Skip to main content

पानी बाँच्नका लागि [सन्दर्भ : Nepal Water Expo 2012] #WaterExpo

समस्या नै समस्याको बिचमा पनि हामी गज्जबसँगले बाँचिरहेकाछौँ । लोडसेडिङ, पेट्रोलियम पदार्थको मुल्यवृद्दि अनि पानीको अभावको बिचपनि हामी आफ्नो जिविका चलाइरहेकाछौँ । हामीलाई बाँच्नको लागि अत्यावश्यक पानीको महत्व कति छ भन्ने कुरा मैले यहाँ लेखिरहनु पर्दैन होला, किनकी हामी सबैलाई थाहा छ, पानीविना हाम्रो जिवन चल्न सक्दैन । हामीलाई यो पनि थाहा छ, काठमाडौँमा पानीको हाहाकार कति छ!

पानी भर्नको लागि लाइनमा घन्टौँ बस्नुपर्ने अनि पानी नदेखिने बाग्मतीको बारेमा, हामीलाई काठमाडौँमा पानी पाइन्थ्यो, बाग्मतीमा पौडि खेल्थ्यौँ, बाग्मतीको माछा खान्थ्यौँ जस्ता कुराहरु भनिँदा परापूर्वकालको कथाहरु जस्तो लाग्ने गर्छ । तर काठमाडौँमा पानी देखेका, बाग्मतीमा पौडि खेल्नेहरु भन्छन्, २० वर्ष अघिसम्म पनि बाग्मती धेरै राम्रो थियो, काठमाडौँमा यति ढुंगेधाराहरु थिए कि, पानीको कुनै समस्या नै हुँदैनथियो । अहिले त खै, न बाग्मतीमा पानी देखिन्छ न ढुंगेधारा नै देखिन्छ । कहिँकतै ढुंगेधारा देखिइहाले पनि पानी भने देखिँदैन ।

Nepal-Water-Expo-2012काकाकुलको जिवन बाँचिएपनि, कहिले पूराहुने छाँट नदेखिएको मेलम्चीको पानी सम्झिँदै, कुनै बेला त मेलम्ची पनि आउला नि भन्दै फोहोर र प्रदुषित पानी पिउन बाध्य हुनुपरेको छ । सायद १५-२० वर्ष अघिसम्म, नेपालमा पानी किनेर खानुपर्छ भन्दा कसैलाई पत्यार लाग्दैनथियोहोला ! तर अहिले पानी किनेर खानुपर्ने बाध्यता छ तर त्यसरी किनेर खाइएका पानी पनि सुरक्षित छैनन् । पानीका जारमा लेउ भेटिन्छन्, अनि पानीका ट्यांकहरुले जहाँ पायो त्यहीँको पानी वितरण गर्छन् ! काठमाडौँमा पानी वितरण गर्ने जिम्मा लिएकाहरुले आफ्नो पानीको मुहान सफा राख्न सकेका छैनन् । पानीको समाधान निस्किनुको सट्टा झन् झन् समस्या थपिँदैछ ।

एक हिसाबले हेर्नेहो भने, पानीका कारण शान्ती सुव्यवस्थामा पनि खलल परिरहेको छ । लामो लाइन लागेका धाराहरुमा पानी थाप्ने निहुँमा झगडा हुनु सामान्य नै बन्दै गइसकेकोछ । पानी सबैलाई चाहिएकोछ, सबैलाई पुग्दो चाहिएकोछ, चाँडो चाहिएकोछ ।

पानीको अभाव र समस्या नै विच पनि नेपालमा पहिलोपटक ‘नेपाल वाटर एक्सपो २०१२’ [Nepal Water Expo 2012’] नामक कार्यक्रम यही मे ४ देखि ६ सम्म, युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वरमा आयोजना हुँदैछ । शान्ती र सुरक्षाका लागि पानी अर्थात ‘Water Sustainability for Peace and Security’ भन्ने नारा सहित आयोजना हुन लागेको पहिलो पानी प्रदर्शनीमा करिब ५०-६० स्टलहरु हुनेछन् ।

एक्स्पोमा पानीको संरक्षण कसरी गर्ने, भइरहेको पानीलाई कसरी उपयोग गर्ने, पानीबाट कसरी बढिभन्दा बढि फाइदालिने आदि विषयमा स्टलहरु राखिनेभएकाछन् साथै यसै विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले आफ्ना कुराहरु पनि बाँड्नेछन् ।

पानीको सदुपयोग भन्दा याद आयो, हिजो यही वाटर एक्स्पोको छलफल कार्यक्रममा पुग्दा पोखराबाट आउनुभएका विश्वनाथ पराजुलीसँग भेट भएकोथियो ! कार्यक्रममा उहाँले, आफूले तरकारी किनेर खाने नगरेको बताउनुभयो । पराजुलीले भन्नुभयो, “म तरकारी किनेर खान्न, आफूलाई आवश्यक पर्ने तरकारी म आफैँ फलाउने गर्छु । सबैले आफ्नालागि तरकारी आफैँ फलाउनु पर्छ । पानी छैन भनेर, तरकारी नरोप्नेहरु अल्छि हुन् ।” उहाँको तर्क थियो, “पानी छैन भन्नुभन्दा पनि भएको पानीलाई सदुपयोग गर्न जान्नुपर्छ, जति नै पानी छैन भने पनि बिहान मुख धुने त हामी सबै गर्छौँ, खाना खादाँ पनि पानीले नै हात धुन्छौँ, यदि हामी साँच्चै पानीबाट केही गर्ने हिम्मत राख्छौँ भने, त्यही मुख धोएको पानी, हात धोएको पानीलाई पनि प्लाष्टिकमा जम्मा गरेर राख्न सकिन्छ, आफ्नो करेसावारी छैन भने, गमलामै तरकारी रोप्न सकिन्छ, त्यही हात धोएको पानी हाल्न सकिन्छ” । कुरा सुन्दा त हो नै जस्तो लाग्यो, तर पनि अहिलेसम्म यस किसिमको प्रयास आफूले गरिएको छैन । तर पराजुलीले आफूले यही अभियान सुरु गरेको बताउनु भएको थियो ।

हाम्रो प्रमुख समस्या बनेर रहेको ‘पानी’को बारेमा हामीले सोच्नुपर्ने बेला आएकोछ । कसरी, कहाँ, कहिले पानीको प्रयोग गर्ने, कसरी पानी र यसका श्रोतहरुको संरक्षण, संवर्धन गर्ने भन्ने विषयमा नेपाल वाटर एक्स्पोमा छलफल हुने भएको छ ।

पानी मेरो पनि समस्या हो भन्ने लाग्छ भने, तपाईहरु पनि उक्त एक्सपोमा सामेल हुनसक्नुहुन्छ ।

Events: Nepal Water Expo 2012

Date: 4-6th May (बैशाख २२, २३ र २४ गते)

Time: 11am-6pm

Venue: Direction Exhibition & Convention Center, 4th Floor, UWTC Building, Tripureshwor, Kathmandu

For more info: Visit Nepal Water Expo Facebook Page

Entrance: FREE

Comments

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

सामाजिक सञ्जालमा सुरक्षित रहने तरिका

सामाजिक सञ्जाल चलाउने पनि आफ्नै तौरतरिका छन्, जसलाई नजरअन्दाज गरिँदा सामाजिक सञ्जालले समस्या सिर्जना गरिरहेका पनि छन् । सामाजिक सञ्जालका प्रयोगकर्ता एक करोडभन्दा धेरै रहेको देशमा छिटपुट घटनालाई लिएर पूरै सामाजिक सञ्जाल नै असामाजिक छ भन्न मिल्दैन । मूलधारका मिडिया रेडियो, पत्रिका, टेलिभिजनजस्तो सामाजिक सञ्जाल एकोहोरो छैन । सामाजिक सञ्जालको बनोट नै फरक छ, यो दोहोरो हुन्छ । दोहोरो हुनेबित्तिकै उठान गरिएका विषयमा केही घर्षण हुनु, वादविवाद हुनु, तर्कवितर्क हुनु, केही तलमाथिका कुरा हुनु एकदम सामान्य हो । प्रयोगकर्ताले सामाजिक सञ्जालको बनोट बुझ्ने वा यस्ता प्लेटफर्मका फिचरको सदुपयोग गर्ने हो भने यी कुरा अत्यन्तै सामान्य लाग्छन् । सबै कुरा प्रविधिले समाधान गर्न सम्भव छैन, तर सामाजिक सञ्जालमा देखिने, भोगिने प्रायः कुरा भने प्रविधिबाटै समाधान गर्न सक्ने अवस्था छ । सामाजिक सञ्जाल तथा इन्टरनेट प्रयोगकर्ताले अरूलाई दोष लगाउनुपहिले आफ्नो थैलो बलियोसँग कसौँ भन्ने कुरा मनन गर्न जरुरी छ । मोबाइलमा मात्रै इन्टरनेट चलाउने अधिकांश प्रयोगकर्ताका लागि अहिले फेसबुक र भाइबर भनेकै इन्टरनेट हो भन्ने भ्रम छ 

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो । एन्ड्रोइड नेपाली किबोर्ड मा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड , नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ । ➤ आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो

Subscribe to Aakar Post