Skip to main content

मृत्युबाट अमर्त्यतिर

३० वर्षमा काठमाडौंले बीपी कोइराला, नारायणगोपाल, पारिजात, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालालाई अपार श्रद्धासहित अन्तिम बिदाइ गर्‍यो, जसमा ठूलो सङ्ख्यामा नेपालीहरू धुइरिनुले उहाँहरूले रचेको इतिहासको समकालीन मूल्याङ्कनलाई जनाउँछ।

आफ्नो समयको नेपाली राजनीतिको केन्द्रमा रहेका जङ्गबहादुर राणाका समकालीनहरू उनको उच्च मूल्याङ्कन गर्थे। तर, २५ फेब्रुअरी १८७७ मा पत्थरघट्टामा मृत्यु हुँदा तत्कालीन राजनीतिक दाउपेचका कारण काठमाडौंमा उनको अन्त्येष्टि हुन पाएन। उनलाई दागबत्ती दिने छोरा पद्मजङ्गले लेखेको जङ्गको जीवनी मा त्यो अन्तिम दिनको वर्णन छ। त्यस दिन तराईको वाग्मती किनारमा जङ्गबहादुरबाहेक अरू कुनै शासकको नाम नसुनेका ६ हजार मलामी जुटेका थिए। सती जान चितामा चढेका तीन श्रीमतीमध्ये हिरण्यगर्भकुमारीले आफ्ना पतिले सधैं देश र जनताको भलो चिताएको बताउँदै जीवनकालमा कदाचित् कसैलाई केही चोट पुर्‍याएका भए माफ गरिदिन विनम्र आग्रह गरिन्।

कोतपर्वमा चार दर्जनभन्दा बढी पुराना भारदार मारेका जङ्गको दृष्टिकोणमा त्यो अपरिहार्य घटना थियो, जसले भीमसेन थापाको मृत्युपछिको अस्थिरता, नेपाल दरबारमा बेलायती रेजिडेण्ट व्रायन हड्सनको हस्तक्षेप तथा पागल युवराज सुरेन्द्र, कमजोर राजा राजेन्द्र र महत्वाकाङ्क्षी महारानी लक्ष्मीदेवीबीचको टकरावबाट उत्पन्न दिशाहीनताबाट नेपाललाई बचाएको थियो। सुगौली सन्धि भएको दिनदेखि नै नेपालीहरूको चाहना जसरी भए पनि गुमेको भू-भाग फर्काउन् भन्ने थियो। जङ्गले त्यो काम गरेका थिए। नयाँ मुलुक फर्किएको उत्सव मनाउन अङ्ग्रेजसँग लडेका थुप्रै गोर्खाली योद्धा जीवितै थिए।

भीमसेन थापा मृत्युको समयमा लोकप्रिय थिएनन्। बाघ थुनिएको पिँजरा छेउमा निवास परिसरमै धरहरा र सुन्धारा जस्ता महँगा संरचना बनाएर शानका साथ बस्ने उनकै पालामा एकीकरण अभियानका योद्धालाई पाखा लगाउँदै आफ्नै नातेदारलाई सेनाको नेतृत्वमा ल्याइएको थियो, अङ्ग्रेजसँग धेरै भू-भाग गुमेको थियो, तिब्बत युद्धका नायक दामोदर पाण्डे काटिएका थिए। उता अमरसिंह थापा जस्ता युद्धवीर एकीकरण अभियानमा सैनिकका रूपमा योगदान नभएका भीमसेनलाई गन्दैनथे। काँगडा युद्धमा मद्दती फौजको नेतृत्व गरेर आएका भीमसेनका भाइ नयनसिंह थापा अमरसिंहको कुरा नसुनी किल्ला आक्रमण गर्न जाँदा भित्रबाट आएको गोलीले मारिएका थिए। काजी र मुख्तियारका भाइ नयनसिंह मारिँदा सेनाको मनोबल गिर्नु स्वाभाविक थियो। अमरसिंह यसको दोष भीमसेनलाई दिन्थे।

भीमसेनले शक्तिमा रहँदा विरोधीलाई सखाप पारे। तर, उनको अन्त्य दुःखद् भयो― लाश विष्णुमतीमा फालियो, न कोही मलामी गयो, न कसैले श्राद्ध गरे। तातो तेल खन्याएर मारिएका नेपाल आमाका अर्का सपुत बहादुर शाहको शव कतै जङ्गलमा फेला परेको थियो भनिन्छ। विरक्तिएका अमरसिंह गोसाइँकुण्डमा गएर मरेका थिए। उनका वीर छोरा रन्जोर सिंह कोतपर्वमा मारिए।

इतिहासकार फ्रन्सिस बुचानन ह्यामिल्टनका अनुसार पृथ्वीनारायण शाहको मृत्यु सबैको लागि हृदयविदारक थियो। उनी मरेको २० वर्षपछि नेपाल आएका ह्यामिल्टनले त्यस बेला पनि पृथ्वीलाई भारदारहरूले साह्रै सम्झेको उल्लेख गरेका छन्। मृत्युअघि उनले भनेका कुराहरू दिव्योपदेशमा समेटिए, देवघाटमा भएको मृत्यु र सद्गतिको चर्चा भने कतै भेटिएन। पृथ्वी जस्तै प्रतापि राजाहरू मणिमुकुन्द सेन र मानदेवको अन्तिम अवस्थाको विवरण पनि भेटिएको छैन।

नेपाल भूमिका सर्वथा पुज्य पुत्र गौतम बुद्धको अन्तिम अवस्था पनि अप्ठेरोमा बित्यो। इतिहासकार स्टिफन ब्याचलरका अनुसार शाक्यहरूले दासीलाई राजकुमारी भनेर बिहे गरिदिएको पोल खुलेपछि तीनदशक लामो समयका मित्र कोशल नरेश पासेनादीसँग उनको सम्बन्ध बिग्रिएको थियो। बाबु पासेनादीलाई सत्ताच्यूत गरेपछि तिनै दासीतर्फका छोरा विदुदभले बुद्धको अनुनय-विनयको बेवास्ता गर्दै कपिलवस्तुमा भीषण हमला गरे। विरक्त बुद्ध वर्षा लाग्नुअघि नै कोशलबाट वैशाली हुँदै राजगहतिर लागे। वैशाली गणतन्त्रमा पनि भर्खरैका बुद्धका पूर्व शिष्य सुनक्षतले त्यो गौतम बुद्ध भनेको को हो? भन्दै अनादर गरे।

राजगहमा राजा अजातशत्रुका प्रधानमन्त्री वशक्षरले बुद्धलाई वैशालीमाथि आक्रमण गर्न लागेको कुरो सुनाएपछि अहिंसाका पक्षधर बुद्धलाई आसन्न विनाशले झ्नै पीडित बनायो। सर्वत्र युद्धको विभीषिका देखेर निराश बुद्ध जीवनका अन्तिम दिन बिताउन आफ्नै जन्मस्थल फर्कंदै थिए,८० वर्षको उमेरमा भर्खरै ग्रीष्मकालीन कठोर यात्रा गरेको नश्वर शरीर निकै गलिसकेको थियो, राजगहबाट पाटलीपुत्र (पटना) हुँदै कपिलवस्तु फर्कने क्रममा जन्मस्थल भन्दा डेढ सय किलोमिटर परै कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरे। यद्यपि, महापरिनिर्वाणका लागि बुद्धलाई संभवतः कुशीनगर नै उत्तम थियो। किनकि, त्यस बेला कपिलवस्तुस्थित उनका शाक्य आफन्तहरू भर्खरै कोशलराज विदुदभको महासंहारमा परेका थिए।

बुद्धको देहान्तको अवस्थाले त्यसभन्दा दुई/तीन सहस्राब्दीअघिका दार्शनिक तथा श्रीमद्भागवत गीताका रचयिता भगवान कृष्णले भोगेको नियतिको झ्ल्को दिन्छ। वंश संहार भएको अवस्थामा निधन भएका कृष्णको अन्त्येष्टि गर्ने कोही थिएनन्, बुद्धको मृत्युताका तक्षशिला विश्वविद्यालयमा सहपाठी रहेका उनका मित्र पूर्व कोशल सेनापति बन्धुलका परिजनहरू कुशीनगरमा शक्तिशाली थिएर तिनैले श्रद्धापूर्वक बुद्धको अन्त्येष्टि गरे। कृष्ण र बुद्धको उदाहरणले अन्त्येष्टिको भव्यता र व्यक्तिको इतिहासको मूल्याङ्कन फरक हुनसक्ने देखाउँछन्। तर, पछिका मानवहरूले यिनै महान् दुईलाई निर्गुण र निराकार परमात्माका रूपमा स्वीकार गरेका छन्।

- विश्व पौडेल / हिमालखबर पत्रिका

***************************************************************************************

ईतिहासले नायक र खलनायक ठहर्याएकाहरु को मृत्यु को दृष्टान्त दिएर लेखिएको  लेख राम्रो लागेर हामीले हिमाल खबर पत्रिका को सोही लेखलाई यहाँ फेरि प्रकाशित गरेका छौँ । कुनै कुनै प्रसंग मा चाँहि लाग्यो, ईतिहास का बारेमा मेरो बुझाइ कति गलत रहेछ ! अनि कहिँ चाँहि लाग्यो, सबैलाई राम्रो लागेको कुरा, सहि ठहर्याएको कुरा सबैलाई राम्रो लाग्छ नै भन्ने पनि नहुने रहेछ । अलिकति फरक तरिका ले सोच्यो भने, धेरै फरक भेट्न सकिँदोरहेछ ।

Comments

  1. फरक टेष्ट । आकारजी, राम्रो लाग्यो । मैले हिमालमा यो छापिएको अंक पढ्न छुटाएको रहेछु । त्यसै त इतिहास रुचीकर नलाग्ने । उहीमाथि पत्रिकामा आयो भने लेखमा कमै ध्यान जान्छ । तर, ब्लगमा मैले यसलाई पुरा पढेँ है । अनि इतिहासका वर्णनहरु पुरातनबाट सुरु भएर आधुनिक युगमा आइपुग्नुपर्नेमा जंगबहादुरबाट सुरु भएर बुद्धसम्म पुर्‍याइएको यहाँ पढ्न पाइयो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा साइट ब्लक गरिँदा, नेपालमा पनि साइट ब्लक [File Sharing Sites Blocked in Nepal]

भारतको सर्वोच्च अदालतको आदेश अनुसार भारतका इन्टरनेट प्रदायक संस्थाहरु (ISP) ले फाइल सेयरिङ साइटहरु, टोरेन्ट, भिडियो साइटहरु तथा अन्य उपयोगी साइटहरुलाई ब्लक गरेकाछन् । आइसोहन्ट (Isohunt), पाइरेट वे (thepiratebay), किकएसटोरेन्ट (kickasstorrent) लगायतका टोरेन्ट साइटहरु तथा भिमियो (Vimeo) र डेलिमोसन (DailyMotion) जस्ता भिडियो सेयरिङ साइटका साथै पेस्टविन (Pastebin), एक्समार्क्स (Xmarks) जस्ता साइटहरुले 'पाइरेसी'लाई बढावा दिएको भन्दै उक्त साइटहरुलाई 'ब्लक' गर्न भारतको सर्वोच्च अदालतले 'आइएसपी'हरुलाई आदेश दिएको थियो । आदेश लगत्तै रिलायन्स, एयरटेल लगायत भारतिय इन्टरनेट प्रदायक संस्थाहरुले उक्त साइटहरु भारतमा ब्लक गरेकाछन्, तर त्यसैको असर स्वरुप नेपालका पनि केही आइएसपीहरुका प्रयोगकर्ताहरुले उक्त सेन्सरसिप सहन गर्नु परेको छ । भारतीय इन्टरनेट प्रदायक संस्थाहरुले साइट ब्लक गर्दा, नेपालमा पनि ती साइटहरु ब्लक हुन पुगेकाछन् । पेस्टविन, पाइरेट वे जस्ता साइटहरु नेपालका अधिकांश आइएसपीहरुबाट नखुल्ने भएकोछ, त्यसको सट्टा "अदालतको आदेश अनुसार साइट ब्लक गरिएकोछ" (Access t...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

मोबाइलोग्राफी Photo Story [Pictures]

ग्राहक को पर्खाइ मा हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ । ढल्किँदो दिन त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए । झोलुङ्गे पुल ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हु...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

Subscribe to Aakar Post