Skip to main content

जहाँ समस्या, त्यहाँ सजिलो मर्मत सेवा

घरमा धारा बिग्रियो? टिभी वा फ्रिज बिग्रियो? कसलाई सम्पर्क गर्ने? कता बनाउन जाने? कसरी लाने? यो मेरो मात्र होइन, हामी प्राय: सबैको समस्या हो । यही समस्याको समाधान घर-घरमै गएर गर्न सजिलो मर्मत सेवा आइपुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर भित्र घर-घरमै पुगेर सेवा दिने लक्ष्य सहित स्थापना भएको सजिलो मर्मत सेवाले प्लम्बिङ, विद्युत, कम्प्युटर हार्डवेयर, नेटवर्किङ तथा अन्य घरायसी सामाग्रीहरुको जडान तथा मर्मत सेवा प्रदान गर्छ ।


सजिलो मर्मत सेवाका अनुसार, कम्पनीमा १ सय भन्दा धेरै अनुभवी प्लम्बर र इलेक्ट्रिसियनहरु उपलब्ध छन् । आफ्ना टेक्निसियनहरु काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा छरिएर रहेका हुनाले सेवा छिटो र भरपर्दो हुने कम्पनीको दावी छ । "जहाँ समस्या, त्यहाँ सजिलो" मन्त्र सहित आएको कम्पनीले सेवाग्राहीका लागि वार्षिकरुपमा करार तथा आवश्यकता अनुसार 'अन कल' सुविधा दिने जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत रहँदा, आफूले घरायसी मर्मत सेवा सम्बन्धि सुविधा पाउन अप्ठ्यारो रहेको तर अर्कोतिर टेक्नीसियनहरुले बजारमा चाहिएको मात्रामा ग्राहक र काम नपाएको महशुस गरेर सजिलो मर्मत सेवाको कन्सेप्ट आएको संस्थापक सुजित रेग्मी बताउँछन् । सजिलो मर्मत सेवा सुजित रेग्मी तथा उनका साथीहरुले काठमाडौँ विश्वविद्यालयको हाताभित्रैबाट सुरु गरेका हुन् । उद्यमी विकास कार्यक्रम अन्तर्गत नेपाल टेलिभिजनमा सुचारु 'आइडिया स्टुडियो - सिजन २' मा, यो समूहले राम्रो प्रशंसा पाएको थियो ।

हुन त यसअघि पनि घरमर्मत सेवा सजिलो बनाउन होम रिपेयर एप लगायतका कम्पनीहरु आइसकेकाछन् । कतिपय कम्पनी बन्द भइसके भने केही अझै सञ्चालनमा छन् ।  नाम अनुसारकै काम हुन सकोस्, सजिलो मर्मत सेवालाई शुभकामना ।

Comments

Subscribe to Aakar Post