Skip to main content

Gmail : थाहा नभएको पाटो


कुनै अरुलाई पठाइएको ईमेल तपाईको ईनबक्स आइपुग्यो भने तपाईलाई कस्तो लाग्छ ? या भनौँ तपाईले पठाएको ईमेल अरुलाई पुग्यो भने कस्तो महशुस हुन्छ ? अझ अरु कसैलाई पठाएका धेरै गोप्य कुराहरु तपाईले आफ्नो इनबक्समा सरासर आउन थाल्यो भने, तपाई के सोच्नुहुन्छ, के गर्नुहुन्छ ? आज म आफूले भोगेको कुरा चर्चा गर्दैछु ।

मेरो ईमेल [email protected] मा केही महिना देखि एउटा कम्पनीलाई पठाइको ईमेलहरु आउनथाले । हुन त सबैभन्दा पहिले गुगल ले नै आफ्नो ईमेल हो भनेर भेरिफाइ गर्नुभनेर एउटा इमेल पठाएको थियो । तर म निकै कन्फ्युजनमा परेँ, कारण आफूले नबनाएको ईमेल लाई किन आफ्नो भनेर भेरिफाइ गर्न लगाइरहेछ भनेर, अनि त्यस ईमेल को लिंकमा क्लिक गरिन, लाग्यो झुक्किएर मेरो इनबकक्स मा आइपुगेको होला । कारण कहिलेकाँहि, गुगलले मलाई दोहोर्‍याएर ईमेल पठाउने गरेको छ, पहिलो ईमेल झुक्किएर आएको भन्दै । न कसैले एकाउन्ट ह्‍याक गर्न लागेको हो कि भन्ने शंकाको कारण पनि मैले त्यो ईमेल भेरिफाइ गरिन । कुरा यत्तिमै टुंगिएको थियो ।

त्यो कुरा बिर्सिसकेको थिँए, तर केही दिनपछि मेरो ईनबक्समा एउटा कम्पनी को ईमेल आयो । मैले केही सोच्नै सकिन, किन यस्तो ईमेल मलाई आयो भनेर । कम्पनी कुनै काल्पनिक थिएन, अझ रमाईलो कुरा कम्पनीको नाम 'आकार द डिजाइनर' थियो । अचम्म नपर्नुहोस्, यो कम्पनी पुतलीसडकमा छ, र यो ग्राफिक डिजाइनिङ तथा एड्एजेन्सी हो । मैले फेरी सोचेँ झुक्किएर ईमेल आएको होला । तर फेरी केही दिनपछि अर्को ईमेल पनि आयो, त्यही कम्पनीलाई आएको ईमेल । अनि ईमेल मा केही डिल गरिएको थियो कम्पनीसँग, भन्न को मतलब बाहिरको डिजाइनिङ अर्डर आदि आएको थियो । अझ एउटा कम्पनी को लेटरहेड पनि आएको थियो । म झन् झन छक्क पर्दैगएँ । अझ अचम्म को कुरा त के थियो भने, त्यो आएका ईमेल मा मेरो ठेगाना थिएन । अर्थात, [email protected] मा आएका ईमेलहरु [email protected] मा आइरहेको थियो । मैले के भएको केही बुझ्न सकिँन । म साह्रै कन्फ्युज भएँ, त्यही पनि एउटा कुरा याद गरेँ, मेरो आइडिमा 'डट' छ बिचमा तर मलाई आएको ईमेलमा 'डट' छैन । सोचेँ, कम्पनीको ईमेल पनि मेरो जस्तै छ कि क्या हो ?

अस्तिको हप्ता काठमाडौँ गएको थिएँ । न्युरोड, रत्नपार्क, बागबजार हुँदै पुतलीसडक पुगेँ, बस चढ्नका लागि । तर मेरो आँखा एक्कासी 'आकार – द डिजाइनर' भन्ने बोर्डमा पुगे । मलाई के गरौँ के गरौँ भयो, त्यहाँ गएर यो अफिसको ईमेल मेरो मा आयो भनौँ कि भन्ने सोच आयो, तर फेरी डर लाग्यो, न उल्टै मलाई थर्काउने हुन् कि भनेर ! त्यहीपनि अरु को ईमेलमा गोप्य कुराहरु हुनसक्ने भएकोले, त्यस्ता ईमेलहरु हामीले हेर्दा, उनीहरुलाई ठूलो घाटा पनि हुन सक्छ भनेर, साँचो कुरा बताइदिन्छु भनेर हिम्मत गरेँ । अफिस माथिल्लो तल्ला मा थियो, म जाउँ कि नजाउँ गर्दै, सोच्दै सोच्दै भर्‍याङ चढ्दै गएँ ।

माथि अफिसमा त पुगेँ, सबै काम मा तल्लिन थिए, कसलाई के भन्ने म अलमल मा परेँ, फेरी के भनेर बुझाउने मैले भनेर नि अलमल मा परेँ म । त्यही पनि हिम्मत गरेर, एकजनालाई भनेँ, 'एउटा कुरा इन्फर्म गरिदिउँ भनेर आ'को, तपाईको अफिसको सबै ईमेलहरु मेरो इनबक्स मा जानथाल्यो' । त्यो मान्छे ले सायद अलमल मा पर्‍यो मेरो कुरा ले, अनि उसको बोस लाई भन्यो । एउटा केटा आ'को छ, यसो-यसो भन्दै छ भनेर । अनि उनलाई भेट्न गएँ । मैले आफ्नो परिचय दिँए र भने, 'तपाईको अफिसको ईमेलहरु मेरो ईनबक्स मा आएको छ' । उनी झस्किए हैन के भन्दैछौ तिमी भनेर । मैले भने मेरो आइडि [email protected] मा तपाईको ईमेलहरु आइरहेको छ, म छक्क परिरा'को छु, के भा'को हो भनेर । के छ ईमेल मा उनले सोधे, मैले भने तपाईलाई आएका ईमेलहरु । बरु हेरौँ न म देखाइदिन्छु भने, अनि मैले आफ्नो इनबक्स साइनईन गरेर त्यो कम्पनीका ईमेलहरु देखाइदिँए । त्यतीबेला उनको अनुहार हेर्न लायक बनेको थियो, निकै छटपटि थियो । कसरी यस्तो भयो, न उनलाई थाहा थियो, न मलाई । अनि मैले भनेँ, कतै तपाईहरुको ईमेल आइडि [email protected] त होइन ? होइन, हाम्रो ईमेल त yahoo मा छ, तर त्यो अगाडिको 'इन्फोआकार @ याहु' । झनै पो गडबढ लाग्न थाल्यो, मैले जे गेस गरेको थिँए, त्यो पनि होइन रहेछ । कम्पनीका बोस्, मेरो इनबक्समा आएका ईमेलहरु हेरेको हेरेकै गर्न थाले । कसरी यस्तो भयो ?

मलाई पनि थाहा थिएन, किन यस्तो भयो । उनीहरुको एउटा आइडि gmail मा र अर्को yahoomail मा रहेछ । तर gmail को आइडि उनीहरु कसैको नाम बाट थियो भने, yahoo को आइडि चाँहि मेरो gmailआइडि जस्तै थियो तर पनि उनीहरुको ईमेलआइडिमा डट थिएन, मेरो मा डट थियो । अनि अझ अचम्म त, ईमेल प्रदायक पनि भिन्न भिन्न थिए । एउटा yahoo अर्को google । दिमाग ले काम नगर्ने भयो, एकछिन त्यहीँ बसिरहेँ ।

मैले भने, बरु तपाईहरु आफ्नो 'जिमेल' आइडि चेक गर्नुहोस् त कतै फर्वार्ड अथवा रिप्लाईमा त मेरो आइडि हाल्नुभएको छैन झुक्किएर, त्यही एउटा डट को कुरा त हो । उनीहरु ले आफ्नो जिमेल आइडि खोले, मैले सेटिङमा जानुस् भने, त्यसपछि फर्वार्डमा हेरियो केही छैन, अनि रिप्लाई टु भन्ने मा हेरियो त्यहाँ रहेछ, [email protected] । तर झन् अर्को अचम्म उनीहरुको त gmail मा यो आइडि नै रहेनछ, yahoo मा मात्र यो आइडि रहेछ, अनि लेख्ने बेला झुक्किएर yahoo को ठाउँमा gmail लेखेका रहेछन् । यति कुरा त ठिक भयो, अब मेरो मा ईमेल आउँदैन होला भन्ने लाग्यो । उनीहरु ले त्यो आइडि yahoo मा राखे । कम्पनीका बोस ले केही भए, फोन गर्नुहोस् भन्दै, उनको कार्ड दिए भने मेरो पनि परिचय सबै टिपेर राखे । अनि यति महत्वपुर्ण कुरा भनिदिएको मा धन्यवाद पनि दिए । उनीहरु पनि खुशी देखिए, म पनि मख्ख परेँ, केही राम्रो काम गरेको जस्तो लाग्यो ;) !

त्यहाँ बाट त हिँडे, तर मेरो मन मा त त्यही आइडि को कुरा खेलिरहेको थियो । कसरी यस्तो भयो भनेर सोच्न थालेँ । लाग्यो gmail को आर्टिफिसियल ईन्टेलिजेन्स तगडा रहेछ, कारण [email protected] भन्ने आइडि gmail मा छैन, तर उनीहरुले रिप्लाई टु एडरेस मा यही आइडि राखेका छन्, yahoo राख्नुपर्ने ठाउँमा । अनि जिमेल ले त्यो आइडि ([email protected] )नभेटेर, मेरो आइडि ([email protected] ) मा ईमेल पठाएको होला जस्तो लाग्यो । तर पनि यो त मेरो सोचाइ भयो, गाँठि कुरा के रहेछ भनेर जान्ने निकै उत्सुकता जाग्यो ।

मैले आफ्नो एउटा ईमेल आइडिबाट, [email protected] ईमेल पठाएँ, लेखेको थिँए, यो परिक्षण ईमेल हो, यो ईमेल एड्रेस छ कि, छैन भनेर चेक गर्न ईमेल पठाइरहेको छु, कसैले पाउनुभए मा पनि रिप्लाई नगर्नुहोला ! ईमेल पठाउने बित्तिकै मेरो अर्को ब्राउजरमा खोलेको आइडि [email protected] मा पो ईमेल आउँछ । मेरो अनुमान सहि नै हो कि जस्तो लाग्यो । तर पनि कौतुहलता त अझै बाँकि थियो, आखिर कसरी अरु नै आइडिमा पठाएको ईमेल मेरै आइडिमा आइरहेको छ भनेर । मैले सोच्नै सकिन के हुँदैछ भनेर । तब मैले भर्खर अर्को ब्राउजरमा खोलेको [email protected] आइडि मा ईमेल को डिटेल हेरेँ, मैले पठाएको ईमेल हो, सबैकुरा उही नै छ मात्र पाउने को आइडि फरक छ, डटले गर्दा । अनि त्यहीँ जिमेल मा थियो,To: [email protected] (Yes, this is you.) Learn more । अब भने केही फेला पर्ला र गाँठि कुरा पत्ता लाग्ने छाँट देखियो, म मनमनै मख्ख परेँ ।

जिमेल ले दिएको लिंक हेरेँ, सबैकुरा प्रस्ट भयो । खासमा जिमेल ले एउटा नाम युज मा आएपछि, त्यही नाम को बिचमा अरु डट राखेर आइडि बनाउँन दिँदो रहेनछ । जस्तो [email protected] मेरो आइडि भयो, अब अरु कसैले [email protected] आइडि बनाउन नसक्ने रहेछन् । जिमेल ले आइडिमा भएको 'डट' हरुलाई बुझ्दोरहेनछ । उनीहरुले ईमेल मा रिप्लाइ एड्रेस गल्ति ले राखेका थिए, याहु को ठाउँमा जिमेल, तर मेरो आइडि नराखिकनै उनीहरुको ईमेल मेरो मा आएको थियो । एउटा निकै ठूलो कुरा बुझेको जस्तो भयो । अत: तपाईहरु पनि होश गर्नुहोस् है, जिमेलको forwarding or reply to address मा झुक्किएर अरु नै आइडि राख्नुभएको त छैन । कहिलेकाँहि सानो कुरा याद नगर्दा ठूलो दुर्घटना हुनसक्छ है ।

लौ, जिमेल ले लेखेको कुरा चाँहि यस्तो छ है !

Receiving someone else's mail
There are three common reasons why Gmail users think they're receiving someone else's mail.

Your address is similar but has more or fewer dots (.) or different capitalization.

Sometimes you may receive a message intended for someone whose address resembles yours but has a different number or placement of dots. For example, your address might be [email protected], but the message was sent to a [email protected]. What's going on?

Gmail allows only one registration for any given username. Once you sign up for a particular username, any dot or capitalization variations are made permanently unavailable for new registration. If you created [email protected], no one can ever register [email protected], or [email protected]. Furthermore, because Gmail doesn't recognize dots as characters within usernames, adding or removing dots from a Gmail address won't change the actual destination address.

Messages sent to [email protected], [email protected], and [email protected] are all delivered to your inbox, and only yours.
If you're [email protected], no one owns [email protected], except for you. Sending mail to [email protected] is the same as sending mail to [email protected], or even [email protected]. If you're getting mail addressed to [email protected], most likely someone was trying to send a message to [email protected], or [email protected], and made a mistake. You might even get messages from mailing lists or website registrations because the intended recipient accidentally provided the wrong email address. In these cases, we suggest contacting the original sender or website when possible to alert them to the mistake.

For security reasons, when you log in to Gmail, you must enter any dots that were originally defined as part of your username.

Note: Google Apps recognizes dots. If you'd like to receive mail with a dot in your username, please ask your domain administrator to add the desired username as a nickname.

src: http://mail.google.com/support/bin/answer.py?hl=en&ctx=mail&answer=10313



Comments

  1. WoW !!! Hats Off. Wat a Shame hagi???
    N Thankx for sharing such a Marvellous Stuff.

    ReplyDelete
  2. Wow!! i didnot know that ... thanks for sharing...

    ReplyDelete
  3. राम्रो जानकारी बाँड्नुभएकोमा धन्यवाद ।

    ReplyDelete
  4. एकदमै रोचक र जानकारी मुलक रह्यो तपाईको यो पोष्ट । पढ्दा खेरी म पनि सोच्दैं थिएँ 'यो कसरी सम्भव छ र?"

    यो 'डट' लाई जिमेलले कुनै भ्याल्यु नदिएपछि त एकै जानाको नाममा ४-५ वटा ईमेल बन्ने पो रहेछ।

    सायद तपाईलाई त थाहा होला, यसै प्रसंगमा अरु साथीहरुलाई भने एउटा अर्को कुरा पनि बाँढदै छु:

    जिमेलमा एउटा ईमेल आईडी बनाएपछि एउटा फ्री मा त्यसै पाईन्छ।
    अर्थात तपाईको आईडी

    [email protected] छ भने तपाईले [email protected] लाई पनि आफ्नो ईमेलको रुइमा प्रयोग गर्न र सो ठेगानामा पठाईएको ईमेल प्राप्त गरन सक्नु हुन्छ ।

    तपाईको पोष्ट पढेपछि भर्खरै हेरको त यो @googlemail.com मा पनि 'डट' को मतलब नहुने रहेछ।

    त्यसैले तपाईले:

    abcd.efgh, ab.cd.ef.gh a.b.c.d.e.f.g.h जे गेर पनि हुने रहेछ फेरी डोमेनको ठाँउमा पनि gmail.com googlemail.com गरे पनि हुने हूँदा एकजनाको ईमेल १० वटा बनाए पनि हुने रहेछ ।

    एकदमै जानकारी मुलक पोष्टको लागी धन्यवाद ।

    ReplyDelete
  5. OK.
    interesting information. I didnt know about this. I must say it will help me in someway someday. Thanks for letting us know ! And great work while informing the poor designing guys :)

    Bibek

    ReplyDelete
  6. Thanks for good and informative post, Aakar ji!

    ReplyDelete
  7. गजबको प्रसङ्ग पढ्न पाइयो । प्रविधिका हेक्का नरहेको दिमागले यस्तो पनि हुँदो रहेछ भनेर दङ्ग पर्नुसिवाय अरू कुरा चाहिँ ठम्याउन सकेन है आकार जी । गुगल जस्तो प्रतिष्‍ठित कम्पनीले पनि यति हिसाब नराख्नुमा चाहिँ केही कारण पक्कै होला ।
    जे होस्, यो जानकारीमूलक सावधानीको लागि धन्यवाद !

    ReplyDelete
  8. very interesting!
    Dot in the user name seemed very lucrative in the beginning instead of underscore. Many people actually used it because of its point sized beauty, but your story shows the other part of the story!

    That means they provided the dot for nothing!

    ReplyDelete
  9. Nikai ramailo lagyo...yo post padda....

    Thanks forhtis information....very much informative..

    ReplyDelete
  10. very informative aakar bro !!! thanx !!

    ReplyDelete
  11. really nice post. very informative. Thanks a lot.

    ReplyDelete
  12. Interesting... ajab gajab cha internet ko duniya... :)

    ReplyDelete
  13. aakar bro, nice story.

    have you check out their latest feature?? 'UNDO' mail sent?? Check it out, I've written something on it : http://www.meroguff.com/2009/03/gmail-adds-undo-option-for-any-mail.html

    I've tons of fav gmail tips here:
    http://www.meroguff.com/2007/04/gmail-tips.html

    Check out their themes for ur inbox.

    Use Google Gear for offline internet users to back up all mails locallly..

    or you can use thunderbird to backup safely all mails..

    Google occasionally and mysteriously deletes ur mails.. believe it or not..

    tk care

    ReplyDelete
  14. Yes, Navin bro...m regularly visit ur blog...and thns for this info once again...

    ReplyDelete
  15. thanks dude...
    tha thyeena.. yesto raheecha gmail ko .. chalan

    ReplyDelete
  16. Aakar ji,
    That guy is my friend. :D What a coincidence.
    It had been quite some time (6 years I guess.) I hadn't met him and I didn't have his email id.
    Thank you for the information -- will write him an email... will tell him about you :D

    ReplyDelete
  17. Aakar ji,
    That guy is my friend. :D What a coincidence.
    It had been quite some time (6 years I guess.) I hadn't met him and I didn't have his email id.
    Thank you for the information -- will write him an email... will tell him about you :D

    ReplyDelete
  18. aakar bro, nice story.

    have you check out their latest feature?? 'UNDO' mail sent?? Check it out, I've written something on it : http://www.meroguff.com/2009/03/gmail-adds-undo-option-for-any-mail.html

    I've tons of fav gmail tips here:
    http://www.meroguff.com/2007/04/gmail-tips.html

    Check out their themes for ur inbox.

    Use Google Gear for offline internet users to back up all mails locallly..

    or you can use thunderbird to backup safely all mails..

    Google occasionally and mysteriously deletes ur mails.. believe it or not..

    tk care

    ReplyDelete
  19. OK.
    interesting information. I didnt know about this. I must say it will help me in someway someday. Thanks for letting us know ! And great work while informing the poor designing guys :)

    Bibek

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post