रुनु थियो सँधैभरि, हाँस्न सकिएन ।
उदासि यो जिवनमा खुशि भेटिएन ॥
संगी मेरी गईसकी, चट्टमाया मारी ।
झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥
तिम्रो याद एकाएकै, आउँछ आजभोलि ।
सपनीमै भएपनि, भेट्न सकिएन ॥
सपनाका महलहरु, कति थिए यहाँ ।
भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥
तिमीबिना एक्लै अब, बाँच्ने छैन मन ।
आफैँलाई आफैँ किन रेट्न सकिएन ॥
-मुकुन्द अनडेस्टिनि
बायोटेक - दोश्रो वर्ष, केयु
उदासि यो जिवनमा खुशि भेटिएन ॥
संगी मेरी गईसकी, चट्टमाया मारी ।
झरीसरी आशुँ झर्छ, थाम्न सकिएन ॥
तिम्रो याद एकाएकै, आउँछ आजभोलि ।
सपनीमै भएपनि, भेट्न सकिएन ॥
सपनाका महलहरु, कति थिए यहाँ ।
भत्के सबै कम्पिएर, रोक्न सकिएन ॥
तिमीबिना एक्लै अब, बाँच्ने छैन मन ।
आफैँलाई आफैँ किन रेट्न सकिएन ॥
-मुकुन्द अनडेस्टिनि
बायोटेक - दोश्रो वर्ष, केयु