस्तै,

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

दाङमा गुगलम्याप मार्फत वन तस्कर पक्राउ [समाचार टिप्पणी]

संसार अचम्मको छ, बाँच्नु पर्छ सबै देखिन्छ भन्थे हो रै’छ । सामसुङले ५ सेन्टका सिक्काहरुले भरिएको ट्रक एप्पल मुख्यालयमा पठाएर जरिवाना तिर्यो भन्ने हल्ला संसारभर फैलिरहेको बेला, नेपालमा चाँहि “दाङमा वन अधिकृतले कार्यालयबाटै गुगलम्याप हेरेर काठ तस्करी गर्दै गरेका तस्करहरुलाई पक्राउ गरे” भन्ने हल्ला फैलिएकोछ । हल्ला फैलिएको मात्रै त के भन्नु, नेपालका मुलधारका मिडियामा यस्तो नचाहिने र हुनै नसक्ने खबर’ले प्राथमिकता पाएकोछ ! कान्तिपुरमा ‘तस्करी रोक्न गुगल म्याप’ शीर्षकमा छापिएको समाचार यस्तो छ: दाङ, भाद्र १३ - जिल्ला वन कार्यालयले तस्करी रोक्न गुगल म्याप प्रयोगमा ल्याएको छ । यसको प्रयोग वन अधिकृत अरुण शर्मा पौडेलले शुक्रबार कार्यालयमै बसेर गरेका थिए । म्यापलाई सानो बनाएर हेर्दै जाँदा गोल्टाकुरी गाविसको कालितारामा काठ काटेको दृश्य देखियो । उनले तत्काल वन रक्षकको टोली पठाए । वनको टोली  २ घन्टा हिँडेर जंगलमा पुगेपछि काठ काट्दै गरेका एक व्यक्ति आरा, बञ्चरो र पाँच क्युफिट काठसहित पक्राउ परे । सोमबार दिउँसो पनि गुगल म्याप हेर्दै गर्दा पुरन्धारा गाविसका जंगलमा काठ काटिएका दृश्य देखिए । अनि

Subscribe to Aakar Post