असोज ३ गते जारि गरिएको, नेपालको नयाँ संविधानका बारेमा भारतले असन्तोष जनाउँदै, नचाहिँदो प्रतिक्रिया दिएपछि, ट्विटर, फेसबुक लगायत सामाजिक सञ्जालमा भारतीय रवैयाको चर्को आलोचना गरिएकोछ । नेपालको तराईमा जारी आन्दोलनमा चासो देखाउँदै, असोज ४ गते सोमबार बेलुका, भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धम्कीको भाषा प्रयोग गरिएको भन्दै, नेपाली ट्विटर प्रयोगकर्ताहरुले #BackOffIndia ह्यासट्यागमा आफ्ना विचारहरु ट्विटरमा राखेका थिए।
सोमबार सुरु भएको "ब्याकअफइन्डिया" ह्यासट्याग, मंगलबार दिउँसो ट्विटर र फेसबुकमा संसारभर ट्रेन्ड भएको हो । यो ब्लग तयार पार्दासम्म ट्विटरमा १ लाख ८० हजार पटक #BackOffIndia उल्लेख गरिएको छ भने, फेसबुकमा ३५ हजार भन्दा धेरै पटक उल्लेख भएको देखिएकोछ । ट्विटर र फेसबुकले 'पब्लिक' प्रोफाइलको तथ्यांक मात्र देखाउने भएकोले, वास्तविकतामा यो संङ्ख्या अझै केही बढि हुनसक्नेछ ।
संविधान निर्माण नेपालको सार्वभौम निर्णय भएको र तराईमा चलिरहेको आन्दोलन नेपालको आन्तरिक समस्या भएका कारण, यसमा भारतको हस्तक्षेप अमान्य हुने धारणा अधिकांस प्रयोगकर्ताले राखेकाछन् । भारतको हेपाहा प्रवृत्तीलाई गाली गर्दै गर्दा, कतिपयले तराई मधेसको समस्या छिटो भन्दा छिटो सुल्झाउनु पर्ने कुरामा पनि जोड दिएकाछन् । मंगलबार बिहानै, भारतले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गर्न नदिइ, नेपालमा नाकाबन्दी गरेको भनेर हल्ला फैलिएका कारण पनि फेसबुक र ट्विटरमा यसबारेमा दिनभर अधिक चर्चा गरिएको थियो ।
यसअघि वैशाखमा भूकम्प गएको बेला, भारतीय मिडियाहरुले अतिरञ्जित किसिमले नेपालको रिपोर्टिङ गरेको भन्दै, प्रयोगकर्ताहरुले ट्विटरमा, भारतीय मिडियालाई घर फर्कन आग्रह गरेपछि #GoHomeIndianMedia ट्रेन्ड भएकोथियो।
➤ आकारपोष्ट एप् डाउनलोड गर्नुस् ।

#BackOffIndia Trends Worldwide on Twitter on Tuesday, after the inappropriate comment on Nepal's constitution by GOI. pic.twitter.com/1VNyzLkB5w
— Aakar Anil (@aakarpost) September 22, 2015
संविधान निर्माण नेपालको सार्वभौम निर्णय भएको र तराईमा चलिरहेको आन्दोलन नेपालको आन्तरिक समस्या भएका कारण, यसमा भारतको हस्तक्षेप अमान्य हुने धारणा अधिकांस प्रयोगकर्ताले राखेकाछन् । भारतको हेपाहा प्रवृत्तीलाई गाली गर्दै गर्दा, कतिपयले तराई मधेसको समस्या छिटो भन्दा छिटो सुल्झाउनु पर्ने कुरामा पनि जोड दिएकाछन् । मंगलबार बिहानै, भारतले पेट्रोलियम पदार्थ बोकेका ट्यांकर नेपाल प्रवेश गर्न नदिइ, नेपालमा नाकाबन्दी गरेको भनेर हल्ला फैलिएका कारण पनि फेसबुक र ट्विटरमा यसबारेमा दिनभर अधिक चर्चा गरिएको थियो ।
यसअघि वैशाखमा भूकम्प गएको बेला, भारतीय मिडियाहरुले अतिरञ्जित किसिमले नेपालको रिपोर्टिङ गरेको भन्दै, प्रयोगकर्ताहरुले ट्विटरमा, भारतीय मिडियालाई घर फर्कन आग्रह गरेपछि #GoHomeIndianMedia ट्रेन्ड भएकोथियो।
➤ आकारपोष्ट एप् डाउनलोड गर्नुस् ।
Comments
Post a Comment