Skip to main content

फिर्फिरे : टाइम मसिन

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने।

निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो कलम, निधारमा रातो अविरको टिका, सँधै सफा र चिटिक्क देखिने सुरेश सर अंग्रेजी पढाउनुहुन्थ्यो । आफ्नो कक्षामा छिरेर, हामीले कक्षागत गित गाइसकेपछि, सर आउनुभयो, पहिलो घन्टी पढाउन । आफूलाई पढ्ने भन्दा पनि, आज सरले हाजिर नबोलाइदिए हुन्थ्यो भन्ने लागेथ्यो, कहिलेकाँही सर हाजिर नबोलाइ जानुहुन्थ्यो । त्योबेला, हिजो नआएका साथीहरुमा बेग्लै उत्साह छाउँथ्यो । तर सरले आउनेबित्तिकै हाजिर बोलाउनुभयो । फस्ट बेञ्चमा बस्ने फस्ट केटा, म उठेर "एस सर" भनेँ । सरले यस्सो हेर्नुभो, टाउको हल्लाउँदै "तँ उभिराख" भन्नुभो, सरले यति भन्ने बित्तिकै आफ्ना खुट्टा कामेजस्तो भो, खुट्टा निदाए जस्तो भो । आज, उभिनेमा म मात्रै परेछु । सायद म कक्षाको पहिलो विद्यार्थी भएकोले होला, सरले मलाई "हात थाप" भनेर सिर्कना उठाइसकेपछि टक्क रोकिनु भयो ।  सरले सोध्नुभयो, "यसको सट्टामा कुटाई खाने कोही छ?" । म सँगै रहेका कान्छा, लालु, श्याम, रमेश, र प्रमोद जुरुक्क उठे । सरले म लगायत सप्पैलाई एक एक लाठ्ठी हान्नुभो, अरुदिनको भन्दा नरम थियो कुटाई । त्यसपछि देखि कक्षामा अरु साथीहरुले आफ्नो सट्टा कुटाई खाइदिने नियम नै बस्यो । साथीका लागि ज्यान दिन्छु भन्ने फिल्मी डाइलग जस्तो, तर साँच्चै केही परे साथीहरु तातिहाल्थे, हरेक काम सँगै गरिन्थ्यो स्कुलमा।

Buddhisagar's Firfire (Phirphire)

फिर्फिरे (फिरफिरे) पढ्दै गर्दा, आफूले भूलेका आफ्ना स्कुले साथीहरुसँगका यस्तै पलहरुले पच्छ्याइरहे । आफ्ना साथीहरुसँग स्कुलबाट, फुटबल हेर्न जाँदा, सप्पै किताब म्याडमले उठाएर अफिस कोठामा लगेको, कक्षामा सबैभन्दा अगाडीको डेस्कमा बस्नको लागि कान्छाले बेलुका ९ बजे नै थोत्रा कापीहरु राखेर ठाउँ रोक्दा, भोलिपल्ट होस्टेलमा बस्ने सरले अफिस कोठामा दिनभरि उभ्याएको, त्यसरी हामीलाई कार्वाही गर्ने सरलाई, एसएलसी पास भएछि कुट्ने प्लान गरेको, स्कुलको चौरको ठूलो सिमलको रुखमा बस्ने घारे (बन माहुरी)ले लखेटेर, चिलेर, सिकिस्त बनाएको जस्ता दर्जनौँ पलहरु आँखा वरिपरि, फिर्फिरे पढुन्जेल नाचिरहे । पाठकलाई आफ्नो अतित, आफ्नो बाल्यकाल, आफ्नो जन्मस्थान, आफ्ना स्कुले साथीहरुसँग पुर्याउनु नै फिर्फिरेको सफलता हो । सौतेनी नदीमा आएको बाढीले, २०५० सालको बाग्मतीको बाढीको याद दिलायो। घरको माथिल्लो तल्ला छोएर, बाढी बगेको थियो। बाढी सँगै, मान्छे, घर, गाईवस्तु कति बगायो, कति। बाढीकै कारण धेरैले बसाइसराइ पनि गरे, हामीले पनि पछि, बाढी लाग्ने ठाउँ छोडेर अलि अल्को डाँडा भएको गाउँमा बसाइ सराइ गर्यौँ, महेन्द्र राजमार्ग नजिक।

उच्च अध्ययन अनि कामका लागि भनेर एसएलसी पछि काठमाडौँ छिरेपछि, क्रमश सबै सँगका सम्बन्धहरु धमिला हुँदै गए । कोही विदेश पसे, कोही गाउँमै बसे, कोही तराईका मुक्तिका लागि भनेर खोलिएका हतियारधारी मोर्चाका कार्यकर्ता भए । अहिले, ती बाल्यकालका सम्बन्धहरु फेसबुकका फोटो लाइक गर्नमै सिमित भएका छन् । फेसबुकमा हेर्यो, यसको ठिकै रै'छ भन्यो, आफू नि ठिकै छु भन्ने भाव जनाउन फेसबुकका स्ट्याटस र फोटोहरुमा लाइक ठोक्यो ।

तराईको भित्री गाउँमा जन्मेर हुर्केका कारण, बुध्दिसागरले फिर्फिरेमा सिर्जना गरेको बाँसबारी गाउँ आफ्नै जस्तो लाग्यो । त्यो अम्बरपुर बजार आफ्नै सोल्टी बजार झैँ लाग्यो, अनि नेपालगंज हाम्रा लागि बरहथवा । अनि हाम्रै गाउँको छेउबाट बग्ने, स्वच्छ सफा बाग्मती नदी, सौतेनी नदी अनि फिर्फिरेमा वर्णन गरिएका जंगल चैँ हाम्रो "फार'लाइन" (फायरलाइन) - सागरनाथ परियोजनाको जंगल अनि बाग्मती पारीको घना तोरीबारी जंगल, जहाँ कुसुम र बयरका घारी थिए । फिर्फिरेका वसन्त (बन्ते), पवन, सर्वजित मास्टरसाप, जुठी आमै, कोहिनुर, जीवाराम, शान्तीराम, कल्लुराम, पिच्कु, जसोदा, चिलगाडी आदि सबै सबै हाम्रै गाउँका पात्रहरु हुन् भन्ने महसुश भयो, मात्र पात्रका नाम फरक छन् । पिच्कुले, बाग्मतीको भंगालोमा बस्ने खुर्कोटे माझी सम्झायो, चिलगाडीले सर्पले डसेर झाँक्रीको आशमा ज्यान बितेका मान्छेहरु सम्झायो, माओवादीकालमा पुलिसले मारेका माओवादी, माओवादीले मारेका पुलिसका विभत्स लाश देखेर विक्षिप्त बनेका साने दाइले झूण्डेर आत्महत्या गरेको सम्झायो । फिर्फिरेले बैदे बुढा सम्झायो, गाँजामा लठ्ठ भइरहने सत्तु भैया सम्झायो, एउटा सानो झूप्रो बनाएर बसेका क्याप्छाकी बुढा सम्झायो, उ बेलामा बिघौँ बिघा खेत हुने, अहिले सुकुम्बासी भएका राईबाजे सम्झायो । साँच्चै, फिर्फिरे एउटा टाइम मसिन झैँ लाग्यो, जहाँ पसेपछि आफ्ना अतितहरु, सिनेमाका दृश्यहरु झैँ अगाडी आउँछन्, कुनैले हँसाउँछन्, कुनैले रुवाउँछन्।

दुई साथीबिचको मित्रतालाई फ्ल्यासब्याकमा गएर, वसन्तव्दारा भनिएको पवन र वसन्तको मित्रताको कथा नै फिर्फिरे हो। कर्णाली ब्लुज पढ्नेलाई, फिर्फिरे, उही कर्णाली ब्लुजकै निरन्तरा पनि लाग्नसक्छ, तर कथा फरक छ, परिवेश पनि थोरै फरक छ । बुद्धिसागरको लेखाइ, एकदम सरल छ, छोटा छोटा वाक्यहरु छन् । सुक्ष्म रुपले हरेक पात्रहरुको परिचय गराइएकोछ, सायद यही कारण पनि हुनसक्छ, आफ्ना अतितमा रहेका पात्रहरुसँग फिर्फिरेका पात्रहरुलाई दाँजेर पढ्न सकिन्छ, पात्रहरुको एक प्रकारको चित्र बन्छ, अनि हरेक दृश्यहरु पर्दामा आफैँले देखिरहे झैँ लाग्छ । फिर्फिरेमा अर्को रमाइलो लागेको भनेको कुरा चाँहि, कथाको सुरु देखि नै अब के होला, अब के होला भन्ने कौतुहलता जागिरहन्छ । केही घटना हुँदैछ भन्ने छनक पाएपछि, यो पात्र पो हो कि, त्यो पात्र पो हो कि, फलानालाई यस्तो नहोस्, चिलानालाई त्यस्तो नहोस्, कुनै चमत्कार होस् भनेर कामना पाठकले गरिरहन्छ । पात्रका संवेदनाहरु, पाठकले 'फिल' गरिरहन्छन्, अनि त्यसै अनुसार हामी कहिले हाँस्छौँ, त कहिले रुन्छौँ, त कहिले वसन्त सँगै यस्तो भइदियोस् भन्ने कामना गरिरहन्छौँ । फिर्फिरेको सुरुमै, वसन्तले रमालाई भेटाएदेखि नै पवनसँगै आउने हरेक दृश्यमा पवनको खुबै चासो लाग्छ ।

सर्पसँग कुस्ती खेल्ने चिलगाडी, बोक्सीसँग लाप्पा खेल्ने कोहिनुर झाँक्री, फ्ल्यासब्याकमा मात्र सुनिने असारे बा, सौतेनी नदी तारिदिने पिच्कु, पोस्टकार्ड मागेर पवनको 'दिल' चोर्ने मुनमुन, मृत व्यक्तिका बुख्याँचा ठड्याउने कल्लुराम, सुल्पा तान्दै बस्ने जीवाराम, लुगा सिलाउँदै बस्ने जसोदा, अनि सबै कुरा हारेर पनि सर्वजित नाम भएका मास्टरसाप, चुरोट तान्ने फुपु अनि कथासँगै आउने अन्य दर्जन पात्रहरु र उतारचढावहरुले फिर्फिरे उपन्यास नभइ एक समयको सामाजिक दस्तावेज हो भन्ने महशुस गराउँछ । कथा भन्दा पनि कथावाचन शैलीलाई पच्छ्याउँछु भनेर सार्वजनिक भनाइ राखेका बुद्दिसागरको भनाइलाई फिर्फिरेले प्रमाणित गरिदिएकोछ । दुई साथीको कथा, उनीहरुको पारिवारिक सम्बन्धलाई, एकदम सरल रुपमा बुद्दिसागरले फिर्फिरेमा उतारेकाछन् ।

फिर्फिरे पढ्दै जाँदा, बुध्दिसागर यति हजार र उति लाख अक्षर भए भन्दै, गनेर लेख्छन् कि भनेजस्तो पनि लाग्छ, कतिपय कुरा अनावश्यक रुपमा लम्ब्याएको झैँ लाग्ने, शब्द/अक्षरका गन्ति मात्र बढाउनलाई लेखेजस्तो । दोहोर्याइ, तेहर्याइ यो पात्र यस्तो छ भनेर बुझाउन खोजेजस्तो, तर यसले गर्दा, कतै कतै कथा एकदमै 'स्लो लाग्छ । तर विस्तारै बढिरहेको कथा, अचानक अर्को मोडमा पुग्दा भने जिउ नै सिरिङ्ग हुन्छ । कोहिनुरको सर्पवर्षाको घोषणासँगै रोमाञ्चकता बढ्दै जान्छ, तर अचानक सर्पसँग कुस्ती खेल्ने चिलगाडीले कथालाई अर्को मोडमा पुर्याउँछ । जुठीआमैको प्रसंगमा कथा अर्को मोडमा पुग्छ, त्यसकै निरन्तरता स्वरुप पवनको प्रसंगले कथा झनै नौलो मोडमा पुर्याइदिन्छ ।

पश्विम तराईको एउटा गाउँको कथा भएका कारण, तराईका भित्री गाउँ नदेखेका पाठकहरुलाई कहिलेकाँही यो कस्तो होला भन्ने कौतुहलता जगाउँछ भने, कतिपय शब्दका अर्थ पनि नबुझिन सक्छन् । डुग्गी, सुल्पा, लडिया लगायतका विभिन्न स्थानिय शब्द/कुराहरुलाई चित्रमा वा शब्दको अर्थ कतैतिर खुलाएको भए राम्रो हुनेथियो । चलचित्र भएको भए, ती कुराहरु सजिलै बुझिन्थे तर लेखकले उपन्यासमा ती कुराहरु बुझाउने प्रयत्न गरेको देखिँदैन । अर्को चित्त नबुझ्ने कुरा भनेको, किताबको 'कभर' डिजाइन हो । कथामा कैयौँ पटक वसन्त र पवनले मेहनत गरेर पातका फिर्फिरे बनाएर दौडिएकाछन् तर कभर हेर्दा चाँहि साह्रै अल्छि गरे झैँ देखिन्छ ।

अन्त्यमा, कर्णाली ब्लुज मन पराउनेले, फिरफिरे झनै मन पराउनेछन् । पाठकहरुले आफू टाइम मसिनमा छिरेर, फिर्फिरे मार्फत आफ्नो बाल्यकालको सम्झना गर्नेछन् । यो, मेरो, तपाईको, हामी सबैको, हाम्रो समाजको कथा हो।

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match [LIVE]

Nepal Vs. Jordan Watch Online Worldcup Football Qualifying Match खेल को पहिलो हाफसम्म जोर्डन ४ गोलले अगाडि छ ! जोर्डन ले ४ गोल हानेको छ भने, नेपाल ले कुनै पनि गोल फर्काउन सकेको छैन ! पहिलो हाल्फमा जोर्डनीहरुकै दवदवा रहेको थियो । First Half Nepal 0:4 Jordan Full Time Nepal 0:9 Jordan जोर्डन को रंगशालामा भएको खेलमा जोर्डनी टिम ९:० को विशाल अन्तर ले विजयी भएको छ ! नेपाली टिम, जोर्डनी टिम को अगाडि आज कमजोर सावित भयो, खेल अवधिभर नेपाली टिम जोर्डनी टिम को दवावमा रह्यो ! नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा अर्को एक खेल खेल्नेछ ! LIVE VIDEO WAS MOVED BY NOW Though LIVE video was moved, but we have small clip. Enjoy! Here's another Video:

Download

Nepali Songs and software download: दशैँ तिहार - देउसी भैलो: Download: Mangal Dhun / मंगल धुन - सुरसुधा Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा Download More Songs: Go To  Deusi/Bhailo Songs देशभक्ति गितहरु / Deshbhakti  Download Patriotic Nepali Song: नेपाली नेपाल को माया छ कि छैन / nepali nepal ko maya chha ki chhaina - Gopal Yonjan Download Patriotic Nepali Song: धेरै छ गर्नु स्वदेश को सेवा, नेपाली बन्नलाई... हैन भने नेपाली नभन, विर को छोरा नाथे मा नगन / haina vane nepali navana - Gopal Yonjan Download Patriotic Nepali Song: जहाँ छन् बुध्दका आँखा / jaha chhan buddha ka aakha - bhaktaraj acharya Download Patriotic Nepali Song: नेपालले के गर्यो मलाई, भन्न छोडिदेउ Download: रातो र चन्द्र सुर्य / raato ra chandra surya   (रचनाकार: गोपाल प्रसाद रिमाल, गायक: फत्तेमान, संगीत: अम्बर गुरुङ) Download: सयथरि बाजा एउटै ताल / saya thari baja - kutumba band (nepali dhun) Download: म मरेपनि मेरो देश बाँचिराखोस / ma marepan...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

डर : एक अनुभव

डर अर्थात Fear. गुगल मा Fear भन्ने शब्द खोज्यो भने १५०,०००,००० वटा नतिजा निस्कन्छन्। तर आफ्नो जिवन मा डर खोज्यो भने, त्यो भन्दा सायद धेरै डरहरु पत्ता लाग्छन् होला ! सबैभन्दा धेरै लाग्ने डर भनेकै 'मर्ने डर' हो । जन्मेपछि मर्नुपर्छ भन्ने थाहा छ, तर अहिले को उमेर मा यही कुरा ले डर लगाउँछ कहिँ सुईकिने त हैन भनेर ! वृद्ध अवस्था मा के हुन्छ थाहा भएन, तर सबैलाई लाग्ने सबैभन्दा ठूलो डर चाँहि मृत्यु कै हो । मृत्यु पछि अन्य डरहरु आउँछन् । विद्यार्थीलाई हरेक परीक्षा मा राम्रो गर्न सक्दिन कि भन्ने डर लाग्छ। अस्ति को दिन पनि पत्रिका मा आएको थियो, एसएलसी को कपी मा विद्यार्थीहरु ले पैसा राखेछन्, पास गराइदिनु भन्दै, किनकी उनीहरुलाई डर छ, फेल भइएला कि भनेर ! व्यापारीलाई आफ्नै किसिम को डर छ, लगानी डुब्ने हो कि, नाफा नहुने हो कि ? नेतालाई आफ्नै डर छ, कतै कुर्सी गुम्ने हो कि, कतै त्यो पो सत्ता मा पुग्ने हो कि ? कसैलाई के को डर, कसैलाई के को डर ? डर सँधै हाम्रै वरिपरि सँधै घुमिरहेको हुन्छ र हरेक क्षण सतर्क गराइरहेको हुन्छ । आज चाँहि म, सुनेका कुराहरुका कारण बालमष्तिस्क मा उब्जिने डर को बारेमा कुरा...

My First Post on Blog

Subscribe to Aakar Post