Skip to main content

Posts

Showing posts with the label Analysis

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ । जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ । हिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए । महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । अब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भन

'लाँक्रे' जुलुस, बन्द, चक्काजाम , झडप र कर्फ्यु  हुँदै आज आएर यसवर्षलाई आजदेखि उखु किसान को आन्दोलन सकिएको छ । सोमबार राजधानीमा प्रधानमन्त्री माधवकुमार नेपालसहितको वार्तामा उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल "४ सय १" रुपैयाँ कायम गर्ने सहमति भएपछि आन्दोलन टुंगिएको हो । पोहोर को दाँजो मा, यो पनि अझै  प्रतिक्विन्टल २० रुपैँया कमी हो । “लातोँ का भूत बातोँ से नहिँ मान्ता” भन्ने कुरा यहाँ एकपटक फेरि सिद्ध भएको छ । कुरो हो, उखुको मुल्य बढाउन माग गर्दै किसान ले चर्काएको आन्दोलनको । उखुको मुल्य निर्धारण गर्न, उखु का लाँक्रा सहित को जुलुस गर्दा, मर्का सुनिदिने कोही भएनन् तर जब बजार र यातायात बन्द गरे, तत्काल उखुको मुल्य मा सहमती भो । म बन्दलाई बढावा दिइरहेको त छैन तर हाम्रो मा,  जायज मागलाई बन्द नगरी सम्बन्धित निकाय ले नसुन्ने खराव बानी बसिसकेको कुरालाई नकार्न पनि मिल्दैन । यसवर्ष पनि मंसिर देखि नै उखु को मुल्य मा विवाद उठ्यो । मिलवालाहरु, कर र राजश्व देखाएर मुल्य बढाउन नसकिने अडान मा बसे भने, किसानहरु कम्ति मा गतवर्ष को मुल्य आफूले पाउनुपर्ने अडान मा बसे । गतवर्ष उखू को

फ्ल्यास ब्याक मा गएर कथा भनिएको र सरल भाषामा उनीएको कर्नाली ब्लुज, प्रकाशक का अनुसार ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिता को संघर्ष देखाउने उपन्यास हो’ । तर प्रकाशक ले जे भनेपनि, आफूले बुझेको चाँहि, कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ । उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ । अनि आफ्ना ‘बा’ को जिवनचर्या पनि सँगसँगै अघि बढ्दै जान्छ उपन्यास मा ! सुदुर तराई को गाउँ मटेरा मा उनको जन्म हुन्छ ।  अमौरीखोला, चन्द्रे, बा’को साइकल, कै वरिपरि कथा घुम्छ ! पार्वतीदिदी, ममतादिदी, भागिराम आदि ले पनि कथा मा आफ्नो उपस्थिति जनाएकाछन् । बाल्यकाल मा गरिएका उट्पट्याङ र रमाइला कर्तुतहरु ले कथा अघि बढेको छ, तर बिच बिच मा ममतादिदी को प्रसंग ले झस्काइदिन्छन् । पढाइ मा निकै लद्दु रहेका लेखक, ‘ब

अन्तिम समय मा आएर गरिएको दौडधुप स्वरुप, आर्यघाट मा पुगिसकेको 'संविधान सभा' फेरि ब्युँतेर आएको छ । २ वर्ष भनेर तोकिएको आयु लम्बिएर ३ वर्ष को भएको छ । जेठ १४ गतेको राती दलहरु ले मरेर, सहमति गरेका छन् । सहमति अनुसार, संविधान सभा को म्याद १ वर्ष थपिएको छ । प्रधानमन्त्री माधब कुमार नेपाल को राजिनामा को अडान मा माओवादी थियो भने, प्याकेज मा सहमति गर्ने अडान मा एमाले र कांग्रेस रहेका थिए । संविधान सभा को म्याद त थपियो तर के, यो थपिएको १ वर्षमा संविधान बन्ला त ? प्राय: सबै को चासो यसैकुरा मा गएर अल्झिएको छ । अनि साँच्चै, भन्ने हो सरकार का र हाम्रा कुनै पनि राजनितिक दलहरुका प्रतिबध्दता मा भर गर्ने ठाउँ कहिँ देखिँदैन । बितेको २ वर्ष, "हरुवा र जितुवा" भन्ने दोहोरी मै बित्यो । संविधान बनाउन भनेर गएका सबै पार्टिहरु, संविधान भन्दा पनि सरकार बनाउने र गिराउने तर्फ लागे । माओवादी को नेतृत्व मा रहेको सरकार ९ महिना मै ढल्यो, त्यसपछि एमाले को नेतृत्व मा सरकार बन्यो । सरकार त बन्यो तर यस्तो प्रकार ले बन्यो कि, सरकार मा हारेकाहरु को बहुमत भयो । जनता बाट चुनिएका कुनै पनि प्रतिनिधहरु सरकार मा

३० वर्षमा काठमाडौंले बीपी कोइराला, नारायणगोपाल, पारिजात, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई अपार श्रद्धासहित अन्तिम बिदाइ गर्‍यो, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू धुइरिनुले उहाँहरूले रचेको इतिहासको समकालीन मूल्याङ्कनलाई जनाउँछ। आफ्नो समयको नेपाली राजनीतिको केन्द्रमा रहेका जङ्गबहादुर राणाका समकालीनहरू उनको उच्च मूल्याङ्कन गर्थे। तर, २५ फेब्रुअरी १८७७ मा पत्थरघट्टामा मृत्यु हुँदा तत्कालीन राजनीतिक दाउपेचका कारण काठमाडौंमा उनको अन्त्येष्टि हुन पाएन। उनलाई दागबत्ती दिने छोरा पद्मजङ्गले लेखेको जङ्गको जीवनी मा त्यो अन्तिम दिनको वर्णन छ। त्यस दिन तराईको वाग्मती किनारमा जङ्गबहादुरबाहेक अरू कुनै शासकको नाम नसुनेका ६ हजार मलामी जुटेका थिए। सती जान चितामा चढेका तीन श्रीमतीमध्ये हिरण्यगर्भकुमारीले आफ्ना पतिले सधैं देश र जनताको भलो चिताएको बताउँदै जीवनकालमा कदाचित् कसैलाई केही चोट पुर्‍याएका भए माफ गरिदिन विनम्र आग्रह गरिन्। कोतपर्वमा चार दर्जनभन्दा बढी पुराना भारदार मारेका जङ्गको दृष्टिकोणमा त्यो अपरिहार्य घटना थियो, जसले भीमसेन थापाको मृत्युपछिको अस्थिरता, नेपाल

सत्ता प्राप्ति को लागि, जनआन्दोलन भन्दै ६ दिन सम्म गरिएको बन्द अनन्त माओवादी ले फिर्ता लिएको छ । केही दिन शान्तिपुर्ण रहेको आन्दोलन मा, जब जनता को विरोध मिसिन थाल्यो, तब धमिलो पानी मा माछा मार्ने खेल भयो । तनाव बढ्यो, हिँसा भड्कियो । मुख्य कुरा, बन्द कसैलाई पनि मन परेन, माओवादी शैली कसैलाई पचेन । हिजो अस्ति नैकाप, सतुंगल, नैकाप, बुढानिलकण्ठ, कपन, भक्तपुर लगायत का क्षेत्र मा झडप भएको थियो, बन्द को प्रतिकार गर्ने क्रम मा, किनकी जनता आजित भइसकेकाथिए, बन्द र हड्ताल बाट ! आज शान्ति र्याली थियो, वसन्तपुर मा तर माओवादीले सहभागिहरुलाई बाटो बाटो मै छेक्ने र कुट्ने काम गरे ! चाबहिल, कुपन्डोल आदि ठाउँमा माओवादी ले शान्ति र्याली मा सहभागि हुन जानेहरु लाई रोके । त्यसका बाबजुद, वसन्तपुर मा सभा भयो, अनि जनसागर स्वतस्फुर्त रुपमा र्याली मा परिणत भयो।तर र्याली भृकुटिमण्डप मा पुग्दा, तनाव को स्थिति देखियो । धेरैको मुख बाट सुनियो, प्रहरी सक्रियता नभएको भए, आज ठूलै क्षति हुने थियो । यति मात्र हैन, यही आज कै कारण भोलि, पर्सि झनै मुठभेड चर्कने स्थिति थियो । तर आज बसेको माओवादी को बैठक ले बन्द फिर्ता लिने

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । नेपाल मा अहिले सम्म, यस किसिम को खबर या भनौँ कसैको  मृत्यु को खबर इन्टरनेट मा फैलिएको थिएन तर कोइराला भने अपवाद का रुप मा इन्टरनेट मा छाइहाले । यति चाँडो इन्टरनेट मा फैलनु चानचुने कुरा पक्कै पनि होइन, यसबाट प्रस्ट हुन्छ कि, नेपालीहरु कोइराला प्रति कति उत्सुक थिए । सर्च मा अधिपत्य जमाएको गुगल ले पनि भन्यो, ‘ त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ । निधन को खबर फैलने बित्तिकै एकैपटक त्यति धेरै मात्रा मा खोजि गरिएका व्यक्ति बने, कोइराला गुगल मा । गुगल युएस ट्रेन्ड ले यो कुरा को पुष्टि गरिसकेको छ । यसबाट प्रस्ट थाहा हुन्छ, उनको लोकप्रियता चानचुने थिएन, अनि सारा संसार भर का नेपाली जान्न उत्सुक थिए आफ्ना नेता को बारेमा । फलस्वरुप, नागरिक न्युज, नेपाल न्युज, ईकान्तिपुर आदि साइट त डाउन नै भए, भिजिटर को चाप थाम्न नसकेर । नेपाली ईतिहास मै, यस्तो कहिले भएको थिएन । कोइराला को निधन, अनि शवयात्रा मा देखिएको मानवसागर ले पनि, कोइराला को महत्व प्रष्

M aybe. . we were supposed to meet the wrong people before meeting the right one so that, when we finally meet the right person, we will know how to be grateful for that gift. Maybe . . . when the door of happiness closes, another opens; but, often times, we look so long at the closed door that we don't even see the new one which has been opened for us. Maybe . . . it is true that we don't know what we have until we lose it, but it is also true that we don't know what we have been missing until it arrives. Maybe . . . the happiest of people don't necessarily have the best of everything; they just make the most of everything that comes along their way. Maybe . . . the brightest future will always be based on a forgotten past; after all, you can't go on successfully in life until you let go of your past mistakes, failures and heartaches. Maybe . . . you should dream what you want to dream; go where you want to go, be what you want to be, because you have onl

Today is December 1, 2009 and December 1 refers to World AIDS Day. AIDS stands for Acquired Immunodeficiency Syndrome. AIDS was first recognized by the U.S. Centers for Disease Control on June 5, 1981. AIDS is caused by Human Immunodeficiency Virus (HIV). HIV is a virus that attacks the body's immune system. We have a misconception that, we treat HIV and AIDS as same-thing but in reality HIV and AIDS are different. When someone is described as living with HIV, they have the HIV virus in their body. A person is considered to have developed AIDS when the immune system is so weak it can no longer fight off a range of diseases with which it would normally cope.  "Universal Access and Human Rights" HIV can be passed on through infected blood, semen, vaginal fluids or breast milk. The most common ways HIV is passed on are: Sex without a condom with someone living with HIV Sharing infected needles, syringes or other injecting drug equipment From an HIV-positive mother (t

Listen to above Podcast - Fall of the Berlin wall. ब्रिटेन बाट प्रकाशित हुने साप्ताहिक नेपाली पत्रिका एभरेष्ट टाइम्स का सम्पादक शशी पौडेल को आवाज मा २० वर्ष अगाडि बर्लिन को पर्खाल ढलेको विवरण सुन्नुहोस् । शशी पौडेल यो पोडकास्ट मा आफूले देखेको कुराहरु वर्णन गर्दैछन् । हुन त यो पोष्ट नोभेम्बर ९ कै दिन पोष्ट गर्नु पर्ने थियो होला तर पनि आज पोष्ट गर्दैछु । जर्मनी अनि त्यसमाथि बर्लिन को पर्खाल भनेर धेरै नै सुनिएको भएपनि म चाँहि प्राय: बर्लिन को पर्खाल ढालिएको प्रंसग सँग चाँहि अलि बेखबर नै रहेछु । साँच्चै यो बर्लिन को पर्खाल ढालिएको घटना त एउटा ऐतिहासिक घटना रहेछ । जर्मनी भन्नासाथ मलाई त हिटलर को मात्र याद आउँथ्यो तर त्यसबाहेक यो बर्लिन को पर्खाल पनि ऐतिहासिक रहेछ । यो बर्लिन को पर्खाल ले सहरलाई मात्र नभइ, जर्मनीलाई नै पूर्वि र पश्चिम जर्मनी मा विभाजन गरेको थियो । सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने

‘ क ठै ! अब ता मेरा दिन गै’गए ’ जगदीश दाइको यो मार्मिक विस्फोटनलाई मैले “ईमोस्नल ब्ल्याकमेल”को नाउँ दिएको छु । लेख्दा पनि आफू कति भावविह्वल हुनुहुन्थ्यो होला, मेरो मन त पतिङ्गर बनाएर उडाइदिनुभयो । २-३ सय पेजको उहाँको जीवनोपन्यास ‘अन्तर्मनको यात्रा’ पढ्दा मेरो मन सुरुको दुई-तीन पेजमै मैनबत्तीझैँ पग्लेको थियो । खुब रोएँ । तर आँसु एकथोपा पनि झारिन । सोचेँ, मृत्यूको घन्टी बजेको थाँहा पाउँदा त जगदीश दाइ सन्तोषका साथ बाँच्न प्रयत्नरत हुनुहुन्छ भने म त स्वस्थ छु, हट्टा-कट्टा छु, किन आँसु झार्ने ? यी आँसु म जगदीश दाइकै लागि बचाएर राख्ने छु । हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो । ‘मल्टिपल माइलोमा’ क्यान्सरको घातक रुप, विना पूर्व सूचना मृत्युको आवाज दिने ज्यान घातक रोग रे । हे भगवान ! माइलोमा तिमी नै लैजाउ, हामीलाई चाहिँदैन । त्यसले फेरी अर्को जगदीश दाइलाई सिकार नबनाओस् र फेरी अर्को प्रतिभाको विछोड नेपाली पाठकहरु सहन नसक्लान् । सङ्कुचित नेपाली विचारधारा र खोक्रो नेपाली जीवन शैलीप्रति व्यङ्ग्यवाण प्रहार गर्दै दाइ लेख्नुहुन्छ, “यहाँ (नेपालमा) जस्त

सायद तपाईहरु मोनालिसा को मुस्कान देखेर छक्क पर्नुभएको होला । अहिले सम्म कै अद्वितिय मानिएको मोनालिसा को फोटो नदेख्ने सायद कमै होलान् । सायद तपाईहरुले नियालेर हेर्नुभएको याद गर्नु भएको होला, एकैछिन हाँसिरहेको लाग्ने मोनालिसा अर्को पटक सिरियस भएको देख्नुहुनेछ । एउटै फोटो हेर्दा पनि हामी किन यतिसारो झुक्कीरहेका छौँ । कहिले मोनालिसा हाँसेको भान पर्छ भने, कहिले गम्भिर भएको भान हामीलाई पर्छ । यस्तो किन लागेको होला त ? भै’गो धेरै नसोच्नुहोस्, मोनालिसा को तस्विर को रहस्य खुलिसकेको छ । हाम्रो आँखाहरु ले मष्तिष्कलाई पठाउने मिश्रित संकेत का कारण हामीलाई मोनालिसा कहिले हाँसेको त कहिले गम्भिर लागेको भ्रम पर्छ । हाम्रो आँखा को रेटिनामा हुने विभिन्न कोषहरुव्दारा भिन्न भिन्न समूहका सुचना ‘च्यानल’ को रुपमा मष्तिष्क मा एकैसाथ प्रवाह गर्नेगर्दछ । ती च्यानलहरु ले object's size, clarity, brightness and location in the visual field बारे का सुचनाहरु एकैसाथ प्रवाह गर्छ । Diego Alonso Pablos सँग मिलेर यसकुरा को अध्ययन गरिरहेका Institute of Neuroscience in Alicante, Spain का न्युरोविशेषज्ञ Luis Martinez

I have always been away from political since the very beginning I have been hearing from so many people the same thing that "Politics is the dirty game. So, this kind of surrounding made me go away from politics. But one thing has always fascinated me, or let me say one woman, one Italian-Indian woman who leads congress in India , yes I am talking about Sonia Gandhi..."Sonia Gandhi" for me is the idol in something called politics, though I know least about her, or let me say I give a damn !! to politics. One event before five years I clearly remember because I have watched this ardently in Television. Yes, that was Election in India before five years...Although I don't remember so many things one event for me remains unforgettable.I remember the clash whether to make Sonia Gandhi Prime Minister or not. A leader Uma Bharati I guess came up with"Hunger strike" and similarly a fake publicity seeker stood up in a car among cameras and police with a gun in h

If you are currently in Nepal then you might be facing problems with the ever changing politics and load shedding schedule. This has disrupted the Nepalese public life and created a sense of frustration. At these times, how do you know what people are asking from the government? The angry public and frustration has always caused people to come out on the roads and revolt to the government. At these times, very few – I think, know of the existence beyond the chaos of Nepal, particular all those bureaucrats working on their desk that doesn’t have a computer – forget the internet, there lies a mass of people connected in virtual World. In global terms – we call it Online Social Network. In simple words, it’s an online society where people from different part of the world connect to share their views and thoughts. Few examples are Facebook , Twitter and different blogs written by people. I have been involved in the social network for almost a year; I have, in my network, Nepalese friends

कुरो कहाँबाट सुरु गरौँ भनेर धेरै सोचियो तर कुरा को फेदटुप्पो फेला पार्न सकिन । खास मा भन्दा कुरो को प्लट फेला पारिएन । कतिलाई यो लेखाइ वाहियात लाग्ला, अनि कतिलाई मन पनि पर्ला । तर यो लेखिरहँदा मेरो मन भने कहाँ कहाँ उडिरहेछ, अनि के के सोचिरहेछ । खासमा, भन्ने हो भने यहाँ म के लेख्दैछु, या लेख्ने प्रयत्न गर्दैछु, मलाई नै थाहा छैन तर मैल यसो भन्दा नपत्याउनु पनि होला, या गफ नै बढि पनि भन्नुहोला । हेरौँ, लेख्दैजाउँ यो के बन्दोरहेछ, एउटा परिक्षण नै सहि । मन को अन्तरकुन्तर मा रहेका तर कहिले यही लेख्छु भनेर नसोचिएका कुराहरु, धारा प्रवाह छौँडौ न, के नै पो होला र ? शक्ति नाँसिदैन, अनि हाम्रो आवाज पनि कतै संरक्षित भएर रहन्छन् भने भावि पुस्ता का लागि सँधै सभ्य बोलौँ, शूभ बोलौँ । साइटहरु ब्राउज गर्दैथिँए, एउटा मा फोटो रहेछ, ल्होछार को अवसरमा मोटरसाइकल र्‍याली भन्ने क्याप्सन सहित । फोटो सायद कुनै आकाशे पुल बाट लिइएको थियो होला । र्‍याली, त्यसमाथि पनि मोटरसाइकल, मेरो आँखा पहिले त्यही मोटरसाइकल मा पुग्यो । आफैँ देखि दिक्क लागेर आयो । मोटरसाइकल चालक ले अनिवार्य हेलमेट लाउनु पर्छ भन्ने ट्राफिक नियम छ, अन

One Newly launched blog called: Nepali Blog Awards has reviewed this blog "Aakar Post" Here's their word: As part of our efforts to have more interaction among Nepali bloggers, we have come up with the first review of the blog, which participated in our blog, and linked back to us. Today we are reviewing Aakarpost - a blog run by a Nepali youth under the pen-name Aakar. His real name is Anil P. Ghimire. He also runs several blogs under the title "Aakar Blogs Network". Aakar Post is a blog that primarily features articles in Nepali - Devnagari Script - though you shouldn't be surprised at some English posts you might come across there. Most of the articles deal with the different aspects of the Nepali society - politics, literature, music, videos, audios and most of the current ongoings in Nepal. He also has his personal stuffs on the blog. For eg. his artworks. The blog seems to have quite a following from the Nepali diaspora. Currently Clustrmaps reveals t

“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ । के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ? अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !” माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई । एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ? अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथिका

-आशिष लुइटेल विरोधमा स्वरहरू गुञ्जिरहेकै बेला साउन २२ मा मिस नेपाल प्रतियोगिता हु“दैछ । सन् १९९४ मा पहिलोपटक आयोजना गरि“दा सुन्दरी प्रतियोगिताको चर्को विरोध गरिएको थियो । मिडियाले समेत खुलेरै विरोध गरिरह“दा रुवि राणाले मिस नेपालको ताज पहिरिएकी थिइन् । काठमाडौं जेसिजले आयोजना गर्दै आएको प्रतियोगितामार्फ हालसम्म १३ जनाले मिस नेपालको ताज पहिरिसकेका छन् । हरेक वर्षसो प्रतियोगिता हुनै लाग्दा विरोध हुने गरेका घटना स्वभाविक र सामान्य लाग्न थालिसकेका छन् । यस्तो लाग्न थालिसक्यो कि मिस नेपाल प्रतियोगिता हुनु भनेकै एक पक्षका युवती मेकअपले पोतिएर मुस्कुराउ“दै झकीझकाउ स्टेजमा उत्रनु हो र अर्को पक्षका मुठी उचाल्दै पुलिसका डन्डास“ग जुद्धै रिसाएको अनुहारमा बुरुकबुरुक उप|mेर सडक तताउनु । अब यी दुवै हुन सकेन भने प्रतियोगिताको स्वादै नहोला जस्तो लाग्छ । विरोधका बीचमा पनि सफल हुने प्रतियोगिताका लागि विरोध विरोधकै लागि मात्र हो कि जस्तो लाग्छ । हरेक आयोजनाभित्र सकारात्मक र नकारात्मक पक्ष लुकेका हुन्छन् । हुन सक्छ, मिस नेपाल प्रतियोगिताभित्र पनि सकारात्मकस“गै नकारात्मक पक्ष छन् । शारीरिक अपांग झमक घिमिरेहर