Skip to main content

सबैभन्दा ठूलो वैज्ञानिक परिक्षण

बैज्ञानिकहरु आज भौतिक शास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो, खर्चिलो अनि, ऐतिहासिक प्रयोग अनि परिक्षण गर्न गइरहेकाछन् ।

$ 10 billion atom-smasher नाम दिइएको Large Hadron Collider आज बुधबार, फ्रान्स र स्विटजरल्यान्ड बिचको सिमाना मा fired गरिदैँछ । यो अहिलेसम्म कै शक्तिशाली atom-smasher हो जसले प्रकाशको गति बराबर को गतिमा proton हरु को बिचमा collision गराउने छ । प्रकाश को गति बराबर को गति मा protonहरु बिच collision गराउँदै गरिने प्रयोग अनि प्रयोग पश्चात को वातावरण, या भनौँ showers of particles बाट हाम्रो ब्रम्हाण्ड को निर्माण कसरी कुन रुपमा भएको थियो भन्ने जानकारी मिल्ने अपेक्षा गरिएको छ । त्यस्तै, यस प्रयोग बाट मिस्ट्रि मानिएको black hole तथा extra dimension को बारेमा पनि धेरै कुरा खुल्ने विश्वास गरिएको छ, साथै, ब्रम्हाण्ड / Universe को प्रत्येक कुराहरुको बारेमा जानकारी मिल्ने विश्वास बैज्ञानिकहरुले गरेका छन् ।




Listen above Nepali Audio & watch following English Video.



विभिन्न ईन्टरनेट म्यागजिनलाई अन्तरवार्ता दिँदै, यस परिक्षणको नेतृत्व समेत गरेका बैज्ञानिक स्टेफन हकिङ्ग ले परिक्षण सफल हुने अनि प्रयोग पुर्णतया सुरक्षित भएको बताएकाछन् । तर केहीले भने यस परिक्षण मा थोरै असावधानि भयो भने पनि हाम्रो अस्तित्व खतरामा पर्नसक्ने कुरा औँल्याएकाछन् । परमाणुहरु बिच collision गराइने भएको कारण, यसबाट black hole, बन्न गइ पृथ्वि नै ध्वस्त हुने चेतावनि दिएका छन् ।



यदि परिक्षण सफल भएमा विज्ञान को क्षेत्र मा एउटा ठूलो उपलब्धि हुनेछ ।

यो प्रयोगलाई केहि हदसम्म big-bang theory को पुनरावृत्ति पनि मानिएको छ । स्मरणिय रहोस्, big-bang theory भनेको हाम्रो ब्रम्हाण्डको सृष्टि सुर्यमा ठूलो बिस्फोट भइ, पृथ्वि लगायतका अन्य ग्रहहरु तथा जिवहरुको उत्पति बारेमा ब्याख्या गर्ने theory हो ।

Steps in Experiment:

The first step of the project involves taking accelerated protons (the nucleus of the hydrogen atom) and beaming them into the collider, which will take place deep beneath the ground near Geneva in a 27-km tunnel.

"You steer them using magnets and you've got to get everything absolutely correct or you get instabilities," Moore explained. It might not sound as riveting as the steps - and discoveries - that will unfold in coming months, but the launch still has much of the science world giddy.
After the beams of protons are fired around the tunnel, they will eventually begin travelling in the opposite direction, causing collisions between protons and, some fear, micro "black holes," although Moore dismisses that possibility as "overwhelming unlikely."

If that counter-clockwise beam is successful, another will be fired clockwise. Scientists will aim the beams to collide so they shatter and release energy which will be picked up by detectors.

स्रोत: विभिन्न ईन्टरनेट म्यागजिन

Comments

  1. आनन्दले बाँच्न दिनु नि हौ ! त्यस्ता ब्ल्याक होलका बारेमा पत्ता लगाएर हामीलाई के गर्नु ? भुतुक्क भएर मरिहालियो भने त अहिलेसम्मको लगानी सबै खेर जान्छ त ! यसो खतरा नहुने खालका काम गर्नु नि हौ गर्दापनि !! मरियो भने त मरिहालियो नि !!!!!

    ReplyDelete
  2. भएको धरतीलाई सुन्दर बनाउन छाडेर धरतीकै अस्तित्व दाउमा राखेर के गर्न लाग्या हुन हँ ? उजेलीलाई झैं मलाई पनि चिन्ता लाग्यो है मरियो भने त मरिहालियो नि ।

    ReplyDelete
  3. त्यसो, हैन हो साथिहरु । अब वैज्ञानिक परिक्षण त गर्नै पर्यो नि, हैन भने कसरी नयाँ कुरा पत्ता लाग्छ त, हैन र ?

    ReplyDelete
  4. फेरि कमेन्ट लेख्न मन लाग्यो । हिजो लेख्दा सुन्ने कुरा थिएन । आज त नयाँ सुन्ने कुरा पनि पो राखेको रै'छ । ब्लगिङको क्षेत्रमा नयाँ नयाँ, राम्रा अनि उपयोगी प्रयोग गर्न खप्पीस आकारजीको यो प्रयोग भने साह्रै मनपर्यो मलाई । पढ्न पनि पाइने, सुन्न पनि पाइने कति रमाइलो !!!!!!!

    ReplyDelete
  5. वैज्ञानिक परिक्षणको म बिरोधि होईन तर म वैदिक दर्शनमा अलिकता झुकाव राख्‍ने भएकोले केहिकुरा भन्न चाहन्छु।

    सनातन धर्मको अनुशार संसारमा यस्ता केहिकुराहरु छन जसलाई 'अज्ञय' भनिन्छ । मतलब यौटा भयो थाहा भईसकेका कुरा, अर्को थाहा नभएको तर थाहा पाउन सकिने अनि अन्तिम हो यो अज्ञय (जुन थाहा पाउन सकिन्न) ।

    यो प्रयोगले पृथ्वि ध्वस्त हुदैन, तर यसले व्रह्माण्डको विस्तार र संरचनाको वारेमा कुनै ठोस जानकारि दिन पनि सक्दैन, खाली बन्दाकोभिको एक लेएर पात खोल्ने मात्रै हो ।

    यो महा प्रयोगले अस्तित्वको पुर्ण जानकारि दिन सक्दैन र यसबाट थाहा हुने यौटै कुरा के हो भने 'बन्दाकोभी को माथिको पात भित्र आर्को पनि यौटा पात रहेछ' । यो $ 10 billion खर्चले त्यहि अर्को पात पत्ता लाग्छ । तर पात भित्र पात र त्यस भित्र पनि पात निकाल्दै जाँदा अन्तमा 'शुन्य' मा पुगिन्छ जसलाई 'अज्ञय' भनिन्छ।

    ब्रम्हाण्डको उत्त्पत्ती र विस्तार जान्ने यो प्रयोग अगाडि वैज्ञानिकहरुले
    ऊं पूर्णमद: पूर्णमिदं, पूर्णात्पूर्णमुदच्यते।
    पूर्णस्य पूर्णामादाय, पूर्णमेवावशिष्य्ते ॥

    भन्ने शुत्र बुझेको भए यो महा प्रयोगको उर्जा अन्तै लगाउन सकिन्थ्यो ।

    सामन्य अबस्थामा एडस वा अझ मधुमेह वा रक्तचाप कै पु्र्ण उपचार गर्न नसक्ने मान्छेले देखेको निरर्थक'ठुलो' दिवा सपना हो हो ।

    ReplyDelete
  6. दिलीप आचार्यको कमेन्ट साह्रै चित्त बुझ्यो ।

    ReplyDelete
  7. खै ! असम्भव के, अनि सम्भव के, थाहा छैन । हामीले कल्पना पनि गर्न नसक्ने, अनि हामीले पत्याउनै नसक्ने प्रविधिहरु आइसकेको अवस्थामा यस खाले प्रयोग निरर्थक नै हो भन्ने लाग्दैन । भलै, यो प्रयोग बाट केहि ननिस्किएला तर यसले अगाडि बढ्न, ब्रम्हाण्ड को उत्पति तथा ब्याकहोला सम्बन्धि अनुसन्धान गर्न एउटा कोसे ढुंगा भने सावित हुनेछ ।

    त्यही कुरो त हो, बन्दाकोभि को भित्र अर्को पात रहेछ भन्ने थाहा पाउन पनि त पहिले बाहिर को पात बाट भित्र छिर्नु पय्रो हैन र ? अनि शुन्यमा पुग्न पनि धेरै समय पक्कै लाग्छ । सायद शुन्य भनेकै आत्मज्ञान होला, जब हामी खोज्दै-खोज्दै शुन्यमा पुग्छौँ तब मात्र हामीले पूर्णज्ञान (हामी हाम्रा आँखाले नै छर्लंङ्ग देख्छौँ ) पाउछौँ हैन र ?

    हामी दुध बाट घिउ निकाल्न कति कसरत गर्छौँ । हामीलाई थाहा छ, दुधमा घिउ छ तर घिउ निकाल्न दुध जमाएर दहि बनाउनुपर्यो, मोहि पार्नुपर्यो, नौनि निकालेर खार्नु पर्यो, हैन र ?

    जन्मेपछि मर्नु पर्छ भन्ने थाहा छ, तर हामी कति संघर्ष गरिरहेका छौँ बाँच्नको लागि । हो त्यस्तै ब्रम्हाण्ड को अध्ययन को परिणाम के निस्केला भन्ने वैज्ञानिकहरुले पक्कै सोचेका होलान्, त्यही भएर यति मरिमेटेका छन् नि त्यो कुरा चाँहि कस्तो होला भन्दै ।

    स्मरणिय रहोस्, हजारौँ किलोमिटर प्रतिसेकेन्ड को दरमा हाम्रो यो ब्रम्हाण्ड निरन्तर फैलिरहेको छ ।

    ReplyDelete
  8. Nice video!

    Regarding the discussions over here, I can see where you are coming from. Thats ok!

    As a physics student I can say that it is important. But if you close your ears before you listen the "Bang!"...
    No one can help you!

    Help your self!

    ReplyDelete
  9. I am a great admirer of Albert Einstein, the only great scientist with spiritual approach to life.

    Here I would like to conclude some of his quotes:
    Science without religion is lame. Religion without science is blind.

    Two things are infinite: the universe and human stupidity; and I'm not sure about the universe.

    Technological progress is like an axe in the hands of a pathological criminal.

    ReplyDelete
  10. आकार जी , यो ब्रम्हाण्ड हजारौं किलोमिटर प्रति सेकेण्डको दरमा फैलिरहेको छ भन्ने चैं कसरी पत्याउनु ? फैलेर बढ्दै ग ईरहेको तर पुगिनसकेको भागको नाम चैं के हो ? अनि यो परिक्षणको परिणाम पनि सुनाउनुहोस है ?

    ReplyDelete
  11. Nice video clips, and thanx aakar jee for posting this article. Research on scientific views are important, so it is very good work!!

    ReplyDelete
  12. हाहाहा, दीपक जी ।
    अब कसरी बढिरहेको छ अनि के भैरहेको छ भन्ने कुरा चाँहि थाहापाउन खगोलविद, भौतिकशास्त्रीहरुलाई नै सोध्नु पर्छ । त्यही कुरो त हो, हामी ले सोच्न पनि नसक्ने अनि पत्याउन पनि नसक्ने घटनाहरु घटिरहेकाछन्, नि यो ब्रम्हाण्डमा !

    अनि मलाई जहाँसम्म थाहा भएअनुसार नतिजा यो नै हो भनेर किटान गरिएको छैन । जति कुरो गरेपनि आखिर त्यही हो, यस प्रयोगबाट ब्रम्हाण्ड को उत्तपत्तिको अवस्था कस्तो थियो, अनि कसरी बनेको थियो । अनि सबैलाई भुलभुलैयामा राखेको ब्यालहोल को बारेमा पनि केही जानकारी पाइन्छ कि भन्ने आश हो ।

    अब झसंग नहुनुहोस् है, केही समूहहरु दावि गर्छन् कि अहिलेसम्मचन्द्रमा मा कोहि पनि पुगेकै छैनन्, जब कि निल आर्मस्ट्रङ चन्द्रमा मा पहिले पुग्ने व्यक्ति मानिन्छन् । यस्तै बरमुढा त्रिकोण, ब्याक होला, एक्स्ट्रा डाइमेन्सन, फैलिरहेको ब्रम्हाण्ड पनि अहिलेसम्म मिस्ट्रि नै छ । यो सानो उदाहरण मात्रै हो है, हामीले कति थाहा पाएका छौँ, अनि के भैरहेको छ भन्ने ।

    यो प्रयोग बाट मुख्य रुपमा ब्रम्हाण्ड को उत्तपत्ति को बारेमा नै जान्न खोजिएको छ ।

    ReplyDelete
  13. साथै, यो कुरा बुझ्न particle physics बुझ्नु आवश्यक छ जस्तो लाग्छ ।

    यससम्बन्धमा फिजिक्समा पिएचडि गर्दैरहनु भएका ब्गर दाइ ले केही कुरा प्रस्ट पारिदिनुहुन्छ कि भन्ने आशा राखेको छु ।

    ReplyDelete
  14. Nice posting!
    Well, the scientists involved in the experiment claims that the underlying structure of the universe is going to be revealed in a much greater degree now. The experiment will also possibly show us how to manipulate vast amounts of data, in precisely the way that we will have to in the coming years as we try to do more complex, distributed computing.
    I was, too, trying to post something on this much hyped "big bang experiment"; but after reading your's, I deleted most part of my article. I would request the interested readers to visit my blog at:
    http://hellobirgunj.blogspot.com/
    Dear आकार,
    Shall we exchange our blog links to have a continued exchange of opinion on several issues?

    ReplyDelete
  15. deepandra ji;
    i've alredy added your link abt a weeks ago... hehe....

    ReplyDelete
  16. उसो भए म त पत्याउंदिन है आकार जी , यो ब्रम्हण्ड फैलँदैछ भनेर यहि नै यौटा यस्तो कुरा हो जस्को आदि पनि छैन अन्त्य पनि छैन , भनेपछि के फैलियो र फैलिएर कहाँ गयो भन्ने कुरा नै हुन्न नि , हैन र ? खै के आधारमा अरुको हावाकुरालाई माथी कमेण्टमा लेख्नुभयो तपाईंले जबकि यो हुन सक्छ या सक्दैन भन्ने मै तपाईँ विश्वस्त हुनुहुन्न । चन्द्रमामा निल आम स्ट्रङ्ग गएको भन्ने चै झुटो तस्विर हो भनेर प्रमाणित गरिएको कुरा लाई नै ठिक मान्छु म चैं ।

    ReplyDelete
  17. गजब कै कुरो गर्नु भो है, दीपक जी ले !

    अब कुरो र कुलो जता लग्यो त्यतै जान्छ, हामी सबै सतही ज्ञान मा नै मख्ख छौँ, बुझ्ने कोशिस नै गरेका छैनौँ । अब जहाँसम्म लेखेको कुरो छ, यो त जे पढिन्छ अनि जे बुझिन्छ त्यही लेख्ने न हो, तर यो हावाको कुरा भने हैन है !

    यदि विज्ञान हावा भएको भए, खै हामि कस्तो हालत मा हुन्थ्यौँ होला ......................

    अब कुरै नपत्याएपछि त कसको के लाग्छ र, दीपक जी ! कुनै दिन यसो प्राध्यापक र प्रोफेसरहरुलाई भेट्ने अवसर जुरेछ भने लेखौँला है, फैलिरहेको ब्रम्हाण्ड को बारेमा !

    माथि कमेन्टमा लेखेको रे ! का, अनि हावा का कुरा भने हैनन् है ।

    ReplyDelete
  18. Aakar ji,
    I found one interesting article on the 'expanding (?)' or 'stretching' universe. please take a look at:
    http://curious.astro.cornell.edu/question.php?number=274
    Hope you will find it interesting too.

    ReplyDelete
  19. yeah, really interesting....
    plz try to find your answer...
    What is the universe expanding into?
    http://curious.astro.cornell.edu/question.php?number=274

    really a nice one.......
    दीपक जी यो माथि लिंक दे'को साइट ले यसो भन्छ है:
    "This is a very good question which is not at all easy to give a satisfactory answer to! "

    ReplyDelete
  20. आकार जी ,

    त्यसो त विज्ञानलाई हावाकै भरमा हावा भनेको कहाँ हो र अलिकति ठट्यौलो पारामा जिज्ञासा पोखेको मात्रै हो । ब्रम्हाण्ड फैलँदैछ भन्ने कुरामा जब यसको आदी र अन्त्यकै भेउ पाईएको छैन भने फैलँदैछ भन्न नि सकिंदैन फैलिरहेको छ भन्न नि सकिंदैन भन्ने कुरा हो मेरो , दिलीपजीले अयज्ञ भन्नुभएकै छ आँखिर यो हो नै त्यस्तै । म यसलाई अगणित भन्छु । जस्तै गणित भनेको हामीलाई थाहा छ हामी टाउको सामान्य टाउकोले सोच्नै नभ्याउने गणना भएका छन गणितमा तर गणितको अन्त्य कहाँ हो त ? मेरो जिज्ञासा गणितमा गन्न ठाउँ नै नरहने गरेर कुनै संख्या उल्लेख गर्न सकिन्छ त भन्ने हो , कसैले सकिन्छ यो संख्या भन्दा माथी गन्न सकिन्न भन्छ भने त्यसमा १ थप्दा के हुन्छ त ? जसरी यो अगणित हो त्यही आधारमा नै ब्रम्हण्डलाई फैलँदैछ भनिएको हो । ( मैले स्पस्ट भन्न सायदै सक्दिनं यसलाई म यस संग सम्बन्धित student सम्म नभएकोले तर म विश्वास गर्छु ब्रम्हण्ड फैलिरहेको छैन , मान्छेको दिमागको क्षमता गणितमा निरन्तर संख्या थपिएझैं बढिरहेको चैं हो र ब्रम्हण्डको मुलभुत आधार शुन्य हो (यो ब्ल्याक होल भनिएको पनि त्यहि शुन्यलाई नै हो पक्कै ।) जसरी अँकको मुलभुत आधार पनि शुन्य हो र बनावटमा अँक १ देखि ९ सम्म मात्रै अस्तित्व लिएका छन बाँकी संख्या थपिने कुरा शुन्यकै आडमा ति नै १ देखि ९ सम्म का अँकहरुकै चलखेल मात्र हो । यस्तै प्रकारको यौटा प्रक्रिया होला जस्तो लाग्छ मलाई पनि यसबारेमा तर सानो टाउको भएको मैले त झन यस्तै होला भन्न कहाँ सक्नु र ? तर यसबारेमा उत्सुकता चैं अत्यन्तै छ है मेरो पनि भलै धेरै बुझ्न धरी नसकुँला ।

    ReplyDelete
  21. yeah, really interesting....
    plz try to find your answer...
    What is the universe expanding into?
    http://curious.astro.cornell.edu/question.php?number=274

    really a nice one.......
    दीपक जी यो माथि लिंक दे'को साइट ले यसो भन्छ है:
    "This is a very good question which is not at all easy to give a satisfactory answer to! "

    ReplyDelete
  22. उसो भए म त पत्याउंदिन है आकार जी , यो ब्रम्हण्ड फैलँदैछ भनेर यहि नै यौटा यस्तो कुरा हो जस्को आदि पनि छैन अन्त्य पनि छैन , भनेपछि के फैलियो र फैलिएर कहाँ गयो भन्ने कुरा नै हुन्न नि , हैन र ? खै के आधारमा अरुको हावाकुरालाई माथी कमेण्टमा लेख्नुभयो तपाईंले जबकि यो हुन सक्छ या सक्दैन भन्ने मै तपाईँ विश्वस्त हुनुहुन्न । चन्द्रमामा निल आम स्ट्रङ्ग गएको भन्ने चै झुटो तस्विर हो भनेर प्रमाणित गरिएको कुरा लाई नै ठिक मान्छु म चैं ।

    ReplyDelete
  23. आकार जी , यो ब्रम्हाण्ड हजारौं किलोमिटर प्रति सेकेण्डको दरमा फैलिरहेको छ भन्ने चैं कसरी पत्याउनु ? फैलेर बढ्दै ग ईरहेको तर पुगिनसकेको भागको नाम चैं के हो ? अनि यो परिक्षणको परिणाम पनि सुनाउनुहोस है ?

    ReplyDelete
  24. वैज्ञानिक परिक्षणको म बिरोधि होईन तर म वैदिक दर्शनमा अलिकता झुकाव राख्‍ने भएकोले केहिकुरा भन्न चाहन्छु।

    सनातन धर्मको अनुशार संसारमा यस्ता केहिकुराहरु छन जसलाई 'अज्ञय' भनिन्छ । मतलब यौटा भयो थाहा भईसकेका कुरा, अर्को थाहा नभएको तर थाहा पाउन सकिने अनि अन्तिम हो यो अज्ञय (जुन थाहा पाउन सकिन्न) ।

    यो प्रयोगले पृथ्वि ध्वस्त हुदैन, तर यसले व्रह्माण्डको विस्तार र संरचनाको वारेमा कुनै ठोस जानकारि दिन पनि सक्दैन, खाली बन्दाकोभिको एक लेएर पात खोल्ने मात्रै हो ।

    यो महा प्रयोगले अस्तित्वको पुर्ण जानकारि दिन सक्दैन र यसबाट थाहा हुने यौटै कुरा के हो भने 'बन्दाकोभी को माथिको पात भित्र आर्को पनि यौटा पात रहेछ' । यो $ 10 billion खर्चले त्यहि अर्को पात पत्ता लाग्छ । तर पात भित्र पात र त्यस भित्र पनि पात निकाल्दै जाँदा अन्तमा 'शुन्य' मा पुगिन्छ जसलाई 'अज्ञय' भनिन्छ।

    ब्रम्हाण्डको उत्त्पत्ती र विस्तार जान्ने यो प्रयोग अगाडि वैज्ञानिकहरुले
    ऊं पूर्णमद: पूर्णमिदं, पूर्णात्पूर्णमुदच्यते।
    पूर्णस्य पूर्णामादाय, पूर्णमेवावशिष्य्ते ॥

    भन्ने शुत्र बुझेको भए यो महा प्रयोगको उर्जा अन्तै लगाउन सकिन्थ्यो ।

    सामन्य अबस्थामा एडस वा अझ मधुमेह वा रक्तचाप कै पु्र्ण उपचार गर्न नसक्ने मान्छेले देखेको निरर्थक'ठुलो' दिवा सपना हो हो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post