Skip to main content

ट्विटर : फलो र अनफलो [Twitter Follow and Unfollow]

ट्विटर प्रयोगकर्ताहरु सबैको आ-आफ्नै रुची हुन्छ, अनि त्यही रुची अनुसार ट्विटर चलाउँछन् । मलाई विशेषत प्रविधिमा रुची छ । #SocialMedia #SEO, #Technology, #Apps र #Nepal को बारेमा ट्विट गर्छु र प्राय: यही विषयका ट्विटहरु पच्छ्याउँछु । यसै विषयमा अन्तरक्रिया गर्ने र ट्विट गर्नेहरुलाई प्राय: पच्छ्याइरहेकोहुन्छु ।

हिजोआज ट्विटरमा धेरै सुनिने गुनासो भनेको, फलानाले फलोब्याक गरेन, फलानोले फलोब्याक गरेन अनफलो गर्छु, फलानाले भाउ खोज्यो त्यसलाई ब्लक हान्छु ! गुनासो सबैको आ-आफ्नै ठाउँमा छ, तर पनि बुझ्नुपर्ने कुरा के हो भने, ट्विटर चलाउनु भनेको फलो गर्नेलाई फलोब्याक गर्नैपर्छ भन्ने होइन । ट्विटर चलाउनेहरु आ-आफ्नै रुची अनुसार ट्विटर चलाउने हुँदा, रुचीका विषयमा ट्विट गर्नेहरुलाई प्राय: ले फलो गर्छन् । चिनेका साथीभाइ वा कुनै महत्वपुर्ण ब्रान्ड र व्यक्ति भएका हिसाबमा पनि फलो गर्लान् तर पनि प्राय: ले रुचिकै आधारमा फलो गर्छन् । फलो गर्ने, कहिले केही कुरा नगर्नेहरुलाई फलो गरेकै आधारमा निकै थोरैले मात्र फलोब्याक गर्छन् ।

y-u-no-follow-backतर हामी जानेर पनि नजानेर पनि ट्विटरमा पनि फलाना र चिलाना भन्दै बस्छौँ, आफ्नो बारेमा भने सोच्दैनौँ । आफूलाई प्रविधिमा रुची छ भने, प्रविधि सम्बन्धि ट्विट गर्ने एकाउन्टहरुलाई फलो गर्नुस्, उनीहरु सँग अन्तरक्रिया गर्नुस्, उनीहरुले अवश्य फलोब्याक गर्नेछन् । आफूलाई राजनितिमा रुची छ भने, राजनितिक ट्विट गर्नेलाई फलो गर्नुस्, उनीहरु सँग अन्तरक्रिया गर्नुस्, उनीहरुले फलोब्याक गर्नेछन् । हाँसी मजाक गर्नेहरुको बेग्लै जमात होला ! मेडिकल सम्बन्धि ट्विट गर्नेहरुको बेग्लै जमात होला ! फुटबलसम्बन्धि कुरा गर्ने साथिहरुको आफ्नै समूह होला अनि क्रिकेटसम्बन्धि कुरा गर्ने साथिहरुको आफ्नै समूह होला । आफू ट्विटर के-का लागि चलाउँदैछु भन्ने कुरामा पहिले आफू प्रस्ट हुनुस् ।

फलोब्याकको आशा राखेर, भएभरको एकाउन्ट फलो गर्दैमा, कसैले फलोब्याक गर्दैन । त्यसबाहेक हाम्रो अर्को नराम्रो बानी भनेको, पहिले आफ्नो रुची अनुसार भएभरको एकाउन्ट फलो गर्ने, अनि पछि फलानाले यस्तो ट्विट गरेर दिक्क लायो भन्ने, ढिस्कानाले फलो गरेन भन्ने, आफूले ट्विटरमा आफ्नो उपस्थितिको बारेमा नसोच्ने तर अरुलाई गालि भने गर्नेगर्छौँ । अरुले फलो गरोस् भन्ने चाहना राख्ने साथीहरुले उस्तै उस्तै रुचि भएका साथिहरुको सर्कल बनाउनु सक्नुहुन्छ । आफ्नो रुची नै नभएको एकाउन्ट किन फलो गर्नु? अनि फलोब्याक गरेन, अनि त्यही एउटा कुरा सम्बन्धि मात्रै ट्विट गर्यो भनेर किन टाउको दुखाउनु ? प्रविधिसम्बन्धि रुचि छैन भने, त्यो विषयमा ट्विट गर्नेलाई फलो नगर्दाहुन्छ, तर हाम्रोमा के छ भने, भएभरकालाई फलो गर्ने, अनि पछि आफैँ उफ्रिने, फलानाका ट्विटले टाइमलाइन भरियो, 'पुङ न पुच्छर'का नबुझ्ने ट्विट गर्यो आदि इत्यादि ।

ट्विटरमा आफ्नो पेशा, काम अनुसार नि फलो गर्ने गरिन्छ । सबैको रुची एउटै, अनि सबैको सोचाइ एउटै भएको भए, संसारमा फरक विचार भन्ने नै हुँदैन थियो । पत्रकारहरुले प्राय: पत्रकारहरुलाई फलो गरिरहेका हुन्छन् । साथै, म पत्रकार होइन तर पनि म पत्रकारहरुलाई फलो गर्छु, मेरो अभिष्ट भनेको कहिँ पनि घटेको घटना, समाचार छिटो, ट्विटरमै थाहा पाउन सकियोस् भन्ने हो ! मैले फलो गरेँ भन्दैमा अब पत्रकारहरुले मलाई पनि फलो गर्नुपर्ने जरुरी छैन अनि मैले त्यो आशा पनि गरेको छैन । तर उनीहरुसँग अन्तरक्रिया हुँदै जाँदा, उनीहरुलाई लौ यसले नि महत्वपुर्ण ट्विट गर्दोरहेछ भन्ने लाग्छ भने फलोब्याक गर्न सक्छन् ।

माथि पनि भनिसकेँ, ट्विटर चलाउने कारण फरक फरक हुन्छन् । कोही हँसिमजाक र रमाइलो गर्न ट्विटर चलाउँछन् भने, कोहि आफ्नो कामको लागि ट्विटर चलाउँछन् । जस्तो मेरोलागि ट्विटरमा हँसिमजाक दोस्रो प्राथमिकतामा पर्छ, पहिलो प्राथमिकतामा प्रविधि सम्बन्धि कुराहरु पर्छन्, जसबाट म केही सिकिरहेकोहुन्छ, केही नयाँ कुरा थाहा पाइरहेको हुन्छ, त्यसबाट मेरो पेशामा पनि सहयोग पुगिरहेको हुन्छ । मैले फलो गरेका एकाउन्टहरुबाट मलाई खासै फाइदा भएन भने, म जुनसुकै समय जोसुकैलाई अनफलो गर्नसक्छु !  फलोब्याकको लागि मात्र नै फलोगर्नेहरु मलाई मनपर्दैन ।

फलोब्याकको बारेमा सधैँजसो कुरा उठाइरहने साथीहरुलाई सुझाव: आफ्नो रुची भएका विषयमा कुरा गर्ने व्यक्तिहरुलाई मात्र फलो गर्नुहोस्, उनीहरु सँग अन्तरक्रिया गर्नुहोस्, उनीहरुले निश्चय पनि फलोब्याक गर्नेछन् । ट्विटरमा फलो गरेपछि फलोब्याक पाउनैपर्छ भन्ने मान्यता राख्नुहुन्छ भने, ट्विटर तपाईको लागि हुँदैन भन्दा पनि हुन्छ । तपाईका लागि फेसबुक उपयुक्त हुनसक्छ, फेसबुकमा दुबैले एक-अर्कालाई एड गर्नुपर्ने हुन्छ, तर त्यो बाध्यता ट्विटरमा भने छैन । ट्विटर र फेसबुक बिचको फरक जान्न चाहनुहुन्छ भने प्रभात दाइको ब्लगमा रहेको फेसबुक र ट्विटरबारेको ब्लग पनि पढ्नुहोस् ।

तस्विर साभार: yunoguycomic.com

Comments

  1. कुरो सबै ठीक हो । आ-आफ्नै रूचि अनुसार फलो गर्ने नै हो । तर कहिलेकाही भने बढो अचम्मका मानिस पनि पर्दा रै'छन् । मलाई एकै जना मानिसले ३ चोटि फलो गरेर ४ चोटी अनफलो गरेका छन् । मलाई अचम्म लाग्छ तीनले के पाउन फलो गरे अनि के नपाएर अनफलो :) । अनि एक थरी भने पहिला फलो गर्ने र आफू पनि 'फलो व्याक' भएपछि फेरि अनफलो गर्ने नि हुँदा रै'छन् :))

    ReplyDelete
  2. #Praiseworthy write....#Simple #Timely and #ToThePoint :)!!

    ReplyDelete
  3. Nice read. Specially, I don't like people who rarely use twitter but have added some application that automatically tweets who unfollowed you. That's really irritating.

    ReplyDelete
  4. It's about the cultural values we have grown up with, social media means taking interaction as a good act and talks as fun but it is not what we have been taught. Our teacher and parents taught us we should listen to our elders and never interrupt when anyone is speaking, that is what we have learnt so very often things get out of hand in these places. Besides this the many substitute of 'You' in Nepali language is also one another barrier to communication here. It is always better to understand that Social Media is the product of that part of the world where talking is a favorite pastime, we do not talk as a part of hobby, if we do we are supposed to have nothing else to do! And about the follow and follow back issue in twitter, it is necessary to understand twitter first and believe me it is a complex thing, it certainly will take a long time before we know what it is meant for!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post