'लाँक्रे' जुलुस, बन्द, चक्काजाम , झडप र कर्फ्यु हुँदै आज आएर यसवर्षलाई आजदेखि उखु किसान को आन्दोलन सकिएको छ । सोमबार राजधानीमा प्रधानमन्त्री माधवकुमार नेपालसहितको वार्तामा उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल "४ सय १" रुपैयाँ कायम गर्ने सहमति भएपछि आन्दोलन टुंगिएको हो । पोहोर को दाँजो मा, यो पनि अझै प्रतिक्विन्टल २० रुपैँया कमी हो ।
“लातोँ का भूत बातोँ से नहिँ मान्ता” भन्ने कुरा यहाँ एकपटक फेरि सिद्ध भएको छ । कुरो हो, उखुको मुल्य बढाउन माग गर्दै किसान ले चर्काएको आन्दोलनको । उखुको मुल्य निर्धारण गर्न, उखु का लाँक्रा सहित को जुलुस गर्दा, मर्का सुनिदिने कोही भएनन् तर जब बजार र यातायात बन्द गरे, तत्काल उखुको मुल्य मा सहमती भो । म बन्दलाई बढावा दिइरहेको त छैन तर हाम्रो मा, जायज मागलाई बन्द नगरी सम्बन्धित निकाय ले नसुन्ने खराव बानी बसिसकेको कुरालाई नकार्न पनि मिल्दैन ।
यसवर्ष पनि मंसिर देखि नै उखु को मुल्य मा विवाद उठ्यो । मिलवालाहरु, कर र राजश्व देखाएर मुल्य बढाउन नसकिने अडान मा बसे भने, किसानहरु कम्ति मा गतवर्ष को मुल्य आफूले पाउनुपर्ने अडान मा बसे । गतवर्ष उखू को मुल्य प्रतिक्विन्टल ४ सय २१ रुपैँया कायम गरिएको थियो, त्यसै अनुसार धेरै प्रतिफल लिन को लागि, किसान ले पनि, उखु धेरै जग्गा मा लगाए भने, महँगिदै गएको खादमल र विषादीहरु पनि उखूखेती मा प्रयोग गरे । फलस्वरुप, उखु को लागत बढ्न गयो । तर अहिले मिलवालाहरु ले पोहोर को मुल्य पनि दिनै सक्दैनौँ भनेपछि, उखु किसानहरु सिधै मर्का मा परे ।
काठमाडौँ मा भएका किसानप्रतिनिधिहरु र मिलवालाहरु को वार्ता निश्कर्षविहिन रुप मै टुंङ्गियो । किसानहरु ले सरकार र मिलवालाहरुलाई झक्झक्याइरहे तर सम्बन्धित पक्ष ले कुनै चासो देखाएन। अघिल्लो वर्ष प्रतिक्विन्टल ४ सय २१ रुपैँया मा बेचिएको र, उत्पादन लागत पनि बढेको अवस्था मा चिनीमिलवालाहरु ले प्रतिक्विन्टल ३ सय ३० रुपैँया भन्दा धेरै दिन सक्दैनौँ भनेपछि, किसान र मिलवालाहरु बिच तनाव बढ्न गयो । अत: आफ्नो उत्पादन को यथोचित मुल्य पाउनुपर्ने दावी गर्दै, किसान प्रतिनिधिहरु सरकार र सरोकारवालाहरु पक्षसम्म पुगिरहे, तर ती मागहरु सुनेको नसुनेझैँ गरियो ।
सरकार र मिलवालाहरु आफ्नो ठाउँबाट टसमस नभएपछि, १ हप्ता अघि जति, उखू को लाँक्रा सहित उखु किसान संयुक्त संघर्ष समितिले सर्लाहीको हरिऔनमा लाँक्रे जुलुस प्रदर्शन प्रदर्शन गर्यो । लाँक्रा जुलुस का माध्यमबाट समस्या त्यै समाधान भइहाल्छ कि भन्दै, लाँक्रे जुलुस गरिएको थियो । हजारौँ का संख्या मा किसानहरु उखु को लाँक्रा सहित प्रदर्शन मा सहभागि भएका थिए । प्रदर्शन शान्तिपुर्ण थियो ।
लाँक्रा जुलुसलाई कसैले टेरेनन् । अत: कडा संघर्षमा जाने पूर्व घोषणा अनुसार, इन्दुशंकर चिनीमिल मा किसानहरु ले ताला लाइदिए, अनि हिजो दिउँसो सर्लाही को हरिवन मा ३ घन्टा चक्काजाम गरियो । चक्काजाम गरिएपछि, सबैलाई समस्या ले छोएझैँ भएछ । प्रशासन ले हतार हतार प्रहरीहरु परिचालन गरेर, चक्काजाम खुलाउन खोज्यो, आन्दोलनकारी ले प्रतिवाद गरे । प्रहरीले बल प्रयोग गर्न थाल्यो, अनि किसानहरु पनि जाइलागे । प्रहरीले केयौँ राउण्ड हवाइफायर गर्यो भने, केयौँ सेल अश्रुग्याँस प्रहार गर्यो । किसान ले नि, ढुंगा र इट्टा ले प्रतिकार गर्न थाले, यसक्रम मा कम्ति मा पनि ४० जना जति घाइते भए ।
प्रशासन ले, मुल्य समायोजन गर्न को लागि पहल गरेन तर राजमार्ग बन्द भयो भनेर तत्काल प्रहरी परिचालन गरेर, दमन को निती लिएपछि, आज बिहान ९ बजे देखि ५ बजेसम्म राजमार्ग को घोषणा गरियो । किसानहरु को बन्दलाई मध्यनजर राख्दै आज प्रशासन ले अकास्मात कर्फ्यु नै लायो । यसरी सामान्य रुपमा लाँक्रेजुलुस बाट सुरु भएको उखु किसान को आन्दोलन, प्रदर्शन र चक्काजाम हुँदै झडप सम्म पु्ग्यो । दोहोरो झडप र अचानक कर्फ्यु लगाइएपछि, मिडिया मा पनि, किसान को आन्दोलन बारे को समाचार प्रकाशन र प्रसारण भयो, साथै सरकार ले पनि निकै चासो दिएझैँ गरि, तत्काल समस्या समाधान गरेझैँ देखाउन, आज वार्ता मा बसेर, प्रतिक्विन्टल ४ सय १ रुपैँया दिने सहमति गरे । किसानले उखु प्रतिक्वीन्टल ४ सय २१ माग रहेकोमा उद्योगले ३ सय २० मात्र दिने बताउँदै आएको थियो । दुवै पक्ष ले आफ्नो अडान मा लचिलो हुँदै, अन्तिम मा सहमति गरे ।
यही कुरा ले पनि सोच्न बाध्य बनायो । हामी मा बन्द र झडप नै नभइ, समस्या को समाधान गर्ने बानी कहिले देखि बस्ने होला ? कहाँ त्यो शान्तिपुर्ण लाँक्रे जुलुस, अनि कहाँ त्यो हिजो को हिंसात्मक झडप ! साँच्चै, लाँक्रे जुलुस ले त हामीलाई नछुने भइसकेछ । यसपालीलाई त यो आन्दोलन टरेको छ, यदि यो लम्बिएको भए, थाहा छैन, कति दिनलाई राजमार्ग बन्द हुन्थ्यो र कति जनधन को क्षति हुन्थ्यो । आशाँ गरौँ, आउँदा वर्षहरु मा उखुकिसानहरु ले फेरि फेरि राजमार्ग बन्द गर्नु नपरोस् । तर नवलपरासी का किसानहरु, अझै आन्दोलन मै छन्, उनीहरु को समस्या चाँहि कहिले समाधान हुने हो ?
तराईका १४ जिल्ला- मोरङ, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, र्सलाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, कैलाली र कञ्चनपुरमा अत्यधिक उखुखेती गरिन्छ । यसबाहेक अरू जिल्ला र पहाड-बेसीमा उखुखेती हुन्छ ।
यो उखु काट्ने सिजन हो, तर वर्षैपिच्छे जस्तो उखु काट्ने सिजन मा आन्दोलन गर्नु पर्ने किसानहरु को बाध्यता बनेको छ । मिल मालिकहरु वर्षैपिच्छे किसानहरुलाई मुल्य मा चेप्न खोज्छन् । उखु तीन वर्षो बाली हो । एकपटक लगाए तीन वर्षम्म रहन्छ । पहिलो वर्षो लागत उच्च हुन्छ । उखुको मूल्य पाइएन भनेर किसानले दोस्रो वर्षउखु मासेर अर्को बाली लगाउन मिल्दैन । यसबीच उखुको मूल्य गिरे किसान मारमा पर्छन् ।
किसानले मिहेनत गरी फलाएको उत्पादनको मूल्य आफैं तोक्नसक्ने अवस्था अरू बालीजस्तै उखुमा पनि छैन, त्यसमाथि भण्डार गर्न नमिल्ने हुनाले पनि उखु-किसान मारमा छन् । चिनी मिलका मालिक किसान अत्याउनकै लागि मिल चलाउन ढिला गर्छन् । मिल ढिला खुले उखु खेतमै सुक्न थाल्छ । समयमा काट्न नपाउँदा उखुको तौल कम हुन्छ । मंसिरमा काट्न सुरु गरे चैतसम्म लाग्छ । वैशाख नलाग्दै मिल बन्द गर्ने हुनाले पछिल्ला दिनमा उखु खेतमै सुक्ने भयका कारण सस्तोमै उखु किनिदिनुस् भन्न किसान बाध्य हुन्छन् । यसैका कारण सधैं मिल-मालिकको 'बार्गेनिङ' बढी देखिएको छ । उखु बेचेको पैसा चाँडै दिए ६ महिनापछि, नत्र वर्षौंसम्म पनि किसान मिलमा धाइरहनुपर्ने अवस्था छ ।
पहिलो र दोस्रो तस्विर ईकान्तिपुर बाट, तेस्रो तस्विर नागरिकन्युज बाट !
Further Readings:
नवलपरासीका सबै चिनी उद्योग बन्द : http://www.ekantipur.com/np/2066/8/16/full-story/302852/
उखु किसान आन्दोलित : http://www.ekantipur.com/np/2067/9/7/full-story/322359
Sugarcane farmers shut mill in Sarlahi : http://goo.gl/ZvX6s (THT)
Sugarcane farmers clash with cops in Sarlahi : http://goo.gl/jAW9z (THT)
Curfew clamped in Sarlahi to suppress demonstrations of sugarcane farmers : http://www.nepalnews.com/archive/2011/jan/jan03/news04.php
उखु आन्दोलनले कर्फ्यु, जीवन ठप्प : http://www.nagariknews.com/news-highlights/139-highlights/22018-2011-01-03-07-51-10.html
उखुको मुल्य तोकिएपछि आन्दोलन फिर्ता : http://www.ekantipur.com/np/2067/9/19/full-story/322974/
Comments
Post a Comment