Skip to main content

Posts

Showing posts with the label Monologue

सामाजिक सञ्जालमा हिजोआज के कस्ता कुरा भइरहेकाछन्? हामीले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग, के गरिरहेका छौँ? सामाजिक सञ्जालमा 'असामाजिक' पो भइएको छ कि? पढ्नुहोस् गुन्जन खनालको विचार । गुन्जन, जर्मनीमा उच्च शिक्षा लिंदैछन्, उनलाई ट्विटरमा @Gckhanal  फलो गर्न सकिन्छ।​ इन्टरनेटमा नग्न तस्विरहरू हुन्छन् भनेर सन् २००० मा सुनेको थिएँ, बस् त्यही उत्सुकता थियो। नारायणगढमा पनि इन्टरनेट क्याफे सुरु भए। महँगो, साँघुरो - सबै तिरबाट बारेको "देसी बाबा डट कम" (पोर्न साइट) को लागि पर्फेक्ट ! तर मैले २००४ पछि बल्ल अलि अलि इन्टरनेट चलाउन थालेँ, इमेल गर्न थाले। तर इन्टरनेटको खास उपयोगिता २००७ मा विश्वविद्यालय खोज्न थाले पछि मात्र बुझेको हो। त्यसपछि इन्टरनेट यौन, व्यंग्य, ज्ञान, धर्म, नक्सा, इतिहास, विज्ञान आदि नसिकेका वा अनुत्तरित प्रश्नहरूको उत्तर भएर आयो। इन्टरनेटले मेरो ज्ञानको दायरा फराकिलो बनायो, मलाई नयाँ मान्छे बनायो। संगै सुरु भयो फेसबुक र ट्विटर लगायतका अनेक सामाजिक सञ्जाल । इन्टरनेटको एउटा व्यस्त थलो तर धेरैको लागि सम्पूर्ण इन्टरनेट! अन्ना हजारेको आन्दोलन, विवेकशिल पार्

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने। निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो कलम, निधारमा रातो अव

खण्ड गर्न आन्दोलन ! अखण्ड राख्न आन्दोलन ! जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन ! संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला? अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ। हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न,

अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा। एउटा प्रयोग २०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द

साझा बस पून: सञ्चालनमा आउँदा क-कसले र कतिले खुशीको अनुभव गरे, त्यो कुरा चर्चा नगरौँ किनकी साझा बस चल्दा खुशी नहुने गाडी साहूजीहरु मात्र थिए  रे। आफूले "साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुप्पेको टिकट काट्दछ..." भन्ने गित सुनियो मात्रै, ती साझा बस आफूले कहिले देखिएन, कहिले चढिएन (बिचमा आएको साझा नामक मिनिबस बाहेक)। म ८-९ वर्ष अगाडि काठमाडौँ छिर्दा साझा बसको अस्तित्व सखाप भइसकेकोथियो, ट्रली बस चाँहि त्यतिबेला नि कुद्दै थियो, कोटेश्वर देखि त्रिपुरेश्वरसम्म । अप्ठ्यारा सिट, पुरानो गाडी भएपनि सस्तो भएका कारण ट्रलीबस कहिलेकाँही प्लस टु पढ्दा कोटेश्वर देखि थापाथली सम्म चढियो । साझा बस अहँ पटक्कै याद छैन, सायद सानैमा साझा बस लामो रुटमा चलेको बेला कहिलेकाँही चढियोहोला तर निलो गाडी पूर्व - पश्चिम राजमार्गमा हुँइकिएको भने "रोड" तिर आउँदा  प्राय देखिन्थ्यो । मकालु यातायात आएपछि, मकालु त साझा जत्तिकै भरपर्दो छ, अनि कारजस्तै तुफान हुँइकिन्छ भन्या भएर करिब ३-४ वर्ष काठमाडौँबाट घर जाने र घर आउने गाडी यही बन्यो । आजकाल दक्षिणकाली - हेटौँडा हुँदै हुँइकिने टाटा सूमो पहिलो

पछिल्लो समयमा आएर धेरै साथीहरुको गुनासो छ, ब्लग अपडेट भएन । ब्लगमा किन नयाँ केही नलेखेको? मेरो पनि यही गुनासो छ, ब्लग किन अपडेट भएन? अफिसका कारण समय छैन, शनिबार र आइतबारको दिन पनि काममै बित्छ । कहिले बत्ति हुँदैन त कहिले इन्टरनेट । कहिले थकाइ लागेको हुन्छ, त कहिले लेख्ने मुड हुँदैन, आदि आदि ।एउटी साथीको गुनासो पनि छ, हिजोआज च्याटमा पनि भेटघाट हुँदैन । फुर्सद त पहिले पनि हुँदैनथियो, तर पनि बोल्न त भ्याइन्थ्यो, अहिले त त्यो पनि छैन । कुनै दिन दह्रो झटारो हानाहान पर्ला जस्तो छ, च्याट मै ।  कहिलेकाँही सोच्छु, कहिँ म चाहिने भन्दा बढि नै व्यस्त भइरहेको त छैन । कतै म आफैँसँग बहानाबाजी त गरिरहेको छैन । खै, तर किनकिन आफूसँग फुर्सदको समय नै छैन जस्तो लाग्छ । जुनबेला फुर्सद छ जस्तो लाग्छ, त्यतिबेला बत्ति हुँदैन । जब बत्ति हुन्छ, तब इन्टरनेट हुँदैन । अनि फेरि अल्छिपनाले छोप्दै ल्याउँछ, यसरी एउटा फुर्सदको समयपनि त्यसै हराएर जान्छ । बत्ति र इन्टरनेटबिच तालमेल नमिल्दा पनि, मोबाइलबाट बेलाबेलामा ट्विटरमा चियाउन चाँहि भ्याइरहेकोहुन्छ । खै, यो कस्तो व्यस्तता? हिजो र आज पानी नपरेको भए, अनि आज

अखण्ड सुदुरपश्चिमको माग गर्दै सुदुरपश्चिममा आन्दोलन चर्केको हप्ता दिन हुनलागिसकेकोछ । अखण्ड सुदुरपश्चिमको माग हुँदै गर्दा, थरुहटको माग गर्दै अर्को समूह थारु संयुक्त संघर्ष समिति पनि आन्दोलनमा उत्रिएकोछ । सुदुरपश्चिम बन्दको चपेटामा परेको, हप्ता दिन भइसक्यो तर खै, अहिलेसम्म कुनै पक्षबाट समाधानको पहल वा वार्ताको पहल गरिएको थाहा छैन । उता जनकपुर लगायतका क्षेत्रमा पनि आमहड्ताल आह्वान गरिएकोछ । साना साना जातीय समूहरुले आफ्ना पकड क्षेत्र मानेका ठाउँहरुमा पनि बन्द र विरोध गरिरहेकाछन्, आजैपनि बाहुन क्षेत्री लगायतका व्यक्रिहरुले पोखरामा जातिय संघियताको विरोधमा ठूलो सङ्ख्यामा सडकमा ओर्लिएर जनप्रदर्शन गरेछन् । सुदुरपश्चिममा आमहड्ताल चलिरहँदा, झडप र मुठभेडको खतरा बढिरहँदा, दिनहुँ विशाल जनप्रदर्शन भइरहँदा, काठमाडौँमा सरकार परिवर्तन गर्ने कुराले नेताहरुलाई तताएकोछ । देश संघियतामा जाने भएकोछ, तर राजनैतिक दलहरुको अदुरदर्शिता र सस्तो लोकप्रियताको लागि बाँडेको जातिय संघियताको नाराले जनताहरु विच आपसमा मुठभेडको जोखिम बढ्दै गएकोछ । कैलालीका प्रमुख जिल्ला अधिकारीले त त्यहाँ कुनै पनि बेला जे पनि हुनसक्ने

समस्या नै समस्याको बिचमा पनि हामी गज्जबसँगले बाँचिरहेकाछौँ । लोडसेडिङ, पेट्रोलियम पदार्थको मुल्यवृद्दि अनि पानीको अभावको बिचपनि हामी आफ्नो जिविका चलाइरहेकाछौँ । हामीलाई बाँच्नको लागि अत्यावश्यक पानीको महत्व कति छ भन्ने कुरा मैले यहाँ लेखिरहनु पर्दैन होला, किनकी हामी सबैलाई थाहा छ, पानीविना हाम्रो जिवन चल्न सक्दैन । हामीलाई यो पनि थाहा छ, काठमाडौँमा पानीको हाहाकार कति छ! पानी भर्नको लागि लाइनमा घन्टौँ बस्नुपर्ने अनि पानी नदेखिने बाग्मतीको बारेमा, हामीलाई काठमाडौँमा पानी पाइन्थ्यो, बाग्मतीमा पौडि खेल्थ्यौँ, बाग्मतीको माछा खान्थ्यौँ जस्ता कुराहरु भनिँदा परापूर्वकालको कथाहरु जस्तो लाग्ने गर्छ । तर काठमाडौँमा पानी देखेका, बाग्मतीमा पौडि खेल्नेहरु भन्छन्, २० वर्ष अघिसम्म पनि बाग्मती धेरै राम्रो थियो, काठमाडौँमा यति ढुंगेधाराहरु थिए कि, पानीको कुनै समस्या नै हुँदैनथियो । अहिले त खै, न बाग्मतीमा पानी देखिन्छ न ढुंगेधारा नै देखिन्छ । कहिँकतै ढुंगेधारा देखिइहाले पनि पानी भने देखिँदैन । काकाकुलको जिवन बाँचिएपनि, कहिले पूराहुने छाँट नदेखिएको मेलम्चीको पानी सम्झिँदै, कुनै बेला त मेलम्ची पनि आउल

नरेन्द्र रौले मेरा लागी बैशाख ९ गते एउटा नमिठो अतित बोकेर आइदिन्छ । स्मृतिमा गहिरोसँग बसेको त्यो दिन मनबाट कहिल्यै हराउने छैन । सधैँ सम्झाइरहने चिनो छ म संग । जो कहिल्यै मेटिने छैन । अनि सधैँ याद दिलाइरहने चोट छ म सँग जो कहिल्यै निको हुने छैन । यिनै बैशाखि दिनहरुमा पाँच वर्ष अघि सडक बेस्सरी तातेको थियो । स्थायी शान्ति, आशा र परिबर्तनको पक्षमा नेपाली जनताहरु शसक्त रुपले जुर्मुराएका थिए । गाउँ देखी शहर गहिरो निद्राबाट ब्युँझिएको थियो । नयाँ नेपाल बनाउने सपना बोकेर परिबर्तनको पक्षमा मुठ्‍ठिहरु उठेका थिए । सारा नेपालीहरुको आवाज शान्ति र गुमेका आफ्‍ना अधिकारका पक्षमा बुलन्द रुपमा गुञ्जिएको थियो । त्यही आशा, सम्भाबना र परिबर्तनको राजमार्गमा म पनि थपिएको थिएँ। बैशाखको चर्को गर्मी निकै बढेको छ । सारा जनताहरु सडकमा ओर्इरिएका छन्‍ । एकातिर तत्कालिन बिद्रोहि शक्ति माओबादी र अर्कोतिर राजाको प्रत्यक्ष निरंकुश शासनबाट जनताहरु आजित बनेका छन्‍ । दिनदिनै हत्या, हिंसा, बढ्‍दो छ । उकुसमुकुस हुने यस्तो परिस्थीतिबाट नागरिकहरु मुक्ति खोजिरहेका छन्‍ । त्यसैले मनमा

आज देखि नयाँ वर्ष २०६९ लागेकोछ ! हुन त दिन, हप्ता, महिना उनै हुन् ! बिहान, दिउँसो, बेलुका अनि रातीको आफ्नो ‘टाइमटेवल’ पनि उही नै हो ! तर पनि नयाँ वर्ष भन्ने बित्तिकै, आजको शुक्रबार अन्य शुक्रबार भन्दा पृथक र विशेष छ । यो शुक्रबार नयाँ वर्षको दिनमा परेको छ ! मान्छे उही नै हुन्, सोच उनै हुन् तर पनि नयाँ वर्ष लागेपछि हामी केही राम्रो सोच्ने प्रण गर्छौँ, राम्रो गर्ने प्रण गर्छौँ ! आफ्ना आशा र विश्वासलाई अझ दरिलो पारेर, अघि बढ्ने कुरा नै हुने गर्छन्, वर्षको पहिलो दिनमा ! तर वर्षको अन्त्य सम्म आइपुग्दा, आफूले सोचेका – नसोचेका अनगिन्ती कुराहरु हुन्छन् ! अनि वितेको वर्षलाई नियाल्दा, कुनै कुरा राम्रा लाग्छन्, अनि कुनै कुरा आफैँलाई झुर लाग्छन् । सायद नयाँ वर्ष, आफूले गरेका कामहरुलाई फर्किएर हेर्ने स्थान पनि होला, अनि सकरात्मक सोच्ने समय होला । २०६८ मेरा लागि निकै महत्वपूर्ण वर्ष रह्यो ! २०६८ मा इन्जिनियरिङ पास गरियो, पहिलोपटक रेल अनि जेट चढियो, पहिलोपटक नै बेङ्लोर गइयो, इन्टर्नसिपको लागि ! हुन त जिन्दगीमा गरिने सबै कुराहरु पहिलोपटक नै हुन्छन्, तर पनि पहिलोपटक कुनै काम गरियो भने त्यसको बेग्लै

केही हप्ता र महिना भएको थियो, पड्किएको, पड्काइएको खबर नसुनिएको तर आज फेरि एउटा दुखद घटना घट्यो ! पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्दिको बाहना देखाएर संयुक्त जातिय मोर्चाले केही निर्दोष व्यक्तिहरुको अनाहकमा ज्यान लिए ! जुनसुकै बाहनामा पड्काइएको भएपनि, यो अत्यन्तै निन्दनिय काम हो, यसै ब्लगमार्फत त्यस्तो जघन्य अपराधको घोर भत्सर्ना गर्दछौँ ! एकपटक मात्र पाइने मान्छेको जिवन सस्तो छैन, मान्छे जिवनको अगाडि त्यो पेट्रोलको मुल्य के नै छ र? तर होइन उनीहरुले पेट्रोल महंगो र मान्छेको जिवन सस्तो देखे ! मान्छे मारेर, कुनै क्रान्ति हुँदैन, कुनै विरोध हुँदैन, कुनै आन्दोलन हुँदैन, सहरमा बम र बारुद पड्काएर, मान्छे मारेर क्रान्ति गरेँ भन्नु मुर्खता मात्र हो ! सहरको बिचमा बम पड्काएर, मान्छेको जिवन हरेर, सान सँग आफूले पड्काएँ भन्छन् तर सोच्दैनन्, जो मारिए तिनका आफन्तलाई कति पिडा भएको होला ! जो मारिए, उनीहरु गइगए ! न उनीहरुलाई अब कुनै पिडा हुन्छ, न कुनै किसिमको दुख वा अभाव नै हुन्छ ! जति पिडा हुन्छ बाँच्नेलाई हुन्छ ! मान्छेका कति सपना अनि आशाहरु हुन्छन्, के सोचेर जिवनमा अघि बढिरहेकोहुन्छ तर अनाहकमा ज

चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे  र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन । असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु । सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नरा

राजु, मिना अनि उनीहरुको मोती नाम गरेको कुकुर ! उनीहरुको जिविका धान्न कुकुरले ठूलो मद्दत गरेको छ, उनीहरु सडकमा गएर तमासा देखाउँछन्, कुकुरले विभिन्न खेल देखाउँछ, उनीहरु यसैबाट आम्दानी गर्छन् । उनीहरुको घरको अभिन्न सदस्य मोती पनि हो । केही समयपछि राजु र मिनाको जोडीले कवाली देखाउने काम पाउँछन् । उनीहरु सडकबाट अब घरघरमा पुगिरहेका हुन्छन्, जसले बोलाउँछ उसकोमा गएर नाच देखाउँछन् । उनीहरुको आम्दानीको स्रोत अब नाचगान हुन्छ । एकदिन नगरपालिकाको गाडी आएर उनीहरुको कुकुरलाई लिएर जान्छ । नगरपालिकाले कुकुर लगेकोमा राजु दुख मनाउ गर्छ तर मिना “अब हामी नाचगानबाट कमाइ गर्छौँ, त्यो कुकुरको के जरुरत” भनेर प्रश्न गर्छे । “जरुरत” भन्ने शब्दले राजु झस्किन्छ ! मिना भन्छे अब त्यस कुकुर को कुनै जरुरत छैन, हामी कवाली नाचेर आम्दानी गरिरहेकाछौँ । केही समयपछि उनीहरुलाई थिएटरमा नाच्ने प्रस्ताव आउँछ । मिना भन्छे, अब हामी थिएटरमा नाच्ने भइसक्यौँ, कवालीको के जरुरत ! अब मिना थिएटरबाट चलचित्रमा पुग्छे, केही समय पहिले उसको आवश्यकता रहेको त्यही थिएटर अब जरुरत बन्न पुग्छ । मिनालाई साथ दिँदै आएको राजु आफ्नै पुरानो बाटोमा

ख्यालख्याल मै ४ वर्ष बितिसकेछ, “आकार” को नामबाट “आकार पोष्ट” मा लेख्न थालेको । ४ वर्ष पहिले काठमाडौँ विश्वविद्यालय प्रवेश सँगै ब्लग सुरु भएको थियो । अनि ६ वर्ष पहिले, लगनखेल को एउटा साइबरबाट मेरो “साइबर/कम्प्युटर” जिवन सुरु भएको थियो । मलाई त्यो पहिलो दिन को सम्झना सँधै भइरहन्छ र सँधै भइरहने छ । मलाई “ईमेल” चलाउनु सिक्नु थियो, त्यसै अभिप्रायले म लगनखेल को एउटा साइवर छिरेर, साइवर सञ्चालकलाई अनुरोध गरेको थिँए, “दाइ मैले कम्प्युटर अहिलेसम्म चलाएको छैन, तर मलाई आफ्नो ईमेल बनाउनुछ, मलाई ईमेल बनाउन सिकाइदिनुस्न” । ल यो कम्प्युटरमा बस् भनेर, एउटा कम्प्युटरमा राखिदिए, अनि कता कता थिचेर याहुमेल को साइनअप पेजमा पुर्याइदिएछन्, तर मलाई “काला अक्षर भैँस बराबर” भनेझैँ, मेरो दिमागले केही भेउ पाउन सकेन । २-३ घन्टा साइबरमा बिताएर घर गइयो ! त्यसबेला आफूलाई थाहा भा’को साइट भनेको “गुगल, डामाडोल डटकम, कान्तिपुरअनलाइन र साइबरनेपाल” थियो । म हप्तामा २-३ पटक साइबर धाउँथे, तर मलाई ईन्टरनेट को एकछेउ पनि थाहा थिएन । मलाई इन्टरनेट सिकाइदिने, र यसरी चलाउनुपर्छ, यहाँ एकाउन्ट बनाउनुपर्छ, यहाँ यसो गर्ने, त्यहाँ त

ट्विटर ले जुटाइदिएको साथीभाइ बिच को भेटघाटबाट एउटा नयाँ अवधारणाले जन्म लिएको थियो, नयाँ वानेश्वरको छक्कुबक्कु मा चिया पिउँदै गर्दा ! हाम्रो सानो ४ जना को ‘ग्याङ’ ट्विटर बाट बनेको थियो । नामै तोकेर भन्दा, प्रमोद, निरज, इश्वर अनि म । हाम्रो बाक्लिँदै गएको भेटघाट अनि भेटघाटमा हुने गफगाफ बाट केही गरौँन भन्ने कुराले जन्म लिएको थियो । हामी ट्विटेहरुको सानो समूहले सानो काम गर्ने सोच्यो, सबै साथीहरुलाई आग्रह गरियो, सबै को समर्थन पाइयो, सुरुभयो हाम्रो एककिसिम को सामाजिक अभियान त्यो पनि ट्विटर चलाउँदै । आइतबार तेस्रो मिसन पनि सम्पन्न भयो । अघिल्लो दुइवटा मिसन मा म पनि सँगै थिए तर तेस्रो मिसन चलिरहँदा म अन्तै व्यस्त भइरहेछु । पहिलो मिसन मा जाँदा सबैभन्दा ‘सक्सेसफुल’ मिसन त्यही नै हो भन्ने लागेको थियो, हुन पनि हो त्यो हाम्रा लागि निकै अविस्मरणिय क्षण थियो । अनि ट्विटरबाट भेला भएका साथीहरुले आफ्नो निस्वार्थ भावले, कार्यक्रम सफल बनाउनु भएको थियो । पहिलो, दोस्रो हुँदै तेस्रो मिसन पनि सकियो । तेस्रो मिसन को तस्विरहरु ट्विटपिक, पिकासा र फ्लिकर मा हेर्दै जाँदा मन एकोहोरो भएको छ, मन केही भक्कानिएको छ

विछोडका दिन प्राय अप्रिय नै हुन्छन, प्राय नभनौ सबै अप्रिय नै हुन्छन तर अप्रियाताको हद फरक हुनसक्छ, परिस्थिती अनुसार । जुन ३०, २०१० को विछोड मेरो लागि सबै भन्दा अप्रिय बिछोड हो, एउटा अत्ती नराम्रो   सपना जस्तो दिन  मेरो जीवनको  ।  हुन त  बिछोड  मेरो  लागि  नौलो  कुरा  हैन, पहिला   पनि  प्यारो  घर  छोडेर यात्रामा  निस्कनु  नपरेको हैन । पहिला धेरै गाह्रो  भए  पनि  पछी  सामान्य  नै  लाग्न   थालेथ्यो  वियोग  पनि  । त्यो अप्रिय वियोग उनीसँगको वियोग, हुन त त्यो दिन पनि पहिला जस्तै म पुरै घर सँगको वियोगमा थिँए तर घरसँग  छुटिनुको पिडा नौलो थिएन, पिडा नयाँ हुँदा त्यसले बढि पिरोल्ने रहेछ, घर सँग त मैले  कयौँ बिछोड अनी फेरी मिलन अनी फेरी विछोड सँगाली सकेको थिए। उनी सँगको विछोड पहिलो थियो त्यसैले पिडा पनि बढी  नै थियो। पहिलो चोटि घरबाट टाढा हुँदाको पिडा जती नै, अझ बढि  नै होला शायद। वियोगको पिडा, कसैसँग टाढिँदाको पिडा, आफ्नो मान्छेलाई छोडेर जाँदाको  पिडा । त्यो दिन म कसैसँग नभै  आँफैसँग टाढिँदै  थिए, आफ्नै मुटुलाई छोडेर जादै  थिए कसैलाई। र उनको  मुटु लिएर। उनको याद लिएर यी आँखा भरी ! आफुलाई छोड

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर…” बद्रि दुर्गा खरेल को आवाज मा रहेको कर्णप्रिय गित, धुलिखेल देखि काठमाडौँ सम्म, मोबाइल को हेडसेट मार्फत निरन्तर कान मा गुन्जिरह्यो । तिम्रो कुरा र तिम्रो सम्झनाले मात्र हैन मलाई त गित ले पनि एकोहोरो बनाइदिन्छ, अनि त्यही गित भित्रै कै शब्द र संगितहरु बिच कहीलेकाँही अनायासै तिमीलाई खोज्न पुग्छु । तिमीलाई सम्बोधन गरेर लेखिएको पछिल्लो पोष्ट मा धेरै प्रतिक्रिया पाएँ, अनि सबैले ‘मानुषी’ नाम भएकाहरु सँग मेरा नाम जोडिदिएछन् । संसार अचम्म को छ है, नसोचेको कुरा भइदिन्छ, अनि नसोचेको स्थिति बाट पनि गुज्रिनु पर्छ । हुन त मेरो नाम, उहिले सानो मा ‘एल के जी’ पढ्दा देखि नै एउटी सँग जोडिदिएका थिए, साथीहरु ले । स्कुल सँगै गइन्थ्यो, त्यही भएर पनि, नाम जोडेर जिस्क्याउँथे । अलि ठूलो भएर, अर्को स्कुल जान थालियो, त्यहाँ पनि नाम जोडेर, मलाई बिल्ला हान्ने साथीहरु को कमी थिएन । अंग्रेजी मा पढ्नु पर्ने, पहिलो पाठ देखि नै, सर आफैँले जोडी बनाइदिएपछि, केटाहरु ले नाम जोड्नु पनि स्वाभाविक नै थियो, अहँ तर मैले त्यस्ता कुराहरुलाई खासै महत्व दिइ