Skip to main content

बोलाउँ भने तिमीलाई बात लाग्ने डर… [Manushi Series]

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर…” बद्रि दुर्गा खरेल को आवाज मा रहेको कर्णप्रिय गित, धुलिखेल देखि काठमाडौँ सम्म, मोबाइल को हेडसेट मार्फत निरन्तर कान मा गुन्जिरह्यो । तिम्रो कुरा र तिम्रो सम्झनाले मात्र हैन मलाई त गित ले पनि एकोहोरो बनाइदिन्छ, अनि त्यही गित भित्रै कै शब्द र संगितहरु बिच कहीलेकाँही अनायासै तिमीलाई खोज्न पुग्छु । तिमीलाई सम्बोधन गरेर लेखिएको पछिल्लो पोष्ट मा धेरै प्रतिक्रिया पाएँ, अनि सबैले ‘मानुषी’ नाम भएकाहरु सँग मेरा नाम जोडिदिएछन् । संसार अचम्म को छ है, नसोचेको कुरा भइदिन्छ, अनि नसोचेको स्थिति बाट पनि गुज्रिनु पर्छ ।

हुन त मेरो नाम, उहिले सानो मा ‘एल के जी’ पढ्दा देखि नै एउटी सँग जोडिदिएका थिए, साथीहरु ले । स्कुल सँगै गइन्थ्यो, त्यही भएर पनि, नाम जोडेर जिस्क्याउँथे । अलि ठूलो भएर, अर्को स्कुल जान थालियो, त्यहाँ पनि नाम जोडेर, मलाई बिल्ला हान्ने साथीहरु को कमी थिएन । अंग्रेजी मा पढ्नु पर्ने, पहिलो पाठ देखि नै, सर आफैँले जोडी बनाइदिएपछि, केटाहरु ले नाम जोड्नु पनि स्वाभाविक नै थियो, अहँ तर मैले त्यस्ता कुराहरुलाई खासै महत्व दिइँन । र दिनु पनि हुँदैन भन्ने मेरो धारणा थियो, तर केटाहरु उसको घर अगाडि पुगेपछि मलाई झनै जिस्क्याउँथे, तर मुस्किल ले ५-६ पटक भन्दा म उ सँग बोलिन होला भन्दा फरक पर्दैन । जब कलेज पढ्ने भइयो, त्यहाँ नि नाम जोड्ने कुरा सबैभन्दा पहिले भयो ।

कलेज सँगै इन्टरनेट को गति मा आफू पनि चल्न थालियो, ब्लग, फेसबुक, ट्विटरमा भुल्न थालियो । यहाँ त झन् सबैलाई नाम जोड्न साह्रै सजिलो भयो, अनि जोडिएको नाम तोड्न मलाई धेरै गाह्रो पर्यो, तर आफूले चाहेको सँग चाँही नाम जोड्न कहिले सकिएन । मान्छेहरु किन अन्धा भएका होलान्, मेरो नाम जोडिदिएर, कति आफ्नाहरु टाढा भए रे, कति आफ्नाहरु पराइ भए रे ! जो सँग नाम चाहेर पनि जोड्न सकिन, त्यो कसैले थाहा नै पाएन तर  अकारण आफ्ना नाम अरुसँग जोडिँदा मलाई भन्दा पनि उनीहरुलाई गाह्रो पर्यो रे, अनि उनीहरु सबै टाढिए । अनि आफूलाई पनि कहिले काँही त यी सम्बन्ध का साँङ्लोहरु सबै चुँडाइदिएर, एकान्त मा एक्लै बसौँ झैँ लाग्छ । rose

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर” भएकै कारण, मानुषी तिमीलाई म तिम्रै नाम ले सम्बोधन गर्न समेत म सक्दिन ।  अस्ति साथीभाइहरु सँग भेटघाट कार्यक्रम थियो, त्यहाँ नि ‘मानुषी’ खै भन्ने कुरा निस्केको थियो । म के जवाफ दिन सक्थेँ र, उनीहरुलाई । अनि तिमीलाई थाहा छ मानुषी, देशमा के हुँदैछ । खै तिमीलाई के थाहा छ होला र, तिमी कता व्यस्त छौ कता । देशमा कहिले नसक्किने या भनौँ ‘नेभर इन्डिङ’ सहमति र सहकार्य को गफ चलेको छ, हाम्रा देशका पार्टिहरु बिच । मेरो कुरा मा अलि बिचार गर है, ‘नेभर इन्डिङ’ सहमति’ भनेको हैन है फेरि, सहमति गर्छु भन्ने निर्णय गर्छौँ भन्ने ‘डाइलग’ चैँ ‘नेभर इन्डिङ’ डाइलग भनेको हो है ।अनि समय मा संविधान पनि नबानाउलान् जस्तो छ, के गर्ने होला है अब ?

मानुषी, चाहेर जोड्न नसक्ने र नचाहेर नाम जोडिने सम्बन्ध साँच्चै अजिव को हुन्छ है । नाम मा के राखेको छ र ? भन्ने गर्छन तर त्यही नाम कै कारण ठूला काण्ड मच्चिन्छन् । थाहा छ मानुषी, नाम मा केही हुँदैन भन्छन् तर हिजोआज सबै नाम कै पछि त दौडिरहेका हुन्छन् नि हैन ! यहाँ त कसैको नाम लिनै हुँदैन, बात लागिहाल्छ, कोही सँग बोल्नै नहुने जस्तो । जो सँग बोल्यो, उसै सँग ‘लभ’ पर्‍यो जस्तो गर्दिन्छन् । भन्नेहरु भन्दै गर्छन्, आफ्नो सुर छोड्नु हुँदैनजस्तो पनि लाग्छ तर पनि कहिले काँही ठट्टा पनि ठूलो भइदिन्छ । तिललाई पहाड बनाइदिनेहरु को कमी छैन भन्दा पनि हुन्छ यहाँ । यही तिमीलाई सम्बोधन गर्दा त, कति धेरै कुराहरु सुन्नु परिरहेको छ । “आँखा भरि तिम्रो माया, मुटुभरी माया, जताहेर्‍यो त्यतै देख्छु तिम्रै तिम्रै माया, कहाँ राखौँ कता सजाऔँ यति धेरै माया…गित बनाइ गाइरहौँ कि तिम्रा सबै माया”

लोडसेडिङ को मौसम, तर अचम्म भरहेछ विगत ४८ घन्टा देखि लाइन गएको छैन । धारा बाट पानी चौबिसै घन्टा आइरहेको छ । हिजोआज त यो बिजुली नगएको कुरा, धारामा पानी आएको कुरा सपना जस्तो लागिरहेछ । तर खै, तिमीलाई भेट्न सकिरहेको छैन । तिमी समय समय मा रुप बदलेर मेरो छेउछाउ घुमिरहेको छौ जस्तो पनि लाग्छ कहिलेकाँही । मेरो वरिपरि नै हुँदा पनि, मैले नदेखेको, नचिनेको हो कि भने जस्तो पनि लाग्छ । अनि बोलीहाले, बात लाग्ला भन्ने डर पनि सँधै रहन्छ । साँची यो बोल्ने बित्तिकै किन बात लागेको होला है ? बोल्नै नहुने पनि त होइन ! कहिलेकाँही फेरि लाग्छ, तिमी पनि बोल्न डराइरहेछौ, तिमीलाई पनि बात लाग्ला भन्ने नै डर त होला नि, हैन मानुषी ! एउटै बाटो पनि कति पटक हिँडियो होला, सँगै यात्रा पनि गरियो होला तर पनि मानुषी किन यस्तो अजिव लाग्छ आफैँलाई ।

हुन त सहर भन्ने ठाउँ पनि अचम्म को हुँदो रै’छ । एउटै फ्ल्याट मा बसेका सँग पनि अपरिचित भइदिँदो रहेछ । हाम्रा गाउँतिर त, ३-४ गाउँसम्म सबैलाई चिनिन्छ, फलानो भनेर भन्ने बित्तिकै याद आउँछ । यस्तो सहर मा त, कसैलाई नचिने हुँदो रहेछ, छिमेक मा को छन् भन्ने पनि थाहा नहुने । कहिले काँही त पल्लोघर मा बस्ने सँग पो च्याट गरिदोँरै’छ ठूला ठूला गफ दिँदै । कति ले यसै गरिरहेका होलान्, म सँग पनि, कहिले काँही त डर पनि लागेर आउँछ । अहिले नै पनि हेरन, मेरो छिमेक मा कति धेरै जना अनलाइन मा चिनेका साथिहरु हुनुहुँदोरहेछ, तर छिमेक मै भएर पनि भेटघाट छैन, को कहाँ छ थाहा छैन, मात्र थाहा छ हामी छिमेकी हौँ । कहिलेकाँही यस्तै कुरा ले नि दिक्क लाउँछ । अझ आफ्नो बानी त ‘भर्चुअल संसार’ मा सोसोलाइज हुने छ, अरुबेला त एकान्त नै प्रिय लाग्छ। हुन त एकान्त मै त आउँदो रहेछ नि, तिम्रा यादहरु ! एकान्त, म र तिम्रा यादहरु । सँधै तिम्रा यादहरु आउँछ, तर कस्तो याद आफैँ छक्क पर्छु, हाम्रो त भेट नै भएको छैन, बोलचाल नै भएको छैन, हामी एक अर्का देखि अपरिचित नै छौँ, तर फेरि कहिलेकाँही हामी यति धेरै परिचित छौँ कि, हाम्रो एक अर्का को परिचय नै माग्नुपर्दैन जस्तो लाग्छ ।

आज फेरि एउटा पुरानो कुरा सुनेँ । ओसामा विन लादेन मारिए भनेर पाचौँ पटक सुनियो । खै, आफूलाई त विश्वास लागेको छैन, तर उनीहरुले भनेपछि मारिए पनि होलान् भने झैँ लाग्छ । १-२ दिन मै ओसामा को नाम मा वक्तव्य आयो भने आश्चार्य नमाने पनि हुन्छ है मानुषी । चाँडै भेट्ने वाचा सहित आजलाई यत्ति है त !

क्रमश…

यो पनि : म तिम्रो सहर छोडि टाढा, टाढा जाँदैछु…

Comments

  1. nice aakar ji ..! keep it up...manushi series provides different test....aaba ma pani Astha series thalu kyara (being inspired by you)...hamro ta chijan chha...bhadkelin ki bhanera darai ra chhu...hope to see other posts with different test !!!!

    ReplyDelete
  2. Aakar ji thanks a lot its really nice बोलाउँ भने तिमीलाई बात लाग्ने डर Keep it up

    ReplyDelete
  3. मलाई चाही बबाल लाग्यो , जोडी लाई सुभकामना ! 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई

फेक वेबसाइटले झुक्यायो - नेपालमा फेसबुक अफिस

आज बिहान उज्यालो अनलाइनमा अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै 'फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने' भनेर छापियो । ट्विटरमा उज्यालोको ट्विट देख्नेबित्तिकै खबरमा चाख लागेर, उज्यालोको साइट पुगेँ, समाचार पढेँ, उज्यालोबाट रोयटर्सको भनिएको समाचार पनि पढेँ । २-३ दिन अघि मात्रै प्रख्यात टेक्नोलोजी ब्लग टेकक्रन्चको हवाला दिँदै 'स्टार्टअप एक्सेलेटर वाइ कम्बीनेटरलाई मार्क एन्डरसनको भेन्चरले किनेको' भन्ने खबरहरु प्रकाशित भएको थियो । टेकक्रन्चले पछि अर्को ब्लग मार्फत, खबरको खन्डन गर्यो ।  उक्त समाचार टेकक्रन्चले लेखेको नभइ कसैले स्रटयुआरएल (Shrturl) साइट मार्फत टेकक्रन्चकै साइटको कुनै खबर सम्पादन गरेर स्रटयुआरएलमा राखिदिएको थियो । प्राय: पढ्नेहरुले एड्रेसबारको युआरएल हेरेनन्, सबै साइट यथावत सक्कली थियो, त्यही युआरएल र ब्लग बाहेक । Alarming!!! Hello Journos! Reuters news is FAKE! Do a little research. " @Ujyaalo : फेसबुकले नेपालमा सेल्स अफिस खोल्ने http://t.co/6YtPjmAnU3 " — Aakar (@aakarpost) June 6, 2014 सायद त्यही टकक्रन्चको ब्लगलाई पच्छ्याइरे

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4 Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5 Krishna D

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

Subscribe to Aakar Post