Skip to main content

मोबाइलबाट म्युजिक भिडियो

फोटो खिच्न महंगो क्यामेरा होइन, 'कन्सेप्ट'को जरुरी पर्छ । मोबाइल फोनबाटै खिचिएका फोटोहरुले पनि बेला - बेलामा तहल्का मच्चाउने गरेकाछन् । आज यस ब्लगमा भने, मोबाइलबाट सम्भवत पहिलो नेपाली म्युजिक भिडियो खिचिएको चर्चा गरिँदैछ।
२०१२ को सेप्टेम्बरमा ठूलो तामझामका साथ, नोकियाले "लुमिया ९२०" विन्डोज फोन सार्वजनिक गर्यो । नोकियाले लुमिया ९२० को ८ मेगापिक्सल क्यामेरालाई 'प्योर भ्यु'को विशेषण दिएर, आफ्नो क्यामेरा उत्कृष्ट भएको बताएको थियो। फोन सार्वजनिक गर्ने क्रममा, नोकिया लुमिया ९२० बाट खिचिएको भिडियो भन्दै केही भिडियोहरु पनि देखाइएको थियो, तर पछि थाहा भयो, ती भिडियोहरु मोबाइलबाट खिचिएका थिएनन् । नोकियाको कर्तुतको आलोचना हुनथालेपछि, नोकियाले आफ्नो ब्लग मार्फत माफी नै माग्नुपर्यो ।

माथि नोकियाको प्रसंगले थाहा हुन्छ, ३ वर्ष अघिसम्म मात्रै पनि व्यवसायिक भिडियो खिच्नका लागि मोबाइलहरु उपयुक्त थिएनन् । तर विगत ३ वर्षमा आइफोन, एन्ड्रोइड तथा विन्डोज फोनका सफ्टवेयर र हार्डवेयरमा ठूलै परिवर्तन भइसकेकोछ । अब स्मार्टफोनबाट भिडियो खिच्नु, बनाउनु ठूलो कुरो रहेन, दिनहुँ आन्दोलनका र झडपका भिडियोहरु फेसबुकमा हिजोआज अपलोड हुने गरेकाछन् । तर व्यवसायिक रुपमै भिडियो बनाउनु भने अझै चुनौती नै रहेकोछ । यही चुनौतीको बिचमा बिजी ब्रम्हा समूहले प्रयोगको रुपमा, एउटा नेपाली म्युजिक भिडियो सार्वजनिक गरेकोछ ।


किरण खरेलको रचना, शिव शंकरको संगित, ब्रजेशको स्वर रहेको "तिम्रो माया" गितको भिडियो बिजी ब्रम्हा समूहले मोबाइलबाट खिचेर निर्माण गरेको हो । सन् ९० को दशकमा रेकर्ड गरिएको ब्रजेशको यो गितमा अभया सुब्बाले पनि साथ दिएकीछिन्, यसका ओरिजिनल गायक भने धुर्व केसी हुन् । यो म्युजिक भिडियो सँगै, निर्देशन क्षेत्रमा हात हालेका सोमेश वर्माका अनुसार, नेपालमा मोबाइलबाट खिचिएको यो सम्भवत पहिलो नेपाली म्युजिक भिडियो हो ।

मोबाइलबाट खिचिएको भएपनि, क्वालिटी हेर्दा कुनै मुभी क्यामेराले खिचेको भान हुन्छ । युट्युबमा यो म्युजिक भिडियो हेर्दै गर्दा लाग्यो, सट् राम्रो हुने हो, कन्सेप्ट राम्रो हुने हो भने, मोबाइलबाटै व्यवसायिक भिडियो पनि बनाउन सकिने रहेछ । असस्‌ कम्पनीको मोबाइलबाट भिडियो एकदिनमा खिचिएको हो । बिजी ब्रम्हाको यो प्रयोग पछि, अरुले पनि यसलाई पच्छ्याउलान् कि? तपाई पनि तलको भिडियो हेर्नुहोस्, मोबाइलबाट खिचिएको भिडियो कस्तो लाग्यो?


आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस्

Comments

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post