Skip to main content

अन्त्यहिन खोजाइ


अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु ।

अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ?

अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ ।

पूर्ण केही पनि छैन, कोही पनि छैन, सायद अन्त्य पनि त्यस्तै हो । जन्मेपछि मृत्यु अवश्यम्भावी छ, जन्मलाई सुरुवात मान्दा त मृत्यु नै अन्त्य हो । तर सायद अन्त्य भन्ने कुरा हाम्रो यो शरीर सँग पनि सम्बन्धित छैन । अन्यथा सुरुवात छ भने अन्त्य छ तर हामी विश्वास गर्छौँ आत्मा मर्दैन । तर पनि सुरुवात छ भने अन्त्य पनि हुनैपर्छ । खै, आफैँ दुविधा को भुमरी मा छु, अन्तिम विन्दु के होला भन्ने कौतुहलता बढ्दै गएको छ । सायद, बुद्धत्व प्राप्त गरे अन्त्य को पनि पत्ता लाग्थ्यो कि ?

मेरो खोजाइ को अन्त्य के हो ? के भेटियो भने, मैले मेरो खोजाइ को अन्त्य भएको मान्ने, म आफू कहिले अन्तिम विन्दु मा पुगेको मान्ने ? यहाँ बस्नलाई घर बनाइन्छ, तर उसको भन्दा ठूलो, या उसको भन्दा सानो ।

यदि कम्पेयर गरिन्छ भने यो कम्पेरिजन को अन्त्य के त ? कति भएपछि, कुन सतह मा पुगेपछि सन्तुष्ट भइन्छ त ?सायद अन्त्य को कुरा गर्दा मगज सन्केछ भनि भन्नुहोला तर अचानक एकदिन यो ‘अन्त्य’ भन्ने शब्द सँग ठोक्किन पुगेँ । त्यसपछि खोज्न थाल्दैछु, भलै शब्द मै सही तर पनि ‘अन्त्य’ को अर्थ रियला टाइममा खोज्दैछु । लिमिट भनेको कति हो ? अन्त्य को सूचक के होला ?

अहिले कोठा भाडा मा बस्नेलाई एउटा सिंगै फ्ल्याट लिन पाए हुन्थ्यो भन्ने लाग्छ, फ्ल्याट मा बस्नेलाई घर, अनि घर भएकोलाई त्यसको जस्तो वा त्यसको भन्दा ठूलो, त्यसको भन्दा उस्तो, भइदिए हुन्थ्यो जस्तो लाग्छ भने । सिम्पल लजिक, हाम्रो इच्छा र चाहना को अन्त्य के ? हामी पढ्छौँ, लेख्छौँ, काम मा घोटिन्छौँ, राजनिति का नाम मा रगत को खोला बगाउँछौँ, देश विदेश डुल्छौँ तर के का लागि ? सायद, हामी मा रहेको चाहना को परिणति हो, अनि चाहना को छेउटुप्पो भेट्न कठिन छ ।

ब्लग लेखियो ब्लगस्पट मा, आफ्नै डोमेन चाहियो । डोमेन भयो, अब अर्को कुरा चाहियो, त्यसपछि अर्को, उसको जस्तो ब्लग, उसको भन्दा राम्रो ब्लग । राम्रो नाप्ने, जाँच्ने कसी के ? मेरो लक्ष के ? अन्तिम विन्दु के ?

मान्छे सुविधा भोगी, सबैलाई सुविधा चाहिएको छ तर केलाई सुविधा मान्ने, के ले सुविधा को जाँच गर्ने ? ‘जेम्स बोन्ड’ को जस्तो सुविधा भए, हाम्रा सुविधाहरु को अन्त्य हुने हो र ? त्यो पनि हैन होला, प्रत्येक चलचित्रमा जेम्सबोन्ड झन् शक्तिशाली र नयाँ नयाँ सुविधा को प्रयोग गर्छन् भने यो सुविधा को अन्त्य छ र ? हो नि, जेम्स बोन्ड, झनै परिष्कृत भएर आउँदैछ, मान्छे को कल्पना शक्ति ले भ्याएसम्म को सुविधा जेम्स बोन्ड ले लिने गर्छत तर यो परिकल्पना भन्दा पर के त ? कहाँ पुगेपछि मान्छे को कल्पना को अन्त्य हुन्छ ?

एक सिक्का का दुई पाटा तर त्यो बिच को भाग नि ??? त्यो चाँहि के हो नि, कहाँ बाट तेस्रो पाटा निस्कियो ? दुई पाटा बन्न बिचमा अलिकति मोटाइ हुनै पर्छ, डाइमेनसन बिना एउटा सिक्का मा दुईपाटा हुन सम्भव छैन भने त्यो बिच को भाग को अन्त्य के ? त्यो बिच को भाग को मोटाइ कति हुँदासम्म, कति नानोमिटर हुँदासम्म सिक्का मा दुईटा पाटो रहन्छ ।

गणितिय हिसाब ले हेर्दा शुन्य अन्त्य होला तर त्यही शुन्य ले तहल्का मच्चाइदिन्छ, यदि शुन्य कुनै अंक सँग आयो भने । शुन्य को के मतलब, यसै भनिन्छ तर अरब र खरब मा कति अंकहरु हुन्छन्, फ्याट्ट भन्न पनि गाह्रो छ । साँच्चै भन्दा, यो अंकहरु को गणना को अन्त्य के हो ? सुपर कम्प्युटर अझै पनि अंक गणना गर्दैछ । लिमिट के होला, के हामी सँग केही आँकडा छ, अंक को अन्त्य बारे ।

के कसैले तोकिदिएको छ र ? यत्ति लेख, यत्ति गर भनेर ? सायद मगज सन्किन थाल्छ होला, विनाकाम मा यही अन्त्य के हो भनेर पछि लागेर खोज्दै जाने हो भने । थाहा छ, यस्ता कतिपय प्रश्नहरु को जवाफ हामी सँग छैन तर पनि बेला बेला हाम्रो यो दिमाग को एकपाटो ले यस्तै यस्तै कुराहरु सोचिदिन्छ ।

यस्ता कुराहरु को अर्थ खोज्नु निरर्थक छ भन्ने जान्दा जान्दै पनि, कहिलेकाँहि सोच्दै जाँदा धेरै टाढा पुगिने रहेछ । सुन्दा साधारण तर कुरा निकै गहिरो । हामी त एकैपटक मा साधारण जोड, घटाउ नि गर्न नसक्ने रहेछौँ । हामीले जति नै फुर्ति लाएपनि ‘२ र २’ एकैपटकमा जोडेर नतिजा भन्न सक्दैनौँ, २ मा २ जोड्दा दुई स्टेप नै हुन्छ । आफ्नो मनलाई साक्षि मानेर एक पटक ‘२ र २’ एकैपटक मा जोड्ने दुस्साहस गर्नुस् त ? सफल हुनुभयो भने भन्नुहोला है ।

यस्ता कुरा त धेरै छन्, अर्को साधारण कुरा, २४०० पर्ने कोठमा २ जना बस्दा १२०० तिर्नुपर्छ, १२ जना बसे २०० तिर्नुपर्छ अनि २४ जना बस्दा एकजना ले १०० रुपैयाँ तिरे पुग्छ भने, कुन परिस्थितिमा तिर्नुपर्ने रकम शुन्य हुन आउँछ । साधारण जवाफ, कोही नबसे केही तिर्नै पर्दैन तर यो त फेरी गणितिय नियम बाहिर गयो हैन र ? सोझो हिसाब, २४ जना बसे १०० रुपैँया तिर्नुपर्छ भने, धेरै मान्छे बस्दैगए पैसा थोरै तिर्दै जानुपर्छ, अनि शुन्य पनि सानो नै हो, अत: कति जना मान्छे बसे भने शुन्य रुपैँया तिर्नुपर्छ ? के रियलटाइम मा यसको नतिजा थाहा पाउन सकिन्छ ?

अन्त्यहिन यस्ता प्रश्नहरु हामी सबैको अचेतन मन मा कहीँ कतै लुकेर बसेको होला, कौतुहलता सबैलाई होला । किन यसो हुन्छ, किन यसो भयो, किन त्यस्तो भएन भन्ने कुरा त सबैलाई लाग्छै नै होला, अनि अन्त्य पनि के होला भन्ने लाग्छ नै होला । यस्ता छेउटुप्पा नभेटिने कुरामा यो अमुल्य समय, खर्च गर्नु पक्कै पनि मेरो मुर्खता मात्र हो । अत: तपाईहरु पनि आफ्नो नदुखेको टाउको नदुखाउनुहोस्, ‘सबै प्रश्न को जवाफ हुँदैनरहेछ’ ।

Comments

  1. आकारजी मलाई पनि हामी निरन्तर सुरुवातमा छौं जस्तो लाग्छ | अन्त्यका हिसाबहरू हाम्रा डरका कारणमात्र होलान | अर्थात् हाम्रा थकित आभासहरू होलान | यो अनन्ततामा अन्त्य सम्भब होला र ??? सोच्दै गरौँ न यहीं सोच पनि त अन्तिम होइन नि हैन ! ! मलाई त .....खै के खै के ..
    रमाईलो लाग्छ यस्तो सन्दर्भ मलाई |

    ReplyDelete
  2. साच्चै गहिरिएर सोच्ने हो भने -----
    सब बेकार लाग्छ ---- वास्तव मा सब बेकार नै हो ---- तर पनि जालोमा बेरिएका हामी मनुस्य -----
    ( आकार जि ! मान्छे मरे पछी मान्छेको आत्मा चाँही मोर्छ जस्तो मलाई पनि लाग्दइन । हामी निदाउछौ तर सपनामा कहाँ कहाँ पुगिरहेका हुन्छउ , कस्लाई कस्लाई भेटिरहेका हुन्छ्छौ । यो देख्दा आत्मा मर्छ जस्तो कत्ती पनि लाग्दइन )

    ReplyDelete
  3. आकारजी , शुरुवात नखोजी अन्त्य खोज्न लाग्नुभएछ क्यार । शुरुवात (आदि) खोजेर अर्को पोष्ट लिएर आउनुहोला मलाई विश्वास छ अन्त्य पनि तपाईंले भेट्नुहुनेछ । मैले त भेटिसकेको छु अन्त्यलाई तर अहिले म भन्दिनँ । भनेँ भने पनि तपाईं पत्याउनुहुने छैन ।

    ReplyDelete
  4. भन्छन नि, हरेक अन्तमा नयाँ सुरुवात पनि हुन्छ त्यसैले मलाई पनि यो सुरु र अन्तको खोज गरेर केही हातमा लाग्ला जस्तो लागेन है :)

    यहाँ सिक्काका दुई पाटा नै हल गर्न मुश्किल भएको बेलामा फेरि तपाईले झन 'तेस्रो पाटो'को समेत कुरा उठाईदिनु भयो । लौ, मैले त छाडेँ है खोज्न नै ... बरु दीपकजीसंग यसो गोप्य वार्ता गर्नु पर्ला जस्तो लाग्यो ।

    ReplyDelete
  5. A very wonderful monologue Anil...
    You have expressed a very complicated feeling and thought of mind in words....thats a great job indeed...

    There is no end to "end"...Life moves like a circle...Desires moves like a Circle... after all we are living in the world physically which is like a circle...There is no escape and there is no end to anything...Desires, Dreams, Aspiration,Feeling....

    Seems like all are out of control..Things are never in our control..events happen unexpectedly...things..happen unexpectedly....

    Here you have expressed about the end....the end to everything....but seems like it is really hard to find "The End"

    Great Job !!! I really liked this piece...

    ReplyDelete
  6. हामीले खालि हिसाब-किताब त गर्दै आयौँ नि जीवन जिउनुको साटो ।
    र पनि त्यो हिसाब-किताबको जरो र मुनाको पत्तो लागेन । त्यो त्यस्तै कुरा हो । दिमागलाई ढक बनाउने र मनलाई एकतमास । सोधखोज भने गर्नुपर्छ, तर केही छनक मिल्ने कुराको । ;)
    जे होस्, पोस्ट रोचक छ । घरमा कति जना बसेपछि तिर्नुपर्ने भाग शून्यमा झर्छ भन्ने दुनाइ हिसाब भने कुतकुतीदार लाग्यो है !

    ReplyDelete
  7. सोचाइ ठीक छ आकार जी, अन्त्य खोज्नुहोस् पाउनु त हुन्छ तर धेरै कठिन छ । सांसारिक बन्धन बाट अली टाढा गएर हेर्ने हो भने तपाईंले सुरुवात अनी अन्त्य दुबै देख्नु हुनेछ । जब त्यो थाहा पाउनु हुने छ तेस्पछी यो संसरिक जीवन जिउनै नपरे हुन्थ्यो भन्ने सोच्नु हुने छ ।

    सुरुवात छ भने अन्य पनि पक्कै छ। जहाँ सुरुवत हुन्छ अन्त्य पनि अबस्य छ ।

    ReplyDelete
  8. .....................................mero nadukhako tauko dukhauna man lagyo ra yo comment lakhthai chu.
    Aah, satyad room ma basnay munchay badhauthay jada munchay ko sankhaya dhary bhantha dhary bhai infinite no tira pugcha hola ra tyo infinite no ra zero(0) eky tira cha hola athawa auty hola.Ani tesh pachi khojai ko antya pani honcha hola.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

वनेपा मा बाढि

गएराती देखि बिहान अबेर सम्म लगातार पानी परिरह्‍यो । खडेरी लागेको र गर्मी बढेका कारण पनि धेरै पछि परेको पानीले धेरैलाई आड भरोसा दिएको छ । पर्दा फिटिक्कै नपर्ने अनि पर्दा अत्याधिक पर्ने भएका कारण आज केही ठाउँको जनजिवन प्रभावित रहे । काठमाडौँ मा त थुप्रिएको फोहोर अनि त्यस माथि परेको पानी का कारण सडक मा हिँडिनसक्नु भएको छ । त्यस्तै मनोहरा खोला किनारा मा बसोबास गर्ने सुकुम्बासीहरुलाई पनि बाढि ले प्रभावित गरेको छ । यसैगरि भक्तपुर को ठिमी क्षेत्रमा पनि हनुमन्ते खोला मा आएको बाढिका कारण जनजिवन अस्तव्यस्त बनेको छ । बाढि घरभित्र पसेको छ, अनि रोड बाट पनि बाढि बगेको छ । हिम इलेक्ट्रोनिक्स, श्रद्धा नर्सिङ क्याम्पस, सा:ख टोरस्टिल को डिपो, श्यामा श्यामा धाम जलमग्न देखिन्थे । त्यस्तै वनेपा को पश्चिमी छेउ मा रहेको पुण्यमति खोला मा बाढि आएका कारण दिउँसो केही घन्टा सडक अबरुद्ध भएको थियो । खोला बाट बग्नुपर्ने पानी सडक बाट नै बग्न थालेपछि, यातायात आवागमन ठप्प बनेको थियो । पछि बेलुका ४ बजे तिर देखि एक एक ओटा गर्दै पालै पालो गाडिहरु पास गराइएको थियो । बाढि प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा प्रहरी परिचालन

ठगाईमा उपभोक्ता

के तपाईहरुलाई थाहा छ, एनटिसि, स्पाइस र युटिएल का रिचार्ज कार्डहरुका कारण ठूलो संङ्ख्यामा उपभोक्ता ठगिएकाछन् भने व्यापारीहरु यसैबाट लाखौँ कुम्ल्याउँदै छन् । खासमा याद नगरिने तर प्राय: सँधै खड्किने कुरा हो, ब्यालेन्स ट्रान्सफर या नयाँ रिचार्ज कार्ड किन्दा त्यससँगै व्यापारीलाई दिनुपर्ने चार्ज । चाहे तपाई, १०, २०, ५० या १०० वा २०० कै रिचार्ज किन नगर्नुहोस्, व्यापारीहरु ले हामी बाट ५ रुपैँया बढि लिन्छन् । १० को रिचार्ज गर्नुपरे, १५ रुपैँया, अनि १०० को रिचार्ज गर्नु परेपनि १०५ रुपैँया । विचार गरौँ त, व्यापारीहरुले १०० रुपैँया कै कार्डबाट अधिकतम ५० रुपैँया सम्म कमाउन सक्ने रहेछन्, यदि त्यसबाट १० जनाले १०-१० रुपैँया को रिचार्ज गरेमा ! नेपाल टेलिकम ले ५० र १०० रुपैयाँ को रिचार्ज कार्डहरु भर्खरै निकालेको छ । अनि ती कार्डहरुमा अधिकतम खुद्रा मुल्य भनेर क्रमश ५१ रुपैँया र १०२ रुपैँया राखिएको छ, भ्याट सहित । तर ती कार्डहरु आम उपभोक्ता ले किन्दा भने क्रमश ५५ रुपैयाँ र १०५ रुपैँया पर्ने गरेको छ, अझ उस्तै ठाऊँमा परे १०० रुपैँया को कार्डलाई ११० रुपैँया नै लिनेगरिएको छ । के व्यापारीहरुले, साइबर क्याफे, प

पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]

“आप कहाँ तक जाएंगे?, रक्सौल रक्सौल” बिरगंज बसपार्कमा ओर्लन नपाइ एउटा टाङ्गावालाले सोध्यो । वास्ता गरिन, यतै तिर हो भनेर हात ले ईशारा गरेँ । १३ जुन सोमबार, बिहानको ११ बज्दै थियो, घर बाट यस्तै ८ बजे तिर हिँडिएको थियो । ब्याग भारी भएपनि बोक्न सकिने किसिमको भिर्ने ब्याग (ब्याकप्याक) थियो । त्यो ब्यागभित्र ल्यापटप सहितको अर्को ब्याग पनि अटाएको थियो । पहिलो पटक, म रक्सौल छिर्दै थिएँ, अझ भनौँ मेरो लागि पुरै नौलो यात्रा थियो । पहिलो पटक, विरानो ठाउँमा एक्लै जाने हिम्मत पलाएको थियो, तर घरमा भने साथी खोजेर जानु, एक्लै नजानु भनेर धेरै पिर गरिरहनुभएको थियो । एक्लो यात्रा गर्ने भए पनि, मनमा कुनै किसिमको डर रत्तिभर थिएन, आफूलाई भनेको ठाउँमा सकुशल पुग्छु, ठगे त्यही ५०-१०० ठग्लान्, त्यति ठगिएपनि मतलब छैन, सबै सिकिन्छ बिस्तारै भन्ने जस्तो लागिरहेथ्यो । नयाँरोडमा आएर बस चढियो, जनकपुर बिरगंजको । मिनिबस साह्रै भिड थियो, म ब्याग बोकेर भित्र छिरेँ, खलासी कराउन थाल्यो । ब्याग यता दिनु डिक्कीमा हाल्नुपर्छ, भित्र खाली छैन, मान्छे उभ्न त त्यस्तो गाह्रो छ । तर म ब्याग आफू सँगै राख्ने मनस्थितिमा थिँए । घरमा ममी

प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् । मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अ

म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु । समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप । मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए ।

Subscribe to Aakar Post