गगन थापा को बिहे को चर्चा देश भरी नै भइरहेको छ, उनको भनाइ सबै टिभी,रेडियो,पत्रपत्रिका,साइट,ब्लगमा छाइरहेकाछन् । नेपाली कांग्रेसको समानुपातिक तर्फबाट नयाँ-नेपालको संविधान सभा को निर्माण मा गइसकेका गगन थापाले अस्ति भर्खर विवाह गरेकाछन् । उनले विवाह मा लाग्ने सम्पूर्ण खर्च पाटन अस्पतालको आइसियु को लागि दिने घोषणा पनि गरिसकेका छन् । काठमाडौँ उपत्यकामा थापाले यी कुराहरु भनिरहँदा उता पूर्व संखुवासभाको खाँदवारीमा भने विवाहमा मोटरसाइकल,कम्प्युटर,सुन आदी नदिएको भन्दै बेहुला पक्षले बेहुली फिर्ता गरेका छन् । समाचार अनुसार गत आइतवार (२०६५,वैशाख १५ गते) भएको विवाहमा राम्रा कपडा,उच्च गुणस्तरका फर्निचर आदी नदिएको भन्दै खाँदवारी-१० नयाँबजारका बेहुला वसन्तकुमार चापागाईँले बेहुली खाँदवारी-३, झरीथुम्का की वविता पोखरेललाई मंगलबार उनकै घर लगेर छाडेर आएका छन् । यी दुवै युवा “नयाँ नेपाल” का “तपाई-हामी”हरुका प्रतिनिधि पात्र हुन् । तर यी दुइ बिच यत्तिका भिन्नता किन ? किन समाजमा विद्दयमान कुसंस्कार को अन्त्य हुनसकेको छैन ? किन दाइजो को निहुँमा अपराधिक घटनाहरु दिनहुँ बढिरहेका छन् ? मान्छेहरु ले मानविय धरातल किन