Skip to main content

अन्त्यहिन खोजाइ


अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु ।

अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ?

अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ ।

पूर्ण केही पनि छैन, कोही पनि छैन, सायद अन्त्य पनि त्यस्तै हो । जन्मेपछि मृत्यु अवश्यम्भावी छ, जन्मलाई सुरुवात मान्दा त मृत्यु नै अन्त्य हो । तर सायद अन्त्य भन्ने कुरा हाम्रो यो शरीर सँग पनि सम्बन्धित छैन । अन्यथा सुरुवात छ भने अन्त्य छ तर हामी विश्वास गर्छौँ आत्मा मर्दैन । तर पनि सुरुवात छ भने अन्त्य पनि हुनैपर्छ । खै, आफैँ दुविधा को भुमरी मा छु, अन्तिम विन्दु के होला भन्ने कौतुहलता बढ्दै गएको छ । सायद, बुद्धत्व प्राप्त गरे अन्त्य को पनि पत्ता लाग्थ्यो कि ?

मेरो खोजाइ को अन्त्य के हो ? के भेटियो भने, मैले मेरो खोजाइ को अन्त्य भएको मान्ने, म आफू कहिले अन्तिम विन्दु मा पुगेको मान्ने ? यहाँ बस्नलाई घर बनाइन्छ, तर उसको भन्दा ठूलो, या उसको भन्दा सानो ।

यदि कम्पेयर गरिन्छ भने यो कम्पेरिजन को अन्त्य के त ? कति भएपछि, कुन सतह मा पुगेपछि सन्तुष्ट भइन्छ त ?सायद अन्त्य को कुरा गर्दा मगज सन्केछ भनि भन्नुहोला तर अचानक एकदिन यो ‘अन्त्य’ भन्ने शब्द सँग ठोक्किन पुगेँ । त्यसपछि खोज्न थाल्दैछु, भलै शब्द मै सही तर पनि ‘अन्त्य’ को अर्थ रियला टाइममा खोज्दैछु । लिमिट भनेको कति हो ? अन्त्य को सूचक के होला ?

अहिले कोठा भाडा मा बस्नेलाई एउटा सिंगै फ्ल्याट लिन पाए हुन्थ्यो भन्ने लाग्छ, फ्ल्याट मा बस्नेलाई घर, अनि घर भएकोलाई त्यसको जस्तो वा त्यसको भन्दा ठूलो, त्यसको भन्दा उस्तो, भइदिए हुन्थ्यो जस्तो लाग्छ भने । सिम्पल लजिक, हाम्रो इच्छा र चाहना को अन्त्य के ? हामी पढ्छौँ, लेख्छौँ, काम मा घोटिन्छौँ, राजनिति का नाम मा रगत को खोला बगाउँछौँ, देश विदेश डुल्छौँ तर के का लागि ? सायद, हामी मा रहेको चाहना को परिणति हो, अनि चाहना को छेउटुप्पो भेट्न कठिन छ ।

ब्लग लेखियो ब्लगस्पट मा, आफ्नै डोमेन चाहियो । डोमेन भयो, अब अर्को कुरा चाहियो, त्यसपछि अर्को, उसको जस्तो ब्लग, उसको भन्दा राम्रो ब्लग । राम्रो नाप्ने, जाँच्ने कसी के ? मेरो लक्ष के ? अन्तिम विन्दु के ?

मान्छे सुविधा भोगी, सबैलाई सुविधा चाहिएको छ तर केलाई सुविधा मान्ने, के ले सुविधा को जाँच गर्ने ? ‘जेम्स बोन्ड’ को जस्तो सुविधा भए, हाम्रा सुविधाहरु को अन्त्य हुने हो र ? त्यो पनि हैन होला, प्रत्येक चलचित्रमा जेम्सबोन्ड झन् शक्तिशाली र नयाँ नयाँ सुविधा को प्रयोग गर्छन् भने यो सुविधा को अन्त्य छ र ? हो नि, जेम्स बोन्ड, झनै परिष्कृत भएर आउँदैछ, मान्छे को कल्पना शक्ति ले भ्याएसम्म को सुविधा जेम्स बोन्ड ले लिने गर्छत तर यो परिकल्पना भन्दा पर के त ? कहाँ पुगेपछि मान्छे को कल्पना को अन्त्य हुन्छ ?

एक सिक्का का दुई पाटा तर त्यो बिच को भाग नि ??? त्यो चाँहि के हो नि, कहाँ बाट तेस्रो पाटा निस्कियो ? दुई पाटा बन्न बिचमा अलिकति मोटाइ हुनै पर्छ, डाइमेनसन बिना एउटा सिक्का मा दुईपाटा हुन सम्भव छैन भने त्यो बिच को भाग को अन्त्य के ? त्यो बिच को भाग को मोटाइ कति हुँदासम्म, कति नानोमिटर हुँदासम्म सिक्का मा दुईटा पाटो रहन्छ ।

गणितिय हिसाब ले हेर्दा शुन्य अन्त्य होला तर त्यही शुन्य ले तहल्का मच्चाइदिन्छ, यदि शुन्य कुनै अंक सँग आयो भने । शुन्य को के मतलब, यसै भनिन्छ तर अरब र खरब मा कति अंकहरु हुन्छन्, फ्याट्ट भन्न पनि गाह्रो छ । साँच्चै भन्दा, यो अंकहरु को गणना को अन्त्य के हो ? सुपर कम्प्युटर अझै पनि अंक गणना गर्दैछ । लिमिट के होला, के हामी सँग केही आँकडा छ, अंक को अन्त्य बारे ।

के कसैले तोकिदिएको छ र ? यत्ति लेख, यत्ति गर भनेर ? सायद मगज सन्किन थाल्छ होला, विनाकाम मा यही अन्त्य के हो भनेर पछि लागेर खोज्दै जाने हो भने । थाहा छ, यस्ता कतिपय प्रश्नहरु को जवाफ हामी सँग छैन तर पनि बेला बेला हाम्रो यो दिमाग को एकपाटो ले यस्तै यस्तै कुराहरु सोचिदिन्छ ।

यस्ता कुराहरु को अर्थ खोज्नु निरर्थक छ भन्ने जान्दा जान्दै पनि, कहिलेकाँहि सोच्दै जाँदा धेरै टाढा पुगिने रहेछ । सुन्दा साधारण तर कुरा निकै गहिरो । हामी त एकैपटक मा साधारण जोड, घटाउ नि गर्न नसक्ने रहेछौँ । हामीले जति नै फुर्ति लाएपनि ‘२ र २’ एकैपटकमा जोडेर नतिजा भन्न सक्दैनौँ, २ मा २ जोड्दा दुई स्टेप नै हुन्छ । आफ्नो मनलाई साक्षि मानेर एक पटक ‘२ र २’ एकैपटक मा जोड्ने दुस्साहस गर्नुस् त ? सफल हुनुभयो भने भन्नुहोला है ।

यस्ता कुरा त धेरै छन्, अर्को साधारण कुरा, २४०० पर्ने कोठमा २ जना बस्दा १२०० तिर्नुपर्छ, १२ जना बसे २०० तिर्नुपर्छ अनि २४ जना बस्दा एकजना ले १०० रुपैयाँ तिरे पुग्छ भने, कुन परिस्थितिमा तिर्नुपर्ने रकम शुन्य हुन आउँछ । साधारण जवाफ, कोही नबसे केही तिर्नै पर्दैन तर यो त फेरी गणितिय नियम बाहिर गयो हैन र ? सोझो हिसाब, २४ जना बसे १०० रुपैँया तिर्नुपर्छ भने, धेरै मान्छे बस्दैगए पैसा थोरै तिर्दै जानुपर्छ, अनि शुन्य पनि सानो नै हो, अत: कति जना मान्छे बसे भने शुन्य रुपैँया तिर्नुपर्छ ? के रियलटाइम मा यसको नतिजा थाहा पाउन सकिन्छ ?

अन्त्यहिन यस्ता प्रश्नहरु हामी सबैको अचेतन मन मा कहीँ कतै लुकेर बसेको होला, कौतुहलता सबैलाई होला । किन यसो हुन्छ, किन यसो भयो, किन त्यस्तो भएन भन्ने कुरा त सबैलाई लाग्छै नै होला, अनि अन्त्य पनि के होला भन्ने लाग्छ नै होला । यस्ता छेउटुप्पा नभेटिने कुरामा यो अमुल्य समय, खर्च गर्नु पक्कै पनि मेरो मुर्खता मात्र हो । अत: तपाईहरु पनि आफ्नो नदुखेको टाउको नदुखाउनुहोस्, ‘सबै प्रश्न को जवाफ हुँदैनरहेछ’ ।

Comments

  1. आकारजी मलाई पनि हामी निरन्तर सुरुवातमा छौं जस्तो लाग्छ | अन्त्यका हिसाबहरू हाम्रा डरका कारणमात्र होलान | अर्थात् हाम्रा थकित आभासहरू होलान | यो अनन्ततामा अन्त्य सम्भब होला र ??? सोच्दै गरौँ न यहीं सोच पनि त अन्तिम होइन नि हैन ! ! मलाई त .....खै के खै के ..
    रमाईलो लाग्छ यस्तो सन्दर्भ मलाई |

    ReplyDelete
  2. साच्चै गहिरिएर सोच्ने हो भने -----
    सब बेकार लाग्छ ---- वास्तव मा सब बेकार नै हो ---- तर पनि जालोमा बेरिएका हामी मनुस्य -----
    ( आकार जि ! मान्छे मरे पछी मान्छेको आत्मा चाँही मोर्छ जस्तो मलाई पनि लाग्दइन । हामी निदाउछौ तर सपनामा कहाँ कहाँ पुगिरहेका हुन्छउ , कस्लाई कस्लाई भेटिरहेका हुन्छ्छौ । यो देख्दा आत्मा मर्छ जस्तो कत्ती पनि लाग्दइन )

    ReplyDelete
  3. आकारजी , शुरुवात नखोजी अन्त्य खोज्न लाग्नुभएछ क्यार । शुरुवात (आदि) खोजेर अर्को पोष्ट लिएर आउनुहोला मलाई विश्वास छ अन्त्य पनि तपाईंले भेट्नुहुनेछ । मैले त भेटिसकेको छु अन्त्यलाई तर अहिले म भन्दिनँ । भनेँ भने पनि तपाईं पत्याउनुहुने छैन ।

    ReplyDelete
  4. भन्छन नि, हरेक अन्तमा नयाँ सुरुवात पनि हुन्छ त्यसैले मलाई पनि यो सुरु र अन्तको खोज गरेर केही हातमा लाग्ला जस्तो लागेन है :)

    यहाँ सिक्काका दुई पाटा नै हल गर्न मुश्किल भएको बेलामा फेरि तपाईले झन 'तेस्रो पाटो'को समेत कुरा उठाईदिनु भयो । लौ, मैले त छाडेँ है खोज्न नै ... बरु दीपकजीसंग यसो गोप्य वार्ता गर्नु पर्ला जस्तो लाग्यो ।

    ReplyDelete
  5. A very wonderful monologue Anil...
    You have expressed a very complicated feeling and thought of mind in words....thats a great job indeed...

    There is no end to "end"...Life moves like a circle...Desires moves like a Circle... after all we are living in the world physically which is like a circle...There is no escape and there is no end to anything...Desires, Dreams, Aspiration,Feeling....

    Seems like all are out of control..Things are never in our control..events happen unexpectedly...things..happen unexpectedly....

    Here you have expressed about the end....the end to everything....but seems like it is really hard to find "The End"

    Great Job !!! I really liked this piece...

    ReplyDelete
  6. हामीले खालि हिसाब-किताब त गर्दै आयौँ नि जीवन जिउनुको साटो ।
    र पनि त्यो हिसाब-किताबको जरो र मुनाको पत्तो लागेन । त्यो त्यस्तै कुरा हो । दिमागलाई ढक बनाउने र मनलाई एकतमास । सोधखोज भने गर्नुपर्छ, तर केही छनक मिल्ने कुराको । ;)
    जे होस्, पोस्ट रोचक छ । घरमा कति जना बसेपछि तिर्नुपर्ने भाग शून्यमा झर्छ भन्ने दुनाइ हिसाब भने कुतकुतीदार लाग्यो है !

    ReplyDelete
  7. सोचाइ ठीक छ आकार जी, अन्त्य खोज्नुहोस् पाउनु त हुन्छ तर धेरै कठिन छ । सांसारिक बन्धन बाट अली टाढा गएर हेर्ने हो भने तपाईंले सुरुवात अनी अन्त्य दुबै देख्नु हुनेछ । जब त्यो थाहा पाउनु हुने छ तेस्पछी यो संसरिक जीवन जिउनै नपरे हुन्थ्यो भन्ने सोच्नु हुने छ ।

    सुरुवात छ भने अन्य पनि पक्कै छ। जहाँ सुरुवत हुन्छ अन्त्य पनि अबस्य छ ।

    ReplyDelete
  8. .....................................mero nadukhako tauko dukhauna man lagyo ra yo comment lakhthai chu.
    Aah, satyad room ma basnay munchay badhauthay jada munchay ko sankhaya dhary bhantha dhary bhai infinite no tira pugcha hola ra tyo infinite no ra zero(0) eky tira cha hola athawa auty hola.Ani tesh pachi khojai ko antya pani honcha hola.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post