Skip to main content

न्युक्लियर प्लान्ट विस्फोटन र फैँलदो विकिरणको प्रभाव #NuclearExplosion #Radiation

गत शुक्रबार ९.० रेक्टरस्केल को भुकम्प सँगै आएको सुनामी र त्यसपछि ‘न्युक्लियर प्लान्ट’, मा भएको विस्फोटन का कारण निस्किएको ‘विकिरण’हरुले जापान मा मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेकोछ ।

जापान को ‘न्युक्लियर पावर प्लान्ट’ एकपछि अर्को गर्दै पड्किन थालेपछि र त्यसलाई नियन्त्रण गर्न नसक्दा ‘प्लान्ट’ बाट निस्किएका हानिकारक ‘विकिरण’हरु ले मानिसहरु को जिवन कष्टकर बनाउँदै लगेको हो । जापान को फुकुसिमा मा रहेका ती प्लान्टहरु मा लागेको आगो निभाउन र त्यहाँ भएको ‘रेडियोएक्टिभ’ पदार्थहरुलाई बाहिर निस्कन नदिन, जापानी सरकार ले हरेक प्रयत्न गरिरहेको छ, तर यति हुँदा हुँदै पनि, स्थिति नियन्त्रणमा आउन सकेको छैन । समस्या सुल्झनु को सट्टा समस्या झन् बढ्दो छ ।

explosions on Fukushima Daiichi Plantहिजोसम्म 'स्थानिय’ समस्या मानिएको ‘विकिरण’ प्रभाव अब विश्वव्यापी समस्या बन्ने तरखरमा छ । अन्तराष्ट्रिय आणविक उर्जा एजेन्सी ले अन्तराष्ट्रिय सात स्केलमा यस घटनालाई आणविक दुर्घटना को ‘पाँचौ’ ठूलो दुर्घटना भनेर भनिसकेको छ । हिजोसम्म ३० किलोमिटर भित्रको क्षेत्रमा विकिरणको प्रभाव रहेको भनिएपनि, आज बाट त लगभग २ सय ३० किलोमिटर टाढा रहेको ‘टोकियो’ शहरमा पनि विकिरण को मात्रा बढेको खबर आएको छ। सुनामी को विपत्ति र बढ्दो ‘विकिरण’ को प्रभाव सँगै पानी, खाद्यान्न,औषधी आदि को अभाव देखिएको छ । 

विकिरण को प्रभाव टोकियो मा समेत पर्नथालेपछि, विभिन्न देशहरुले आफ्ना नागिरकहरुलाई आफ्नो देश फर्काउने अभियान चलाएका छन् । अधिकांश अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले मंगलबार देखि नै आफ्नो जापानको उडान स्थगन गरिसकेका छन् । अत: एयरपोर्टहरुमा आफ्नो देश फर्कन चाहने मानिसहरुको ठूलो भिड लागेको देखिएको छ । तर एयरपोर्टमा टिकट भने पाउन सकिएको छैन भनेर बिबिसीले जनाएको छ । फ्रान्स, चिन लगायत का देशहरुले विशेष जहाज पठाएर आफ्ना नागरिकहरूलाई स्वदेश फिर्ता गरिरहेछन् भन्ने खबर पनि सुनिएको छ ।

विकिरण को बढ्दो प्रभाव ले जिवन कष्टकर बन्दै गएपछि, नेपालीहरु पनि नेपाल फर्कन चाहेको कुरा, त्यहाँ स्थित नेपालीहरुले बताइरहनु भएको छ, तर नेपाल आउनको लागि टिकट पाइएको छैन, न त नेपाल सरकारले नै जापानमा भएका नेपालीहरुको बारेमा चासो राखेको देखिएको छ । जापान मा रहनु भएको एक साथि भन्नुहुन्छ, “नेपाली दुतावास ले के भन्छ हैन, नेपालीहरुले के भन्छन् भन्ने कुरा नेपाल सरकार ले सुन्नुपर्छ” । उहाँ अगाडि भन्नुहुन्छ, “नेपालीहरु नेपाल फर्कन चाहन्छन् तर प्लेन टिकट पाउन सकिएको छैन” ।

जापान मा भएका साथिहरुले फेसबुक मार्फत आफ्नो आक्रोश पोखिरहनु भएको छ । जापान मा रहनुहुने, ‘चहल सयपत्री’ भन्नुहुन्छ, “अरु देशहरुले आफ्ना नागरिकलाई कसरी हुन्छ, सुरक्षति राख्न आफ्नो देश फर्काइसके तर नेपाल सरकारलाई, कुन मन्त्रालय कसलाई दिने भन्ने मात्र चिन्ता छ । जापानमा जिवन मृत्यु को दोसाँधमा उभिएका नेपालीहरुको कुनै जानकारी नेपाल सरकारलाई छैन” !

उहाँ को आग्रह छ, “अन्य देशले जस्तो नेपाल सरकार आफूले खर्च गरेर आफ्ना नागरिकलाई सुरक्षित जापानबाट नेपाल लान सक्दैन भने कम्तिमा आफ्नै खर्चमा नेपाल फर्कन खोज्ने नेपालीहरुको लागि प्लेन को बन्दोबस्त गरिदिनुपर्छ” ।  चहल का अनुसार, प्लेन को टिकट नपाइको तथा विकिरण को प्रभाव बढ्दै गएका कारण ‘टोकियोमा नेपालीहरु अहिले हो कि भरे हो को अवस्थामा रोएर बाँचेकाछन्’ !

टोकियो मा विकिरण को मात्रा बढेपछि जापान स्थित नेपाली दुतावास  ले आफ्नो कार्यालय टोकियोबाट ओशाका सारिसकेको छ । तर जापान मा बस्ने नेपालीहरुलाई कुनै सूचना नै नदिइ नेपाली दुतावास ओशाका सरेकोमा, जापान मै रहनुभएका दिनेशराज ज्ञावालीले फेसबुक मा “जापान स्थित नेपाली दुतावास विना कुनै सूचना टोक्यो बाट ओशाका सरुवा, ज्यानको माया दुताबास परिवारलाई मात्र रहेछ” भनेर आक्रोश पोख्नु भएको छ ।

उहाँहरु को कुरा अनुसार नेपालीहरुको अवस्था दयनिय नै देखिएको छ । सुरक्षित हुन को लागि नेपाल फर्कन चाहिरहेकाछन् तर फर्किन को लागि टिकट पाइएको छैन । टोकियो भन्दा ओशाका सुरक्षित देखेर नेपाली दुतावास ओशाका सरेको छ, तर टोकियो का अरु नेपाली टोकियो मै अलपत्र परेका छन् । अब टोकियो बस्न को लागि सुरक्षित नभएको खबर बाहिर आइरहँदा नेपालीहरु ओशाका जान्छन् या त्यहिँ बस्छन् भन्न कठिन छ । केही नेपालीहरु ओशाका जाने तरखरमा रहेको कुरा सुनिएपनि, अधिकांश नेपालीहरु नेपाल फर्कन चाहन्छन् । तर जापान मा रहेका नेपालीहरु को पिडा कसले सुनिदिने ?

पछिल्लो समाचार अनुसार अमेरिका को क्यालिफोर्निया तथा चिन को पूर्वी भागहरुमा थोरै मात्रामा ‘विकिरण’हरु देखिएको छ । त्यही विकिरण जापान सरकारले नियन्त्रण गर्न सकिरहेको छैन । यस आणविक दूर्घटनालाई विश्व को पाचौँ ठूलो दूर्घटना भनिएको छ । विकिरणहरु यसरी नै फैँलदै जाने हो भने, यसले ठूलो विनाश निम्त्याउने पक्का छ । मात्रा हेरेर विकिरण ले क्यान्सर देखि मृत्यु समेत निम्त्याउन सक्छ ।   नेपाल को हक मा भने अहिले सम्म विकिरण को प्रभाव छैन र हाललाई त्यस्तो सम्भावना पनि छैन । टोकियोमा विकिरण को मात्रा बढेको भनिएपनि,  समग्र मा भन्दा ‘प्लान्ट’ बाट विकिरण निस्कन कम भएको कुरा जापान सरकारले बताएको छ । सामान्यत ‘रेडियोएक्टिभ’ पदार्थ को आयु धेरै हुने भएपनि, अहिले सबैभन्दा खतरनाक मानिएको ‘आयोडिन १३१’ नामक रेडियोएक्टिभ को आयु ८ दिन को मानिएको छ । तर ८ दिन को मात्र आयु भएपनि, ‘विकिरण’ को प्रभाव धेरै समय सम्म रहन्छ ।


Further Reading:

Experts knock notion of burying Japanese reactors - [WSJ]

Japan raises nuclear alert level [Worst  Case] – BBC

Japan raises nuclear alert level [Latest] –BBC

Comments

  1. I occasionally check your blog
    this is good one.

    but regarding this article, i am in japan, near tokyo and have been following up the news closly.
    the radiation level in tokyo and near by area are not high enough to pose a risk to human health.
    for acurate information of the disaster in japan from health point of view please see
    http://www.who.or.jp/sitreps.html

    thanks

    ReplyDelete
  2. Greetings from USA! Your blog is really cool.
    Are you living in Nepal?
    You are welcomed to visit me at:
    http://blog.sina.com.cn/usstamps
    Thanks!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

सामाजिक सञ्जालको राग

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

बलियो पासवर्ड राख्ने तरिका [VIDEO]

जति धेरै साइट र एप्स चलाउछौँ, त्यति धेरै पासवर्ड सम्झनुपर्ने बाध्यता छ । फोन नम्बर नसम्झिने समयमा, त्यति धेरै पासवर्ड कसरी सम्झिने? अझ त्यो भन्दा नि महत्वपूर्ण कुरा, बलियो पासवर्ड कसरी राख्ने या भनौँ बलियो पासवर्ड कसरी बनाउने? जब पनि नयाँ साइटमा साइन अप गर्ने बेला हुन्छ, यही पासवर्ड के राख्ने, कसरी बलियो बनाउने भन्ने कुराले दिमाग खान्छ । साना-ठूला अक्षर, अंक र स्पेशल क्यारेक्टर राखेर बलियो पासवर्ड बनाउनु पर्छ भन्ने सुन्दै र भन्दै आइएको धेरै भयो। पासवर्डको सन्दर्भमा, एचबिओ'को गतहप्ताको 'लास्ट विक टुनाइट' कार्यक्रममा एडवार्ड स्नोडनले, बलियो पासवर्ड बनाउने तरिका बताएका थिए। ( एडवार्ड स्नोडन , 'नेसनल सेक्युरिटि एजेन्सी' (एन एस ए), अमेरिका'को गोप्य दस्तावेजहरु 'सार्वजनिक' गरेर चर्चामा आएका व्यक्ति हुन्।) स्नोडनका अनुसार आठ क्यारेक्टरको पासवर्ड कम्प्युटरले सजिलै क्रयाक गर्न सक्छ । अत: पासवर्ड बलियो राख्न, आफ्नो बेग्लै 'पास-फ्रेजेज' बनाउन उनको सुझाव थियो, जुन डिक्सनरीमा नभेटियोस र सजिलै सम्झन पनि सकियोस् । बलियो पासवर्ड कस्तो हुन्छ, यो छोटो ३ मिनेटको

नेपाल टेलिकमले ल्यायो नि:शुल्क अनलाइन कक्षा

मोबाइल सेवा प्रदायक नेपाल टेलिकम ले, आएरल्याण्डको स एकेडेमी (Shaw Academy) सँगको सहकार्यमा अनलाईन एजुकेशन सेवा (Online Education Service) सेवा सुरु गरेको छ । आफूलाई पढ्न मन लागेको विषयहरु अब घरै बसेर अनलाइन, त्यो पनि नि:शुल्क पढ्न पाइने भएको छ। नेपाल टेलिकमको फेसबुक पोष्ट अनुसार, तीन महिनाको परिक्षणको रुपमा रहेको यो सेवा हाललाई नेपाल टेलिमकका ग्राहकहरुको लागि नि:शुल्क उपलब्ध गराईएकोछ । नेपाल टेलिमकका प्रयोगकर्ताहरुले स एकेडेमीमा 'रजिष्ट्रर' गरि, आफ्नो रुची अनुसारको कोर्समा नि:शुल्क भर्ना हुन सक्नेछन् । स-एकेडमीमा डिजिटल मार्केटिङ, फोटोग्राफी, ग्राफिक डिजाइन, प्रोग्रामिङ, सोसल मिडिया मार्केटिङ, फोटोसप, अंग्रेजी भाषा आदि विभिन्न विषयहरु उपलब्ध छन् । नेपाल टेलिकमको नि:शुल्क कक्षामा भर्ना हुनको लागि  shawacademy.com/nepaltelecom लिंकमा क्लिक गरेर स-एकेडमीमा जानुहोस्, र आफूलाई मन परेको विषय छानेर, रजिष्ट्रर गर्नुहोस् । टेलिकमको यो सेवा अन्तर्गत एकजनाले कतिवटा विषयहरु पढ्न सक्ने (छान्न सक्ने) भन्नेबारेमा चाँहि खुलाइएको छैन । साइटमा रजिष्ट्रर गरेपछि, कक्षा हुने अघिल

गुगलको यात्रा

सेप्टेम्बर ४, १९९८ लाई गुगलको जन्मदिन मानिन्छ । अस्ति भर्खर मात्रै गुगल १२ वर्ष पुगेर १३ लागेको छ । सर्च इन्जिनबाट सुरु भएको गुगल को यात्रा एन्ड्रोइड फोन हुँदै गुगल प्लस सम्म आइपुगेको छ । गुगलले सर्च देखि मोबाइल र सामाजिक सञ्जाल को क्षेत्रमा प्रयोगकर्ताहरुको वाहवाही पाइरहेको छ । १३ वर्ष अघि गुगल सुरु भो, जुनबेला हाम्रो देशमा ‘नेपाल पर्यटन वर्ष १९९८’ (Visit Nepal 1998) को नारा लागेको थियो, र मलाई इन्टरनेट, कम्प्युटर को केही ज्ञान थिएन । हुन त ईन्टरनेट नै भर्खर भर्खर विकास हुँदै गइरहेको थियो । गुगल को जन्म हुँदा याहु (Yahoo!) र एओल (AOL) को वर्चश्व थियो । गुगलका संस्थापकद्वय ‘ल्यारी पेज’ र ‘सेर्गे ब्रिन’ को भेट स्टान्डफोर्डमा सन् १९९५ मा भएको थियो र उनीहरुले १९९६ को जनवरी मा “ब्याकरब” नामक सर्चइन्जिन सार्वजनिक गर्ने विचार गरेका थिए । तर पछि उनीहरुको त्यही “ब्याकरब” गुगल सर्च इन्जिन मा परिवर्तन भयो । गणितमा गुगल (Googol) को अर्थ हुन्छ १ पछाडी सय वटा शुन्य । आज गुगल ( Google ) करोडौँ इन्टरनेट प्रयोगकर्ताहरुको जिवनशैली बनिसकेको छ । १९९६-१९९७: ब्याकरब संस्थापकद्वय पेज र ब्रिन ले सुरु

Subscribe to Aakar Post