Skip to main content

केयूमा थाइल्याण्ड काण्ड

विद्यार्थीहरूलाई “टार्गेट” गरेर छिट्टै नै थाइल्याण्डमा आयोजना हुन गइरहेको “अन्तराष्टिय सांस्कृतिक सम्मेलन”मा नेपालबाट जम्मा-जम्मी ४७ जनाले सहभागिता जनाउने भएका छन् र सबैभन्दा महत्वपूर्ण हाम्रो काठमाण्डौं विश्वविद्यालयबाट त झन् १७ जना विद्यार्थीहरुले सहभागिता जनाउने छन् र थाइल्याण्ड घुम्ने सुनौलो अवसर पनि प्राप्त गर्नेछन् । के तपाई केयूको विद्यार्थी भएकोले त्यस १७ जनाको नाम लिष्टमा आफ्नो नाम देख्न चाहनु हुन्छ ? यदि चाहनु हुन्छ भने अहिले २५० शब्द नघटाइ “Relationship between Nepal and Thailand and it’s future” शीर्षकमा एउटा निबन्ध लेख्नुस् र A-4 size को कागजमा प्रिन्ट गरेर आफ्नो सम्बन्धित स्कुलको डिनको ] approval signature गराएर विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्चयनाथ खनालज्यूलाई बुझाउनुहोस् । के थाहा तपाइँको थाइल्याण्ड टुरको सपना पुरा भइहाल्छ की ?

तर… अब यो सपना साँच्नु व्यर्थ भइसकेको केयूका धेरैजसो विद्यार्थीको गुनासो रहेको छ । दुइ हप्ता अगाडी उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना केयू प्रशासनमा आएको तर केयू विद्यार्थीहरु माझ उक्त महत्वपूर्ण सूचना जानीजानी प्रवाह नगराइएको धेरैजसो विद्यार्थीहरूको दाबी छ । प्रशासनव्दारा समयमा उक्त सूचना सबै नोटिस बोर्डमा नटासिइनुले कतै सोझा, केयूमा चिनेजाने नभएका विद्यार्थीहरूलाई गुम्राहामा राखेर माथिका पदाधीकारीहरुले भित्रभित्रै मिलेमितोगरी आफ्ना नातागोता पर्ने विद्यार्थीहरूलाई मात्र थाइल्याण्ड सम्मेलनमा पठाउने योजना बनाइरहेका छन् कि ?
छैन भन्न सकिँदैन ।




अझ Student Welfare Council, KU का अध्यक्ष सुनिल बानियाँका अनुसार थाइल्याण्डमा हुनगइरहेका उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” सम्बन्धित लिखित सूचना विद्यार्थी मामिलाका निर्देशक प्रो डा सञ्जयनाथ खनालले Student Welfare Council, KU का महासचिब सुमन धुन श्रेष्ठलाई दिनुभएको तर महासचिब धुनले उक्त सूचना आफ्ना लंगौँटिया दोस्तहरूबाहेक अरू विद्यार्थीमाझ नदेखाएको तितो सत्य हामी माझ छरपष्ट भएको छ । तर अध्यक्ष बानियाँ “त्यो गल्ती विद्यार्थी कल्याणकारी परिषदको हो” भन्दै गल्ति स्विकार गर्न पछि पर्नुहुन्न र त्यो गल्तिगरे पश्चात महासचिवबाट हस्तक्षरित एउटा माफी मागेको सूचना निकाल्ने प्रतिबद्धता पनि जाहेर गर्नुहुन्छ ।

कस्तो विडम्बना ? हामी विद्यार्थीकै मतबाट निर्माण गरिएको उक्त विद्यार्थी कल्याणकारी परिषद् आफ्नो विद्यार्थीप्रति नै बफादार छैन । यसले यस संगठनको अस्तित्वमाथि नै गहिरो प्रश्न उठाएको छ भन्न गाह्रो नपर्ला ।

१९ डिसेम्बर अन्तिम डेडलाइन रहेको उक्त सूचनाबारे बायोटेक चौथो वर्ष का रुबिन जोशी १८ डिसेम्बरमा मात्र थाहा पाएको र प्रशस्त तयारी विनानै निबन्ध लेखेर बुझाउनुपरेको गुनासो पोख्दै अगाडी भन्छन् , “लास्ट आवरमा एप्लीकेसन त बुझाइयो तर निष्पक्षरुपमा नै सेलेक्सन हुन्छ भन्ने कुनै ग्यारेन्टी देख्दिन , खाली आश मात्र गर्नु सिवाय अरु कुनै उपाय छ र ?” स्कुल अफ साइन्सका डिन डा पन्ना थापाबाट Approval signature लिएपछि आफू स्कुल अफ साइन्सबाट तेस्रो Applicant रहेको र स्कुल अफ साइन्सबाट कम्तीमा पनि ३ जना विद्यार्थी छान्नुपर्ने भएकोले आफु स्वतह सेमिफाइन लिष्टमा पर्नुपर्ने दाबी गर्दै रुबिन जोशी डा खनालसमक्ष गए तर जोशीको उक्त दाबीलाई डा खनालले “अरु विद्यार्थी ले पनि एप्लाइ गर्न सक्छन् नि बाबु , केही भन्न सकिदैँन” भनेर फर्काइदिए ।

तर सबैभन्दा दुर्भाग्यको कुरा त हातमा गनिने संख्या बाहेक ठुलो संख्यामा रहेका अरू विद्यार्थीहरूलाई त यस सम्बन्धमा फुट्टि सुँइको पनि छैन । जब तिनीहरूले डेडलाइन सकिएपछि यस घटनाबारे चाल पाए, तिनीहरूले केयुको लापरवाहीप्रति आक्रोश व्यक्त गर्नु स्वभाविक थियो । कम्प्युटर इन्जिनियरिङमा विषय लागेर आउट भइ शैक्षििक विश्राम लिएर बसीरहेका अनुग्रह के सी आफ्नो विचार यसरी पोख्नु हुन्छ , “देशमा जसरी नाताबाद र भष्टाचारको कालो बादल छाएको छ, त्यसरी नै केयूमा पनि त्यसको अन्धकारको सानो भाग परेको हो । थाइल्याण्ड सम्मेलनमा यस्ता काविल विद्याथीहरूलाई पठाउनु पर्छ जसले त्यस सम्मेलनमा सहभागिता जनाएर केयूमा फर्किएपछि हामीलाई त्यस सम्मेलनको सार्थकतामाथि प्रकाश पार्नसकोस् ”। तर मिडिया स्टडिज् दोस्रो वर्षमा अध्ययनरत अमोल आचार्य र प्रेम छिरिङ्ग शेर्पा आक्रोशित मुद्रामा “यो घटना हामी विद्यार्थीप्रति प्रशासनको षड्यन्त्र हो” भन्दै एउटै मत राख्दछन् भने कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत सन्देश शाक्यले यस घटनालाई बाहिरबाट जे दखिएपनि भित्र गहिरो रहस्य रहेको हुनसक्ने विचार राख्दछन् ।

उक्त “अन्तराष्टिय सांस्कृतिक सम्मेलन” लाई केयूभित्रसम्म आइपुग्दा “थाइल्याण्ड काण्ड” को रुपमा परिणत गर्न कसको हात देख्नुहुन्छ ? विद्यार्थी कल्याणकारी परिषद कि प्रशासन ?

-शेखर के सी
मिडिया स्टडिज, दोश्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

Comments

  1. जहा पनी नाता वाद र कृपाबाद -गनाउछ ! के गर्ने ? सम्बंधित निकाय को लापरवाही हो या खबरदारी गराउने को कमजोरी हो । हुन त दुबैको त्यसमा आफ्नै भूमिका पनी हुन्छ । किन भने सम्बंधित निकाय ले जे गर्यो त्यही सही माने आदतले, उनिहरु पनी कसैले केही पनी भन्दैनन भन्दै आफु खुसी (मनो मानी ) गर्दछन नि ? त्यसैले खबरदारी गराउने पक्ष पनी उतिकै शसक्त हुनु जरुरी छ ।

    ReplyDelete
  2. टियूको रोग केयूमा पनि सरेछ। यो राम्रो लक्षण हैन।

    ReplyDelete
  3. It's Nepal ni .....j gare ni bho ni...
    ani ....Nepal ko flag ramro 6 ni new Aakar Post ma !!

    ReplyDelete
  4. Tu ko rog haina KU ta nepotism and favouritism ko extreme exadmple ho. yesto thau haru ma matra haina sabai thau ma yei cha KU ma. KU ma j garne ni koi na koi hunai parcha.
    tai pani KU ramro cha asia ma nai ahilae samma tesaile Jai KU

    ReplyDelete
  5. यस्तै न छ है, टेक दाइ ।
    अब तपाई ले पो पार पाइसक्नु भयो त !
    :)

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ...

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

Subscribe to Aakar Post