Skip to main content

संविधानसभाको म्याद १ वर्ष थप : तर के संविधान बन्ला त ?

अन्तिम समय मा आएर गरिएको दौडधुप स्वरुप, आर्यघाट मा पुगिसकेको 'संविधान सभा' फेरि ब्युँतेर आएको छ । २ वर्ष भनेर तोकिएको आयु लम्बिएर ३ वर्ष को भएको छ । जेठ १४ गतेको राती दलहरु ले मरेर, सहमति गरेका छन् । सहमति अनुसार, संविधान सभा को म्याद १ वर्ष थपिएको छ ।

प्रधानमन्त्री माधब कुमार नेपाल को राजिनामा को अडान मा माओवादी थियो भने, प्याकेज मा सहमति गर्ने अडान मा एमाले र कांग्रेस रहेका थिए । संविधान सभा को म्याद त थपियो तर के, यो थपिएको १ वर्षमा संविधान बन्ला त ? प्राय: सबै को चासो यसैकुरा मा गएर अल्झिएको छ । अनि साँच्चै, भन्ने हो सरकार का र हाम्रा कुनै पनि राजनितिक दलहरुका प्रतिबध्दता मा भर गर्ने ठाउँ कहिँ देखिँदैन ।

बितेको २ वर्ष, "हरुवा र जितुवा" भन्ने दोहोरी मै बित्यो । संविधान बनाउन भनेर गएका सबै पार्टिहरु, संविधान भन्दा पनि सरकार बनाउने र गिराउने तर्फ लागे । माओवादी को नेतृत्व मा रहेको सरकार ९ महिना मै ढल्यो, त्यसपछि एमाले को नेतृत्व मा सरकार बन्यो । सरकार त बन्यो तर यस्तो प्रकार ले बन्यो कि, सरकार मा हारेकाहरु को बहुमत भयो । जनता बाट चुनिएका कुनै पनि प्रतिनिधहरु सरकार मा नहुँदा, 'हरुवा' को सरकार भनेर, माओवादी ले खेदो खन्यो भने जनताहरु पनि, हारेकाहरु को बहुमत मा सरकार बनेको देखेर तिनछक्क परे । सायद संसार भर मा यस्ता घटनाहरु प्राय: बिरलै हुन्छन्, जहाँ चुनाव हारेका सरकार मा हुन्छन् अनि चुनाव जितेकाहरु घुर्कि देखाउँदै, सडक मा जान्छन् आन्दोलन गर्न ।

हुन त माओवादी सरकार मा हुँदा पनि केही माखो मरेन, न जनता ले शान्ति पाए न त सुरक्षा को प्रत्याभुति नै । माओवादी सरकार मा हुँदा, 'वाइसिएल' यति जाग्यो कि, प्राय: दिनहुँ पत्रिका मा, कुटिएका, लुटिएका र मारिएका बाहेक को खबर आएन । यो कुरा ले माओवादी को साख मा केही धक्का पक्कै लाग्यो, त्यसबाहेक राष्ट्रपति छान्ने बेला को बबाल, त्यसपछि सेनापति को काण्ड अनि सेनापति सँगै जोडिएर राष्ट्रपति सँग को विवाद आएपछि अनन्त: माओवादी ले सरकार छाड्यो । अनि सहमति को आधार मा माधब कुमार नेपाल आफ्नो जिवन कै पहिलो पल्ट प्रधानमन्त्रि भए ।

त्यो अघिल्लो १ वर्ष को मुल्यांकन गरिने हो भने, संविधान सभा को कुनै उल्लेख्य भुमिका भेटिँदैन,जति पनि संविधान सभा मा हाजिर भए तिनीहरु ले तलब भत्ता मात्र पचाए । माओवादी सरकार मा हुँदा, कांग्रेस र एमाले ले निहुँ खोजे, माओवादी को मिचाहा व्यवहार का कारण । अनि जब एमाले सरकार मा गयो, तब माओवादी ले निहुँ खोज्यो र धेरै पटक 'निर्णायक आन्दोलन' गर्यो, सत्ता कब्जा का लागि । तर संविधान बनाउन भनेर, प्रतिबद्ध भएर, संविधान सभा को बैठक भएको कहिले देखिएन । संविधान बनाउने मुल काम छोडेर ती सबै कुर्सी कै ध्यान र भजन गर्न लागे, 'प्याकेज', 'प्याकेज' भन्दै । एउटा जारी गरिएको अन्तरिम संविधान पनि दर्जनौँ पटक संसोधन गरियो, आफ्नो अनुकल र स्वार्थ को हित मा काम गर्न । तर उनीहरुले जनता ले २ वर्ष म्याद दिएका छन् संविधान बनाउन भनेर कहिले उत्तरदायी भएनन् ।

२ वर्षे म्याद पनि सकियो, तर उपलब्धि करिब करिब शुन्य नै रह्यो । सत्ता का लागि भनेर दर्जनौँ पटक देश बन्द गरियो । बरु बिच बिच मा उच्चस्तरिय संयन्त्रहरु लगायत के के काम नै नभएका संयन्त्रहरु खडा गरियो । तर संविधान बनाउने काम मा कोही लागेन । कहिले माओवादि तात्ने त कहिले फोरम,अनि कहिले, कांग्रेस त कहिले एमाले ।

संविधानसभाका तीन ठूला दल माओवादी, कांग्रेस र एमालेबीच शुक्रबार राति ११ बजेतिर संविधानसभाको म्याद थप्ने सहमति गरे । सहमतिमा ऐतिहासिक जनआन्दोलनको जनादेश, अन्तरिम संविधान, लोकतन्त्र, दिगो शान्ति र विस्तृत शान्ति सम्झौताअनुरूप अघि बढ्ने तीनबुँदे प्रतिबद्धता गरिएको छ । सहमतिको पहिलो वुँदामा शान्ति सम्झौतालाई सार्थक निष्कर्षमा पुर्‍याउन बाँकी रहेका कामहरु पूरा गर्ने उल्लेख छ भने सहमतिको तेस्रो वुँदामा भने उपयुक्त जिम्मेवारी सम्पन्न गरी सहमतिका आधारमा राष्ट्रिय सरकार गठन र प्रधानमन्त्रीको राजिनामा आउने उल्लेख छ।

तर अहिले सहमति को भोलिपल्ट देखि नै फेरि खिचातानी सुरु भएको छ । ५ दिन भित्र राजिनामा दिन्छु भनेका माकुने ले सम्भवत १ महिना सम्म नै राजिनामा नदेलान् जस्तो देखिन्छ । उता माओवादीहरु फेरि ब्ल्यांक चेक को कुरा गर्न थालिसके, यता सरकार इतर का दलहरु पनि त्यस्तै त्यस्तै भाषण मा व्यस्त हुन थालिसके । राजनिमा पछि फेरि दलबिच खिचातानी हुन्छ, कसको नेतृत्व मा सरकार मा जाने भनेर । सरकार मा गइसकेपछि केही महिना मन्त्रिमण्डल बिस्तार गर्न मै बित्छ । त्यसको भोलि पल्ट देखि फेरि अर्को दललाई चित्त बुझ्दैन, र आन्दोलन मा लाग्छ ।

प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलले गर्ने निर्णय आफूलाई मान्य हुने भन्दै माओवादीले भनेजस्तो पाँच दिनभित्र राजीनामा दिने सहमति भएको बारे आफूलाई जानकारी नभएको बताइसकेका छन् । (हेर्नुस्, ईकान्तिपुर) सहमति को भोलिपल्ट देखि नै त यस्तो हुनथालिसक्यो भने, यो १ वर्ष त निकै लामो समय हो । माकुने लाई पनि किन कुर्सी छोड्न मन नलागेको हो, केही बुझ्न सकिएन ! अब सहमति गरिसकेको भएपछि त छोडिदिए भइहाल्यो नि !

१ वर्ष बित्छ, अनि फेरि रातारात जनतालाई भुल्याउन सहमति गर्छन्, म्याद अझै १ वर्ष थपौँ भनेर, आखिर उनीहरु को केही जाने हैन । तलब भत्ता खाएकैछन्, सरकारी सुविधा लिएकैछन् । आखिर गएको २ वर्ष पनि बितेको यसरी नै हो, बाँकि १ वर्ष पनि यस्तै उदण्ड तरिकाले बिताइदिन्छन् । आखिर २ वर्ष मा संविधान निर्माण को कति काम भयो र ? अब १ वर्ष मा संविधान बन्छ भनेर पत्याउनु ? गएको वर्षलाई आधार मानेर हेर्दा मलाई लाग्छ, यो १ वर्ष भित्र संविधान बन्न धेरै गाह्रो छ तर अलिकति पनि दलहरु ले सोचिदिने हो भने ३ महिना भित्रै संविधान बन्न सक्छ । तर नानी देखि लागेको बानी भन्छन्, तिनिहरु को बानी परिवर्तन हुनेवाला छैन । हामी ले संविधान पाउने वाला छैनौँ, मात्र हामीले थप आर्थिक भार बहन गर्नुपर्नेछ । नेपाल बन्द , चक्काजाम र दर्जनौँ निर्णायक आन्दोलनहरु को सामना गर्नु पर्नेछ ।

Comments

  1. दुई बर्षसम्म कही नगर्नेहरुले अबको एक बर्षमा पानी केही गर्दैनन| खाली कुर्सिका लागी लड़ने मात्रै हुन यी नेताहरु | अबा के मुख देखाउनु यिनिहरूले हामी जनाताहरुलाई |

    ReplyDelete
  2. मलाई त सच्चै भन्ने हो भने १% पनि बिस्वास छैन आकार दादा...

    ReplyDelete
  3. मलाई त शंकै लाग्छ आकारजी!

    ReplyDelete
  4. मलाई त शंकै लाग्छ आकारजी!

    ReplyDelete
  5. मलाई त सच्चै भन्ने हो भने १% पनि बिस्वास छैन आकार दादा...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post