Skip to main content

Gmail : थाहा नभएको पाटो


कुनै अरुलाई पठाइएको ईमेल तपाईको ईनबक्स आइपुग्यो भने तपाईलाई कस्तो लाग्छ ? या भनौँ तपाईले पठाएको ईमेल अरुलाई पुग्यो भने कस्तो महशुस हुन्छ ? अझ अरु कसैलाई पठाएका धेरै गोप्य कुराहरु तपाईले आफ्नो इनबक्समा सरासर आउन थाल्यो भने, तपाई के सोच्नुहुन्छ, के गर्नुहुन्छ ? आज म आफूले भोगेको कुरा चर्चा गर्दैछु ।

मेरो ईमेल [email protected] मा केही महिना देखि एउटा कम्पनीलाई पठाइको ईमेलहरु आउनथाले । हुन त सबैभन्दा पहिले गुगल ले नै आफ्नो ईमेल हो भनेर भेरिफाइ गर्नुभनेर एउटा इमेल पठाएको थियो । तर म निकै कन्फ्युजनमा परेँ, कारण आफूले नबनाएको ईमेल लाई किन आफ्नो भनेर भेरिफाइ गर्न लगाइरहेछ भनेर, अनि त्यस ईमेल को लिंकमा क्लिक गरिन, लाग्यो झुक्किएर मेरो इनबकक्स मा आइपुगेको होला । कारण कहिलेकाँहि, गुगलले मलाई दोहोर्‍याएर ईमेल पठाउने गरेको छ, पहिलो ईमेल झुक्किएर आएको भन्दै । न कसैले एकाउन्ट ह्‍याक गर्न लागेको हो कि भन्ने शंकाको कारण पनि मैले त्यो ईमेल भेरिफाइ गरिन । कुरा यत्तिमै टुंगिएको थियो ।

त्यो कुरा बिर्सिसकेको थिँए, तर केही दिनपछि मेरो ईनबक्समा एउटा कम्पनी को ईमेल आयो । मैले केही सोच्नै सकिन, किन यस्तो ईमेल मलाई आयो भनेर । कम्पनी कुनै काल्पनिक थिएन, अझ रमाईलो कुरा कम्पनीको नाम 'आकार द डिजाइनर' थियो । अचम्म नपर्नुहोस्, यो कम्पनी पुतलीसडकमा छ, र यो ग्राफिक डिजाइनिङ तथा एड्एजेन्सी हो । मैले फेरी सोचेँ झुक्किएर ईमेल आएको होला । तर फेरी केही दिनपछि अर्को ईमेल पनि आयो, त्यही कम्पनीलाई आएको ईमेल । अनि ईमेल मा केही डिल गरिएको थियो कम्पनीसँग, भन्न को मतलब बाहिरको डिजाइनिङ अर्डर आदि आएको थियो । अझ एउटा कम्पनी को लेटरहेड पनि आएको थियो । म झन् झन छक्क पर्दैगएँ । अझ अचम्म को कुरा त के थियो भने, त्यो आएका ईमेल मा मेरो ठेगाना थिएन । अर्थात, [email protected] मा आएका ईमेलहरु [email protected] मा आइरहेको थियो । मैले के भएको केही बुझ्न सकिँन । म साह्रै कन्फ्युज भएँ, त्यही पनि एउटा कुरा याद गरेँ, मेरो आइडिमा 'डट' छ बिचमा तर मलाई आएको ईमेलमा 'डट' छैन । सोचेँ, कम्पनीको ईमेल पनि मेरो जस्तै छ कि क्या हो ?

अस्तिको हप्ता काठमाडौँ गएको थिएँ । न्युरोड, रत्नपार्क, बागबजार हुँदै पुतलीसडक पुगेँ, बस चढ्नका लागि । तर मेरो आँखा एक्कासी 'आकार – द डिजाइनर' भन्ने बोर्डमा पुगे । मलाई के गरौँ के गरौँ भयो, त्यहाँ गएर यो अफिसको ईमेल मेरो मा आयो भनौँ कि भन्ने सोच आयो, तर फेरी डर लाग्यो, न उल्टै मलाई थर्काउने हुन् कि भनेर ! त्यहीपनि अरु को ईमेलमा गोप्य कुराहरु हुनसक्ने भएकोले, त्यस्ता ईमेलहरु हामीले हेर्दा, उनीहरुलाई ठूलो घाटा पनि हुन सक्छ भनेर, साँचो कुरा बताइदिन्छु भनेर हिम्मत गरेँ । अफिस माथिल्लो तल्ला मा थियो, म जाउँ कि नजाउँ गर्दै, सोच्दै सोच्दै भर्‍याङ चढ्दै गएँ ।

माथि अफिसमा त पुगेँ, सबै काम मा तल्लिन थिए, कसलाई के भन्ने म अलमल मा परेँ, फेरी के भनेर बुझाउने मैले भनेर नि अलमल मा परेँ म । त्यही पनि हिम्मत गरेर, एकजनालाई भनेँ, 'एउटा कुरा इन्फर्म गरिदिउँ भनेर आ'को, तपाईको अफिसको सबै ईमेलहरु मेरो इनबक्स मा जानथाल्यो' । त्यो मान्छे ले सायद अलमल मा पर्‍यो मेरो कुरा ले, अनि उसको बोस लाई भन्यो । एउटा केटा आ'को छ, यसो-यसो भन्दै छ भनेर । अनि उनलाई भेट्न गएँ । मैले आफ्नो परिचय दिँए र भने, 'तपाईको अफिसको ईमेलहरु मेरो ईनबक्स मा आएको छ' । उनी झस्किए हैन के भन्दैछौ तिमी भनेर । मैले भने मेरो आइडि [email protected] मा तपाईको ईमेलहरु आइरहेको छ, म छक्क परिरा'को छु, के भा'को हो भनेर । के छ ईमेल मा उनले सोधे, मैले भने तपाईलाई आएका ईमेलहरु । बरु हेरौँ न म देखाइदिन्छु भने, अनि मैले आफ्नो इनबक्स साइनईन गरेर त्यो कम्पनीका ईमेलहरु देखाइदिँए । त्यतीबेला उनको अनुहार हेर्न लायक बनेको थियो, निकै छटपटि थियो । कसरी यस्तो भयो, न उनलाई थाहा थियो, न मलाई । अनि मैले भनेँ, कतै तपाईहरुको ईमेल आइडि [email protected] त होइन ? होइन, हाम्रो ईमेल त yahoo मा छ, तर त्यो अगाडिको 'इन्फोआकार @ याहु' । झनै पो गडबढ लाग्न थाल्यो, मैले जे गेस गरेको थिँए, त्यो पनि होइन रहेछ । कम्पनीका बोस्, मेरो इनबक्समा आएका ईमेलहरु हेरेको हेरेकै गर्न थाले । कसरी यस्तो भयो ?

मलाई पनि थाहा थिएन, किन यस्तो भयो । उनीहरुको एउटा आइडि gmail मा र अर्को yahoomail मा रहेछ । तर gmail को आइडि उनीहरु कसैको नाम बाट थियो भने, yahoo को आइडि चाँहि मेरो gmailआइडि जस्तै थियो तर पनि उनीहरुको ईमेलआइडिमा डट थिएन, मेरो मा डट थियो । अनि अझ अचम्म त, ईमेल प्रदायक पनि भिन्न भिन्न थिए । एउटा yahoo अर्को google । दिमाग ले काम नगर्ने भयो, एकछिन त्यहीँ बसिरहेँ ।

मैले भने, बरु तपाईहरु आफ्नो 'जिमेल' आइडि चेक गर्नुहोस् त कतै फर्वार्ड अथवा रिप्लाईमा त मेरो आइडि हाल्नुभएको छैन झुक्किएर, त्यही एउटा डट को कुरा त हो । उनीहरु ले आफ्नो जिमेल आइडि खोले, मैले सेटिङमा जानुस् भने, त्यसपछि फर्वार्डमा हेरियो केही छैन, अनि रिप्लाई टु भन्ने मा हेरियो त्यहाँ रहेछ, [email protected] । तर झन् अर्को अचम्म उनीहरुको त gmail मा यो आइडि नै रहेनछ, yahoo मा मात्र यो आइडि रहेछ, अनि लेख्ने बेला झुक्किएर yahoo को ठाउँमा gmail लेखेका रहेछन् । यति कुरा त ठिक भयो, अब मेरो मा ईमेल आउँदैन होला भन्ने लाग्यो । उनीहरु ले त्यो आइडि yahoo मा राखे । कम्पनीका बोस ले केही भए, फोन गर्नुहोस् भन्दै, उनको कार्ड दिए भने मेरो पनि परिचय सबै टिपेर राखे । अनि यति महत्वपुर्ण कुरा भनिदिएको मा धन्यवाद पनि दिए । उनीहरु पनि खुशी देखिए, म पनि मख्ख परेँ, केही राम्रो काम गरेको जस्तो लाग्यो ;) !

त्यहाँ बाट त हिँडे, तर मेरो मन मा त त्यही आइडि को कुरा खेलिरहेको थियो । कसरी यस्तो भयो भनेर सोच्न थालेँ । लाग्यो gmail को आर्टिफिसियल ईन्टेलिजेन्स तगडा रहेछ, कारण [email protected] भन्ने आइडि gmail मा छैन, तर उनीहरुले रिप्लाई टु एडरेस मा यही आइडि राखेका छन्, yahoo राख्नुपर्ने ठाउँमा । अनि जिमेल ले त्यो आइडि ([email protected] )नभेटेर, मेरो आइडि ([email protected] ) मा ईमेल पठाएको होला जस्तो लाग्यो । तर पनि यो त मेरो सोचाइ भयो, गाँठि कुरा के रहेछ भनेर जान्ने निकै उत्सुकता जाग्यो ।

मैले आफ्नो एउटा ईमेल आइडिबाट, [email protected] ईमेल पठाएँ, लेखेको थिँए, यो परिक्षण ईमेल हो, यो ईमेल एड्रेस छ कि, छैन भनेर चेक गर्न ईमेल पठाइरहेको छु, कसैले पाउनुभए मा पनि रिप्लाई नगर्नुहोला ! ईमेल पठाउने बित्तिकै मेरो अर्को ब्राउजरमा खोलेको आइडि [email protected] मा पो ईमेल आउँछ । मेरो अनुमान सहि नै हो कि जस्तो लाग्यो । तर पनि कौतुहलता त अझै बाँकि थियो, आखिर कसरी अरु नै आइडिमा पठाएको ईमेल मेरै आइडिमा आइरहेको छ भनेर । मैले सोच्नै सकिन के हुँदैछ भनेर । तब मैले भर्खर अर्को ब्राउजरमा खोलेको [email protected] आइडि मा ईमेल को डिटेल हेरेँ, मैले पठाएको ईमेल हो, सबैकुरा उही नै छ मात्र पाउने को आइडि फरक छ, डटले गर्दा । अनि त्यहीँ जिमेल मा थियो,To: [email protected] (Yes, this is you.) Learn more । अब भने केही फेला पर्ला र गाँठि कुरा पत्ता लाग्ने छाँट देखियो, म मनमनै मख्ख परेँ ।

जिमेल ले दिएको लिंक हेरेँ, सबैकुरा प्रस्ट भयो । खासमा जिमेल ले एउटा नाम युज मा आएपछि, त्यही नाम को बिचमा अरु डट राखेर आइडि बनाउँन दिँदो रहेनछ । जस्तो [email protected] मेरो आइडि भयो, अब अरु कसैले [email protected] आइडि बनाउन नसक्ने रहेछन् । जिमेल ले आइडिमा भएको 'डट' हरुलाई बुझ्दोरहेनछ । उनीहरुले ईमेल मा रिप्लाइ एड्रेस गल्ति ले राखेका थिए, याहु को ठाउँमा जिमेल, तर मेरो आइडि नराखिकनै उनीहरुको ईमेल मेरो मा आएको थियो । एउटा निकै ठूलो कुरा बुझेको जस्तो भयो । अत: तपाईहरु पनि होश गर्नुहोस् है, जिमेलको forwarding or reply to address मा झुक्किएर अरु नै आइडि राख्नुभएको त छैन । कहिलेकाँहि सानो कुरा याद नगर्दा ठूलो दुर्घटना हुनसक्छ है ।

लौ, जिमेल ले लेखेको कुरा चाँहि यस्तो छ है !

Receiving someone else's mail
There are three common reasons why Gmail users think they're receiving someone else's mail.

Your address is similar but has more or fewer dots (.) or different capitalization.

Sometimes you may receive a message intended for someone whose address resembles yours but has a different number or placement of dots. For example, your address might be [email protected], but the message was sent to a [email protected]. What's going on?

Gmail allows only one registration for any given username. Once you sign up for a particular username, any dot or capitalization variations are made permanently unavailable for new registration. If you created [email protected], no one can ever register [email protected], or [email protected]. Furthermore, because Gmail doesn't recognize dots as characters within usernames, adding or removing dots from a Gmail address won't change the actual destination address.

Messages sent to [email protected], [email protected], and [email protected] are all delivered to your inbox, and only yours.
If you're [email protected], no one owns [email protected], except for you. Sending mail to [email protected] is the same as sending mail to [email protected], or even [email protected]. If you're getting mail addressed to [email protected], most likely someone was trying to send a message to [email protected], or [email protected], and made a mistake. You might even get messages from mailing lists or website registrations because the intended recipient accidentally provided the wrong email address. In these cases, we suggest contacting the original sender or website when possible to alert them to the mistake.

For security reasons, when you log in to Gmail, you must enter any dots that were originally defined as part of your username.

Note: Google Apps recognizes dots. If you'd like to receive mail with a dot in your username, please ask your domain administrator to add the desired username as a nickname.

src: http://mail.google.com/support/bin/answer.py?hl=en&ctx=mail&answer=10313



Comments

  1. WoW !!! Hats Off. Wat a Shame hagi???
    N Thankx for sharing such a Marvellous Stuff.

    ReplyDelete
  2. Wow!! i didnot know that ... thanks for sharing...

    ReplyDelete
  3. राम्रो जानकारी बाँड्नुभएकोमा धन्यवाद ।

    ReplyDelete
  4. एकदमै रोचक र जानकारी मुलक रह्यो तपाईको यो पोष्ट । पढ्दा खेरी म पनि सोच्दैं थिएँ 'यो कसरी सम्भव छ र?"

    यो 'डट' लाई जिमेलले कुनै भ्याल्यु नदिएपछि त एकै जानाको नाममा ४-५ वटा ईमेल बन्ने पो रहेछ।

    सायद तपाईलाई त थाहा होला, यसै प्रसंगमा अरु साथीहरुलाई भने एउटा अर्को कुरा पनि बाँढदै छु:

    जिमेलमा एउटा ईमेल आईडी बनाएपछि एउटा फ्री मा त्यसै पाईन्छ।
    अर्थात तपाईको आईडी

    [email protected] छ भने तपाईले [email protected] लाई पनि आफ्नो ईमेलको रुइमा प्रयोग गर्न र सो ठेगानामा पठाईएको ईमेल प्राप्त गरन सक्नु हुन्छ ।

    तपाईको पोष्ट पढेपछि भर्खरै हेरको त यो @googlemail.com मा पनि 'डट' को मतलब नहुने रहेछ।

    त्यसैले तपाईले:

    abcd.efgh, ab.cd.ef.gh a.b.c.d.e.f.g.h जे गेर पनि हुने रहेछ फेरी डोमेनको ठाँउमा पनि gmail.com googlemail.com गरे पनि हुने हूँदा एकजनाको ईमेल १० वटा बनाए पनि हुने रहेछ ।

    एकदमै जानकारी मुलक पोष्टको लागी धन्यवाद ।

    ReplyDelete
  5. OK.
    interesting information. I didnt know about this. I must say it will help me in someway someday. Thanks for letting us know ! And great work while informing the poor designing guys :)

    Bibek

    ReplyDelete
  6. Thanks for good and informative post, Aakar ji!

    ReplyDelete
  7. गजबको प्रसङ्ग पढ्न पाइयो । प्रविधिका हेक्का नरहेको दिमागले यस्तो पनि हुँदो रहेछ भनेर दङ्ग पर्नुसिवाय अरू कुरा चाहिँ ठम्याउन सकेन है आकार जी । गुगल जस्तो प्रतिष्‍ठित कम्पनीले पनि यति हिसाब नराख्नुमा चाहिँ केही कारण पक्कै होला ।
    जे होस्, यो जानकारीमूलक सावधानीको लागि धन्यवाद !

    ReplyDelete
  8. very interesting!
    Dot in the user name seemed very lucrative in the beginning instead of underscore. Many people actually used it because of its point sized beauty, but your story shows the other part of the story!

    That means they provided the dot for nothing!

    ReplyDelete
  9. Nikai ramailo lagyo...yo post padda....

    Thanks forhtis information....very much informative..

    ReplyDelete
  10. very informative aakar bro !!! thanx !!

    ReplyDelete
  11. really nice post. very informative. Thanks a lot.

    ReplyDelete
  12. Interesting... ajab gajab cha internet ko duniya... :)

    ReplyDelete
  13. aakar bro, nice story.

    have you check out their latest feature?? 'UNDO' mail sent?? Check it out, I've written something on it : http://www.meroguff.com/2009/03/gmail-adds-undo-option-for-any-mail.html

    I've tons of fav gmail tips here:
    http://www.meroguff.com/2007/04/gmail-tips.html

    Check out their themes for ur inbox.

    Use Google Gear for offline internet users to back up all mails locallly..

    or you can use thunderbird to backup safely all mails..

    Google occasionally and mysteriously deletes ur mails.. believe it or not..

    tk care

    ReplyDelete
  14. Yes, Navin bro...m regularly visit ur blog...and thns for this info once again...

    ReplyDelete
  15. thanks dude...
    tha thyeena.. yesto raheecha gmail ko .. chalan

    ReplyDelete
  16. Aakar ji,
    That guy is my friend. :D What a coincidence.
    It had been quite some time (6 years I guess.) I hadn't met him and I didn't have his email id.
    Thank you for the information -- will write him an email... will tell him about you :D

    ReplyDelete
  17. Aakar ji,
    That guy is my friend. :D What a coincidence.
    It had been quite some time (6 years I guess.) I hadn't met him and I didn't have his email id.
    Thank you for the information -- will write him an email... will tell him about you :D

    ReplyDelete
  18. aakar bro, nice story.

    have you check out their latest feature?? 'UNDO' mail sent?? Check it out, I've written something on it : http://www.meroguff.com/2009/03/gmail-adds-undo-option-for-any-mail.html

    I've tons of fav gmail tips here:
    http://www.meroguff.com/2007/04/gmail-tips.html

    Check out their themes for ur inbox.

    Use Google Gear for offline internet users to back up all mails locallly..

    or you can use thunderbird to backup safely all mails..

    Google occasionally and mysteriously deletes ur mails.. believe it or not..

    tk care

    ReplyDelete
  19. OK.
    interesting information. I didnt know about this. I must say it will help me in someway someday. Thanks for letting us know ! And great work while informing the poor designing guys :)

    Bibek

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Palpasa Cafe [Review]

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

Subscribe to Aakar Post