Skip to main content

कर्नाली ब्लुज ह्यांगओभर

फ्ल्यास ब्याक मा गएर कथा भनिएको र सरल भाषामा उनीएको कर्नाली ब्लुज, प्रकाशक का अनुसार ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिता को संघर्ष देखाउने उपन्यास हो’ । तर प्रकाशक ले जे भनेपनि, आफूले बुझेको चाँहि, कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ ।

उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ । अनि आफ्ना ‘बा’ को जिवनचर्या पनि सँगसँगै अघि बढ्दै जान्छ उपन्यास मा !karnali blues

सुदुर तराई को गाउँ मटेरा मा उनको जन्म हुन्छ ।  अमौरीखोला, चन्द्रे, बा’को साइकल, कै वरिपरि कथा घुम्छ ! पार्वतीदिदी, ममतादिदी, भागिराम आदि ले पनि कथा मा आफ्नो उपस्थिति जनाएकाछन् । बाल्यकाल मा गरिएका उट्पट्याङ र रमाइला कर्तुतहरु ले कथा अघि बढेको छ, तर बिच बिच मा ममतादिदी को प्रसंग ले झस्काइदिन्छन् ।

पढाइ मा निकै लद्दु रहेका लेखक, ‘बा’ सँग डराउँछन् तर उनका सबैभन्दा प्रिय ‘बा’ नै हुन् ।  लेखक आफ्नो उमेर र परिस्थिति अनुसार बारम्बार आफ्ना ‘बा’ का बारेमा भन्छन् । “मेरा बा जस्ता जाति यस संसार मा कोही छैन”, “मेरा बा जस्तो राम्रो मान्छे कोही छैन”, “मेरा बा जस्ता माया गर्ने मान्छे कोही छैनन्”, “मेरा बालाई सबै कुरा थाहा छ” । टोपी, घडि देखि साइकल सम्म, ‘बा’ ले उनका लागि सजिलै उपलब्ध गराउँछन् । उनका ‘बा’ पेशाले ‘डाक्टर’ हुन् । कटासे बजार मा उनको ‘बा’ को मेडिकल थियो ।

फोटोहरु मा जुँगा बनाइदिने प्रसंग होस्, या भागीरामलाई सुर्ती खुवाएको प्रसंग या घर मा आगो लागेको प्रसंग या ममतादिदीलाई जिउँदै खाल्डो मा गाडेको प्रसंग, कहीँ लेखक ले औधि हँसाउछन् त कहीँ धर्धरी रुवाँउछन् । गाउँ मा बजारीकरण को प्रसंग बाट सुरु हुँदै, मटेरा गाउँ छाडेर उनको परिवार ‘कटासे बजार’ मा बसाइँ सर्छन् ।

कटासे बजार मा उनको साथ दिन बाटु, शिवशंकर, सद्दाम आदिहरु आइपुग्छन् । जति जति उपन्यास को कथा बढ्दैजान्छ, त्यति त्यति उनको ‘बा’ मा परिवर्तनहरु आउँदैजान्छ । उनका ‘बा’ पहिले का जस्ता छैनन् । ‘बा’ रातबिरात डुल्छन्, मेडिकल मा बिरामी आउँदा ‘बा’लाई खोज्न जानुपर्ने बाध्यता मा पुग्छन् लेखक । उनको घर मा बस्न आइपुगेकी ‘बाटु’ सँग का प्रसंग ले ‘म’ पात्र को किशोरअवस्था का धेरै कुराहरु बोल्छन् । हाँस चोरेर खाँदा, जेल मा जाकिएका प्रसंग पनि रमाइला छन् ।

कटासेबजार पनि खालि हुँदै गएपछि, र बजारीकरण को प्रभाव बढदैजाँदा, व्यापार घट्दै गएपछि, उनको परिवार ‘कालिकोट’ बसाइँ सर्छ । आमाले सुर्खेत जा’म भनेर भनिरहन्छिन् तर उनका ‘बा’ कालिकोट नै सर्छन् । डाक्टरी पेशा अँगालेका उनका ‘बा’ ले कपडा व्यापार थाल्छन् । कालिकोट प्रवेश सँगै, माओवादी जनयुद्ध को कुरा हल्का रुपमा मिसिन्छ । आर्मी, माओवादी, जरीलाल, मन्दिरे आदिहरु कालिकोटमा जोडिन आइपुग्छन् । चिट चोरेरै ‘उ’ एसएलसी पास हुन्छ । उसको साथी मन्दिरे ले प्रथम श्रेणी ल्याएको प्रसंग अनि मन्दिरे ले गाउँ छाडेको प्रसंग, निकै मर्मश्पर्शी छन् । माओवादी जनयुद्ध कै कारण, सुर्खेत मै बसेर पढ भनेर ढिपी गर्ने बा ले, ‘लेखक’ कै कुरा मा सदर गर्दै, काठमाडौँ पढ्न पठाउँछन् । बा’ को जिवनगाथा जोड्दै, कर्णाली क्षेत्र को परिस्थिति वर्णन गरिएको उपन्यास, उनको बा’को अन्त्य सँगै सकिन्छ ।

***************************************************************************

उपन्यास पढ्दै जाँदा आउने प्रसंग ले, आफ्ना बाल्यकाल सम्झाइदिन्छ। आफ्नो अतित सोच्न बाध्य बनाइदिन्छ । सायद यो नै, उपन्यास को विशेषता हो । सरल भाषा शैली मा लेखिएपनि, उपन्यास मा धेरै बिम्बहरु को प्रयोग भहेकाछन् । प्रसंग मा भन्न सुहाउने तर ‘मु…जी’ शब्दा बारम्बार दोहोरिँदा कता कता, लेखक ले पाठकहरु माथि अत्याचार नै गरेको भान हुन्छ । ठेट र क्लिष्ट शब्द प्रयोग गर्दा, रोचक हुन्छ भन्ने गलत सोच लेखक ले राखेको देखिन्छ । चिनी धेरै हुँदा तितो हुन्छ भने झैँ, ‘मु….जी’ शब्द का प्रयोगहरुले कथालाई अलि विच्छृखंल बनाइदिएको छ । ती शब्दहरु को प्रयोग कम गरिएको भए उपन्यास अझ धेरै राम्रो हुनेथियो ।

त्यसबाहेक त्यस्तै ‘यौनिक’ अर्थ दिने बिम्बहरु को प्रयोग गरिएका कारण, सबैका लागि पठनयोग्य छैन भन्दा पनि फरक पर्दैन । प्रसंगअनुसार त्यस्ता शब्दहरु, बोलिँदा विशेष अर्थ राख्लान् तर लेख्दा भने ती शब्दहरु भद्दा नै लाग्छन्, अश्लिल नै लाग्छन् । अंग्रेजी उपन्यास मा त्यस्ता शब्दहरु सजिलै राखिने र हामी ले पढ्ने गरेका कारण, ‘कर्नाली ब्लुज’ मा राखिँदा केही फरक पर्दैन भन्ने सोचाइ त होला तर पनि मेरा लागि चाँहि त्यस्ता शब्दहरु पाच्य भएनन्, सायद आफूले आजसम्म त्यसरी नबोलिएको कारण आफूलाई अप्ठेरो लागेको होला ।

त्यस्तै पात्र ‘बाटु’ को सन्दर्भ आउँदा कता कता, विपी कोइराला का कथाहरु याद आएका थिए । अनि ममतादिदीलाई जिउँदै गाडेको प्रसंग ‘मगरमामा’ बाट सुन्दा, लेखक का ‘बा’लाई झैँ आफूलाई पनि निक्कै रिस उठेको थियो, त्यस समाजप्रति ! जुँगा को प्रसंग आउँदा, पेट मिचिमिचि हाँसेको थिँए । अनि चन्द्रे ले गाउँ छाडेको प्रसंग ले, व्यथित भएको थिएँ । चकचक गरेर, घर मा आगो लाग्दा, मन कुँडिरहेको भएपनि,उसका उपद्रो को बयान ले खित्का छुटिरहेको थियो । भागिरामलाई सुर्ती खुवाएको प्रसंग आउँदा, एक छिमेकीलाई ‘भाङ’ लागेको प्रसंग दिमाग मा ताजा भएर आएको थियो । अनि अमौरीखोला उर्लेर आउँदा, आफूलाई पचास साल को बाढी को याद ले बगाइरहेको थियो । चन्द्रे लगायत साथिहरु को र स्कुल को कुरा आउँदा, आफ्ना लागि पिटाइखान पछि नपर्ने साथिहरु र, कक्षा मा अगाडि बस्न को लागि घमासान परेको, हेडमास्टर को कोठामा उपस्थित हुनुपरेको यावत् आफ्ना कुराहरु याद आए !  मोटरसाइकल बाटो मा कुद्दा, त्यसको गन्ध सुँघ्न ‘लेखक’ बाटो मा घोप्टिने प्रसंग ले, ठ्याक्कै आफ्नै बाल्यकाल सम्झाइदिए । अनि बसाइसराइ को प्रसंग ले, आफू बसाइसरिएको घटना याद गरायो ।

कर्नाली ब्लुज पढिसकिएपछि लाग्यो, आफ्नो जिवन का बाल्यकाल मा आफूले पनि निकै रमाइलो गरिएको रहेछ । खास मा आफ्ना, बाल्यकाल का स्मृतिहरुलाई लिपिबद्ध गरेर राख्ने हो भने, पछि त्यही सम्झना गरेर भनेपनि रमाइलो गर्न सकिनेरहेछ । (कुनै समय आफ्ना बाल्यकाल का प्रसंगहरु यसै ब्लग मा लेख्नेछु )  ।

कर्नाली ब्लुज मा कसैको पनि भुमिका नराखिएका कारण, सुरु मा नाम सुन्नेहरु ले पढ्न हिच्किचाएको आभाष भयो । साथै, यस का लक्षित पाठकहरु युवाहरु नै रहेको अनुमान गरेको छु । फाइनप्रिन्ट ले प्रकाशन गरेको 'कर्नाली ब्लुज’, साजसज्जा र कागज को क्वालिटि का हिसाब ले अब्बल छ । प्रकाशक का अनुसार ‘सरस र सरल भाषामा लेखिएको यो उपन्यास भाषिक सशक्ता का लागि पनि पढिनेछ’ भनिएको छ ।

बजार मा यसरी विज्ञापन गरिएको थियो कि, कर्नाली ब्लुज बजार मा नआउनु भन्दा पहिले देखि नै चर्चा मा रहेको थियो । नागरिक का पत्रकार ‘बुद्धिसागर’, अझ भन्दा ‘स्वर्ग बंक’ देखि उनी चर्चा मा आए, धेरै ले अझै ‘स्वर्ग बंक’का लेखक भनेर नै चिन्छन् जस्तो लाग्छ । कुनै दुइमत छैन, अब बुद्धिसागर स्वर्ग बंक भन्दा पनि ‘कर्नाली ब्लुज’ का लेखक भनेर चिनिनेछन् । नेपाली साहित्य का लागि र हाम्रा लागि  उनले  लेखेका उत्कृष्ट कृती का लागि उनलाई हार्दिक धन्यवाद र सफलता को शुभकामना ! मेरो आग्रह, ‘कर्नाली ब्लुज’ किनेर पढ्दा, नारायण वाग्ले को ‘मयुर टाइम्स’ पढेर किनेको जस्तो थक्क मान्नुपर्दैन । अत: किनेर पढ्दा, पैसा पुर्णत असुल हुन्छ, साथ मा कर्नाली ब्लुज को ह्यांगओभर ले, आफ्नो बाल्यकाल सम्झाइरहन्छ ।

कर्नाली ब्लुज

लेखक : बु्द्धीसागर

प्रकाशक : फाइनप्रिन्ट

मुल्य रु ३५०/-

www.buddhisagar.com

Comments

  1. I so want to read this book, thank you for an interest enhancing review!

    ReplyDelete
  2. i so agree wid u, the novel would hav been betta if some of the words like u said were not used..as a whole was a worth the wait...

    ReplyDelete
  3. i so agree wid u, the novel would hav been betta if some of the words like u said were not used..as a whole was a worth the wait...

    ReplyDelete
  4. कृति परिचय पढ्दा पुस्तक पढ्नै पर्ने जस्तो लाग्यो । ढिलो चाँडो पढ्नु पर्ला !

    ReplyDelete
  5. मलाइ नि पढ्ने उत्सुकता जाग्यो ......
    बरु पुस्तकको बारेमा थोर बहुत जानकारी दिनु भो - आकार जी , धन्यबाद !

    ReplyDelete
  6. AnuragFromDhulikhelOctober 15, 2010 at 8:07 PM

    Nice analysis...keep it up...:)

    ReplyDelete
  7. मयुर टाइम्स को बिषय त राम्रै छ कि जस्तो लागेको थियो तर प्रस्तुतीकरण चै ठिक छैन अरे भन्ने मात्र सुनेको हो !!! मयुरको पनि केहि analysis गर्ने हो कि आकार ???

    ReplyDelete
  8. मयुर टाइम्स को बिषय त राम्रै छ कि जस्तो लागेको थियो तर प्रस्तुतीकरण चै ठिक छैन अरे भन्ने मात्र सुनेको हो !!! मयुरको पनि केहि analysis गर्ने हो कि आकार ???

    ReplyDelete
  9. i so agree wid u, the novel would hav been betta if some of the words like u said were not used..as a whole was a worth the wait...

    ReplyDelete
  10. मलाइ नि पढ्ने उत्सुकता जाग्यो ......
    बरु पुस्तकको बारेमा थोर बहुत जानकारी दिनु भो - आकार जी , धन्यबाद !

    ReplyDelete
  11. Really. Karnali Blues is one of the fine writing and well tale of the man who loved his father very much...
    I am really thankful to Mr. Buddhisagar for his book...we love it.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

मोदी र ट्विटर ट्रेन्ड [पडकास्ट 📻 ]

यो अंकमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा ट्विटरमा चलेको #BlockadeWasCrimeMrModi (नाकाबन्दी अपराध हो, मिस्टर मोदी) ट्रेन्ड र ट्विटर ट्रेन्ड कसरी हुन्छ भन्ने बारेमा कुरा गर्दैछु । मोदी जनकपुरमा आइपुग्ने बित्तिकै एक्कासी #BlockadeWasCrimeMrModi ट्विटरको ट्रेन्ड लिस्टबाट हरायो । हामीले सेन्सरसिपको शंका गरिरहँदा केही घन्टापछि त्यही ट्रेन्ड पुन: देखापर्‍यो । विगतमा बाहिर भएका केही ट्रेन्डहरु फेसबुक तथा ट्विटरले 'ट्विक' गरेको भन्ने खबर आएका कारण, सुरुमा यो सेन्सरसिप नै हो भन्ने लाग्यो । तर उक्त ट्रेन्ड ट्विटरबाट हराएर केही घन्टापछि फेरि आएबाट, सेन्सरसिप हैन भन्ने लाग्यो । मोदी र ट्विटर ट्रेन्डबारेको यो पडकास्ट 📻 सुन्नुहोस् ट्विटर ट्रेन्ड कसरी हुन्छ? ट्विटरमा ट्रेन्ड हुन यति नै ट्विट हुनुपर्छ भनेर कहिँ उल्लेख गरेको पाइँदैन तर पनि केही कुरा ट्रेन्डमा देखिनको लागि त्यस विषयमा एकैपटक, धेरै ठाउँबाट धेरैले एउटै विषय ट्विट गरेको हुनुपर्छ । एउटै विषयमा हजारौँले दिनभरि ट्विट गर्दा त्यो ट्रेन्डिङ टपिकमा देखिन्छ भन्ने हुँदैन । ट्विटरमा ट्रेन्ड हुन, कुनै पनि विष

Subscribe to Aakar Post