हामी अहिले प्राय: सोसल नेटवर्किङ साइट “फेसबुक” चलाइरहेका छौँ । यो फेसबुक हिजोआज ब्लग भन्दा पनि पपुलर भैरहेकोछ, कारण हो सबैका गोप्य खबरहरु, समस्याहरु, अनि नयाँ कामहरु फेसबुक मार्फत सार्वजनिक भैरहेको छ । त्यस्तै नेपाल मा पनि केही महिना यता फेसबुक मा धेरै नेपालीहरु जोडिएको कुरा सुनिन आएको छ भने, फेसबुक मा मान्छे चिन्न, अनि पत्रकारहरु, गायक-गायिकाहरु, नायक, मन्त्रीहरु तथा साथिहरुका गतिबिधि थाहा पाउन एकदम सरल माध्यम भएको छ । मेरै कुरा भन्नुपर्दा पनि, फेसबुक बाट धेरै कुरा को जानकारीहरु पाइएको छ, जुन सार्वजनिक मिडियाबाट थाहा पाउन सकिएको छैन । त्यस्तै फेसबुक बाट कसले के गर्दैछ, अनि के गरिरहेको छ, के समस्या छ, लगायत विविध कुराहरु थाहापाइरहिएको छ, जुन प्रत्यक्ष या अप्रत्यक्ष रुपमा हामीसँग पनि जोडिएको छ ।
तर आज यहाँ म, अष्ट्रेलियाको सिड्नी मा रहेको एक टेलीसेन्टरमा फेसबुक को कारण तनाव भएको कुरा बताउँदै छु, जहाँ अहिले अफिसले आन्तरिक रुपमा फेसबुक को अनुसन्धान गरिरहेकोछ । उक्त टेलिसेन्टर को प्रशासन ले अहिले Kyle Doyle र उनको बोस बिच भएको इमेल संसारभर सार्वजनिक भएपछि, यस मामला मा आन्तरिक अनुसन्धान सुरु गरेको छ ।

ईमेलमा २१ वर्षिय कर्मचारी Kyle Doyle ले मानविय संसाधान डिपार्टमेन्टलाई “आफू अस्वस्थ भएको र काम मा आउन नसक्ने” ईमेल लेखेका थिए ।
तर Doyle को यो प्लान मा त्यतिखेर ढुङ्गा लाग्यो, जब निरेश रेग्मी ले फेसबुक प्रोफाइल पेजको स्न्याप-सट् उनलाई ईमेलमा रिप्लाइ गरेर पठाइदिए, जहाँ status मा लेखिएको थियो : "not going to work, f*** it i'm still trashed SICKIE WOO."
“यो पब्लिक डोमेन मा भएको कारण, हामी साह्रै लज्जित छौँ, यो काम मा हाम्रै कम्पनिका केही साथिहरुको हात छ, र हामी आन्तरिक अनुसन्धान गरिरहेका छौँ, तर यहाँ भन्दा बढि म केही भन्न सक्दिँन” कम्पनिकी प्रवक्ता ले अष्ट्रेलियन टेलीग्राफ दैनिकलाई बताएकी छिन् ।
तर केही का विचार मा भने, यो स्पाम मात्रै हो, र यसकालगि निरेश रेग्मीलाई नै दोषी देखाइरहेकाछन् । तर निरेश रेग्मी भन्छन् – “यदि त्यस्तो लाग्छ भने, Doyle ले मेडिकल रिपोर्ट देखाएर, आफू बिरामी रहेको सावित गरोस्” । Doyle ले ईमेलमा लेखेका थिए, “एकदिनका बिदाका लागि मेडिकल को रिपोर्ट देखाइरहन कुने जरुरी छैन”।
उक्त दिन Doyle ले बोसलाई ईमेल गरेपछि, Doyle लाई रेग्मी ले ईमेल रिप्लाइ गरेका थिए, जसमा लेखिएको छ “म्यानेजरलाई तिमी बिरामी भएर बिदामा बसेको हैन भन्ने लागेकोछ” । यसपछि Doyle ले फेरी “म्यानेजर ले त्यसो भन्ने के कारण छ” भनेर ईमेल गरेपछि, रेग्मीले Doyle कै फेसबुक प्रोफाइल को स्न्याप-सट् गरेर उनलाई ईमेल गरिदिएका थिए ।
कम्पनिका अन्य स्टाफहरु भने, यस सम्बन्धमा नबोल्ने भएकाछन् ।
साथीहरु तपाईहरु पनि फस्नुहोला है, विचार गर्नुहोला । एउटा झुट बोल्न सयौँ झुट बोल्नुपर्छ, यो कुरा त थाहा नै छ होला, हैन र ?
स्रोत:एजेन्सीहरु