Suscribe via RSS

Wednesday, November 11, 2009

विरानो काठमाडौँ

| 4 प्रतिक्रिया |
आज तिनै बाटोहरु हिँड्दैछु, जुन बाटो विगत मा पनि धेरै पटक हिँडिएको थियो तर पनि आज को हिँडाइ बेग्लै लाग्यो, खै किन किन आज यही बाटो को बारेमा पनि धेरै सोच्न मन लाग्यो । हुन त यो बाटो सँग मेरो के नै सम्बन्ध छ र, तर पनि आज मलाई केही छुटेको जस्तो, केही बिराए जस्तो, खै कस्तो कस्तो लागिरहेछ । त्यही बाटो को छेउछाउ, वरिपरि हेर्दै हिँड्दा लाग्यो, काठमाडौँ विरानो भइसकेछ ।

केही महिना या भनौँ हप्ता अघि सम्म देखिएका घरहरु थिएनन्, त्यस ठाउँ मा ठूला ठूला घरहरु बन्दै रहेछन् । केही हप्ता अघि सम्म फुलेका त्रिचन्द्र छेउ का शिरिष का फूलहरु फुलेका थिएनन् । हुन त यो प्राकृतिक कुरा भयो, तर पनि मलाई काठमाडौँ विरानो लाग्यो । साँझ पर्न अझै केही घन्टा बाँकि छ अनि मेरो आँखा घरिघरि मोबाइल मा पुगिरहन्छ । मैले ट्विटर मा लेखेँ, ‘एट काठमाडौँ’ ।

बागबजार माथि को पुल, धेरै नै व्यस्त छ, अनि पुलमुनि त्यत्तिकै भिडभाड छ । ट्राफिक घोडा मा चढेर जाम खुलाउने प्रयास गर्दैछन् । म नियाल्दै छु, त्यो सडक, त्यो घन्टाघर, रानीपोखरी अनि शिरिष का फूल का बोटहरु । थाहा छैन, के सोच्दैछु तर पनि मेरो मन मा आशा को सञ्चार भइरहेको छ । बाटो हिँड्नेहरु हिँडिरहेछन्, वास्ता कस्ले पो कस्को गर्छ र ? संसार स्वार्थी छ अनि यसै मा म छु, तिमी छौ, उनीहरु छन्, तपाइहरु हुनुहुन्छ, हामी सबै छौँ, मात्र सबै का बाहाना फरक छन्, सोचाइ फरक छन् ।

एकसमय थियो, म काठमाडौँ को गल्ली गल्ली एक्लै हिँड्ने गर्थेँ, त्यसमध्ये पनि सबैभन्दा बढि पुतलिसडक, बागबजार ओहोर दोहोर गरेको छु । तर आज तिनै बाटोहरु हिँड्न मलाई दिक्क लागिरहेको छ, थाहा छैन किन यस्तो लागेको हो तर विनाकाम, विनाअर्थ को घुमाइ भएर यस्तो लागेको होला । तर साँच्चि यति नरमाइलो, अनि यति दिक्दार लागेको थिएन ।

यस्तो समय नि थियो, जब काठमाडौँ जाने भने पछि, म भन्दा पहिले मन उडेर पुग्थ्यो, धेरै योजनाहरु बुनथ्यो, साँच्चै एउटा रमाइलो बाहाना हुन्थ्यो काठमाडौँ जान को लागि । तर अफसोच अब म सँग कुनै बाहानाहरु छैनन्, कुनै काम छैन, कसैलाई भेट्नु छैन र पो म निरुद्देश्य हानिन्छु काठमाडौँ २८ किलो बाट बस चढेर । एकसमय म रहर ले बाहान बनाइ बनाइ काठमाडौँ हानिन्थे तर अहिले कर र बाध्यता ले मन नलागि नलागि काठमाडौँ हानिनुपर्छ । एक पटक २-३ महिना मा काठमाडौँ जाने म, हप्ता को २ पटक पनि धेरै पटक काठमाडौँ पुगेँ तर अहिले फेरी यो मान्छेहरु को भिड देखेर, त्यो धुवाँ, धुलो देखेर, मान्छे का व्यवहार देखेर काठामाडौँ जान मन लाग्दैन । मेरो लागि काठमाडौँ विरानो हुँदैछ ।

यो स्वार्थीहरु को भिड मा मैले निस्वार्थीहरु खोज्नु मेरो मुर्खता मात्रै हो, किनकी म पनि स्वार्थीहरु भित्रै पर्छु तर त्यति फरक हुन्छ, कुन कुरा को लागि स्वार्थी बनिएको छ । हो म स्वार्थी छु, किनकी म एकैछिन हाँस्न चाहन्छु, अरु को साहारा लिएर तर हिजो आज एउटा प्रख्यात भनाइ मेरो दिमाग मा बारम्बार ठोकिन्छ, ‘To be happy we must not be too concerned with others.’ अर्थात आफू खुशी हुन को लागि अरु को धेरै वास्ता गर्नुहुँदैन रे । म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा । सबै का आ-आफ्नै समस्या हुन्छन् अनि सबैका लागि आफ्ना कुरा विकराल हुन्छन् तर पनि कहिलेकाँहि हाँस्न मन लाग्छ मन खोलेर उनीहरुलाई देखेर ।

यस्तै यस्तै सोच्दै पुरानो बसपार्क मा ओर्लिँए । काम केही थिएन, कुनै मिसन थिएन अत: म सँग त्यो बागबजार हुँदै पुतलीसडक पुग्नु बाहेक केही विकल्प थिएन । तर बागबजार पुगेपछि मलाई धुलिखेल नै फर्कन मन लाग्यो, कारण यो भिड मा मेरो तिल जति पनि महत्व छैन भन्ने मैले बुझ्दैथिएँ । अनि फेरी गाडि चढेँ धुलिखेल नै फर्कन को लागि तर पनि फेरी ओर्लिएँ वानेश्वर मा, वानेश्वर को भिड छिचोल्न मन लाग्यो ।



‘हरे कृष्ण, हरे राम’ भन्दै ३-४ जना सेता कपडा अनि चन्दनधारीहरु भजन गाउँदै थिए, धार्मिक किताबहरु बेच्ने जुक्ति लाउँदैथिए फुटपाथ मा मान्छेहरु को भिड बटुलेर । म पनि त्यही भिड मा मिसिएँ एकछिन । घडि हेरेँ ५ बज्दैछ, खै कता कता मनमा नजानिँदो आशा को सञ्चार हुँदैछ, तर मैले बिर्सेछु, काठमाडौँ अर्कै भइसकेको छ, विरानो भइसकेको छ । हो नि अन्तराष्ट्रिय सम्मेलन केन्द्र संविधान सभा भवन भइसकेको छ अनि निर्वाचन आयोग उपराष्ट्रपति को कार्यकक्ष बनिसकेको छ । अत: यसरी नै अर्थ लगाउँदै जाँदा थाहा पाएँ, काठमाडौँ विरानो भइसकेछ । एउटा को रिस अर्को माथि पोख्ने थलो भएको छ । उदाहरण आफ्नै अगाडि छ नि, एउटा ले बिगो गर्छ, सारा जनता ले टायर को धुँवा झेल्नुपर्छ ।

बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे, नराम्रा कुराहरु सम्झने मेरो बानी नभएपनि ती रमाइला अनि राम्रा कुराहरु मैले बिर्सन सकेको छैन, काठमाडौँ को । हुन त केही महिना नै भइसक्यो काठमाडौँ विरानो भएको, यो काठमाडौँ यस्तो सहर रहेछ जहाँ संवेदना प्राय: सुन्य नै हुँदोरहेछ । हो काठमाडौँ संवेदनाहिन भएको छ, अस्ति कै दिन पनि चाबेल मा स्वयम्भु यातायात ले ३ जना ठहरै पार्‍यो ।

भक्तपुर देखि तिनकुने सम्म को धुलो खाँदै, काठमाडौँ को दर्शन गर्ने रहर ले मात्रै पनि म काठमाडौँ आउँथे, याद ताजा गर्न को लागि तर अब आउने छैन, बाध्यता नपरि । मन मा कुनै आश राख्ने छैन, किनकी काठमाडौँ ले मेरो आशलाई सँधै निराश बनाउँछ । साँच्चै, विरानो भयो काठमाडौँ मेरा लागि ।
>>read more...

२० वर्ष अघि ढलेथ्यो बर्लिन को पर्खाल

| 0 प्रतिक्रिया |


Listen to above Podcast - Fall of the Berlin wall.


ब्रिटेन बाट प्रकाशित हुने साप्ताहिक नेपाली पत्रिका एभरेष्ट टाइम्स का सम्पादक शशी पौडेल को आवाज मा २० वर्ष अगाडि बर्लिन को पर्खाल ढलेको विवरण सुन्नुहोस् । शशी पौडेल यो पोडकास्ट मा आफूले देखेको कुराहरु वर्णन गर्दैछन् ।

हुन त यो पोष्ट नोभेम्बर ९ कै दिन पोष्ट गर्नु पर्ने थियो होला तर पनि आज पोष्ट गर्दैछु । जर्मनी अनि त्यसमाथि बर्लिन को पर्खाल भनेर धेरै नै सुनिएको भएपनि म चाँहि प्राय: बर्लिन को पर्खाल ढालिएको प्रंसग सँग चाँहि अलि बेखबर नै रहेछु । साँच्चै यो बर्लिन को पर्खाल ढालिएको घटना त एउटा ऐतिहासिक घटना रहेछ । जर्मनी भन्नासाथ मलाई त हिटलर को मात्र याद आउँथ्यो तर त्यसबाहेक यो बर्लिन को पर्खाल पनि ऐतिहासिक रहेछ ।


यो बर्लिन को पर्खाल ले सहरलाई मात्र नभइ, जर्मनीलाई नै पूर्वि र पश्चिम जर्मनी मा विभाजन गरेको थियो । सन् १९६१ को अगस्ट १३ देखि पूर्वी बर्लिनलाई घेरेर पर्खाल बनाउन थालियो । त्यो १३ फिट अग्लो १ सय ७ किलोमिटर लामो कंकि्रटको पर्खालको नजिक पुग्नेलाई देख्ने बित्तिकै गोली ठोकिन्थ्यो । भत्कने बेलासम्ममा पश्चिमतिर भाग्न खोज्ने कम्तीमा सय जना मारिए। तैपनि मौका पाउनेबित्तिकै भाग्थे पूर्वी जर्मनहरु। दिनहुँ सहरको पश्चिम भागमा काम गर्न जाने ६० हजारको आवागमन र आजीविकाको अधिकार खोसियो । तैपनि त्यस पर्खाललाई लाजै नमानी गर्वका साथ कम्युनिस्टहरुले ‘फासिस्ट विरोधी रक्षा पर्खालु भन्ने गर्थे। सन् १९८९ को नोभेम्बर ९ साँझ ७ बजे शीतयुद्धको कुख्यात प्रतीक मानिने पर्खाल भत्काउन सुरु भयो। अनि क्रमशः मध्य तथा पूर्वी युरोपबाट सोभियत संघको प्रभुत्व र अधिनायकवादी कम्युनिस्ट शासन समाप्त भयो।

pic by: milan


हो आज, त्यही पर्खाल ढालिएको २० वर्ष बितिसकेछ, अनि बर्लिन पर्खाल ढालिएको तथा अधिनायकवादी कम्युनिस्ट शासन समाप्त भएको  मा जर्मनी मा ठूलो खुशियाली मनाइँदैरहेछ । थाहा पाउनेलाई त खासै केही रोचक नलाग्ला तर धेरै थाहा नपाउने का लागि भने माथि को पोडकास्ट उपयोगी लाग्न सक्छ ।

माथि को अडियो डाउनलोड गर्नुहोस् ।
*शशि पौडेल को आवाज मा रहेको पोडकाष्ट बिबिसी नेपाली सेवा को नोभेम्बर को अंक बाट लिइएको हो । माथि का सबै फोटो इन्टनेट मा खोजखाज गरिएको हो ।

For Further Reading of Berlin's wall.
NagarikNews : पर्खाल नढलेको भए !
BBC: The night the Berlin Wall fell
BBC: Where is the Berlin Wall now?
BBC: The world remembers the fall of the wall
>>read more...

Tuesday, November 10, 2009

Download Bulbul

| 5 प्रतिक्रिया |


Listen to Latest episode of BULBUL (November-8).

Bulbul is a radio Program (gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.

About Bulbul:

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"

Here, we have uploaded previous episode of Bulbul here. From today, we'll upload bubul in weekly basis. Some episode of bulbul are uploaded by Kumar Pudashine in his blog.

You can directly send your suggestion, comments & even your gajal to: bulbul@unn.com.np or to: ghimireachyut@gmail.com .

Download Bulbul: Episode-1 [September-6] (Most awaited First episode of Bulbul)

Download Bulbul: Episode of September-13

Donload Bulbul: Episode of September-20

Download Bulbul: Dashain Special (Episode of September-27)

Download Bulbul: Episode of October-4 

Download Bulbul: Episode of October-11

Download Bulbul: Tihar Special (Episode of October-18)

Download Bulbul: Episode of October-25

Download Bulbul: Episode of November-1

Download Bulbul: Episode of November-8 (Latest Episode)
>>read more...

Monday, November 09, 2009

नकरात्मक चिन्तन पनि आवश्यक

| 3 प्रतिक्रिया |
वैज्ञानिकहरु का अनुसार खराब मुड सदैव नराम्रो हुँदैन । नकरात्मक भावनाले कहिलेकाँहि राम्रो निर्णय लिने क्षमता बढाउँछ । यसबाट स्मरणशक्ति समेत राम्रो हुन्छ । खराब मुडले व्यक्तिविशेषको सोचलाई धेरै हदसम्म स्पष्ट पार्ने अस्ट्रेलियन साइन्स जर्नल मा प्रकाशित अध्ययन प्रतिवेदन मा उल्लेख गरिएको छ ।

युनिभर्सिटि अफ न्यु साउथ वेल्सका प्रा. जोसेफ फार्गोसका अनुसार खराब मुडका व्यक्तिहरु आलोचक का रुपमा मात्रै हुन्न्, उनीहरुले आफ्नो छेउछाउ मा बढि ध्यान दिइरहेका हुन्छन् । यस्तै बेला उनीहरुले कसलाई विश्वास गर्ने वा नगर्ने भन्ने विचारिरहेका हुन्छन् ।

प्रा. जोसेफ फार्गोसका अनुसार अध्ययन मा के सावित भएको छ भने खराब मुडले हामीलाई विद्यमान स्थिति बुझ्न र त्यस अनुरुप प्रतिक्रिया दिन तुलनात्मक रुप मा बढि सक्षम बनाउँछ ।

यो अध्ययनका बेला खराब र राम्रो मुड को प्रभाव जान्न अध्ययन मा संलग्नहरुलाई बेग्लाबेग्लै फिल्म देखाउनु को साथै उनीहरुको जीवनको राम्रा र नराम्रा घटनाहरुलाई सम्झनसमेत भनिएको थियो ।



स्रोत: कान्तिपुर
>>read more...

Saturday, November 07, 2009

Karnali : Scenes Beyond The Screen

| 6 प्रतिक्रिया |
कर्णाली अञ्चल अझ मुगु जिल्ला । नेपालको ७५ औं जिल्ला । शिक्षा, स्वास्थ्य, सुबिधा र अन्य मानव विकास सुचकांकहरुले हेर्दा । हुन त हेर्ने आँखा फरक फरक हुन सक्छ तर सम्भावनाका किरण भन्दा पनि निराशा का बादलहरु बाक्लो भएको यो ठाउँको जनजिविका का केही झलकहरु यि तस्विरहरुमा देखिन सक्छन ।


परम्परागत पहिरन र श्रृङ्गारमा मुगाली युवतीहरु । यो पहिरन स्थानिय क्षेत्रमा नै उत्पादन हुने कपासलाई कातेर तयार गरिन्छ ।


एकपटक स्तम्भकार सि. के. लाल ले मुगूमा युवतीहरु (?) नभेटेको गुनासो गरेका थिए । औसत आयु निकै कम (४० को हाराहारिमा ) बाँच्ने मुगूका युवतीहरु को मुस्कान अर्को खड्किने कुरा हो मुगूमा ।


कर्णालीको किताप: परिक्षा सकिएपछी र च्यातचुत भएर आइपुगेका पुस्तकहरु खोला किनारमा जलाउनको लागि लगाइएको थुप्रो । समयमा र कामलाग्ने हालतमा नपुग्दा पुस्तकको महत्व पोको पार्न मात्र हुने गरेको छ ।


मुगुको अझ भनौ देशकै गौरव रारा ताल: अन्तरराष्ट्रिय महत्वका सिम्सारहरु मध्य एक यसमा पाइने एक प्रकारको हिमाली माछा विश्वमा अन्त कतै पनि पाइन्न । यसमा त विश्वकै सबैभन्दा उचाइमा पाइने भैंसी पनि आहाल खेल्छ ।


उभिन खोज्ने कलीला खुट्टा .................कोर्नु छ आँफै तिमीले गोरेटो .........
>>read more...

Shruti Sambeg : शिरिष को फूल को भुमिका

| 2 प्रतिक्रिया |


Listen to Shirish Ko Phool ko Bhumika & Story Maile Najanmayeko Chhoro.


उज्यालो ९० नेटवर्क बाट प्रसारण हुने कार्यक्रम श्रुतीसम्बेग विगत केही हप्ता देखि ब्लग बाट पनि बज्दै आएको छ ।
हामी ले श्रुतीसम्वेग विगत का ४ श्रृंखला मा पारिजात को बहुचर्चित उपन्यास 'शिरिष को फूल' वाचन गर्‍यौँ । आज को वाचन मा भनेपहिलो खण्डमा 'शिरिष को फूल' को भुमिका अनि दोस्रो खण्डमा पारिजात कै बहुचर्चित कथा 'मैले नजन्माएको छोरो' लिएर उपस्थित भएका छौँ ।

सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सचिन्द्र गौतम हुनुहुन्छ । स्मरणिय रहोस्, श्रुतीसम्बेग उज्यालो ९० नेटवर्क बाट हरेक मंगलबार र शुक्रबार राती ९:१५ बजे प्रसारण हुँदै आएको छ ।

हुन त 'शिरिष को फूल' को बुझाइ सबैको आ-आफ्नै होला, कोही के भन्छन् त कोही के भन्छन् । कोही त भन्छन् शंकर लामिछाने को भूमिका ले नै 'शिरिष को फूल' यति धेरै चर्चित भएको हो । तर जसले जे भनुन्, 'शिरिष को फूल' आफैँ मा उत्कृष्ट छ ।

विष्णु कुमारी वाइवा अर्थात पारिजात को उपन्यास 'शिरिष को फूल' को वाचन यहाँहरुलाई कस्तो लाग्यो, प्रतिक्रिया को आशा मा रहेका छौँ । आगामी हप्ता 'शिरिष को फूल' को रिभ्यु सहित सम्पूर्ण डाउनलोड लिंक लिएर उपस्थित हुनेछौँ ।
>>read more...

Friday, November 06, 2009

जगदीश घिमिरे, 'अन्तर्मनको यात्रा’ र मेरो अनुभव

| 4 प्रतिक्रिया |
ठै ! अब ता मेरा दिन गै’गए ’ जगदीश दाइको यो मार्मिक विस्फोटनलाई मैले “ईमोस्नल ब्ल्याकमेल”को नाउँ दिएको छु । लेख्दा पनि आफू कति भावविह्वल हुनुहुन्थ्यो होला, मेरो मन त पतिङ्गर बनाएर उडाइदिनुभयो । २-३ सय पेजको उहाँको जीवनोपन्यास ‘अन्तर्मनको यात्रा’ पढ्दा मेरो मन सुरुको दुई-तीन पेजमै मैनबत्तीझैँ पग्लेको थियो । खुब रोएँ । तर आँसु एकथोपा पनि झारिन । सोचेँ, मृत्यूको घन्टी बजेको थाँहा पाउँदा त जगदीश दाइ सन्तोषका साथ बाँच्न प्रयत्नरत हुनुहुन्छ भने म त स्वस्थ छु, हट्टा-कट्टा छु, किन आँसु झार्ने ? यी आँसु म जगदीश दाइकै लागि बचाएर राख्ने छु ।
हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो ।
‘मल्टिपल माइलोमा’ क्यान्सरको घातक रुप, विना पूर्व सूचना मृत्युको आवाज दिने ज्यान घातक रोग रे । हे भगवान ! माइलोमा तिमी नै लैजाउ, हामीलाई चाहिँदैन । त्यसले फेरी अर्को जगदीश दाइलाई सिकार नबनाओस् र फेरी अर्को प्रतिभाको विछोड नेपाली पाठकहरु सहन नसक्लान् । सङ्कुचित नेपाली विचारधारा र खोक्रो नेपाली जीवन शैलीप्रति व्यङ्ग्यवाण प्रहार गर्दै दाइ लेख्नुहुन्छ, “यहाँ (नेपालमा) जस्ता मर्दा लिएरै जाने होइन” । वरिपरि हेरेँ, कोही रहेनछन् , मै’लाई ताकेको जस्तो लाग्यो ।

स्वस्थ्य जीवनको फराकिलो आभाष दिलाउने क्रममा उहाँ भन्नुहुन्छ, ‘हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो ।” म सोचेको सोचेकै भएँ, अगाडी बढ्न मन दर्‍हो बनाउनै पर्ने भयो ।
के सोचेर पढ्न शुरु गरेँ, कुन सोचका साथ किताब टुङगियो, कल्पना गर्न सक्दिन । अन्तर्मनको यात्राको अनुभवले धैरै पाठ सिकायो । समाजको उदाङ्गो चेहेरा देखेँ ।
जगदीश दाइको ‘अन्तर्मनको यात्रा’ मेरो लागि एकदम कष्टप्रद रह्यो । के सोचेर पढ्न शुरु गरेँ, कुन सोचका साथ किताब टुङगियो, कल्पना गर्न सक्दिन । अन्तर्मनको यात्राको अनुभवले धैरै पाठ सिकायो । समाजको उदाङ्गो चेहेरा देखेँ । एक ठाउँमा उहाँ लेख्नु हुन्छ ‘चारैतिरबाट चेपारे वाणीहरु वर्षिए । जीवन त्यही चेपारे यथार्थ हो’ । वाहा ! जगदीश दाइलाई मेरो दुवै हातको सलाम । अझ उहाँको वोली र व्यवहारको फरक सम्बन्धी दृष्टिकोण र उदाहरुण मेरो जीवनमा झनै लागू भएको पाएँ । म बढि बोल्दो रहेछु, काम र कर्तव्य ढुस । :P

उहाँको मन्थली घुम्ने मन जाग्यो । सामुदायिक विकासबारे खुब बुझ्न मन लाग्यो । एकपटक तामाकोशीको पवित्र पानीले घाँटी भिजाउन मन लाग्यो । फेरी डर लाग्यो, कतै तामाकोशीको ओरीपरी विस्तार भइरहेका भवननिर्माणका कार्यहरुले कतै मेरो धोकोलाई पोको बनाएर मिल्काउने त होइनन् । 
‘मान्छेले अरुको मुल्याङकन गर्दा आफ्नो मुल्याङकन गर्छ’ जगदीश दाइ त्यसै भन्नुहुन्छ !
‘मान्छेले अरुको मुल्याङकन गर्दा आफ्नो मुल्याङकन गर्छ’ जगदीश दाइ त्यसै भन्नुहुन्छ “अन्तर्मनको यात्रा” मा । सत-प्रतिशत सही लाग्यो । अरुको प्रगति देखि नसहने केहि कालोमनका तत्वहरुको विषमय वचन र खोक्रो आदर्श झारेको याद आयो । अनि बल्ल बुझेँ उनीहरु त आफ्नै मुल्याङ्कन पो गरिरहेका रहेछन् । तीनीहरुलाई खुच्चिङ, फेरिपनि खुच्चिङ !! र जगदीश दाइको लामो आयूको कामना ।

-शेखर के सी
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।
>>read more...
Blog Widget by LinkWithin

हाम्रो नेपालमा !

हाम्रो नेपालमा !
सुरक्षा व्यवस्था राम्रो छ भन्या हैन ? यै हो ? को हो त्यो ?
Cartoon By:

Read Aakar Post In Your Inbox...
Enter your email address:

Delivered by FeedBurner

web tracker
user(s) online

Leave your message here

नेपाल खबर

अभिलेखालय

www.aakarpost.com on Facebook

Free Hit Counter
^