Skip to main content

गुडबाई २०१४


अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा।

एउटा प्रयोग
२०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द बकेट अभियान चलेपछि मात्रै । सुनकोशी‍-भोटेकोशीको पहिरो चाँही ट्विटरबाटै थाहा पाइयो, फलोअप पनि ट्विटरबाटै भयो । अनि इन्टरनेटबाट केही दिनको लागि बस्नु पनि रमाइलो नै हुनेरहेछ भन्ने लाग्यो, गएको दशैँमा करिब हप्तादिन जति इन्टरनेटबाट टाढा बस्दा । यसै क्रमलाई निरन्तरता दिने विचारमा छु।

हाइकिङ
२०१४ हाइकिङको वर्ष रह्यो भन्दा फरक नपर्ला, त्यसो त २०१३ को अन्त्यमा आउँदो वर्ष सकेजति घुम्ने नै योजना बुनेको थिँए । काठमाडौँको उत्तर-पूर्व, भोटेचौरमा रहेको चिया बगान घुमेर २०१४ को सुरुवात गरेको थिँए । त्यसपछिका हप्ता र महिनाहरुमा हाइकिङ गइयो, अघिल्ला केही हप्ताहरु ट्विटे समूहसँग गइयो, अलिपछि अफिसबाटै नियमति हाइकिङ गइयो, काठामाडौँ वरिपरिका धेरै ठाउँहरुबारे बुझ्ने अवसर पाइयो । डिसेम्बरको अन्त्यमा, लमजुङको घलेगाउँ - भुजुङ – पसगाउँ'को ३ दिने ट्रेक गएर यो वर्षको यात्रामा विश्राम लगाइयो। नोभेम्बरको दिल्ली यात्रा पनि नौलौ अनुभव रह्यो।


ब्लग
केही दिनअघि केयु पुग्दा अनि हिजो साँझ फेसबुक च्याटमा गफ्फिरहँदा, ब्लगको बारेमा प्रश्न उठ्दा, आफू ब्लगमा नियमित हुन-नसकेकोमा खल्लो लाग्यो । सँधै प्रविधि र सोसल मिडियाका कुरा मात्र हैन, यस्तै किसिमका गन्थन पनि केहीले रुचाउने रहेछन् भन्नेपनि थाहा पाइयो, त्यसो त आफैँलाई पनि पछि पढ्न रमाइलो नै हुन्छ । २०११ मा इन्टर्नसिपको लागि बेङ्लोर जाँदा लेखिएको ब्लग हिजोआज पनि कहिलेकाँही पढ्नेगर्छु, त्यो बेलाको समय र यात्रा सम्झेर अहिले पनि रमाइलो लाग्छ । साथी भाइहरुसँग भेट हुँदा भएका कुराकानीका आधारमा, २०१५ मा ब्लगका लागि केही नयाँ योजनाहरु बनाएकोछु, हेरौँ कतिसम्म भनेको झैँ गर्न सकिन्छ ।

नेपाली स्टार्टअप
२०१४ नेपाली स्टार्टअपहरुका लागि एउटा सम्झन-योग्य वर्ष भएर गयो। स्टाटर्अप विकेन्ड, रिकनेक्ट बुटक्याम्प, एनसेल एपक्याम्प लगायतका ठूला कार्यक्रमहरु वर्षैभरि चलिरहे, जसबाट निस्केका केही आइडियाहरुले अहिले ट्र्याक्सन पाइरहेकाछन् । नेपाल लोडसेडिङ एप २० लाखमा विक्रि भएको कुराले वर्षैभरि चर्चा पायो। अनिश र मनिषाले सुरु गरको 'यल्लो नेपाल' गुगल बिजनेस स्टोरी कम्पिटिसनको बिजेता बन्यो, उनीहरुको 'यल्लो एप' – लोकल रेष्टुरेन्ट सर्च इन्जिन'ले हिजोआज चर्चा पाउनथालेकोछ । त्यसो त एन-लोकेटले पनि वर्षको अन्त्यतिर आएर नयाँ जिवन पाएकोछ । अझै बिटा भर्सनमा रहेको ११ बिप एपको नयाँ डिजाइनले पनि प्रयोगकर्ताहरुलाई लोभ्याइरहेकोछ । मुन्चा डटकमको 'उनो बिजनेस डिरेक्ट्री' को 'उनो कार्ड'ले पनि प्रयोगकर्ताहरुको मन जितिरहेकोछ । यसबाहेक फुन्का टेक्नोलोजीको 'मेरो एन्सर' पनि विद्यार्थीहरु बिच लोकप्रिय रह्यो । लोकसेवा तयारीको लागि बनाइएको मोबाइल एप पनि प्रयोगकर्ताहरु बिच 'पपुलर' हुँदैछ । भर्खरै सकिएको एनसेल एपक्याम्पमा विजेता बनेका 'ओपिनियो', 'रिति-रिवाज', 'आइसिटि फर एग्रिकल्चर', 'लिपी' आदिले पनि सम्भावनाको नयाँ ढोकाहरु खोलेकाछन् ।

सोसल मिडिया
यसवर्ष पनि ट्विटरको फलो र अनफलो'को चर्चा चाँहि सँधै भइरहे पनि विश्वकप फुटबलको बेला भने ट्विटर रमाइलो बनेको थियो।  फेसबुकमा कमेन्ट लेखेकै आधारमा केही व्यक्तिहरु प्रहरी हिरासतमा बस्नुपर्यो, यसकुराको व्यापक विरोध भयो, केहीले जातिगत र राजनैतिक रंग दिने पनि कोशीस गरे।  फेसबुक'को फेक लाइक अनि ट्विटरको नयाँ डिजाइन पनि चर्चाको विषय रह्यो । यसबाहेक फेसबुकले १९ बिलियन डलरमा ह्वाट्सएप खरिद गरेेर सबैलाई झट्का दियो ।

केही अघिको तथ्यांक अनुसार नेपालमा ४० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ताहरु रहेकाछन् । एनसेलको ट्विटर जिरो स्किमलाई आधार मानेर अनुमान गर्दा करिब करिब २५ देखि ३० लाखको हाराहारीमा नेपालमा ट्विटर प्रयोगकर्ताहरु रहेका छन् ।

नव वर्ष २०१५ को हार्दिक मंगलमय शुभकामना !!!
आकारपोष्ट एन्ड्रोइड एप एप्सझोलामा उपलब्ध छ । प्ले न्युजस्ट्यान्डमा पनि आकारपोष्ट पढ्न सकिन्छ।

Comments

Popular posts from this blog

आईबिएम भन्दा पहिले नेपालमा माइक्रो कम्प्युटर

झट्ट सुन्दा पत्याउन गाह्रो पर्ने कुरा, र खासै चर्चा, परिचर्चा गरेको पनि सुनिँदैन । तर नेपाल पनि कम्प्युटर प्रविधि विषयमा धेरै पहिले देखि काम हुँदै आएको रहेछ । अमेरिकामा एप्पल, आइबिएम, माइक्रोसफ्ट आदि कम्पनीहरु आफ्नो पहिलो माइक्रो कम्प्युटर बनाउने प्रयास गरिरहँदा, नेपालमा पनि यस्तै प्रयास भइरहेको थियो । परिणामस्वरुप आइबिएम भन्दा २-३ वर्ष पहिले नै, नेपालमै माइक्रोचिप्स प्रयोग गरेर माइक्रो कम्प्युटर निर्माण भएको थियो । हिजो लोकस २०१२ मा नेपालमा पहिलो कम्प्युटर बनाउने व्यक्ति भनेर परिचित ईन्जिनियर मुनिबहादुर शाक्यको कुरा सुनिरहँदा, एकमनले रमाइलो र अर्को मनले नरमाइलो लाग्यो । आइबिएम, एप्पल, माइक्रोसफ्ट लगायतका कम्पनीहरुकै हाराहारीमा तत्कालिन समयमा ईन्जिनयर मुनिबहादुर शाक्यले नेपालमै कम्प्युटर बनाउनु भएको थियो । रमाइलो र गौरव यसअर्थमा लाग्छ कि, त्यो समय देखि नै नेपालमा पनि कम्प्युटरको विकास भएको रहेछ, जुन समयमा भारतमा यही किसिमको काम भएको थिएन । तर नरमाइलो यस अर्थमा लाग्यो कि, आइबिएम, एप्पल जस्ता कम्पनीहरु कहाँ पुगे, तर हामी जहिँको तहिँ । हामी सँधै बुद्ध र सगरमाथा भन्दै नाक फुलाएर बसेका छौँ

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai

घोडा तबेला [संस्मरण]

स्याफ्रुवेसीबाट बिहान साँढे सात बजे निस्कँदा, एकैदिनमा धेरै माथिसम्म नजानु 'हाइ' (लेक) लाग्छ भन्ने लोप्साङ, लामा होटल आइपुग्दा, पानी पर्दैन तपाईहरु माथि जान सक्नुहुन्छ भन्न थालेको थियो ।  दुई बजे लामा होटल पुग्दा, पानी सिमसिम परिरहेको थियो, चियाका लागि हामी (विवेक दाइ र म) छेउको होटलमा रोक्कियौँ । लोप्साङ, आफ्नी जर्मन पर्यटक लाउरालाई लिएर अलि पर्तिरको होटलमा गएर रोकियो, हामीले लोप्साङलाई बोलायौँ तर उसले ईशाराले नआउने संकेत गर्यो, उ चिया पिउँदै थियो । तर लोप्साङ सँगै भएकी जर्मन पर्यटक हामी बसेको होटलमा आएर गफ गर्न लागेपछि, लोप्साङ पनि पछिपछि आयो । एक घन्टा बस्दा पनि पानी खासै रोकिएन, तर लोप्साङ पानी रोकिन्छ, तपाईहरु घोडातबेला पुग्नुहुन्छ भनेर हामीलाई भनिरहेथ्यो, सायद उ हामीलाई लामा होटलमा नबसोस् भन्ने चाह गरिरहेको थियो । अघिल्लो दिन माछापोखरी, काठमाडौँबाट बस चढ्दा, लोप्साङ हामी भन्दा अघिल्लो सिटमा थियो । ९ घन्टा लामो बस यात्रामा, लाउरा सँग खासै केही कुरा नभएपनि, लोप्साङ हाम्रो लागि पनि गाइड झैँ बनिसकेको थियो । स्याफ्रुवेसी, विवेक दाइ र मेरो लागि नौलो थियो, लोप्साङकै पछि लागेर, ह

Subscribe to Aakar Post